PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • ५ बजेका लागि राष्ट्रपतिले दिएको अल्टिमेटम घर्किँदै, देउवा निवासको बैठकले गरेन निर्णय

    ५ बजेका लागि राष्ट्रपतिले दिएको अल्टिमेटम घर्किँदै, देउवा निवासको बैठकले गरेन निर्णय

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रवार ५ बजेका लागि दिएको समयसीमा नजिकिन लाग्दा विपक्षी अलमलमा देखिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा डाकेको विपक्षी दलका शीर्ष नेताहरुको बैठक निर्णयविहीन भएको छ। बैठकबाट बाहिरिँदै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक निर्णयविहीन भएको बताए।   'विकल्पमाथि छलफल भइरहेको छ। सायद एकछिनपछि निर्णयमा पुग्छौं,' उनले भने। कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनका लागि कार्यदल गठन, को को छन् कार्यदलमा?

    संविधान संशोधनका लागि कार्यदल गठन, को को छन् कार्यदलमा?

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका लागि ५ सदस्यीय कार्यदलको गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोसँगको सहमतिपछि कार्यदल गठन भएको हो। बिहीवारको मन्त्रिपरिषदको बैठकले कार्यदलबारे निर्णय गरेको थियो। जसपाका अध्यक्ष ठाकुरले संविधान संशोधनका लागि कार्यदल बनेको बताए। सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकपछि ठाकुरले जसपा र एमाले…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा नयाँ सरकार गठन आह्वानविरुद्ध एक दर्जन बढी रिट

    सर्वोच्चमा नयाँ सरकार गठन आह्वानविरुद्ध एक दर्जन बढी रिट

    काठमाडौं : सर्वोच्च अदालतमा राष्ट्रपतिले आह्वान गरेको नयाँ सरकार गठनविरुद्ध एक दर्जन रिट पेस भएको छ। रिटमा सरकार गठन आह्वानको निर्णय बदर र तत्कालै कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ। यद्यपि, १२:३० बजेसम्म एउटा पनि दर्ता भएको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक प्रक्रिया मिचेर धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको आह्वान गरेको भन्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • हामी ओलीको विरोधमा छैनौं, निकास यही सरकारले दिन्छ : महन्थ

    हामी ओलीको विरोधमा छैनौं, निकास यही सरकारले दिन्छ : महन्थ

    काठमाडौं : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नजाने बताएका छन्। सिंहदरबारमा बसेको जसपाको बैठकपछि उनले सरकारले राजनीतिक निकास दिने बताए। संसदीय दलको बैठक सांसदहरुसँग भेटघाटका लागि मात्रै राखिएको उनको भनाई थियो। 'निकास सरकारले दिन्छ। हामी केपी ओलीका विरुद्ध जाँदैन,' उनले भने। यस्तै, वरिष्ठ नेता राजेन्द्र महतोले निकासका लागि देश र जनतातिर आफूले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिविरुद्ध जाने कि नजाने? बुढानीलकण्ठमा हुँदै छलफल

    राष्ट्रपतिविरुद्ध जाने कि नजाने? बुढानीलकण्ठमा हुँदै छलफल

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध कुनै कदम चाल्ने कि नचाल्ने बारेमा छलफल सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा विपक्षी दलका शीर्ष नेताहरुको बैठकमा महाअभियोगबारे छलफल हुँदैछ। पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजादी पार्टी अध्यक्ष उपेन्द्र यादवबिच छलफल सुरु भएको प्रचण्ड निकट नेताले बताए। उक्त छलफलले अबको कदमबारे निर्णय गर्ने बताइएको छ। राष्ट्रपति भण्डारीले संविधानको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे माओवादीले थाल्यो छलफल

    राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे माओवादीले थाल्यो छलफल

    काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा केही बेरमा बैठक सुरु हुने स्थायी कमिटी सदस्य देव गरुङले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा माओवादीले छलफल थाल्ने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको भन्दै माओवादीले महाअभियोगबारे छलफल थाल्न लागेको गुरुङको भनाई छ। 'अहिले देखिएको संकटकै बारेमा छलफल हुने हो। राष्ट्रपतिलाई महाअभियोगबारेमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर संविधानमाथि जालसाजी गरे : रमेश लेखक

    राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर संविधानमाथि जालसाजी गरे : रमेश लेखक

    काठमाडौं : नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालसाजी गरेको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेर ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि नगई वा म विश्वासको मत लिन सक्दैन भनि राजीनामा नगरी धारा ७६ (५) को सरकारको प्रक्रिया शुरू हुन नसक्ने जिकिर गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • विश्वप्रकाश शर्माको प्रश्न : राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल ‘विद्या भण्डारी’ बस्नुहुन्छ?

    विश्वप्रकाश शर्माको प्रश्न : राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल ‘विद्या भण्डारी’ बस्नुहुन्छ?

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षड्यन्त्र आपत्तिजनक रहेको बताएका छन्। राष्ट्रपतिको पछिल्लो कदमबारे प्रतिकृया दिँदै शर्माले ट्विटरमा यस्तो लेखेका हुन्। उनी प्रश्न गर्छन्, ‘राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल विद्या भण्डारी बस्नुहुन्छ? प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो?’   रास्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको आह्वानलाई कांग्रेसले भन्यो अलोकतान्त्रिक, पदाधिकारीको आकस्मिक बैठक बोलाइयो

    राष्ट्रपतिको आह्वानलाई कांग्रेसले भन्यो अलोकतान्त्रिक, पदाधिकारीको आकस्मिक  बैठक बोलाइयो

    काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपतिको पछिल्लो कदमबारे निर्णय लिन भोलि बिहान ९ बजेका लागि आकस्मिक बैठक बोलाइएको छ। कांग्रेसले सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति मार्फत सो जानकारी दिएका हुन्। बैठकमा संसदीय दलका सचेतकहरु पनि उपस्थित हुने बताइएको छ। विज्ञप्तिमा संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री चयनका…

    विस्तृतमा पढ्नुस्

  • स्कटिश फिल्म निर्माता युलिया कोभानोभले साटिन् वातावरण फिल्म निर्माण सम्बन्धी अनुभव

    स्कटिश फिल्म निर्माता युलिया कोभानोभले साटिन् वातावरण फिल्म निर्माण सम्बन्धी अनुभव

    स्कटिश फिल्म तथा डकुमेन्ट्री निर्माता युलिया कोभानोभले नेपाली चलचित्रसँग सम्बन्धित व्यक्तिहरुसँग आफ्नो अनुभव साटेकी छिन्। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल (निफ) २०२१ को पोष्ट इभेन्ट कार्यक्रममा उनले वातावरण सम्बन्धी वृत्तचित्र निर्माणको अनुभव शेयर गरेकी हुन्। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल र ब्रिटिस काउन्सिलले सयुक्त रुपमा आयोजाना गरेको उक्त कार्यक्रममा मानव र प्रकृतिबीचको जटिल सम्बन्धमाथिका प्रयोगात्मक वृत्तचित्रमाथि उनले व्याख्या गरेकी थिइन्। कार्यक्रममा निफ…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टाको पनि समय नदिइकन सरकार गठनको आह्वान गर्नु संसद विघटन गर्ने षड्यन्त्र : रामचन्द्र पौडेल

    २४ घण्टाको पनि समय नदिइकन सरकार गठनको आह्वान गर्नु संसद विघटन गर्ने षड्यन्त्र : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २४ घण्टाको पनि समय नदिइकन राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन्। नेता पौडेलले फेसबुकमार्फत बिहीवार यस्तो प्रतिकृया दिएका हुन्। उनले लेखेका छन्, ‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको पद रिक्त नहुँदै राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीको आह्वान, मन्त्रिपरिषदको पत्रले प्रक्रिया सुरु गर्न मिल्छ?

    प्रधानमन्त्रीको पद रिक्त नहुँदै राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीको आह्वान, मन्त्रिपरिषदको पत्रले प्रक्रिया सुरु गर्न मिल्छ?

    काठमाडौंः प्रधानमन्त्रीको पद रिक्त नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीको आह्वान गरेकी छन्। संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गरेकी हुन्।  मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिले नयाँ प्रक्रिया आरम्भ गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने अवस्था नरहेको भन्दै बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले पत्राचार गर्ने निर्णय गरेको थियो।   संविधानले ७६(५) को प्रक्रिया अघि बढाउन…

    विस्तृतमा पढ्नुस्

  • जानकी नवमीको अवसरमा जानकी मन्दिरमा चढाइयो सवा किलो सुन

    जानकी नवमीको अवसरमा जानकी मन्दिरमा चढाइयो सवा किलो सुन

    जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चलमा आज जानकी नवमी मनाइँदै छ। प्रत्येक वर्ष जानकी नवमी माता सीताको जन्म भएको दिनको रुपमा मनाइने गरिन्छ। हरेक वर्ष हर्षोल्लासपूर्वक जानकी जन्मोत्सव मनाइए पनि पछिल्लो २ वर्षदेखि कोरोना महामारीका कारण यो पर्व प्रभावित भएको छ। कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समयमा धनुषामा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञाका कारण जानकी मन्दिरको मुल गेट समेत बन्द गरिएको…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको सिंह कम्प्लेक्समा आगलागी हुँदा साढे ३ करोडको क्षति

    बुटवलको सिंह कम्प्लेक्समा आगलागी हुँदा साढे ३ करोडको क्षति

    बुटवल : बुटवल बजारको केन्द्रमा रहेको सिंह कम्प्लेक्समा बुधवार राति आगलागी भएको छ। कम्प्लेक्सको चौँथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यु सिनेमा तथा तेस्रो तल्लामा आगलागीबाट भौतिक क्षति भएको छ। राति १:३५ बजे लागेको आगो बुटवल उपमहानगरपालिकाको दमकल आएर डेढ घण्टामा निभाएको थियो। विद्युत सर्ट भएर आगलागी भएको कम्प्लेक्सका सञ्चालक महेशमान सिंहले बताए। आगलागीबाट कुल साढे ३ करोड बराबरको क्षति भएको उनले…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालको कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी वरिष्ठ चिकित्सक डा प्रधानलाई

    नारायणी अस्पतालको कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी वरिष्ठ चिकित्सक डा प्रधानलाई

    वीरगंज : नारायणी अस्पताल वीरगंजको कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी अस्पतालका वरिष्ठ चिकित्सक डा वीरेन्द्र बहादुर प्रधानलाई दिइएको छ। स्वास्थ्य मन्त्रालयले मेसु सन्जय ठाकुरलाई वीर अस्पतालमा फिर्ता बोलाएर प्रधानलाई अगामी दिनको लागि कामु मेसुको जिम्मेवारी दिएको पत्रचार गरेको छ। यसअघि नारायणी अस्पतालको बेहाल अवस्था सञ्चार माध्यममा सार्वजनिक भएसँगै मेसु ठाकुरलाई फिर्ता बोलाइएको थियो। कोरोना महामारीको दोस्रो चरणमा नारायणी अस्पतालमा हालसम्म ९८…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणमुक्त भएपछि सरिता लामिछानेले भनिन् : शुभचिन्तकको आशिर्वाद अक्सिजन बन्यो

    संक्रमणमुक्त भएपछि सरिता लामिछानेले भनिन् : शुभचिन्तकको आशिर्वाद अक्सिजन बन्यो

    काठमाडौं : कलाकार सरिता लामिछाने कोरोना संकमणमुक्त भएकी छिन्। उनीसहित श्रीमान निर्देशक ऋषि लामिछाने र छोरीको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो। उनले फेसबुकमा एक भिडियो सन्देश दिँदै सबैको माया र शुभकामनाको लागि धन्यावाद व्यक्त गरेकी छिन्। 'यो पीडाबाट निस्किन आत्मबल बलियो बनाउने, संघर्ष गर्ने र आफ्नो ख्याल राख्ने कुरा त छँदै छ। तर तपाईँहरूको आशिर्वाद र माया नै हाम्रो लागि…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारको स्वास्थ्य सुरक्षाको लागि फिल्म निर्माता रमेश एमके पौडेलले गरे १ लाख सहयोग

    पत्रकारको स्वास्थ्य सुरक्षाको लागि फिल्म निर्माता रमेश एमके पौडेलले गरे १ लाख सहयोग

    काठमाडौं: फिल्म 'तिम्रो मेरो साथ' का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्। उनले कोरोना महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि उक्त रकम सहयोग गरेका हुन्। हाल अमेरिकामा रहेका पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थितिमा…

    विस्तृतमा पढ्नुस्

  • बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी : नियमित बैठकमा बजेट आउने दावी

    बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी : नियमित बैठकमा बजेट आउने दावी

    काठमाडौं : सरकारले बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने तयारी गरेको छ। आजको मन्त्रिपरिषदको बैठकले अधिवेशनको सिफारिस गर्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेट अध्यादेश मार्फत् ल्याउने तयारी गरिएको चर्चा चले पनि अधिवेशन आह्वानको तयारी भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकरी दिए। 'अहिले बस्ने मन्त्रिपरिषदले अधिवेशनको आह्वान गर्छ। नियमित बैठकमै बजेट आउछ,' उनले भने। ओलीले फागुन २७ गते…

    विस्तृतमा पढ्नुस्

  • पार्टी त्यागेर मन्त्री बनेका ७ पूर्व माओवादी नेताको पद कसरी पुग्यो 'निलम्बन' को अवस्थामा?

    पार्टी त्यागेर मन्त्री बनेका ७ पूर्व माओवादी नेताको पद कसरी पुग्यो 'निलम्बन' को अवस्थामा?

    काठमाडौं : सर्वोच्च अदालतको काम नगर्ने/नगराउने अन्तरिम आदेशसँगै पूर्वमाओवादी मन्त्रीहरुको पद जोखिममा परेको छ। उनीहरु अहिले निलम्बनको अवस्थामा पुगेका छन्। अधिवक्ता विराज थापाको रिटमा सुनुवाइ गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले माओवादी मन्त्रीको नियुक्ति र सपथ संविधान प्रतिकूल देखिएको भन्दै काम गर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। सांसद नभएको व्यक्तिलाई धारा ७८ बमोजिम पटक पटक मन्त्री बनाइनु…

    विस्तृतमा पढ्नुस्

  • गैर सांसद मन्त्रीलाई काम गर्न नदिने अदालतको आदेश कार्यान्वयन गर्छौ : प्रदीप ज्ञवाली

    गैर सांसद मन्त्रीलाई काम गर्न नदिने अदालतको आदेश कार्यान्वयन गर्छौ : प्रदीप ज्ञवाली

    काठमाडौं : नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अदालतले गैर सांसदलाई मन्त्रीका रुपमा काम गर्न नदिन दिएको आदेशको कार्यान्वयन गर्ने बताएका छन्। सर्वोच्च अदालतले शुक्रवार मन्त्रिपरिषदमा सामेल भएका गृहमन्त्री रामबहादुर थापा बादल सहितका पूर्व माओवादीका नेतालाई काम गर्न नदिन अदालतले आदेश दिएको छ। उक्त आदेश लगतै ज्ञवालीले कार्यान्वयन गर्ने प्रतिक्रिया दिएका हुन्। बालुवाटारमा सम्पन्न स्थायी कमिटीका निर्णयबारे जानकरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell