PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • ताइवानमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो, चालकको पनि मृत्यु

    ताइवानमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो, चालकको पनि मृत्यु

    पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ। उक्त दुर्घटनामा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। ताइपेइबाट ताइतुङतिर लागेको रेल हुवालियन क्षेत्रको सुरुङमा शुक्रवार बिहान दुर्घटना भएको थियो। ४९० यात्रु रहेको रेलले ट्रयाक छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ।  दुर्घटनामा रेल चालकको पनि मृत्यु भएको छ। मृत्यु भएकामध्ये केहीको अझै पहिचान खुलेको छैन। घटनामा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन

    यस्तो देखियो मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन

    काठमाडौं : मेलम्ची खानेपानी वितरणको आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरेकी हुन्। योसँगै तीन दशकपछि उपत्यकाबासीको मेलम्चीको पानी पिउने चाहना पूरा भएको छ। तीन दशकमा ३५ अर्ब रुपैयाँ खर्च गरेपछि मात्रै राष्ट्रिय गौरवको यो आयोजना सफल भएको छ। मेलम्चीको पानी चैत २५ गतेबाट नै काठमाडौंका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • बुटवल लुम्बिनी क्लबले छान्यो तीन जना विदेशी खेलाडी, सुगम पोखरेलको स्वरमा क्लबको गीत

    बुटवल लुम्बिनी क्लबले छान्यो तीन जना विदेशी खेलाडी, सुगम पोखरेलको स्वरमा क्लबको गीत

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टिम बुटवल लुम्बिनीले तीन जना विदेशी खेलाडीको टुंगो लगाएको छ। आज पत्रकार सम्मेलन गर्दै बुटवल लुम्बिनीले विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको हो। बुटवल लुम्बिनीबाट खेल्न आउने विदेशी खेलाडीमा ओल्माजा नुरेन, अर्माण्ड बेडोउम र विलियम ओपोकु रहेका छन्। ती खेलाडीहरु नाइजेरिया, घाना र एक अर्को अफ्रिकी देशबाट भित्र्याइएको क्लबका अध्यक्ष तिमल्सिनाले बताए। उनीहरुको टिकेटिङको काम सुरु…

    विस्तृतमा पढ्नुस्

  • बजारमा कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

    बजारमा कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं: संसदीय समितिले बजारमा कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न नेपाल सरकार मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो। समितिले चारवटै…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते बस्ने

    वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते बस्ने

    हेटौँडा : सरकारको दबाबमा सूचना टाँस गरेर सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेको वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते मंगलवारका लागि आह्वान गरिएको छ। सचिवालयले एक सूचना जारी गर्दै चैत २४ गते मंगलवार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख गरेको छ। तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद आएपछि प्रचण्ड-माधव नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा आजबाट उठ्ने भयो फोहोर, सिसडोलका स्थानीयसँग भयो सहमति

    काठमाडौं महानगरमा आजबाट उठ्ने भयो फोहोर, सिसडोलका स्थानीयसँग भयो सहमति

    काठमाडौं : काठमाडौं महानगरपालिका र सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबिच आज भएको छलफलपछि फोहोर विसर्जनको अवरोध हट्ने भएको छ। फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए। सिसडोलका स्थानियले विभिन्न माग राख्दै फोहोर बिसर्जनमा अवरोध पुर्‍याएसँगै काठमाडौं महानगरमा फोहोर उठ्न सकेको…

    विस्तृतमा पढ्नुस्

  • सिनजियानको कटनमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि नेपालसहित २० देशका विदेशी कूटनीतिज्ञ सिनजियानमा

    सिनजियानको कटनमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि नेपालसहित २० देशका विदेशी कूटनीतिज्ञ सिनजियानमा

    चीनको सिनजियान युगुर स्वाशासित क्षेत्रका टेक्सटाइल उद्योगबाट उत्पादित सामाग्रीमाथि अमेरिका सहितका पश्चिमा देशहरुले प्रतिबन्ध लगाएसँगै चीनले विदेशी कुटनीतिज्ञहरुलाई त्यहाँको उद्योगहरुको भ्रमण गराएको छ। साथै उसले सिनजियान क्षेत्रमा प्रमणका लागि विदेशी उद्योग संघ संस्थाहरु तथा तेस्रो पक्षलाई आग्रह गरेको छ। बिहीवार त्यहाँको चाइना कटन एसोसिएसनले वक्तव्य जारी गर्दै आफूहरुले वतावरण मैत्र उच्च गुणस्तरको कटन उत्पादन गरिरहेको जनाएको छ। उसले विदेशी व्यवसायीलाई…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा पौडी खेल्ने क्रममा दुई जना बालकको डुबेर मृत्यु

    कीर्तिपुरमा पौडी खेल्ने क्रममा दुई जना बालकको डुबेर मृत्यु

    काठमाडौंः कीर्तिपुरमा पौडी खेल्न गएका दुई जना बालकको डुबेर मृत्यु भएको छ। बिहिवार दिउँसो कीर्तिपुर नगरपालिका-६ टौदह नयाँ झोलुङ्गेपुल नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका १ खहरे बस्नेहरु ओखलढुङ्गा सिजिदेब गाउँपालिका-३ घर भएका ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ घर भएका ८ वर्षीय क्रिस मगर रहेका…

    विस्तृतमा पढ्नुस्

  • आजबाट रिङ रेस्लिङ सुरु हुँदै, सहभागी हुन रेस्लर पुगे पोखरा

    आजबाट रिङ रेस्लिङ सुरु हुँदै, सहभागी हुन रेस्लर पुगे पोखरा

    काठमाडौं: दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आजबाट पोखरामा सुरु हुदैँछ। राष्ट्रिय खेलकुद परिषद् सदस्य तथा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताको सबै तयारी पुरा भइसकेको जानकारी दिएकी छन्। उनले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ्ग प्रतियोगितामा सहभागिता जनाउन रेस्लरहरु पोखरा पुगिसेकेको बताइन्। 'हामी सम्पूर्ण पक्षको तयारी पुरा गरेर प्रतियोगिताको उद्घाटन समापनलाई उत्कृष्ट र भब्यता दिन लागि परेका छौं,' उनले भनिन्। प्रतियोगिताका लागि…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघ प्रदेश २ मा २२ पदका लागि ५३ जनाको उम्मेद्वारी, अध्यक्षमा तीन जनाको दावी

    पत्रकार महासंघ प्रदेश २ मा २२ पदका लागि ५३ जनाको उम्मेद्वारी, अध्यक्षमा तीन जनाको दावी

    वीरगंज : नेपाल पत्रकार महासंघ प्रदेश २ समितिको २२ पदका लागि ५३ जनाको उम्मेद्वारी परेको छ। प्रदेश निर्वाचन समिति जनकपुरमा उनीहरुले उम्मेद्वारी दिएको निर्वाचन आयुक्त तथा संयोजक रामभरत साहले जानकारी दिए। अध्यक्षमा प्रेस चौतारी र प्रेस मञ्चका साझा उम्मेद्वार राजेशकुमार कर्ण, प्रेस युनियनको नेतृत्वमा बनेको महागठबन्धनका उम्मेद्वार नवलकिशोर यादव र मधेसी पत्रकार समाजका जितेन्द्रप्रसाद सिंहले उम्मेद्वारी दिएका हुन्। उपाध्यक्षमा वृजलाल…

    विस्तृतमा पढ्नुस्

  • एनभीए नेशनल महिला/पुरुष क्लब भलिबल लिग : एपीएफको रोमाञ्चक जित

    एनभीए नेशनल महिला/पुरुष क्लब भलिबल लिग : एपीएफको रोमाञ्चक जित

    काठमाडौं : आरबीबी एनभीए भलिबल लिगमा सशस्त्र प्रहरीको एपीएफले जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा एपीएफले बुलबुले रारा भलिबल क्लबमाथि ३-१ को सेटमा जित निकालेको हो। एपीएफले २५-२०, २८-२६, २८-२५, ३२-३० ले जित निकालेको हो। आजबाट शुरू भएको प्रतियोगिताको यसअघिको खेलमा नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो। पुलिसले…

    विस्तृतमा पढ्नुस्

  • गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्छ : प्रधानमन्त्री ओली

    गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्ने बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौटमा परेका विद्यालयहरुको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरमा ध्यान पुर्‍याउनुपर्ने बताएका हुन्। विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने उनको भनाइ थियो। भौतिक संरचनाको…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियनसिपमा सहभागी हुन जुडो टोली कीर्गिस्तान जाँदै

    च्याम्पियनसिपमा सहभागी हुन जुडो टोली कीर्गिस्तान जाँदै

    काठमाडौं : एसियाली/ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रवार कीर्गिस्तानको बिस्केक प्रस्थान गर्दैछ। अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्। महिला ४८ केजीमुनि सोनिया भट्ट, ५७ केजीमुनि देविका खड्का र ७० केजीमुनि पुनम श्रेष्ठले भाग…

    विस्तृतमा पढ्नुस्

  • कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख रुपैयाँ सहित समातिएका अंकित अग्रवालको रकम अवैध, अनुसन्धानमा सुन किन्न रकम ल्याएको देखियो

    कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख रुपैयाँ सहित समातिएका अंकित अग्रवालको रकम अवैध, अनुसन्धानमा सुन किन्न रकम ल्याएको देखियो

    काठमाडौंः कारमा १ करोड ४७ लाख रुपैयाँ बोकेर हिड्ने अंकित कुमार अग्रवालको रकम अवैधानिक ठहर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानले रकम अवैधानिक ठहर भएको हो। कपिलवस्तुका संगम चौधरीले काठमाडौं ल्याउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बर को कारलाई रोकी चेक गर्ने क्रममा रकम फेला परेको थियो। गत पुसमा प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टामा देशभर १ सय ५२ जना कोभिड १९ सङ्क्रमित थपिए

    २४ घण्टामा देशभर १ सय ५२ जना कोभिड १९ सङ्क्रमित थपिए

    काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १ सय ५२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बुलेटिन जारी गर्दै १ सय ५२ जनामा कोभिड पोजेटिभ भएको जानकारी दिएको छ। त्यस्तै कोभिडको कारण एक जनाको मृत्यु भएको छ। २४ घण्टामा ६५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म देशभर २ लाख ७७ हजार ४ सय ६१ जनामा कोभिड पोजेटिभ देखिएको…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ कम्पनी छानिएको फास्ट ट्र्याकको दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन रद्ध गर्न सेनालाई निर्देशन

    चिनियाँ कम्पनी छानिएको फास्ट ट्र्याकको दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन रद्ध गर्न सेनालाई निर्देशन

    काठमडौं: संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्र्याको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेजमध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले फास्ट ट्र्याकको दुईवटा प्याकेजको टेण्डर आह्वानको लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएकाले रद्द गरी पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया शुरु गर्न निर्देशन दिएको हो। समितिको बैठकले गरेका निर्णयहरु…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतबाट प्रचण्डलाई झड्का : एकता खारेजीको आदेशमा पुनरावलोकन नहुने

    सर्वोच्च अदालतबाट प्रचण्डलाई झड्का : एकता खारेजीको आदेशमा पुनरावलोकन नहुने

    काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको पूर्ण इजलासले नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकता खारेजी हुने गरी दिएको फैसलामा पुनरावलोकन नहुने फैसला दिएको छ।  नेकपा एमाले र नेकपा माओवादी फरक फरक दल हुनेगरी भएको फैसलामा पुनरावलोकन नहुने आदेश सर्वोच्चले दिएसँगै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवेदन अस्वीकृत भएको हो। गत चैत १७ गते पुनरावलोकनका लागि सर्वोच्च अदालतको…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल र भीम रावलपछि एमालेले गर्‍यो घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन

    माधव नेपाल र भीम रावलपछि एमालेले गर्‍यो घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन

    काठमाडौं : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका नेकपा एमालेका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेका छन्। यसअघि माधवकुमार नेपाल र भीम रावललाई नेकपा एमालेले कारवाही गरेको थियो। भुसाल र पाण्डे नेपाल समूहमा सक्रिय छन्। दुई नेतालाई कारवाही गरेर ६ महिनाका लागि निलम्बन गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। नेता…

    विस्तृतमा पढ्नुस्

  • नहकुल सुवेदी र कुमार चुडालविरुद्ध परेका उजुरीपत्र सांसदहरुलाई वितरण, चैत २५ मा सुनुवाई सुरु हुने

    नहकुल सुवेदी र कुमार चुडालविरुद्ध परेका उजुरीपत्र सांसदहरुलाई वितरण, चैत २५ मा सुनुवाई सुरु हुने

    काठमाडौं : सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका नहकुल सुवेदीविरुद्ध परेको ५ र कुमार चुडाल विरुद्ध परेको दुई वटा उजुरी संसदीय सुनुवाइ समितिका सदस्यहरुलाई वितरण गरिएको छ। आजको समितिको बैठकमा सिफारिसमा परेका न्यायाधीशहरु विरुद्ध परेको उजुरीको प्रतिलिपि सांसदहरुलाई वितरण गरिएको हो। समितिले चैत २२ गते उजुरीकर्तालाई बोलाएर छलफल गर्ने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।  न्यायपरिषदले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी देखाएर खिचापोखरीको मनी ट्रान्सफरबाट लुटियो ६ लाख, २४ घण्टा नबित्तै लुटमा संलग्न समातिए

    खुकुरी देखाएर खिचापोखरीको मनी ट्रान्सफरबाट लुटियो ६ लाख, २४ घण्टा नबित्तै लुटमा संलग्न समातिए

    काठमाडौं : काठमाडौंको खिचापोखरीस्थित एक मनी ट्रान्सफरमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लुटिएको केही रकम सहित चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर घर भएका १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी गाउँपालिका घर भएका  २१ वर्षीय तिलक रावत, कालीकोट सानी त्रिवेणी गाउँपालिका ३ घर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell