काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टीको निर्देशन नमान्नु गम्भीर विषय भएको निष्कर्ष निकालेको छ। नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाको आज सम्पन्न उप-निर्वाचनमा उम्मेद्वार बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई माधवकुमार नेपाल समूहले मत नहालेको भन्दै ओली समूहले आपत्ति जनाएको हो। एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको निर्देशन नमान्नु सामान्य विषय नभएको एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।…
काठमाडौं: सर्वोच्च अदालतले माओवादीबाट एमाले प्रवेश गरेका मन्त्रीहरुलाई काम गर्न/नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। उनीहरु संसद नरहेका कारण दोहर्याएर मन्त्री पद बनाउन नहुने भन्दै मुद्दा परेको थियो। अधिवक्ता विराज थापाको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले माओवादी मन्त्रीको नियुक्ति र सपथ संविधान प्रतिकुल देखिएको भन्दै काम गर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। सांसद नभइ…
बुधवार 'मुभी लभर्स' नामक फेसबुक ग्रुपमा विनोदकुमार पौडेलले प्रश्न गरे : के हामी सर्ट मुभीमा पनि पर निर्भर नै हो त? साथै उनले एक जानकारी पनि दिए : हिन्दी सर्ट फिल्म 'नामर्द'सँग नेपाली 'मन बार' काटिकुटी मिल्छ। उक्त पोस्टको प्रतिक्रियामा कतिले आश्चर्य व्यक्त गरेका छन् त कतिले व्यङ्ग्य। विस्मृत नामक प्रयोगकर्ताले भनेका छन् – दुबै फिल्म हेर्ने धैर्यता भएन।…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतसँग कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन अनुरोध गरेका छन्। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले बेलायतसँग एस्ट्रजेनिका कोभिड १९ भ्याक्सिन नेपाली जनताका लागि उपलब्ध गराउन अनुरोध गरेका हुन्। भेटमा ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरे।
काठमाडौं : वाग्मती प्रदेशमा राष्ट्रियसभाको उप निर्वाचन सकिनु केही अघि सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। बालुवाटारमा जारी बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए। राष्ट्रियसभाको उप-निर्वाचनका विषयमा समेत बैठकमा समीक्षा हुँदैछ। उक्त बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ। ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका हुन्। राष्ट्रिय…
काठमाडौं: नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए नेपाल) ले कोभिड १९ महामारीमा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ। बिहीवार एशोसिएशनका महासचिव लक्ष्मी दाहाल रावलद्वारा जारी विज्ञप्तिमा कोभिडको दोस्री लहरले नेपाली जनजीवन नै संकटग्रस्त भई सयौंको संख्याले ज्यान गुमाउनु परेको अवस्थामा सत्ता लोलुपतामा नलागी कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा सशक्त रुपमा लाग्न सुझाव दिएको हो। ‘यस संकटको घडीमा सरकारको सम्पूर्ण ध्यान जनताको…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। आज भइरहेको राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्नेगरी सार्वजनिक अपिलमार्फत मत मागेर आचारसंहिता उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलले उजुरी दिएको हो। उजुरीमा प्रधानमन्त्री ओलीलाई कारवाही गर्न माग गरिएको छ। निर्वाचन आचार संहिताले तोकेको मतदान हुनुपूर्व ४८ घण्टाको मौन अवधिमा निर्वाचन प्रचार प्रसार, सामाजिक सञ्जाल वा…
काठमाडौं : संघीय संसद सदस्य नरहेका सात मन्त्रीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा पुनः दर्ता भएको रिटको सुनुवाई आज प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर जबराको इजलासमा सुनुवाइ हुँदैछ। तीन दिनअघि प्रधान न्यायाधीश जबराको इजलासले नव नियुक्त मन्त्रीको काम कारबाही रोक्न अन्तरिम आदेशको माग नभएको भन्दै आदेश अस्वीकार गरेका थिए। यही विषयलाई लिएर अर्को रिट बुधवार दर्ता भएको थियो। अधिवक्ता कपिलदेव…
काठमाडौं: वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन्। अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ। कोरोनाको दोस्रो लहर काठमाण्डौं उपत्यकामा उच्च गतिमा फैलिरहेको छ। तर पनि टोकियो ओलम्पिक तयारी गरिरहेका कराँते खेलाडीले स्वास्थ मापदण्ड पूर्ण रुपमा पालना…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। बालुवाटारमा २ बजेका लागि आकस्मिक बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। राष्ट्रिय सभाको उपनिर्वाचन भइरहेकै दिन ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्। नेकपा एमालेले ह्वीप जारी गर्दै एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन निर्देशन दिएको थियो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बादललाई मतदान…
काठमाडौं: एसियाको ठूलो बक्सिङ प्रतियोगितामा एएसबीसी एलिट मेन वुमेन बक्सिङ च्याम्पियनसिप २०२१ मा नेपाली खेलाडीहरुको सहभागिता जनाउने सम्भावना कम हुँदै गएको नेपाल बक्सिङ संघले जनाएको छ। कोभिड महामारीका कारण फ्लाइट बन्द भएका कारण खेलाडी सहभागी हुनका लागि पठाउन कठीन भएको संघका प्रवक्त श्यामकाजी अवालेले जनाएका छन्। यसअघि भारतको नयाँ दिल्लीमा हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण दुबईमा स्थानान्तरण गरिएको थियो। प्रतियोगिता…
काठमाडौंः हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले रंगेली नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय विनोद यादवलाई नियन्त्रणमा लिएको हो। यादवले भाजुलाई घाटीमा दाउ प्रहार गरेर हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए। बुधवार रंगली नगरपालिका ३ स्थित तिलुवा चौकको नहरमा…
काठमाडौंः कोरोना संक्रमण भएका नेपाल प्रहरीका एक डीएसपीको मृत्यु भएको छ। दुई साताअघि संक्रमण भएर उपचार भइरहेका डीएसपी राजकुमार केसीको उपचारको क्रममा मृत्यु भएको हो। उनी महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए। केही समय परिसरमा उनले प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका घर भएका उनलाई संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएकाले प्रहरी अस्पताल महाजगञ्ज भर्ना गरिएको हो थियो। दोस्रो लहरको कोरोनाको कारण…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि सानदार जित निकालेको छ। टर्फ मुरमा सम्पन्न खेलमा घरेलु टोली बर्नलीलाई ३-० गोलअन्तरले हराउँदै लिभरपुल शीर्ष चारमा उक्लिएको हो। रोबर्टो फिर्मिनोको गोलमा ४३ औं मिनेटमा अग्रता बनाएको लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा नाथनिल फिलिस्पले लिभरपुलले अग्रता दोब्बर बनाए। उनले खेलको ५२ औं मिनेटमा गोल गर्दा ८८ औं…
कोपा इटालियाको गएराति सम्पन्न फाइनल खेलमा एटलान्टालाई हराउँदै युभेन्टसले उपाधि जितेको छ। रोमाञ्चक खेलमा एट्लान्टामाथि २-१ गोलअन्तरको सहज जित निकाल्दै युभेन्टसले कोपा इटालियाको उपाधि जितेको हो। डेजन कुलुभेभ्स्कीको गोलमा ३१ औं मिनेटमा युभेन्टसले अग्रता बनाएको थियो। तर ४१ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गोल फर्काउँदै पहिलो हाफमा १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा युभेन्टसका लागि फेडेरिको किएजाले गोल थपे। उनले…
वीरगंजः कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर इन्जेक्सन नेपालमै उत्पादन गर्ने तयारी भएको छ। नेपाली औषधि उद्योगहरु नेपालमै रेम्डिसिभिर उत्पादन गर्ने तयारीमा जेटका छन्। वीरगंजको नेशनल हेल्थकेयरले ‘प्रडक्ट लाइसेन्स’ पाएको औषधि व्यवस्था विभागले जनाएको छ। नेशनल हेल्थकेयरले अन्य ५/६ प्रकारका इन्जेक्शन उत्पादन समेत गर्दै आएको छ। विभागका प्रवक्ता तथा वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार नेशनल हेल्थकेयरलाई रेम्डिसिभिर उत्पादनको लागि…
काठमाडौं: सत्तारुढ नेकपा (एमाले) को विवाद सुल्झाउन गठित कार्यदललाई बैठक बस्नै सकस परेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय वार्ता टोली गठन भएको थियो। कार्यदललाई एमालेको विवाद सुल्झाउने जिम्मेवारी छ। तीन दिनको समयसीमा दिएर वार्ता टोली बनेको भए पनि जम्मा एक दिनमात्रै बैठक बसेको थियो। उक्त बैठकले कार्यविधि र आचारसंहिता…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड-१९ नियन्त्रणबारे विज्ञसँग छलफल गरेका छन्। बुधवार पार्टी कार्यालय पेरिसडाडाँमा प्रचण्डले चिकित्सकसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। कोभिड-१९ नियन्त्रणबारे माओवादीले कार्यक्रम घोषणा गर्न लागेकाले छलफल गरिएको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। बिहीवार माओवादीको स्थायी कमिटीको बैठक बस्दै छ। उक्त बैठकले कोरोनाबारे कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ।
काठमाडौंः संघीय संसद सदस्य नरहेका सात मन्त्रीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा पुनः रिट दर्ता भएको छ। दुई दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले नवनियुक्त मन्त्रीको काम कारबाही रोक्न अन्तरिम आदेशको माग नभएको भन्दै आदेश अस्वीकार गरेसँगै अर्को रिट दर्ता भएको हो। अधिवक्ता कपिलदेव ढकालले बुधबार रिट दर्ता गरेका हुन्। रिटको प्रारम्भिक सुनुवाइ बिहीबार हुनेछ। रिटमा सांसद नभएको व्यक्तिलाई धारा…
पोखरा : बुधवार गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ। बुधवार पुनः नियुक्त भएका मन्त्रीहरुले शपथ खाएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको हो। प्रदेशमा विस्तार भएको नयाँ मन्त्रीमण्डलको पहिलो बैठकले सरकारको प्रवक्तामा रामशरण बस्नेतलाई नै राखेको हो। प्रवक्ता बस्नेतका अनुसार आजको बैठकले पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई कोभिड अस्पताल बनाउन सरकारलाई सिफारिस गरेको छ। प्रवक्ता बस्नेतका अनुसार आजको बैठकले प्रदेश नीति तथा योजना…