काठमाडौं : माओवादी केन्द्रले एमालेमा प्रवेश आफ्ना ४ जना नेतालाई सांसदबाट हटाएको सूचना संसदमा सचिवालयमा दर्ता गराएको छ। माओवादी केन्द्रबाट एमालेमा गएका उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरीलाई सांसदबाट हटाएको सूचना संसद सचिवालयमा दर्ता भएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। माओवादी केन्द्रका नेताहरुका अनुसार गृहमन्त्री रामबहादुर थापा बादललाई पनि हटाउने…
काठमाडौंः सरकारले नेकपा एमालेमा प्रवेश गरेका व्यवसायी किशोरकुमार प्रधानलाई तीन साता नवित्दै नेपाल वायुसेवा निगमको संचालकमा नियुक्त गरेको छ। प्रधान नेपाल उद्योग वाणिज्य महासंघको पूर्व उपाध्यक्ष हुन्। उनले यो पटक वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसँग पराजित भएका थिए। दुई साता अघि उद्योगी व्यवसायीको छलफल कार्यक्रममा प्रधानसहित २ सय ३५ जना उद्योगी व्यवसायीलाई एमाले प्रवेश गराइएको थियो। मंगलबारको पर्यटनमन्त्रीस्तरीय निर्णयबाट प्रधानलाई संचालकमा चार वर्षका…
दमकः जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट प्रहरीले नौ जना जुवाडेलाई पक्राउ गरेको छ। गौरादह नगरपालिका ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो। यसरी पक्राउ पर्नेमा गौरादह– २ का ३२ वर्षीय निर्मल थापा, सोही वडाका ३५ वर्षीय अङ्कित…
काठमाडौं : एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा भोलि त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको तयारीलाई लिएर आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिम तयारी अवस्थामा रहेको बताए। 'क्लब लाइसेन्स पाएदेखि नै हामीले तयारी सुरु गरेका थियौं। कीर्गिस्तानसँग पनि खेलियो। भोलिको म्याचलाई लिएर राम्रो तयारी भएको छ,' प्रशिक्षक न्यौपानेले भने, 'यो एउटा अवसर हो। यसलाई खेलाडीले पनि बुझेका…
काठमाडौं : विद्यार्थीमाथि भएको दुर्व्यवहारको विषयलाई लिएर सेन्ट मेरिज प्रशासनले मुख खोलेको छ। विद्यालय विद्यार्थीहरुलाई शिक्षाका अतिरिक्त नैतिकवान, अनुशासित र दक्ष बनाउने थलो भएको उल्लेख गर्दै त्यहाँ अध्ययनरत छात्राहरुलाई त्यसै मूल मर्ममा आधारित भएर शिक्षा दिँदै आएको सेन्ट मेरिजले दावी समेत गरेको छ। सेन्ट मेरिजमा अध्ययनरत विद्यार्थी र पूर्व विद्यार्थीले सामाजिक सञ्जालमा विद्यालयभित्र भइरहेका गतिविधिमाथि प्रश्न उठाउँदै विभेदको विषय सार्वजनिक…
काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका नेताहरुमाथि कारवाही गर्ने तयारी गरेको छ। गृह मन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट, पर्यटन मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशंकर चौधरीलाई कारवाहीको तयारी भएको माओवादी स्रोतले जनाएको छ। पार्टीले सोधेको स्पष्टिकरण कतिपयले नदिएको र दिएका नेताले पनि चित्तबुझ्दो नभएको भन्दै कारवाही प्रक्रिया अघि बढाउन…
काठमाडौं: ललितपुर मेयर वुमन्स च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर मेयर ११ लाई हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले १० विकेटको सानदार जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो। ललितपुरका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १७ रन बनाइन्। त्यसबाहेक सन्तोषी चौधरीले अभिजित…
नयाँ दिल्ली : कोरोना भाइरसको संक्रमण तीब्र रफ्तारमा बढ्न थालेपछि भारतको नयाँ दिल्लीमा अप्रिल ३१ सम्म रात्रिकालीन कर्फ्युको घोषणा भएको छ। राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश भएको हो। पछिल्लो २४ घन्टामा भारतमा ९६ हजार ९ सय ८२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। भारतमा एकै दिन ४ सय ४६ जनाको मृत्यु भएको छ। भारतका महाराष्ट्र, कर्नाटक,…
काठमाडौं : बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको पाटेबाघ ललितपुरको सदर चिडियाखाना ल्याइएको छ। आज बिहान बाघलाई सुरक्षित रुपमा चिडियाखानामा पुर्याइएको हो। बाघलाई खोरबाट झिकेर चिडियाखानको खोरमा राखिने बताइएको छ। बाघले बर्दियामा आइतवार एक जना हात्ती चराउँदै गरेका माहुतेलाई आक्रमणबाट गरेको थियो। घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको थियो।
काठमाडौं : नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले माधव नेपाल समूह निकट विद्यार्थीलाई कारवाही गरेको छ। समानान्तर कमिटी बनाएको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट विद्यार्थी नेताहरुले नेपाल समूहकालाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए। अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य नरहने गरी…
काठमाडौं: अन्नपूर्ण क्लब आरसिटी अहिले बी डिभिजन लिगमा खेलिरहेको छ। १९९० को महाभूकम्पताकाको इतिहास बोकेको आरसिटीले अहिले आफ्नो इतिहासले दिएको विरासतलाई सम्मान गर्दै ए डिभिजन लिगमा बलियो भएर जाने योजनामा छ। कुनै समय ए डिभिजन लिगमा आफ्ना तीनवटा टिम (आरसिटी, अन्नपूर्ण, सुपर आरसिटी)लाई पुर्याएको आरसिटीले इतिहासलाई जीवन्त राख्न फुटबलको म्युजियम बनाएको छ। आरसिटीले आफ्नो हीरक जयन्तीको उपलक्ष्यमा प्रकाशित स्मारिकामा एउटा…
काठमाडौं: ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो पहिलो खेलमा ललितपुर मेयर ११ र एपीएफ भिड्नेछन् भने दोस्रो खेलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्नेछन्। दुबै खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेलमा जारी प्रतियोगितामा अपराजित एपीएफले एक जित र एक हार ब्यहोरेको ललितपुर मेयर्सलाई हराउँदै लगातार तेस्रो जित निकालेर फाइनलमा स्थानमा…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भालाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको छ। क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाले १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोरहितबराबरीमा रोकिएको खेलको दोस्रो हाफमा भालाडोलिड १० खेलाडीमा समेटिएको थियो। ओस्कार प्लानोले बार्सिलोनाका ओस्माने डेम्बेलेमाथि खराब ट्याकल गरेपछि ७९ मिनेटमा रेडकार्ड खाँदै बाहिरएका थिए। उता बार्सिलोनाका लागि ९० औं मिनेटमा डेम्बेलेले गोल गरे। जुन…
काठमाडौं : स्पेनमा हुने लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना त्यसतर्फ प्रस्थान गरेका छन्। स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा हुने शान्ति सम्मेलनका लागि १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना सोमवार बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन। यही अप्रिल ६ देखि १२ तारिकसम्म आयोजना हुने सम्मेलनको अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष तिमिल्सिना…
काठमाडौं : गीतकार तारा अधिकारीले निर्देशन गरेको ‘पल पल’ बोलको गीत रिलिज भएको छ। सोमवार काठमाडौंमा आयोजित कार्यक्रमका बीच रिलिज गरिएको गीतमा तारा अधिकारीकै शब्द रचना रहेको छ। गैरे शुरेषले संगीत भरेको गीतमा प्रताप दासले स्वर भरेका छन्। भिडियोमा तारासँगै नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय रहेको छ। शिव ढकालले छायांकन गरेको भिडियोको गीतका एरेन्जर…
विराटनगर : विराटनगरको स्मारिका बचत तथा ऋण सहकारी संस्थाले मिर्गौला पीडितलाई एक लाख एक रुपैयाँ हस्तान्तरण गरेको छ। विराटनगर महानगरपालिका-४ का वडा अध्यक्ष देवेन्द्रराज पोखरलले सोही वडाका मिर्गौला पीडित गोबिन्द पुरीलाई उक्त रकम हस्तान्तरण गरेका छन्। तीन वर्षदेखि दुवै मिर्गौला खराब भई उपचार गराइरहेका पुरी हाल काठमाडौंमा बसी सातामा दुई पटक डायलासिस गर्न अस्पताल धाउने गर्छन्। दुई छोरालाई विराटनगरस्थित आफन्तकोमा…
काठमाडौंः सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्कमा पूर्वी नेपाल र उपत्यकासम्म महसुस गरिएको छ। नेपाल भारतको सीमा सिक्किमलाई केन्द्र बनाएर सोमबार ८:४९ बजे भूकम्प गएको हो। सिक्किमलाई केन्द्र बनाएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भारतको बिनागुरी केन्द्रविन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केल मापन गरेको छ।
काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह बिहीवार भारत जाने भएका छन्। भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन पूर्व राजा शाह त्यसतर्फ जान लागेका हुन्। पूर्व राजा शाहको साथमा पूर्व रानी कोमल शाहपनि बिहीवार भारत जाने बताइएको छ।
हेटौँडा : पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै रुस्लान थ्री स्टार क्लबले चौँथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। थ्री स्टारले अफ्रिकन रुट्स एसोसिएसन (एआरए)लाई प्रतिस्पर्धात्मक खेलमा ३-२ ले हराउँदै च्याम्पियन बनेको हो। इन्ज्युरी समयमा एनआरएका खेलाडीले बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै टोलीलाई जित दिलाएका थिए। प्रशिक्षक उज्जन श्रेष्ठले…
काठमाडौं : जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचौक गढी नगरपालिका वडा नम्बर ६ घर भई हाल भक्तपुर ढुन्चेपाखा हाईट बस्ने ३५ वर्षीय अर्जुन बहादुर केसी रहेका छन्। केसी जग्गाको काम गर्ने तथा पिसहोम नेपाल सुधार केन्द्र बनेपा पनौतिमा कार्यरत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको हो।…