अमेरिकामा फेरि बन्दुकधारीले जथाभावी गोली प्रहार गरेर ४ जनाको ज्यान लिएका छन्। बन्दुकधारीलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ। जतिखेर प्रहरीले बन्दुकधारीलाई गोली प्रहार गरेर ढाले त्यतिखेर ४ जना मानिस उसको बन्दुकको निसाना भइसकेका थिए। दक्षिणी क्यालिफोर्नियाको एउटा अफिस बिल्डिङमा एक व्यक्तिले जथाभावी गोली चलाउँदा चार जनाको मृत्यु भयो जसमा एक बालकसमेत थिए। गोली लागेका पाचौं व्यक्ति घाइते अवस्थामा…
काठमाडौँः प्रहरीले मानवबेचविखन र जवर्जस्तिकरणीको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, १८ वर्षीय मसेली भन्ने सुहागा तामाङ,५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट सुर्यगढी गाउँपालिका घर भएकी ३१ वर्षीय मुना थापा मगर र काठमाण्डौका ४७ वर्षीय राज कुमार सुनार…
जनकपुरधामः महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। औरही नगरपालिका ४ स्थित गौशाला-सम्सी सडक खण्ड अन्तर्गत बैरियामा चलेको गोलीबाट बर्दिवास नगरपालिका १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए। अचार्यका अनुसार बुधबार बेलुका करिब ७:३० बजेतिर गोली चलेको हो। घटनाबारे अनुसन्धान भइरहेको आचार्यले बताए। घाइते कोइरालाको बर्दिबासस्थित…
काठमाडौंः मोरङ जिल्लामा केही दिनअघि सम्पन्न वडास्तरीय फुटबल प्रतियोगितामा रेफ्रीमाथि हातपात गर्ने खेलाडी र प्रशिक्षक कारबाहीमा परेका छन्। त्यस्तै सुरक्षा दिन नसकेको भन्दै आयोजकलाई मोरङ जिल्ला फुटबल संघले ११ हजारको जरिवाना गरेको छ। कारबाहीमा पर्ने ६ जना खेलाडीमध्ये ४ जनालाई दुई वर्षको प्रतिबन्ध र दुई जनालाई एक वर्ष नेपालभर खेल्न नपाउने प्रतिबन्ध लगाइएको छ। दुई वर्षको निलम्बनमा पर्नेमा राज तामाङ, सनम…
वीरगंजः पर्सा र बारामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंजस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको ३८ जनाको स्वाब परीक्षणमा पर्साका ६ र बाराका २ गरी ८ जनामा संक्रमण पुष्टि भएको डा. सरोजरोशन दासले जानकारी दिए। वीरगंजका ६ जना नै २० देखि ५१ वर्षभित्रका पुरुष हुन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा…
वीरगंजः बारा प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका ४ का उमेशकुमार कुर्मी रहेका छन्। बारा जिल्ला अदाललतले उनलाई २०७५ भदौ २८ गते १० महिना ७ दिनको कैद सजाय सुनाएको थियो। घरमै लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। कैद भुक्तानको लागि उनलाई वीरगंज कारागारमा पठाइएको बारा प्रहरीले…
काठमाडौं: उदयीमान ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले २०७८ सालमा जितेको हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता बापत ५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई प्रदान गर्ने भएका छन्। आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रिन्सले यो घोषणा गरेका हुन्। प्रिन्स पछिल्लो समय ब्याडमिन्टको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। ब्याडमिन्टनको वरीयतामा शीर्ष तीनमा रहेका १७ वर्षे प्रिन्सले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन…
काठमाडौँः भारतको सहयोगमा निर्माण सम्पन्न भएका हुलाकी राजमार्ग अन्तर्गतका सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। बुधबार एक कार्यक्रमबीच सडक हस्तान्तरण गरिएको हो। निर्माण सम्पन्न भएका १४ मध्ये १३ सडक खण्ड नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई हस्तान्तरण गरेका हुन्। यातायात मन्त्रालयमा भएको सो कार्यक्रममा सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, परियोजना…
काठमाडौं : भारतको सहयोगमा निर्माण सम्पन्न भएका हुलाकी राजमार्ग अन्तर्गतका सडक खण्ड आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। निर्माण सम्पन्न भएका १४ मध्ये १३ सडक खण्ड नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई हस्तान्तरण गरेका हुन्। यातायात मन्त्रालयमा भएको सो कार्यक्रममा सचिव रबिन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, परियोजना निर्देशक रोहित…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले अपारदर्शी र योजनाबिनाका संघलाई खारेज गरिने बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चको एकेडेमी लञ्च कार्यक्रममा सदस्यसचिव सिलवालले अपारदर्शी र योजनाबिनाका संघहरुलाई खारेज गर्ने बताएका हुन्। 'यस्ता संघहरुलाई म खारेज गर्दिन्छु। यो नक्कली कामको अहिले आवश्यकता छैन। संघमा पारदर्शिता हुनुपर्छ,' सिलवालले भने, 'हरेक कार्यक्रमपछि संघले हिसाबकिताव सार्वजनिक गर्नुपर्छ। हाम्रो संघहरुमा पारदर्शिता छैन।…
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १ सय ६२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा १ सय ६२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। २४ घण्टामा देशभर रहेका विभिन्न ल्याबहरूमा ३ हजार ९ सय १९ जनाको पिसिआर परीक्षण गरिएको थियो। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरूमा ६७ जनामा कोभिड पोजेटिभ देखिएको…
काठमाडौंः स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर ६ दिनदेखि सिसडोलमा व्यवस्थापन हुन सेकेको छैन। विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न नसकेको ह। सिसडोलका स्थानीयवासीले यही चैत १३ गतेदेखि उपत्यकाको फोहोर लग्न अवरोध गरेका छन्। फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा…
काठमाडौं : 'हाम्रो बैङ्कको एटिएम बुथमा केही शङ्कास्पद गतिविधि भइरहेको छ।' मङ्गलवार मेगा बैङ्कका एक कर्मचारीले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डिएसपी रामेश्वर पौडेललेलाई फोनमार्फत् जानकारी दिए। समय करिब ५ बजेर १५ मिनेट गएको थियो। साँझको समय भिआइपी मोमेन्ट भइरहेकाले पनि डिएसपी पौडेल ड्युटीमा नै खटिएका थिए। लैनचौरको खानी विभागमा उनको डियूटी थियो। त्यसपछि उनी बैङ्कका कर्मचारीले दिएको जानकारी अनुसार काठमाडौंको ज्याठातिर लागे।…
काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडोर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाएको छ। महाशाखाले बुधवारबाट कोरिडोर व्यवस्थापनको लागि नयाँ ट्राफिकको टोली गठन गरेर परिचालन गरेको हो। उपत्यकाको मुख्य कोरिडोरहरू विष्णुमती, वाग्मती, धोविखोला र मनोहरा कोरिडोर क्षेत्रमा ट्राफिक प्रहरीको टोली खटिनेछन्। आजदेखि कोरिडोरलाई चौबिस खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागि १७ टोली गठन गरी परिचालन गरेको महाशाखाका प्रमुख…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता (निलम्बित) माधव कुमार नेपालले ओलीलाई सच्चिने अन्तिम मौका भएको बताएका छन्। उनले फागुन २८ गतेको निर्णय फिर्ता लिएर ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीका आधारमा अघि बढे अझै एमाले एकताको आसाको त्यान्द्रो बाँकी रहेको बताए। बबरमहलस्थित युवा संघको पार्टी कार्यालय उद्घाटनपछि सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई कारवाही गरेकाले अब…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह निकट युवा संघले बबरमहलमा आफ्नो कार्यालयको उद्घाटन गरेको छ। नेता नेपालको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हो। नेपालले परिवर्तनका लागि युवाहरू एकजुट हुन आवश्यक भएको बताए। नेकपा एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समानान्तर गतिविधिका साथ नेपाल-खनाल समूहले भातृ संगठनमा छुट्टै कमिटीहरु गठन गरेको छ। यसअघि नै…
काठमाडौं : विभिन्न बैङ्कको एटिएम बुथबाट अनाधिकृतरुपमा रकम झिकेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र दरबार मार्गको टोलीले मङ्गलवार काठमाडौंको ज्याठाबाट २९ वर्षीय चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो। ज्याठामा रहेको मेगा बैङ्कको एटिएम बुथभित्र पसेर एटिएम मेशिन ह्याक गरी रकम झिक्न लाग्दै गर्दा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले…
काठमाडौं: बंगलादेशमा बंगबंधु कप इन्टरनेशनल टुर्नामेन्टमा नेपाली राष्ट्रिय कबड्डी टोलीले पोल्याण्डमाथि जित निकालेको छ। आज बिहान सम्पन्न खेलमा नेपालले पोल्याण्डमाथि २१ प्वाइन्टले जित निकालेको हो। नेपालले ४० प्वाइन्ट ल्याउँदा पोल्याण्डले १९ प्वाइन्ट ल्याएको थियो। नेपालले अर्को खेलमा केन्यासँग भिड्ने छ। अब केन्या र श्रीलंकालाई हराएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्ने छ। हिजो सम्पन्न खेलमा नेपाल बंगलादेशसँग १४ अंकले पराजित भएको थियो।…
काठमाडौं : महानगरपालिकाको स्वामित्वमा रहेको बालाजुको कित्ता नम्बर ९९ र १२५ मा सूचना केन्द्र निर्माण हुने भएको छ। करीब एक करोड लागतमा बालाजु बाइपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माणको आज सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे। बाइपासमा निर्माण हुने सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने मन्त्री मानन्धरले…
काठमाडौं : महोत्तरी भंगहा नगरपालिकाका सात जना बालिका/किशोरीहरु सम्पर्कमा आएका छन्। आज बिहान उनीहरु भारतको सितामढीमा फेला परिएको जानकारी आएको हो। 'हामीलाई पनि भेटिएको जानकारी आएको छ। हाम्रो टोली त्यसतर्फ लागिरहेको छ,' जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्याले भने। उनीहरु मंगलवार दिउँसो करिब २ बजेतिर घरबाट निस्किएका थिए। रातिसम्म घर नफर्किएपछि उनीहरुका आफन्तले प्रहरीमा समेत खबर गरेका थिए। नेपाल प्रहरी, सशस्त्र…