जनकपुरधाम : पत्रकार महासंघ धनुषाको नयाँ नेतृत्वका लागि ७ जनाले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन्। अध्यक्ष पदमा श्रीनारायण साह, अर्जुन क्षेत्री, धर्वेन्द्र झा, नित्यानन्द मण्डल, राजन सिंह, मनिका झा र पुरन साहले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। त्यस्तै, उपाध्यक्ष पदका लागि अवधेश कामत, बब्लु चौधरी र संजिवकुमार झाले उम्मेद्वारी दर्ता गराएका छन् भने महिला उपाध्यक्ष पदमा नेहा…
वीरगंज : नेपाल पत्रकार महासंघ पर्साको अगामी चैत २५ गते हुने निर्वाचनमा २६ पदका लागि ५९ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ता गरी साँझ ६ बजे नामावली प्रकाशन गरिएको थियो। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ पत्रकार जगदीशप्रसाद शर्माका अनुसार २६ पदमा ५९ जनाको उम्मेद्वारी परेको छ। दलित सदस्यमा एकल…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवामा शनिवार भीषण आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले आगलागीबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। उनले भनेका छन्, ‘यस गाउँपालिकाका विभिन्न वडाहरुमा विगत एक महिनामा ठूला आगलागीका घटनाहरु भएका छन्। नैरनापुरका बासिन्दाको मुख्य समस्या गरीबी र विपन्नता हो। घनाबस्ती…
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको समूहले एकता नमाने आफूहरुले पार्टी निर्माण गर्ने साहस गर्नुपर्ने बताएका छन्। काठमाडौंको बुद्धनगरमा आयोजित काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता खनालले नेकपा एमालेको नवीन संस्करण बनाउन सक्नुपर्ने बताएका हुन्। नेता खनालले एमालेभित्रको लडाइँ सही र गलतबीचको लडाइँ भएको बताएका छन्। उनलेले एमालेमा दुई समूह रहेको भन्दै एक क्रान्तिकारी र अर्को…
काठमाडौः पछिल्लो २४ घण्टामा देशभर १ सय ७६ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ सय ७६ जनामा कोभिड १९ पोजेटिभ भएको हो। यही अवधिमा १ सय १७ जना कोभिड मुक्त भएका छन्। कोभिड सङ्क्रमण भएका कुनै पनि मानिसको २४ घण्टाको अवधिमा मृत्यु भने भएको छैन। अहिलेसम्म देशभर २ लाख ७७…
काठमाडौं : नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले गुटले ध्वस्त भएको काठमाडौंमा नयाँ कमिटी आएको भन्दै शुभकामना दिएकी छिन्। एमालेको माधव नेपाल पक्षले आज काठमाडौं जिल्ला कमिटी घोषणा गरेको छ। शाक्यले काठमाडौंमा संगठन कसरी ब्यापक बनाउने भनेर छुट्टै योजना बनाउने समेत बताइन्। उनले भनिन्, ‘काठमाडौं संगठनका हिसाबले छिया-छिया, धुजा-धुजा भएको छ। अल्छि गर्ने हो भने जितिन्न। संगठन निर्माण गर्ने वडा तहसम्म…
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो। एन्फाले कतार फुटबल एसोसिएसनलाई प्रो लाइसेन्सप्राप्त प्रशिक्षक पठाउन अनुरोध गरेपछि अल्मुटाइरी नेपाल आएका हुन्। यसअघिका स्वीडिस प्रशिक्षक योहान कालिनले राजीनामा दिएसँगै बालगोपाल महर्जनले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिँदै…
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा वैशाख ४ गतेबाट सुरु हुने ट्राइ नेसन सिरिजका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। २४ गतेबाट सुरु हुने बन्द प्रशिक्षणमा खेलाडीहरु बोलाइएको क्यानले जनाएको छ। प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगिताका सबै खेल टीयू क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। प्रतियोगिता डबल राउण्ड…
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीले फ्यालेर फ्यालिने नेता नभएको दावी गरेका छन्। नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्न थालेपछि निलम्बनमा परेका वरिष्ठ नेता नेपालले आज काठमाडौं जिल्ला कमिटी घोषणा गर्दै नेकपा एमाले आफ्नो मूल पार्टी रहेको दावी गरे। ओलीसँग अब मिल्ने कुनै अवस्था नरहेको भन्दै उनले कानुनले छुट्टै पार्टी…
काठमाडौं : एसिड प्रहारका घटनाहरु तीब्र हुन थालेपछि गृह मन्त्रालयलले एसिड तथा तेजाव लगायतका केमिकल खरिदसहित प्रकृयालाई कडाई गर्ने भएको छ। अबदेखि कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने यस्ता केमिकल खरिद गर्दा सात दिन अगाडि नै मन्त्रालयमा परिमाणसहितको जानकारी दिनुपर्ने निर्देशन गृह मन्त्रालयले जारी गरेको छ। त्यसका लागि मन्त्रायलयले निश्चित ढाँचा समेत तोकेको छ। तेजाव तथा अन्य घातक रासयनिक पदार्थ (नियमन) नियमावली,२०७७…
काठमाडौं : सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका नहकुल सुवेदी र कुमार चुडालमाथि वैशाख २ गते संसदीय सुनुवाई हुने भएको छ। उनीहरुविरुद्ध परेको उजुरीलाई लिएर आज सुनुवाइ समितिमा उजुरीकर्ताहरुलाई छलफलका लागि डाकिएको थियो। यसअघि चैत २५ गतेका लागि संसदीय सुनुवाई सुरु गर्ने मिति तय भएको थियो। सुवेदीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको र त्यसको सुनुवाई चैत ३० गते हुने तय भएको छ।…
काठमाडौं: ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेट प्रतियोगिताको आज सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफले सुदूरपश्चिम प्रदेशमाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिममाथि ३७ रनले जित निकालेको हो। जारी प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले २ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेश १९…
काठमाडौं : रकम हिनामिना गरेर फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरेको हो। परिसरको टोलीले फरार रहेका श्रेष्ठलाई चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको परिसरका एसएसपी किरण बज्रचार्यले जानकारी दिइन्। 'दुई अर्ब बराबरको ठगीको उजुरीमा खोजी भइरहेको थियो। पक्राउ गरेर काठमाडौं ल्याएका छौं,' एसएसपी बज्राचार्यले भनिन्।…
काठमाडौं : बालचित्रकार द्वय आश्रिती श्रेष्ठ र समीर कोजूको पुस्तक सार्वजनिक भएको छ। उनीहरुको बालचित्र पुस्तक 'करण र कार्टुन'को संस्कृतिविद् सत्यमोहन जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति केके कर्माचार्यले विमोचन गरेका हुन्। बालबालिकामा प्रविधिको लतले पार्ने असरबारे चित्रपुस्तकले प्रस्ट्याएको छ। पुस्तक सार्वजनिक सँगै बबरमहलस्थित आर्ट काउन्सिलमा आश्रितीका चित्रहरुको एक दिवशीय प्रदर्शनी पनि आयोजना गरिएको थियो। उनले दुई वर्षको उमेरदेखि नै…
काठमाडौँः प्रहरीको आँखा छल्न तस्करहरूले विभिन्न तरिका अपनाउने गरेका छन्। लागु औषध तस्करीहरूले ग्यासभित्र लागु औषध राखेर कारोबार गर्ने गरेको खुलेको छ। चैत २० गते दिउँसोको समयमा काठमाडौं दक्षिणकाली नगरपालिका वडा नम्बर ५ फर्पिङमा प्रहरीले चेक गर्दा ग्यासभित्र लागु औषध फेला परेको हो। वीरगन्जबाट काठमाडौँ आउँदै गरेको वा ३७ प ७१३७ नम्बरको मोटरसाइकल चेक गर्दा मोटरसाइकल पछाडि बसेका व्यक्तिले बोकेको जेब्रा…
काठमाडौं : चिनियाँ नागरिकको कोठामा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले विभिन्न मितिमा चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएका २८ वर्षीय फूलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ र २८ वर्षीय रोशन लामालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए। उनीहरूले…
काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले शनिवार राति नागढुंगाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ फेला पारेपछि ती व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा २ नागढुंगास्थित चेक प्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश नम्बर ३ -०१-००-६ ख ०९१२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक गर्दा रकम फेला परेको प्रहरीले…
काठमाडौं : काठमाडौंको वसन्तपुर नजिकै रहेको लाखेननीचोकस्थित एक घरमा आगलागी भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध वारुण यन्त्र र स्थानियबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। आगो कसरी लाग्यो? क्षति कति भए? यसको विस्तृत विवरण भने नआइसकेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रमाथि जित निकाल्दै अफ्रिकन रुट्स एसोसियसन पोखरामा जारी १९औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा मच्छिन्द्रमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो। हेटौडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि फर्किनुअघि अफ्रिकन रुट्स आहा राराको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। शारीरिक रुपमा अग्ला र बलिया…
काठमाडौं: ललितपुर मेयर महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ। यी दुबै टोलीले शनिवार सम्पन्न पहिलो दिनको खेलमा जित निकालेका थिए। एपीएफले प्रदेश १ लाई र सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई हराएका थिए। पहिलो खेल ९ बजे सुरु हुनेछ। त्यस्तै आजै हुने दोस्रो खेलमा ललितपुर मेयर्स ११ लुम्बिनी प्रदेश प्रतिस्पर्धा…