हेटौँडा : वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘कोभिड रोकथाम, नियन्त्रण र उपचार’ का बारेमा १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति र स्थानीय सरकारका जनप्रतिनिधिसँग आइतवार साँझ छलफल गरेको छ। भर्चुअल कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक अभाव देखाएर कोभिडविरुद्ध गर्नुपर्ने कुनै पनि काम नरोक्न सबैलाई निर्देशन दिए। उनले नागरिकले राहत महसुस गर्ने गरी कोभिडविरुद्ध काम गर्न…
काठमाडौंः कोरोना महामारीमै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै महामारीमै मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमै दुई रुपैयाँ बढाएको हो। यो मूल्य वृद्धिसँगै पेट्रोल लिटरको १२३ रुपैयाँ र डिजल तथा मट्टितेल १०६ रुपैयाँ कायम भएको छ। आन्तरिक तर्फको हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ। निगमले…
हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहतका सबै अस्पतालमा क्षमताअनुसारको अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया शुरु भइसकेको बताएका छन्। मुख्यमन्त्री पौडेलले आज प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुखहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिँदै तत्कालका लागि अस्पताललाई आवश्यकता परेका कुराहरुको माग राख्न अनुरोध गरे। उनले पैसा अभावका कारण…
जनकपुरधाम : कोरोनाको कारण निषेधाज्ञा लागेपछि जनकपुरधाममा मागेर खानेहरुका लागि खाना खुवाउने अभियान सञ्चालन गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएकाहरुको लागि वडाध्यक्ष जानकी राम साहले आजदेखि खाना खुवाउने अभियान सञ्चालन गरेका छन्। झण्डै दुई सातादेखि लागेको निषेधाज्ञाको कारण दैनिक ज्यालादारी तथा मागेर खानेहरुलाई समस्या भएको समाचार केहि सञ्चारमाध्यममा आएपछि वडाध्यक्ष साहले आजदेखि निषेधाज्ञा…
जनकपुरधाम : धनुषामा यात्रु ओसार्ने एम्बुलेन्सलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। आइतवार पुलचोकबाट यात्रु ओसार्ने बटेश्वर गाउँपालिकाको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो। ज १ च १६२५ नम्बरको बटेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसहित नियन्त्रणमा लिइएको धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। यात्रुसँग १६ हजार ५ सय रूपैयाँ लिएर जनकपुरको पुलचोकबाट झापाको विर्तामोड जाँदै गर्दा सूचनाको आधारमा…
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन सम्पर्क गरी कोभिड-१९ रोकथाम, न्यूनिकरण तथा उपचारको सन्दर्भमा ध्यानाकर्षण गराएका छन्। सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षाको दायित्व सरकारको भएको भन्दै खाणले कोभिड-१९ रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकारले राज्यका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउनका लागि द्रुत गतिमा विदेशबाट खोप आयात गर्नु पर्नेबारे…
वीरगंज : कोरोना महामारीको दोस्रो लहरमा देश गुज्रिरहेको बेला केही व्यवसायीहरु मनपरी भाडा असुल्ने काममा संलग्न भएको पाइएको छ। वीरगंजमा तोकिएको भन्दा बढी भाडा लिने एम्बुलेन्स चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ३५ वर्षीय कमरुद्दीन रायभर र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २२ वषीय वीरबल मुखिया रहेका छन्। दुवैलाई शनिवार साँझ नेसनल मेडिकल कलेज वीरगंजको…
वीरगंज : पर्सा प्रहरीले ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-२० हरपतगंजका २२ वर्षीय सरोज चौरसिया रहेका छन्। बैशाख ३१ गते दिउँसो १:३० बजे ललाईफकाई आफनो घरमा लगेर यौन दुर्व्यवहार गर्ने क्रममा बालिका उनको कब्जाबाट फुत्किएर अभिभावकलाई घटना बारे जानकारी गराएकी थिइन्। त्यसपछि अभिभावकले शनिवार पर्सा प्रहरीमा उजरी गरेपछि प्रहरीले उनलाई पक्राउ…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने संकेत गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद जीवित रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट संसदबाटै आउने संकेत गरेका हुन्। बजेट अध्यादेशबाट आउँछ भन्ने शंका छ नि भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले ‘पार्लियामेन्ट जीवित छ’ भन्ने…
वीरगंज : वीरगंजमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतवार बिहान ३ बजेदेखि दिउँसो २ बजे सम्म ११ घण्टामा विभिन्न अस्पतालमा गरी ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ। जसमा नारायणी अस्पतालमा ४, वीरगंज हेल्थकेयर र नारायणी वयोधा अस्पतालमा १/१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ जना महिला र ५ जना पुरुष रहेका छन्। मृतकमध्ये…
हेटौँडा : कोरोना संक्रमण बढेसँगै आइसीयू तथा भेन्टिलेटरमा रहेर उपचार गर्नुपर्ने बिरामीलाई अक्सिजनको समस्या भएपछि मकवानपुरको हेटौँडामा अक्सिजन प्लान्ट स्थापनाको लागि हेटौँडा उपमहानगरपालिकाले पहल थालेको छ। जसको लागि उपमहानगरपालिकाले हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि १ करोड २८ लाख रुपैँया लगानी गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण बढेसँगै हेटौँडामा अक्सिजन आवश्यक पर्ने संक्रमितहरु बढेपछि अक्सिजन अभावकै कारण बिरामीहरुले अकालमा…
हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको हेटौँडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ। मृत्यु हुनेमा हेटौँडा-२ का ६४ वर्षीय पुरुष र बाराका ४६ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको र हेटौँडा-१४ की ७४ वर्षीया महिला, हेटौँडा-८ की…
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका १ सय ४५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको जानकारी दिएका छन्। त्यस्तै सोही समयमा देशभर ७ हजार ३ सय ६८ जना कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबबाट १९ हजार ५ सय…
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका पदमुक्त चार प्रदेश सांसदको रिट निवेदन दर्ता भएको छ। सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या र मौलिक हकसम्बन्धी मुद्दाहरुमा सुनुवाइ गर्ने वैशाख ३१ को पूर्ण बैठकको निर्णयअनुसार लुम्बिनी प्रदेशसभाका पदमुक्त चार सांसदको रिट निवेदन दर्ता भएको हो। यसअघि वैशाख १६ मा पदमुक्त गरेलगत्तै रिट निवेदन लिएर अदालत गएपछि कोभिड महामारीमा सेवा कटौतीका कारण दर्ता हुन…
काठमाडौं : नेकपा एमालेको विवाद मिलाउनका लागि कार्यदल बनेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच सिंहदरबारमा भएको एक्का एक्लै वार्ताले कार्यदलबारे टुंगो लगाएको हो। २०७५ जेठ २ फर्कने र बाँकी विवाद मिलाउन कार्यदल बनाउने सहमति भएको नेता नेपालले बताए। उनले कार्यदलका सदस्यबारे टुंगो लागेको जानकारी दिएका छन्। नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारमाथि आक्रोश पोखेका छन्। बालुवाटारस्थित सरकारी निवासमा सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि एकजुट हुनुपर्नेमा प्रदेश सरकारले राजनीति गरेको आरोप लगाए। उनले महामारीमा के कस्ता समस्या देखिएका छन् कसरी समाधान गर्न सकिन्छ भनेर संघ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राज्यरजौटा जसरी चलाउन खोजेको टिप्पणी गरे। सुदूरपश्चिम…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा आज सिंहदरबारमा बसेको सीसीएमसी बैंठकमा कोरोना संक्रमण रोकथाम तथा उपचारको लागि स्वास्थ्य संकटकाल लगाउने विषयमा छलफल भएको छ। लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली समेत बैठकमा सहभागी भएका हुन्। बैंठकमा स्वास्थ्य संकटकाल लगाउँदा हुने सहजता र असहजताबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। 'स्वास्थ्य संकटकालको विषयमा पनि छलफलहरु भइरहेको छ। तर, अहिले…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच वार्ता भइरहेको छ। सिंहदरबारमा जारी वार्तामा पार्टीमा विवादित रहेका विषयलाई सम्बोधन गर्ने विषयमा कार्यदल बनाउनेबारे छलफल भइरहेको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। 'एक बजेदेखि बस्ने भन्ने तय भए अनुसार वार्ता भइरहको छ। कार्यदल बनाउने बारेमा भइरहेको हो छलफल,' उनले भने। सिंहदरवारस्थित प्रधानमन्त्रीको भर्खरै बनेको…
काठमाडौं: शनिवार नेपाल सुपर लिग (एनएसएल) सकिएसँगै नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सबै खेलाडी पुगेका छन्। इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोट अन्तर्गतको खेलका लागि नेपाली टोली केही दिनयता प्रशिक्षणमा रहेको थियो। सुपर लिग चलिरहँदा बाहिरिएका टीमबाट खेलाडीहरुलाई बोलाएर प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण गराउँदै आएका थिए। अघिल्लो महिना घरेलु मैदानमा नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचाल्दै…
काठमाडौं : आइतवार बिहानै राष्ट्रिय समचार समितिले सरकारले चीनबाट १८ हजार खाली सिलिन्डर नेपाल आइपुगेको समाचार प्रकाशित गर्यो। राससको समाचार अन्य मिडियामा स्वभाविक रुपमा सर्कुलर भयो किनकि सरकारी एजेन्सीले दिएको समाचारमा विश्वास नगर्ने विषय रहेन। देशमा कोरोना संक्रमणको कारण अक्सिजन अभाव भइरहेको समयमा यसरी ठूलो सङ्ख्यामा सिलिण्डर आएकोमा धेरै मानिसमा आशा पलायो। सरकारलाई धन्यवाद दिनेहरु बढे। धेरैलाई लाग्यो अब अक्सिजन…