काठमाडौंः मानव बेचबिखनको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमक (झापा) बाट खटिएको टोलीले मोरङ पथरीशनिश्चरे नगरपालिका बस्ने ३८ वर्षीय उर्मिला नेम्बाङ र इलाम चुलाचुली गाउँपालिका बस्ने ३८ वर्षीय बन्ठि भन्ने नन्दिता साँवा लिम्बुलाई नियन्त्रणमा लिएको हो। उनीहरूले झापा दमक नगरपालिका ६ नयाँ सब्जी बजार नजिकै घर भाडामा लिएर विभिन्न उमेर समूहका युवती देखि महिलालाई राखी यौन…
काठमाडौंः महोत्तरी भंगहा नगरपालिकाका सात जना बालिका / किशोरीहरु सम्पर्क बिहिन भएका छन्। मंगलबार दिउँसो करिब २ बजेतिर घरबाट निस्किएका उनीहरु अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्। रातिसम्म घर नफर्किएपछि उनीहरुका आफन्तले प्रहरीमा समेत खवर गरेका थिए। अहिले प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। 'घाँस काट्न भनेर दिउँसो निस्किएको परिवारले जानकारी दिएको छ। हाम्रो टोली अहिले विभिन्न कोणबाट खोजी तथा अनुसन्धान गरिरहेको छ,' जिल्ला…
वीरगंज : वीरगंजका सम्पूर्ण निजी तथा सरकारी विद्यालयहरु भोलि बुधवारदेखि सञ्चालन हुने भएका छन्। वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले फेसबुकमा एउटा सूचना जारी गर्दै विद्यालय खोल्ने निर्णय गरेको हो। काठमाडौं र पोखरामा वायु प्रदूषण बढेको भन्दै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले हिजो एक विज्ञप्ति निकाल्दै अगामी शनिवारसम्म देशभरकै सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको आरोप लगाएको छ। आज संयुक्त रुपमा वक्तव्य जारी गर्दै नेपाल-खनाल समूहले नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै प्रधानमन्त्री ओलीले एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य गरेको आरोप लगाएको हो। राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही…
काठमाडौँः नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाएका छन्। पार्टीको अनुशासन पालना नगरेको भन्दै अध्यक्ष ओली पक्षले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो। उनले मंगलबार स्पष्टीकरण बुझाएका हुन्। अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पाण्डेले जवाफ पठाएका हुन्। जवाफमा उनले प्रधानमन्त्रीले कङ्गारु अदालतको अभ्यास गरिरहेको प्रमाणित भएको आरोप पनि लगाएका छन्। यसअघि नेता घनश्याम भुसालले…
काठमाडौं : कतारकी राजकुमारी आस्मा अल थानी सगरमाथा आरोहणको लागि नेपाल आउने भएकी छिन्। सगरमाथा आरोहणको लागि राजकुमारी थानी अप्रिल १ मा नेपाल आउने बताइएको छ। ३१ वर्षीया राजकुमारी थानी ‘एक्स्प्लोरर्स ग्रान्ड स्लाम’ पूरा गर्ने पहिलो कतारी महिला बन्ने यात्रामा छिन्। ग्रान्ड स्लाम अन्तर्गत संसारका सात उच्च शिखरको आरोहण तथा उत्तर र दक्षिण ध्रुवमा पुग्ने उनको लक्ष्य छ। उनले २०१८…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन रातदिन विभिन्न खेल भइरहेको बताएका छन्। रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई हटाउन लागिपरेको आरोप लगाएका हुन्। समारोहमा सहभागी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रचण्डले केपी ओलीलाई किन हटाउनु हुन्न भन्ने गरेको उनले दावी गरे। ‘केपी ओलीलाई किन हटाउनु हुन्न? यसले देश विकास गर्न लागिसक्यो।…
काठमाडौं : विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको छ। ‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्यौं। तर, उहाँहरुले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता सम्भव नभएको बताएका छन्। उनले पार्टीभित्र अन्तर पार्टी निर्देशन(अपानी) जारी गर्दै यस्तो दाबी गरेका हुन्। सर्वोच्चले पार्टी एकतालाई पूर्ववत अवस्थामा फर्काइ दिएपछि पार्टी एकता गर्ने भए १५ दिनभित्र निवार्चन आयोगमा विधिवत रुपमा उपस्थित हुन निर्वाचन आयोगले भनेको थियो। फागुन २८ गते बसेको केन्द्रीय कमिटीको बैठकको…
काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा जानकी देवी रामलाई नियुक्त गर्ने भएको छ। प्रतिनिधिसभा सदस्य तर्फ समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित सांसद सानु शिवा पहाडीको मृत्यु भएपछि रिक्त भएको स्थानमा रामलाई नियुक्त गर्ने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले शिवाको ठाउँमा रामलाई सांसदमा नियुक्त गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेका हुन्। पार्टीका तर्फबाट जारी आन्तरपार्टी निर्देशनमा उनले यस्तो जानकारी दिएका…
काठमाडौं: पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह शुक्रवार बेलायत फर्कँदै छिन्। एक महिनाको नेपाल बसाइपछि उनी बेलायत फर्कन लागेकी हुन्। बेलायता रहँदा लकडाउनका कारण पौडीको अभ्यास गर्न नपाएपछि उनी नेपाल आएकी थिइन्। ओलम्पिकको तयारीमा रहेकी उनले नेपाल रहँदा अभ्यास गरेकी थिइन्। उनी शुक्रवार बेलायत फर्कने गौरिकाकी आमा गरिमा राणाले बताइन्। 'उता लकडाउन भएकाले यता आएको हो। उता खुल्छ त्यसैले हामी जान लागेको।…
काठमाडौं : थरुहट थारुवान संघर्ष समितिसँग सरकारको वार्ता सुरु भएको छ। विभिन्न माग राखि आन्दोलनरत समुहसँग गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको सरकारी टोलीले वार्ता सुरु गरेको हो। सोमवार सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले थरुहट थारुवान संघर्ष समितिसँग वार्ता गर्न वार्ता टोली गठन गरिएको जानकारी गराएका थिए। सरकारले गठन गरेको वार्ता टोलीमा गृहमन्त्रीसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, सांसद भगवती…
काठमाडौंः वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले दाङ लमहीका सरोज अधिकारी भन्ने शिरिस बस्नेतलाई पक्राउ गरेको हो। बस्नेतले अन्य मानिसहरूसँग मिलेर वैदेशिक रोजगारीमा लग्ने भन्दै ७२ लाख ३२ हजार ६ सय ६५ रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले विदेश जना इच्छुक मानिसलाई अनलाइनबाट नै ५ हजार…
विराटनगर : सरकारले गरेको विद्यालय बिदा गर्ने निर्णय मोरङका स्थानीय तहले अस्वीकार गरेका छन्। वातावरण प्रदूषण उच्च भएका कारण सरकारले चार दिनसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयले गरेको उक्त निर्णय प्रदेश १ का विराटनगर महानगरपालिका र इलाम नगरपालिकाले…
काठमाडौँ: सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्का निर्णय झिकाउने आदेश दिएको छ। प्रकरणमा नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयालको संयुक्त इजलासले २०६६ चैत २९, ०६७ वैशाख ३१ र साउन २८ को मन्त्रिपरिषद् निर्णय मगाएको छ। त्यसैगरी २०६९ असोज १८ गतेको…
काठमाडौं : नेपाली फुटबल टोलीले बंगलादेश, नेपाल र कीर्गस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचालेको छ। उपाधि जितेसँगै नेपाली टोलीका कप्तान किरण चेम्जोङले यो उपाधि आजको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका विराज महर्जनलाई डेडिकेट गरेको बताए। ‘म यो ट्रफी मेरो साथी विराज महर्जनलाई डेडिकेट गर्न चाहन्छु,’ कप्तान चेम्जोङले भने , ‘मैले यो प्रतियोगिता हुनु भन्दा अघि नै उनलाई विदाइसँगै यो…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गरेको कारबाही पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य भएको बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो प्रतिकृया दिँदै उनले यस्तो बताएका हुन्। ओलीको कदमलाई अवैधानिक भन्दै उनले त्यसको भर्त्सना समेत गरेका छन्। उनले भनेका छन्, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी…
काठमाडौं : उराठ चल्ने उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरु छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन्। कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका उनीहरुको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ। यिनै नेपाली युवाहरुलाई अरबको गर्मीमा पछ्याउँदै पत्रकार होम कार्कीले लेखेको पुस्तक हो– ‘सनैया’। ‘जुन दिन म…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। पार्टी विरुद्ध गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि निलम्बन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'पार्टीको हित र एकता विरोधी गतिविधि गरेकाले निलम्बन गरिएको हो,' थापाले भने। पार्टीको साधारण सदस्य नरहने…
काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल खेल अब केही बेरमा शुरु हुँदैछ। फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल शुरु हुने छ। मंगलवारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कप आज सकिन लागेको हो। कीर्गिस्तानको टोलि एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। आजको खेलमा…