काठमाडौं : कलाकार मदनकृण श्रेष्ठले ‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका क्याप्टेन वियोन्से फमासीसँग नयाँ गीत गाउने भएका छन्। श्रेष्ठले फेसबुकमार्फत जानकारी दिदै लेखे, ‘हामीले गाएको गीत फुलबुट्टे सारीलाई वियोन्सेले पनि गाइन्। त्यसपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रुप लिएको महसुस गरिएको छ। अब, वियोन्से र म मिलेर एउटा युगल गीत गाउने तरखरमा छौं। वियोन्सेको तरुणी स्वरसँग मेरो बुढो स्वर…
काठमाडौं: सत्तारुढ दल नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको विहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजको स्थिति बनेको अवस्थामा अस्वस्थ्य खालका छलफल सदनमा चल्न थालेको टिप्पणी गरे। उनले सांसद गगन थापालाई इंगित गर्दे विगतमा अभ्यास भएका, जाँचिएका, भोगेका र असफल…
काठमाडौं: सर्वोच्च अदालतले प्रधानमन्त्रीले विश्वासको मत लिने/नलिने विषयमा प्रवेश गर्न अस्वीकार गरेको छ। दल विभाजन भइसकेपछि पनि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै परेको रिट दरपीठ गरेको सर्वोच्चले त्यसविरुद्ध परेको निवेदनमा पनि यो मुद्दा नहेर्ने निर्णय गरेको हो। बिहीबार न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले दरपीठ आदेशलाई सदर गर्दै अदालतले विश्वासको मत लिने/नलिने विषय नहेर्ने निर्णय सुनाएका हुन्। प्रधानमन्त्रीले विश्वासको मत…
काठमाडौंः केही दिनयता देशभर कोभिड १९ संक्रमितको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा पनि संक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोभिड पोजेटिभ देखिएको हो। यो अवधिमा ४ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको थियो। २४ घण्टाको अवधिमा ७९ जना सङ्क्रमण मुक्त भएका छन्। यही अवधिमा संक्रमितको मृत्यु…
हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन्। प्रेस चौतारीका बालकृष्ण अधिकारीलाई पराजित गर्दै प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनतर्फका गौतम निर्वाचित भएका हन्। अध्यक्ष पदका लागि गौतमले एक सय र अधिकारीले ५६ मत प्राप्त गरेका थिए। यस्तै, महासंघको उपाध्यक्ष पदमा धुर्व अधिकारी, महिला उपाध्यक्षतर्फ सरला अधिकारी, खुल्ला सचिवतर्फ शुभलक्ष्मी विश्वकर्मा, सह-सचिव समावेशीतर्फ मन्दिरा बानियाँ (मानवी),…
काठमाडौं : नेकपा एमालेका सांसद लालबाबु पण्डितले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाएका छन्। सरकारले प्रतिनिधिसभालाई बिजनेश दिन सकेन भनेर मात्रै आरोप लगाउन नमिल्ने पण्डितको तर्क छ। बिहीवारको बैठकमा बोल्दै उनले सांसदहरुले सरकारले संसदलाई विजनेश नदिएको भन्दै गलत प्रचार गरेको आरोप लगाए। 'नागरिकता सम्बन्धी विधेयक अड्किरहेको छ। निजामती सेवासम्बन्धी ऐन यहीँ संसदमा अड्किरहेको छ। कतिपय गैरसरकारी विधेयक पनि छन्। कतियले प्रचार गर्नुहुन्छ…
गगन थापा- प्रधानमन्त्रीलाई बाटो पुल शिलान्याश र उद्घाटन गर्न भ्याई नभ्याई छ। यति धेरै विकास कहिल्यै भएको थिएन भनेर लागिरहेको छ। प्रधानमन्त्रीलाई यो चमत्कार किन लागिरहेको छ? दुईटा कारण छ। एउटा वास्तविकता के छ भन्ने प्रधानमन्त्रीलाई थाहा छैन। चरम अल्पज्ञान छ वा झाँक्री बाधेर आएको छ। विकृत असत्य भएको छ। यी दुइटै विषय राष्ट्रका लागि हानिकारक छ। २०७४ फागुन ३…
काठमाडौंः गृह मन्त्रालयले २६ जना उपसचिव तथा सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। आज बसेको मन्त्रिस्तरिय बैठकले सरुवा तथा पदस्थापनको निर्णय गरेको हो। सरुवा तथा पदस्थापनसँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत फेरिएका छन्। बाँके, बैतडी, रोल्पा, डोटी लगायत जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। सहसचिव शिवराम गेलालको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ। त्यस्तै सहसचिव होमप्रसाद लुइँटेलको…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आन्दोलनको तयारीका लागि दस्तावेज तयार पारिरहेको बताएका छन्। कर्णाली प्रदेशस्तरीय महिला भेलामा प्रचण्डले ३ दिने अभियान सकेर आजै काठमाडौं फर्कने र दस्तावेज तयार पर्ने बताए। 'एउटा नयाँ आन्दोलनको तयारीका लागि दस्तावेज तयार पार्दैछु। नयाँ अभियानका लागि दस्तावेज बनाउनुपर्ने भयो,' उनले भने। सुर्खेतमा आयोजित महिला भेलालाई सम्बोधन गर्दै प्रचण्डले महिलाको त्याग बिना…
काठमाडौंः कलाकार तथा निर्माता भुवन केसीको निर्माणमा फिल्म 'माइतीघर २' बन्ने भएको छ। निजी क्षेत्रको लगानीमा बनेको पहिलो फिल्म 'माइतीघर' को पछाडि २ थपेर निर्माता तथा कलाकार भुवन केसीले नयाँ कथामा फिल्म बनाउने भएका छन्। 'माइतीघर २' काजोल फिल्मले निर्माण गर्ने र आफ्नो ब्यानरमा दर्ता समेत गराइसकेको भुवनले जानकारी दिए। 'माइतीघर २ बनाउने निर्णय गरेका छौँ। हामीले पारस र माइतीघर २…
काठमाडौं: नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदलाई संघीय संसद सचिवालयले पदमुक्त गरेको छ। कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई पदमुक्त गरेको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा गराएका हुन्। माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक…
काठमाडौं: भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्नुपर्ने माग प्रतिनिधिसभामा उठेको छ। आजको बैठकको शून्य समयमा सांसद विमला विश्वकर्माले भूमि यथाशिघ्र फिर्ता ल्याई २०७८ सालको जनगणना गर्न माग गरिन्। उनले मेचम्चीको पानीदेखि पुनर्निर्माणसम्म काम गरेर विकासका लहर छरेको भन्दै भूमि फिर्ता ल्याएर अपमान भयो, प्रतिगमन भयो भन्नेलाई जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिन्। ‘राष्ट्रिय एकता,…
काठमाडौं: नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदीय समितिमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन्। फागुन २३ को सर्वोच्चको फैसलाबाट नेकपा एकता खारेज भई एमाले र माओवादी केन्द्र अलग भइसकेको परिपेक्ष्यमा संसदीय समितिहरुमा नेकपा भनेर चिनिएकोमा उनले आपत्ति जनाए। प्रतिनिधिसभा बैठकमा एमाले भनेर बसेको तर समितिमा नेकपा भनेर चिनिएको भन्दै उनले यसलाई तत्काल व्यवस्थापन गर्न उनले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए।…
काठमाडौं : आरबीबी एनभीए नेशनल क्लब लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न फाइनल खेलमा हेल्प नेपालले एपीएफलाई हराउँदै प्रतियोगिताको उपाधि जितेको हो। फाइनलमा हेल्प नेपालले एपीएफमाथि ३-० को सोझो सेटमा जित निकालेको थियो। फाइनलमा २५-१४,२०-२५ र २५ - २२ को सेटमा हेल्प नेपालले जित निकाल्यो। दोस्रो सेटमा सुरुबाटै एपीएफले अग्रता…
काठमाडौ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। चैत २७ गते शुक्रवार बस्ने भनिएको बैठक ३० गते सोमबार दिउँसो २ बजे बस्नेगरी सरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। तयारी नपुगेकाले बैठक सरेको बताइएको छ। नेता एनपी साउदले आसन्न महाधिवेशन…
वीरगंजः जिल्ला प्रहरी कार्यालय पर्साले पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना भारतीयसहित १० जनालाई पक्राउ गरेको छ। पर्सा जिल्लाका आयल स्टोरहरूको मिलोमतोमा तस्करहरूले पेट्रोलियम भारततर्फ तस्करी गर्ने गरेको सुचनाको आधारमा प्रहरीले विभिन्न समयमा पेट्रोल पम्पमा छापा मारेर १० जनालाई पक्राउ गरेको हो। चैत १७ गते इलाका प्रहरी कार्यालय पोखरियाले धोबिनी गाउँपालिका–५ लंगडीस्थित इस्लाम आयल स्टोरबाट भारततर्फ तस्करी गर्न लागेको ८०…
काठमाडौं : नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदलाई पदमुक्त गरिने भएको छ। चारै जना प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का सदस्य हुन्। माओवादी केन्द्रले सबै मन्त्रीलाई फिर्ता बोलाए पनि उनीहरुले अटेरी गरेर प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए। आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कैलाली-४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट-३ का प्रभु साह र कैलाली-३ का…
काठमाडौंः गायक तथा मोडल चक्र बमले 'ओए काजल' बोलको गीतले आफुलाई देशैभरि चिनाएको र गीतले नसोचेको सफलता हात परेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा 'ओई काजल' टिमले युट्युबमा दुई करोड भ्युज पाएको उपलक्ष्यमा सेलिब्रेसन गरेको थियो। 'ओए काजल' गीतले देशभरका सबै भेगमा उतिकै रुचाएको गायक बमले सुनाए। 'म एकदमै खुसी छु। भेगका लागि गाएको गीत देशैभरिबाट मन पराइदिनु भएको छ। हाम्रो…
चीनको हुवेइ प्रान्तमा हुँदै गरेको विकासको दृष्य हो यो। आकाशबाट लिइएको तस्बिरले यहाँको एक्सप्रेस वे रफ्तारमा बन्दै गरेको देखाउँछ। पहिलो चरणमा यो सडकले बेइजिङको दाक्सिङ विमानस्थल र हुवेइको देजाउ शहरलाई जोड्दैछ। आउँदै मे मा संचालनमा ल्याउने लक्ष्यका साथ सडक निर्माण तीब्र गतिमा चलिरहेको छ। यसले बेइजिङ - देजाउलाई तीब्र गतिमा जोड्नेछ।
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सीले पोर्चुगिच क्लब पोर्टोमाथि जित निकालेको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा चेल्सीले २-० सहज जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्ट र बेन चिलवेलले गोल गरे। खेलको ३२ औं मिनेटमा जोर्गिन्होको पासमा माउन्टले गोल गरेपछि पहिलो हाफमा चेल्सी एक गोलले अघि रह्यो। दोस्रो हाफमा फेरि चेल्सीले…