मोरङ : रंगेली नगरपालिका-३ बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् २४ वर्षीय बेचन यादव समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। सोही नगरपालिकास्थित तिलुवा चोकको नहरमा धारिलो हतियारले घाटी रेटी हत्या भएको अवस्थामा अनिताको शव फेला परेपश्चात ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको केन्द्रीय…
काठमाडौं : नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २ सय १३ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। ती मध्ये १ सय ४७ वटा भरिएका र ६६ खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका २ सय १३ वटा र यसअघिको स्टक रहेका १ सय १५ वटा गरी जम्मा ३ सय २८ वटा सिलिन्डरमध्ये बुधबार ३ सय ४ वटा सिलिन्डर…
वीरगंज : पर्सामा अगामी जेठ १३ गते राति १२ बजे सम्म्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति पर्साले बुधवार बैठक बसी जेठ ६ गते राति १२ बजेसम्म जारी गरिएको निषेधाज्ञालाई १३ गते सम्म लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए। बैठकले पर्सामा एन्टीजीन अभाव भएकोले प्रदेश सरकारसँग माग गर्ने, नारायणी…
वीरगंज : वीरगंजमा थप ८ जनाको मृत्यु भएको छ। वीरगंज हेल्थकेयर अस्पताल, गण्डक बहुअरीमा ३ जना, नारायणी अस्पतालमा २ जना, तराई, नेसनल र स्पर्श हस्पिटलमा १/१ जना गरी कुल ८ जना कोरोना संक्रमतिको मृत्यु भएको हो। मृत्यु हुनेमा पर्साका ६ र रौतहटका २ जना रहेका छन्, जसमा २ जना महिला र ५ जना पुरुष रहेका छन्। कोभिड निमोनियाको कारण श्वासप्रश्वासमा…
काठमाडौं: सर्वोच्च अदालतले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अधिवक्ता डा. पुण्यप्रसाद खतिवडासमेतले दायर गरेको रिटमा भिडियो कन्फरेन्सिङ्गमार्फत सुनवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ। छलफलका लागि जेठ १७ गते पेसी तोकिएको छ। रिटमा राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषदको सिफारिसमा वैशाख २१ गते संवैधानिक…
वीरगंज : बारामा भएको दुई बालकको हत्या घटनाको जानकारी लिन प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंह बारा आएका छन्। बुधवार विहानै उनी जनकपुरबाट जिल्ला प्रहरी कार्यालय कलैया पुगेका थिए। घटनाको अनुसन्धान बारे नजिकबाट बुझ्नको लागि र चाँडोभन्दा चाँडो अभियुक्त पत्ता लगाउन उनले निर्देशन दिएका छन्। उनले दुबै बालकको हत्या गरी फालिएको घटनास्थलको अनुगमन समेत गरेको बारा प्रहरीले जनाएको…
काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ। वाग्मती प्रदेशबाट प्रतिनिधित्वका लागि भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसक्दा पनि आचारसंहिता उल्लंघन भइरहेका बेला आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर आचारसंहिता विपरीत वक्तव्य दिने, विज्ञप्ति निकाल्नेको अभिलेख राखेर कारवाही गरिने जनाएका हुन्। निर्वाचनमा नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादल उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट…
काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन्। मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन्। मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैय्याको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले…
इजरायल र प्यालेस्टाइनबिचको तनाव पछिल्लो समय उत्कर्षमा छ। कोभिड महामारीबिचको यो तनावले विश्वको ध्यान तानेको छ। त्यसको प्रभाव केहीदिनयता फुटबलमा पनि देखिन थालेको छ। गएराति घरेलु मैदानमा सिजनको अन्तिम खेल खेल्दै गर्दा म्यानचेस्टर युनाइटेडका पउल पोग्वा र अमाद डियालो प्यालेस्टाइनको झण्डासहित देखिए। फुलहमसँगको १-१ गोलको बराबरीसँगै घरेलु मैदानमा सिजनको अन्तिम खेल पछि परम्परागत हिसाबले मैदानको परिक्रमा गर्ने क्रममा झण्डा प्रदर्शन…
दिल्ली सेसन्स कोर्टले ओलम्पिकमा दुई पदक हात पारेका भारतीय कुस्ती खेलाडी सुशील कुमारको 'एन्टिसिपरी बेल' को निवेदन खारेज गरिदिएको छ। २३ वर्षे अर्का कुस्ती खेलाडीको हत्याको आरोप लागेका उनलाई अदालतले पक्राउ हुनुपूर्व अग्रिम जमानत दिन अस्वीकार गरेको हो। कुमारले भने आफूमाथि लागेको आरोप ‘निराधार, मिथ्या र निरर्थक’ भएको दावी गरेका छन्। अदालतले उनीमाथि लागेको आरोप गम्भीर भएको र प्रमाणहरु पनि बलिया भएकाले…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशमा भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्न निर्देशन दिएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूह विपक्षी उम्मेदवारको पक्षमा उभिएका बेला अध्यक्ष ओलीले बुधवार विज्ञप्ति जारी गरेर पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई ओलीले बादललाई मत दिन निर्देशन दिएका हुन्। ओलीले जेठ…
काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालको निधन भएको छ। प्रहरी संगठनको लगातार ६ वर्ष नेतृत्व सम्हालेका उनको आज बिहान आफ्नै निवासमा निधन भएको हो। ४४ वर्षकै उमेरमा प्रहरी महानिरीक्षक बनेका उनलाई स्नातकोत्तर तह उत्तीर्ण गर्ने पहिलो प्रहरी अधिकृत मानिन्छ। सुरक्षामात्र होइन नेपालको खेलकुद क्षेत्रमा पनि उनको योगदान छ। उनले नेपालमा जुडो खेल भित्र्याएका हुन्। जापानबाट प्रशिक्षक झिकाएर नेपालमा यो…
नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमितको संख्या घट्दै गएको देखिए पनि दैनिक मृत्यु हुनेको संख्या भने लगातार माथि गइरहेको छ। हिजो सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको भारतमा पछिल्लो २४ घन्टामा त्यो रेकर्ड ब्रेक भएको हो। हिजो ४ हजार ३ सय २९ जनाको मृत्यु भएको थियो जुन भारतको सबैभन्दा धेरै भनिएको थियो। आज त्यो रेकर्डलाई उछिन्नेगरी थप संक्रमितको मृत्यु भएको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड फुलहमसँग बराबरीमा रोकिएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड रेलिगेशनमा परिसकेको टोली फुलहमसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको १५ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा इडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा फुलहम खेलमा फर्कियो। जोए बर्यनले खेलको ७६ औं मिनेटमा गोल फर्काउँदा युनाइटेडले…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै घरेलु टोली ब्राइटनले ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको दोस्रो मिनेटमै इल्के गुण्डोगनको गोलमा अग्रता बनाएको सिटी १० औं मिनेटमा १० खेलाडीमा सीमित हुन पुग्यो। सिटीका जोआओ क्यान्सलो खराब ट्याकल गर्दा रेड कार्ड खाँदै बाहिरिए। पहिलो हाफमा…
काठमाडौं : नेपाल औषधि व्यवसायी संघ झापाले औषधि पसलहरुमा केहि जीवनरक्षक र अत्यावश्यक औषधिहरुको अभाव भएको बताएको छ। संघका जिल्ला अध्यक्ष गौतम गुप्ताले मंगलवार औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरलाई पत्र पठाउँदै औषधिको आपूर्तिको लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गरेका छन्। ‘हाल आएर औषधि पसलहरुमा केहि जीवनरक्षक र अत्यावश्यक औषधिहरु कमी हुन गइरहेको जानकारी प्राप्त भएकोले यथासिघ्र औषधिको आपूर्तिको लागि…
काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई सघाउन नसकिने बताएका छन्। निर्वाचनमा आफूलाई सघाउन बादलले गरेको आग्रहमा नेता नेपालले आफ्नो पहलमा डा. खिमलाल देवकोटाको उम्मेद्वारी दर्ता भएकाले सहयोग गर्न नसक्ने बताएका थिए। निर्वाचनमा सघाउन आग्रह गर्दै बादलले नेपाललाई निवासमै पुगेर भेट गरेका थिए। 'उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै…
वीरगंज : जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना संक्रमणको कारण निधन भएको छ। मंगलवार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जसपाका प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवले बताए। बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती निवासी जितेन्द्र सिंहको निधनले पार्टीलाई ठूलो क्षति पुगेको उनले बताएका छन्। विगतको संयुक्त जनआन्दोलन र मधेस आन्दोलनमा समेत उनको योगदान थियो।…
वीरगंज : प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारमा सबै भन्दा महत्वपूर्ण रहेको अक्सिजन ग्यासको अभाव हुन नदिन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ। प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले पछिल्लो समयमा प्रदेश भित्र रहेका अक्सिजन प्लान्टहरुबाट बाहिर ग्यास पठाएको हुँदा प्रदेशमा अक्सिजनको अभाव देखिएकोले उक्त समस्या समाधान गर्न मन्त्री यादवको अध्यक्षतामा…
हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि आज अस्पताल र उद्योग संघ हेटौँडाबीच सम्झौता भएको छ। सामाजिक विकास मन्त्रालयको रोहबरमा आगामी मे ३० तारिख भित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो। सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले…