भारतीय कुस्तीलाई विश्वस्तरमा नयाँ पहिचान दिने खेलाडी सुशील कुमार विवादमा परेका छन्। ओलम्पिकमा एक काश्य र एक रजत जितेका उनलाई भगौडा घोषित गरिएको छ। एउटा हत्या काण्डमा उनलाई प्रमुख दोषी मानेर प्रहरीले उनलाई पक्राउका लागि कोसिस गरिरहेको छ। जसमा उनको बारे सूचना दिनेलाई १ लाखको पुरस्कार समेत घोषणा गरेको छ। दिल्ली पुलिसले माडल टाउनस्थित छत्रसाल स्टेडियममा पहलवान सागर धनगढको हत्या…
गाजामा इजराइल र प्यालेस्टाइनबिच हिंसात्मक भिडन्तको ८ दिनपछि अमेरिकी राष्ट्रपति जे बाइडेनले 'युद्धविराम'को पक्षमा अभिव्यक्ति दिएका छन्। बाइडेनले इजराइली प्रधानमन्त्री बेन्जामिन न्यातानाहुलाई द्वन्द्व रोक्नका लागि अमेरिकाले इजिप्ट तथा अन्य मुलुकहरूसँग सहकार्य गरिरहेको बताएका छन्। तर, अमेरिकाले नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामका लागि जारी गर्न लागेको वक्तव्यलाई रोक लगाएको छ। इजराइल तथा प्यलेस्टाइनबिचको द्वन्द्व दोस्रो सातामा प्रवेश गरेको छ तर…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र संक्रमित थपिने दर बढ्दो छ। स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि भन्दै निषेधाज्ञा गरेको १७ दिन बढी भइसकेको छ। काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको सुरुका दिनमा केही खाली देखिएका सडकमा पछिल्ला दिन भने सवारीको चाप बढ्न थालेको छ। काठमाडौं उपत्यकाभित्र महानगरीय ट्राफिक प्रहरी महाशाखाले ६५ भन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर सवारी चेक गरिरहेको छ। त्यस्तै महानगरी प्रहरी परिसरको टोलीले…
काठमाडौंः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा ७४ वटा जिल्लामा पुगेको छ। मनाङ, खोटाङ र तेह्रथुम बाहेक सबै जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। देशभरमा कोरोना संक्रमित थपिदैं जाँदा निषेधाज्ञा भएका जिल्लाहरूमा निषेधाज्ञाको समयसमेत थप गरिरहेको छ। वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको बाँकेमा अझै निषेधाज्ञा नै छ। त्यस्तै वैशाख १४ गतेदेखि निषेधाज्ञा गरिएको सुर्खेतमा थप…
काठमाडौंः सर्वोच्च अदालतले कोरोना संक्रमित बिरामीहरुका लागि अक्सिजन, आधारभूत औषधि तथा अन्य उपकरणको सुनिश्चितता गर्न सरकारका नाममा आदेश गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग समेत समन्वय गरी कोरोना नियन्त्रणको स्पष्ट कार्ययोजना बनाउन पनि आदेश गरेको छ। गम्भीर संक्रमितका लागि आवश्यकता अनुसार सघन उपचार कक्ष, भेन्टिलेटर लगायतको सुनिश्चिितता क्विक रेस्पोन्स टिम गठनको आदेश पनि अदालतले…
काठमाडौंः संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भए पनि सोमबार पनि सरकारले अधिवेशन सिफारिस गरेन। सोमबार अधिवेशन सिफारिसको अपेक्षा गरिए पनि सिफारिस नभएको हो। अधिवेशन समयमा नै सिफारिस नहुँदा योपटक प्रिबजेट छलफल नहुने निश्चित भइसकेको छ। सोमबारको बैठकले अधिवेशनबारे कुनै निर्णय नगरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग ज्ञवालीले भने, ‘अधिवेशन बोलाउने विषयको कुनै निर्णय भएन। नियमित नितिगत…
काठमाडौं : सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डेयलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश गरेको हो। आदेशमा भनिएको छ, ‘लुम्बिनी प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने लुम्बिनी प्रदेश सभाका सभामुखको मिति २०७८।१।१६ को…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी भइरहेको बताएको छ। केन्द्रले आज सूचना जारी गर्दै अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको बताएको हो। कोरोना संक्रमणको रोकथाम नियन्त्रण मात्रै सबै भन्दा प्रभावकारी हुने भन्दै केन्द्रले बैशाख ६ गतेको नेपाल सरकारको आदेश अनुसार जिम्मेवार निकायहरुबाट तोकिए अनुसार भूमिकाहरु…
काठमाडौं: नेपाल बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिले कोभिड १९ महामारीमा संक्रमित र विरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ। समिति संयोजक अधिवक्ता सुनिलकुमार पोखरेलले सोमवार विज्ञप्ति जारी गरेर महामारीबाट थप मानवीय क्षति हुन नदिन र नागरिक जीवनको रक्षाका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्पूर्ण सरोकारवालालाई समितिले अक्सिजन, भेन्टिलेटर, औषधि लगायत आधारभूत वस्तुको…
‘मिस यूनिभर्स २०२०’को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छिन्। ६९ औँ संस्करणकी विजेता मेजालाई पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले ताज लगाइ दिइन्। अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री गरेकी मेजाले ‘यदी तपाईं देशको नेतृत्वकर्ता हुनुभयो भने कोभिड-१९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ?' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस यूनिभर्स बनिन्। प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी…
वीरगंज : वीरगंजको गैरसरकारी संस्था सानो पाइलाले नारायणी अस्पताल वीरगंजलाई ३ थान भेन्टीलेटर प्रदान गरेको छ। अस्पतालको निमित्त मेसु डा. एनामुलक हकलाई संस्थाका दिपेश सर्राफको टोलीले ३ थान भेन्टिलेटर प्रदान गरेको हो। नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेकोले संस्थाले समाजिक सेवा अन्तर्गत भेन्टिलेटर सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक कन्चन झाले जानकारी दिए। हाइफ्लो नेजल क्यानुलानन इन्भेसिभ भेन्टिलेटरसहितका सामग्री प्रदान गरिएको हो।…
काठमाडौं: नेपाल चिकित्सक संघले कमलपोखरीको अग्रवाल भवनलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टर बनाएको छ। कोभिड १९ महामारीविरुद्धको लडाईमा होमिएका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालसँग समन्वय गरी संयुक्त रुपमा अग्रवाल भवनमा १०० शय्याको सुविधा सम्पन्न क्वारेन्टिन सेन्टर बनाएको छ। यसलाई केही दिनभित्रै आइसोलेसन सेन्टर बनाएर सञ्चालन गर्ने…
काठमाडौं : नेकपा एमालेको विवाद मिलाउनका लागि गठित वार्ता टोलीको बैठक बस्न सकेको छैन। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता टोली मार्फत् संवाद गरिरहेका छन्। ओली समूहका वार्ता टोलीका नेता सुवास नेम्बाङले सोमवार अनौपचारिक छलफल भएको जानकारी दिए। नेपाल समूहका तर्फबाट वार्ता टोलीका नेता भीम रावलसँग अनौपचारिक छलफल भए पनि बैठकबारे भने…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ र एमाले प्रवेश गरेका पूर्व माओवादी मन्त्रीहरु नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा चार वटा रिट निवेदन दर्ता भएको छ। रिट निवेदन आइतवारै अदालत प्रशासन शाखामा पुगे पनि थप अध्ययन र समय अभावका कारण एक दिनपछि दर्ता भएको हो। वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले आइतवार संयुक्त रुपमा…
वाग्ले सौगात - मेरो कलम लामो समय चलेनौं। निश्चित अन्तरालमा तिमीलाई सुम्सुमाउने औँलाहरूले पनि तिम्रो बिर्को खोल्ने चेष्टा गर्न सकेनन्। जबजब नयाँ ताजा केही सम्झन्थेँ, अनेक दु: खद् र पीडाका घटनाहरूले तिनलाई थिच्दै चेप्दै सृजनाका गोरेटो नमीठोसँग मासिन्थ्यो। मानौं फुट्न आँटेका हिम्तालजस्तै! आज तिमी (मेरो दशै औँलाद्वारा दौड्ने मगजको प्रतिबिम्बित विद्युतीय कागजमा कोरिएर ध्वनीद्वारा झङ्कारित हुने आकारहरूका ठेली)लाई सङ्कलन गर्ने…
काठमाडौंः काठमाडौं उपत्यका लगायत देशका ७४ वटा जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा जारी रहेको छ। निषेधाज्ञाको कारण काठमाडौं उपत्यकाभित्रका सडक सुनसान देखिएका छन्। सडक खाली हुँदा अत्यावश्यक कामका लागि निस्किएका दौडिएका सवारी साधनको गतिसमेत तीव्र छ। तीव्र गतिका कारण कतिपय स्थानमा दुर्घटना समेत भएका छन्। दुर्घटनाको कारण ज्यान समेत गएका छन्। महानगरीय ट्राफिक प्रहरी…
राफेल नाडालले नोभाक जोकोविचालाई हराउँदै इटालियन ओपनको उपाधि जितेका छन्। इटलीको रोममा सम्पन्न खेलमा विश्व नम्बर १ जोकोविचलाई हराउँदै नाडालले १० औं पटक इटालियन ओपनको उपाधि उचालेका हुन्। उपाधि जित्न नाडालले ७-५, १-६ र ६-३ को सेटमा फाइनल खेलमा जित निकाले। अब अगाडि दुबै खेलाडीको नजर मे अन्तिम साताबाट सुरुहुने फ्रेन्च ओपनमा रहने छ। नाडालले यदि फ्रेन्च ओपन पनि जित्ने…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले वेस्टब्रुममाथि जित निकालेको छ। द हावथ्रोन्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वेस्टब्रुममाथि लिभरपुलले १-२ गोलअन्तरको पुनरागमन जित निकालेको हो। खेलको १५ औं मिनेटमा हल रोबसन-कानुको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो। तर लिभरपुलका मोहम्मद सलाहले ३३ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो। त्यस्तै लिभरपुलले दोस्रो र निर्णायक…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि होडमा रहेका तीन टिम मध्ये रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्। गएराति सम्पन्न खेलमा एट्लेटीको मड्रिडले ओसासुना र रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि जित निकालेसँगै उपाधि होडमा यी दुबै टोली कायमै रहेका हुन्। अर्कोतर्फ उपाधि होडमा रहेको तेस्रो टिम बार्सिलोनामा भने सेल्टा भिगोसँग पराजय ब्यहोरेपछि शीर्ष दुईमा नपर्ने पक्का भइसकेको छ।…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा पराजय ब्यहोरेसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ। क्याम्प नाउमा गएराति सम्पन्न महत्वपूर्ण खेलमा घरेलु टोली बार्सिलोना सेल्टा भिगोसँग २-१ गोलअन्तरले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको हो। खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। उता सेल्टा भिगोका सान्टी मिनाले ३८ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। उनले नै खेलको…