जनकपुरधाम : नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा भरत प्रसाद साहलाई चयन गरेको छ। माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकले साहलाई दलको नेतामा सर्वसम्मतले चयन गरेको हो। त्यसैगरि, संसदीय दलको बैठकबाट उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलीप साह, सचेतकमा रुवी कर्णलाई चयन गरिएको छ। पार्टीको प्रदेश नम्बर २ मा ११ जना प्रदेश सभा सदस्य छन्।…
वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगंज महानगरपालिका वडा नम्बर १६ बाइपास सडकमा खटिएको प्रहरी टोलीले चेकिङको क्रममा एक जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-१ निवासी २० वर्षीय विशाल मुखिया रहेका छन्। उक्त मोटरसाइकल नगवास्थित ग्यारेजमा मर्मतका लागि दिएको मोटरसाइकल धनी अरविन्दकुमार पटेलले बताए। ग्यारेजबाट उक्त मोटरसाइकल चोरी भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ। पक्राउ…
काठमाडौं : बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आज तीन दलको बैठक बस्यो। नयाँ सरकार गठनमा केन्द्रीत रहेको उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता सहभागी थिए। बैठकमा सभापति देउवाले नयाँ सरकार गठनबारे प्रस्ताव राखेका थिए। कांग्रेस नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र यसअघि नै सहमत थियो। आज देउवाको प्रस्तावमा माओवादी…
विराटनगर : नेकपा एमालेको माधवकुमार नेपाल समूहले मोरङमा दुई वटा समानान्तर कमिटीको गठन गरेको छ। पार्टीका वरिष्ठ नेता नेपालको उपस्थितिमा शुक्रवार मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटी गठन गरिएको हो। पार्टीका केन्द्रीय नेता घनेन्द्र बस्नेतले दुवै कमिटी गठन गरिएको निर्णय सार्वजनिक गरेका थिए। जिल्ला कमिटीको अध्यक्षमा चन्द्रवीर राई छन्। उपाध्यक्ष दुई जनालाई बनाइएको छ। जसमा चण्डीप्रसाद राई र डा…
बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङहाम राजदरबारले जानकारी दिएको छ। राजकुमार फिलिप रानी एलिजाबेथ द्वितीयका पति हुन्। बकिङहाम राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुःखका साथ महारानीले उनका श्रीमान एडिनबराका ड्यूक राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन्। महामहिमको आज बिहान विन्डसोर दरबारमा शान्तिपूर्वक निधन भएको छ।’ प्रधानमन्त्री बोरिस जोनसनले राजकुमार फिलिप कयौँ युवाको लागि प्रेरणाको स्रोत…
बुटवल : दाङ र रुपन्देही भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय टी-२० अन्डर-१६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। शुक्रवार सेमिफाइनलमा दाङले रोल्पालाई ८३ रन र रुपन्देहीले पाल्पालाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेका हुन्। सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको दाङले ८ विकेटको क्षतिमा १३२ रनको योगफल बनायो। उसका लागि आशिष ओलीले ४०, मनोज पुनमगरले ३६…
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री डा एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। दुई समकक्षीबीच आज दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टेलिफोन वार्ताका क्रममा दुई समकक्षीबीच कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाल र भारतबीच थप सहकार्यलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले बताएको छ। सो अवसरमा कोभिड-१९ विरुद्धको खोपको आपूर्तिको विषयमा पनि छलफल भएको बताइएको…
जनकपुरधामः सप्तरीको शम्भुनाथ नगरपालिका ६ मा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सप्तरीको खडक नगरपालिका–९ सर्पाका ३५ वर्षीय मो.अनवर अलिको मृत्युको प्रहरीले जानकारी दिएको छ। त्यस्तै अन्य दुई…
काठमाडौँः महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवानालाई अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाइन सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी सुरु भैसकेको र त्यसैलाई निरन्तरता दिँदै अझ बढी सहज, सरल र सुविधायुक्त बनाउन आजदेखि आफ्नै बैङ्क खाताबाट सिधै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार…
काठमाडौं : पछिल्लो सात दिनमा देशभर एक हजार ६३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण बढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानमा स्वास्थ्य मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ। त्यस्तै, पछिल्लो समय विद्यालयमा विद्यार्थीहरुमा कोभिड १९ संक्रमित दर बढेकाले सरकारले विद्यालयहरुको भौतिक रुपमा उपस्थित भएर गरिने पठपाठन बन्द गर्ने तयारी पनि गरेको छ। जनसङ्ख्या तथा…
काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण आजबाट सुरु हुँदैछ। अघिल्लो सिजन आईपीएलका खेलहरु कोरोना महामारीका कारण यूएईमा खेल भए पनि यसपटकको आईपीएलको सबै खेलहरु भारतमा नै सम्पन्न हुनेछन्। यद्यपि यो सिजनमा आठै फ्रेन्चाइजीहरुले आफ्नो गृहमैदानमा खेल्ने मौका पाउने छैनन्। जारी प्रतियोगितामा नयाँ कप्तानका रुपमा सञ्जु सामसन र ऋषभ पन्त देखिने छन्। २३ वर्षे पन्तले दिल्ली र २७ वर्षे…
काठमाडौं : सर्वोच्च अदालत बार एशोसियसनले न्यायाधीश नियुक्ति प्रक्रियामा प्रश्न उठाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको न्याय परिषद्ले हालै सर्वोच्चमा गरेको न्यायाधीश सिफारिसमा चौतर्फी प्रश्न उठिरहेका बेला सर्वोच्च बारले शुक्रवार पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएको हो। ‘न्याय परिषदको सचिव र सर्वोच्चको रजिष्टार पदमा नियुक्ति गरेर ती पदलाई भर्याङ बनाएर सर्वोच्च अदालतमा लैजान थालिएको छ। योग्यता पुगेका उच्च अदालतका मुख्य न्यायाधीश र…
काठमाडौं : पछिल्ला केही दिनयता देशभर कोभिड १९ संक्रमणको दर बढ्दै गएको छ। छिमेकी राष्ट्र भारतमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि नेपालमा पनि यसको विस्तार देखिन थालेको हो। संक्रमण बढ्दा रोजगारीका लागि भारत पुगेका नेपालीहरु फर्किनेक्रम फेरि सुरु भएको छ। उनीहरु फर्केसँगै संक्रमण अझ तीब्र गतिमा देशव्यापी हुने सम्भावना उच्च छ। त्यसैलेलाई मध्यनजर गरेर सरकारले भिडभाड हुने स्थानमा स्वास्थ्य मापदण्ड पालना…
काठमाडौं : हुन्डी कारोबारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा टोलीले पर्सागढी नगरपालिकाका ६० वर्षीय जोखन साई फकिर र तवारख देवान र उमेश शर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। ना १२ प ५०७३ नम्बरको मोटरसाइकलमा आइरहेका जोखन र तवारखलाई शंका लागि जाँच गर्दा उनीहरूको साथमा भएको १६ लाख रुपैयाँ फेला पारेको प्रहरीले जानकारी दिएको…
वीरगंजः नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस चौतारी र प्रेस मञ्चका साझा उम्मेदवार राजेशकुमार कर्ण विजयी भएका छन्। कर्णले ३४६ मत ल्याएका छन्। उपाध्यक्षमा रामानन्दप्रसाद गुप्ताले ३६७ मतसहित विजयी भएका छन्। महिला उपाध्यक्षमा ज्योति झा र महासचिवमा श्याम बन्जारा विजयी भएका छन्। सचिवमा अजितकुमार सिंह, समावेशी सचिवमा भोला पासवान विजयी भएका छन्। कोषाध्यक्षमा विश्वनाथ ठाकुर विजयी भए।
वीरगंज : प्रदेश २ मा पुनः कोरोना संक्रमित थपिन थालेका छन्। दुई/तीन दिनमा १० जना भन्दा कम कोरोना संक्रमित देखिने गरेकोमा पछिल्लो २४ घण्टामा प्रदेश २ मा १५ जना संक्रमित थपिएका छन्। प्रदेश २ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवका अनुसार पर्सा, बारा र मकवानपुरका १५ जनामा संक्रम पुष्टि भएको छ। जारी विज्ञप्तिमा ८ जना…
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुई पाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुत्र्तीण भएकालाई नतिजा परिवर्तन गरेको पाइएको छ। सो कार्यमा तत्कालीन कार्यालय…
काठमाडौं: नेपाली कांग्रेसले तीन दलको बैठक बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले भोलिको लागि तीन दलको बैठक बोलाएका हुन्। बैठकको लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई भोलि ३ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ। पछिल्लो समय दलहरुबीच सत्ता साझेदारीको लागि रस्साकस्सी चलिरहेको छ। कांग्रेसले वर्तमान सरकारलाई परिवर्तन गरेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेसँगै उसले माओवादी केन्द्र…
काठमाडौं : आरबीबी एनभीए नेशनल क्लब लिगको महिलातर्फको उपाधि न्यु डाइमण्ड क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न फाइनल खेलमा हेल्प नेपाल पुलिसलाई हराउँदै डाइमण्ड क्लबले प्रतियोगिताको उपाधि जितेको हो। फाइनलमा न्यु डाइमण्डले पुलिसमाथि ३-२ को सेटमा जित निकालेको हो। पहिलो सेटमा खराब सुरूवात गरेको न्यु डाइमण्ड २५-२२ ले पराजित भएको थियो। दोस्रो सेटबाट पुनरागमन गर्दै २५-११ र २५-१९ ले…
काठमाडौं : नेता गणेशमान सिंहको बारेमा संस्मरणात्मक पुस्तक 'गणेशमान सिंहको संघर्ष' प्रकाशन हुने भएको छ। सांग्रिला बुक्सले आवरण सार्वजनिक गर्दै उक्त पुस्तक प्रकाशनको घोषणा गरेको हो। संस्मरण डाक्टर मीता सिंहले लेखेकी हुन्। मीता गणेशमानकी छोरी हुन्। चैत्र २६, २०४६ सालको जन-आन्दोलन सफल भएको दिनको सम्झनामा पुस्तकबारे जानकारी दिइएको हो। प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको ४६ सालको जनआन्दोलन सर्वोच्च नेता गणेशमान सिंह…