काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत सायेद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजदूत शाहबीच भेट भएको हो। भेटका क्रममा आपसी हित र सहयोगका बारे छलफल छलफल भएको बताइएको छ।
काठमाडौं : नेपालस्थित पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ। दूतावासले सोमवार एक कार्यक्रमको आयोजना गरी पाँच सय पचास जना विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो। नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेका जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी १० हजारको दरले छात्रवृत्ति हस्तान्तरण गरिएको छ। विद्यार्थीको पढाइमा सघाउ पुगोस् भनेर दूतावासले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ। कार्यक्रममा राजदूत शैयद हैदर शाहले छात्रवृत्ति…
बुटवल : लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए। आज बसेको बैठकले कर सम्बन्धी निर्णय पनि पारित गरेको छ। मन्त्री चौधरीले बिजनेस नभएका कारणले प्रदेशसभाको अधिवेशन अन्त्य गर्नु परेको बताए। सरकारको निर्णय अनुसार मंगलवार राति १२ बजेदेखि…
काठमाडौं : अर्विन्द राज गुरुङको निर्देशन रहेको फिल्म ‘क्रसरोड्स-कथा तिम्रो र मेरो’को छायांकन शुरु भएको छ। अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ। विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मन परेकोले…
काठमाडौं: ललितपुर मेयर महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीलाई १० विकेटले हराउँदै प्रदेश १ ले प्रतियोगितामा पहिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले १३.२ ओभरमा निर्धारित लक्ष्य…
काठमाडौंः पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार २ सय ६६ जनामा कोभिड पोजेटिभ देखिएको छ। हिजो तुलनामा यो झन्डै १ सय जनाले बढी हो। १ सय २ जना भने कोभिड सङ्क्रमण मुक्त भएका छन्। २४ घण्टाको अवधिमा ४ जना कोभिड संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।…
काठमाडौं : दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने भएका छन्। प्रतिनिधिसभामा सोमवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल १२ मा नेपाल र भारतका दुवै देशका नापी टोलीले त्यहाँ स्थलगत अध्ययन गर्ने तय भएको जानकारी गराएका हुन्। अघिल्लो बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडूले भारतले नेपाली भूमिमा एकतर्फी तटबन्ध बनाउँदा सरकार कहाँ छ भनेर प्रश्न गर्दै…
काठमाडौः काठमाडौं प्रवेश गर्ने प्रत्येक नाकामा अबदेखि कोभिड १९ को एन्टीजेन परीक्षण हुने भएको छ। आज काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले परीक्षणको लागि प्रत्येक नगरपालिकाले डेस्क राख्ने निर्णय गरेको हो। परीक्षणको लागि आवश्यक पर्ने सामाग्री भने जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएको छ। त्यस्तै एन्टीजेन परीक्षणमा नेगेटिभ देखिए पनि लक्षण भने देखिएमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिने…
काठमाडौं : नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली एमालेको अन्तिम प्रधानमन्त्री हुने चेतावनी दिएका छन्। अघिल्लो निर्वाचनमा ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रधानमन्त्री भनेको स्मरण गर्दै कँडेलले पछिल्ला परिदृश्यले ओली एमालेको अन्तिम प्रधानमन्त्री हुने देखिएको बताए। ‘२०७४ को निर्वाचनमा हुँदा नेताहरु आमसभा सम्बोधन गर्न जिल्ला जिल्लामा थिए। एमाले अध्यक्ष ओली गोरखाको पालुङटारमा नेपालको इतिहासमा कांग्रेसको अन्तिम प्रधानमन्त्री…
काठमाडौं : घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ। पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेविसंघमा आवद्ध विद्यार्थीहरु र प्रहरी बिच झडप भएको हो। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो। नेपाल आयल निमगले आइतवार राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको थियो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले…
काठमाडौं : प्रहरीले डेस्क स्थापना गरेर कोभिड १९ संक्रमणको जनचेतना कार्यक्रम सुरु गरेको छ। आज महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गत रहेका सबै वृत्तहरुमा डेस्क संचालन गरेर जनचेतना कार्यक्रमहरु संचालन गरिएको हो। काठमाडौंभित्र रहेका १४ वटा प्रहरी वृत्तले अब कोभिडको जनचेतना, मास्क वितरणदेखि स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यन्वयन नगरे कारबाही समेत गर्ने छ। 'कोही मास्क नलगाइ हिँडेका छन् भने उनीहरुलाई मास्क समेत दिन्छौं।…
काठमाडौंः भक्तपुरमा चोरी गर्दा गर्दा समातिएका एक युवकलाई स्थानीयले कुटपिट गरेपछि मृत्यु भएको छ। कुटपिटपछि घाइते भएका युवक उपचारको क्रममा आइतबार भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। काभ्रेपलान्चोक घर बताउने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ शनिवार राति भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ बर्खेपाटीमा चोरी गर्न पुगेका थिए। खेतमा पानी लगाउने मोटर चोरी गर्दै गर्दा उनी समातिए। त्यसपछि मोटर…
इङ्ग्लिस प्रिमियर लिग इपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले ब्राइटोनमाथि २-१ गोलअन्तरले जित निकालेको हो। रोमाञ्चक खेलमा ब्राइटोनले अग्रता बनाएको थियो। खेलको १३ औं मिनेटमा डेन्नी वेलबेकले गोल गर्दा पहिलो हाफमा ब्राइटोन एक गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीका मार्कस रासफोर्डले खेल बराबरीमा ल्याए। उनले खेलको…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली सेभियासँग पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले ७० औं मिनेटमा अग्रता बनाएको थियो। सेभियाको जितमा निर्णायक गोल मार्कस अकुनाले गरे। जारी सिजन ला लिगामा एट्लेटिकोको तेस्रो हार हो। एट्लेटिकोको पराजयले रियल मड्रिड र…
काठमाडौंः पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ। कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए। उनका चार छोरी छन्। उनको पार्थिव शरीरलाई सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। रासस
काठमाडौं: नेपाल र्याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनमा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्याफ्टिङ्ग च्यामिपयनसिप २०७८ बैशाख ७ र ८ गते हुने भएको छ। सुस्ताएको खोलाका खेलको गतिबिधीलाई अगाडी बढाउनु पर्ने निर्णयका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल र्याफ्टिङ्ग तथा क्यानोइङ्ग संघका महासचिव सुदीप गौतमले जानकारी दिए। च्याम्पियनसिप त्रिसुली नदीमा आयोजना हुने छ। जसका लागि आयोजकले टिम दर्ताको…
काठमाडौंः नेपाल खेलकुद महासंघ (नेकोस) ले केन्द्रीय कमिटी विस्तार गरेको छ। चैत २१ गतेको निर्णय सावर्जनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा कमिटी विस्तारबारे जानकारी गराइएको हो। महासंघका अध्यक्ष पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले ३ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव थप गरिएको जानकारी गराए। उपाध्यक्षमा सर्लाहीका रेवती पन्त, काठमाडौंका उपेन्द्र पौडेल र ललितपुरका वीरेन्द्र श्रेष्ठ, महासचिवमा काभ्रेका…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपर न्यु क्यासलसँग बराबरीमा रोकिएको छ। सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा टोटेनहम घरेलु टोली न्यु क्यासलसँग २-२ को बराबरीमा रोकिएको हो। खेलमा जोइलिन्टनको गोलमा घरेलु टोलीले २८ औं मिनेटमा अग्रता बनाएको थियो। तर त्यसको त्यसको दुई मिनेट भित्रै टोटेनहमका ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै केनले नै ३४ औं मिनेटमा…
काठमाडौंः लामो छलफल र काउन्सिलिङपछि प्रहरीले आइतबार एक महिलालााई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल राष्ट्र बैंककी निर्देशक समेत रहेकी सुष्मा रिमाल रेग्मीलाई नियन्त्रणमा लिएको हो। रेग्मीविरुद्ध ९ महिनाअघि उनकै ८४ वर्षीय आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। 'यो धेरै अगाडिको घटना हो। हामीले दुबै पक्षलाई बोलाएर सम्झाएका थियौं। तर पछि पनि त्यही विषय आएपछि नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी…
काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ। त्यस्तै, हवाई इन्धन र एलपी ग्यासको…