PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौंः चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान करिब ९ बजेतिर भरतपुर महानगरपालिका १९ स्थित रामपुर चौकी नजिकै ना १ ज ३८५९ नम्बरको म्याजिक आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।  मृतको भने सनाखत हुन नसकेको जिल्ल प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। दुर्घटना भएको सवारीमा ९ जना चढेको खुलेको छ। घाइते…

    विस्तृतमा पढ्नुस्

  • लुटेरा समूहबाट लहानमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या, रड बोकेर भाग्दै गर्दा एक पुरुष समातिए

    लुटेरा समूहबाट लहानमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या, रड बोकेर भाग्दै गर्दा एक पुरुष समातिए

    काठमाडौंः सिरहाको लहानमा एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको छ। गए राति अज्ञात समुहले लहान नगरपालिकामा डेरामा बस्दै आएका ४५ वर्षीय प्रदीप विश्वकर्माको हत्या गरेको हो।लुटपाटको लागि आएका समूहलाई प्रतिकार गर्न खोजेपछि उनीहरूले गोली प्रहार गर्दा प्रदीपलाई गोली तथा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। छातीमा गोली लागेका विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको हो। ' धारिलो हतियार र गोली सहित ७/८ जनाको…

    विस्तृतमा पढ्नुस्

  • नामिबियासँग सिरिजको तयारीमा क्यान, महिला टिमले भारतको उत्तराखण्डको टिमसँग एकदिवसीय र टी २० खेल्ने

    नामिबियासँग सिरिजको तयारीमा क्यान, महिला टिमले भारतको उत्तराखण्डको टिमसँग एकदिवसीय र टी २० खेल्ने

    काठमाडौँ: नेपाल क्रिकेट संघले नामिबियासँग एकदिवसीय सिरिजको तयारी अघि बढाउने लगायतका विभिन्न १० बुँदे निर्णय गरेको छ। नेदरल्याण्ड्स, मलेसियासँग त्रिकोणात्मक टी २० सिरिज नजिकिँदै गर्दा मे महिनामा नामिबियासँग एकदिवसीय सिरिज खेल्ने तयारी अघि बढाएको हो। बैठकले नेपाली महिला टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिने निर्णय गरेको छ। टमाटाले यसअघि पुरुषतर्फको सिनियर टिममा पनि प्रशिक्षकको भूमिकामा रहिसकेका छन्। त्यस्तै यही अप्रिल…

    विस्तृतमा पढ्नुस्

  • दश खेलाडीमा सीमित लिड्ससँग सिटी स्तब्ध, एस्टोन भिल्लामाथि लिभरपुलको जित

    दश खेलाडीमा सीमित लिड्ससँग सिटी स्तब्ध, एस्टोन भिल्लामाथि लिभरपुलको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग २-१ गोलअन्तरले पराजित भएको हो। खेलको ४२ औं मिनेटमा स्टुअर्ट डोलासको गोलमा लिड्सले अग्रता बनाएको थियो। त्यस्तै ४५ औं मिनेटमा लिआम कुपर रेडकार्ड खाँदै बाहिरिँदा दोस्रो हाफमा लिड्स १० खेलाडीमा सीमित रह्यो। सिटीका लागि खेलको…

    विस्तृतमा पढ्नुस्

  • एल क्लासिको: बार्सिलोना पराजित, रियल मड्रिड शीर्षस्थानमा

    एल क्लासिको: बार्सिलोना पराजित, रियल मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगामा गएराति सम्पन्न एल क्लासिको (महाभिडन्त) मा रियल मड्रिडले बार्सिलोनामाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडले बार्सिलोनामाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको १३ औं मिनेटमै करिम बेञ्जेमाको गोलमा अग्रता बनाएको रियलले २८ औं मिनेटमा टोनी क्रुसको गोलमा अग्रता दोब्बर बनाएको थियो। र, पहिलो हाफमा रियल दुई गोलले अघि रह्यो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल: चेन्नइमाथि सानदार जित निकाल्दै दिल्लीको सुखद सुरुवात

    आईपीएल: चेन्नइमाथि सानदार जित निकाल्दै दिल्लीको सुखद सुरुवात

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नइ सुपर किंग्समाथि सानदार जित निकालेको छ। मुम्बइस्थित वाङखेडे स्टेडियममा सम्पन्न खेलमा ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्टसले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइमाथि ७ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै दिल्लीसामु १८९ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले…

    विस्तृतमा पढ्नुस्

  • रविन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

    रविन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

    काठमाडौं : विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समसामयिक राजनीति माथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक गरेका छन्। शनिवार काठमाडौंमा एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेले पुस्तकको विमोचन गरे। पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाएका छन्। नेपाली राजनीतिको दुरगामी लक्ष्य र अहिले भइरहेको अभ्यास…

    विस्तृतमा पढ्नुस्

  • कोभिडको दोस्रो चरण सुरु भएको सिसिएमसीको निष्कर्षः सतर्कता अपनाउन अपिल, स्वास्थ्य मापदण्ड पालना नभए कारबाही

    कोभिडको दोस्रो चरण सुरु भएको सिसिएमसीको निष्कर्षः सतर्कता अपनाउन अपिल, स्वास्थ्य मापदण्ड पालना नभए कारबाही

    काठमाडौँः कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ। शनिबार बसेको बैठकले संक्रमणदर बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन रुपमा अपिल गरेको हो। बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भएको बताए।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • मुगुमा ९ वर्षीया बालिकाको बलात्कार र हत्या भएको विरोधमा नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

    मुगुमा ९ वर्षीया बालिकाको बलात्कार र हत्या भएको विरोधमा नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

    काठमाडौं : कक्षा तीनमा अध्ययनरत ९ वर्षीया बालिकामाथि मुगुमा बलात्कारपछि भएको हत्याको विरोधमा नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसले आज बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेको छ। आन्दोलनमार्फत यस्ता किसिमका क्रूर अपराधमा सम्लग्न जो कोही पीडक भए पनि मुद्दा चलाउन र पीडितलाई न्याय दिन सरकारसँग माग गरिएको नेपाल विद्यार्थी संघ, नेपाल कमर्स क्याम्पसका नेता विष्णु हरि खड्काले बताए। सो अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • महिलालाई सशक्त नबनाएसम्म लैङ्गिक हिंसा अन्त्य हुँदैन : राज्यमन्त्री यादव

    महिलालाई सशक्त नबनाएसम्म लैङ्गिक हिंसा अन्त्य हुँदैन : राज्यमन्त्री यादव

    जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले महिला हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सशक्त बनाउनुपर्ने बताएका छन्। रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा महिला सशक्तिकरण राष्ट्रिय अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले महिलालाई सशक्त नबनाएसम्म महिलामाथि हुने लैङ्गिक हिंसा र घरेलु हिंसामा कमी नआउने बताए। उनले सबै क्षेत्रमा महिलाले समान हैसियत…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित, यस्तो देखियो विजयोत्सव

    नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित, यस्तो देखियो विजयोत्सव

    काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई ३ हजार २७ मतले पराजित गरेका हुन्। पोखरेलले ६ हजार ९४२ मत पाउँदा शर्माले ३ हजार ९१५ मत प्राप्त गरिन्। त्यस्तै, अध्यक्षका अर्का उम्मेद्वार गजेन्द्र सिंह बुढाथोकीले ४ सय ९१ मल ल्याए भने राम प्रसाद दाहालले १५६ मत प्राप्त गरे। महासंघको चुनावमा पोखरेलको उम्मेद्वारी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, आज मात्रै थपिए १५ जना

    प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, आज मात्रै थपिए १५ जना

    जनकपुरधाम : प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। आज मात्रै थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज थपिएका १५ जना कोरोना संक्रमितसँगै प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या  १ सय ७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए। पछिल्लो २४ घण्टामा ३७ जनाको पीसीआर टेस्ट गर्दा १५ जनामा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड संक्रमितको सङ्ख्या दैनिक बढ्दोः पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जना सङ्क्रमित

    कोभिड संक्रमितको सङ्ख्या दैनिक बढ्दोः पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जना सङ्क्रमित

    काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ३ सय ३७ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ सय ३७ जनामा कोभिड देखिएको हो। यो अवधिमा ३ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गरेको मन्त्रालयले जानकारी दिएको छ। १ सय ५१ जना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमण भएका एक जनाको  मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर मेयर कप : सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपीएफलाई उपाधि

    ललितपुर मेयर कप : सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपीएफलाई उपाधि

    काठमाडौं: ललितपर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १६.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङ गरेको…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष प्रचण्डले सुनाए बुढानीलकण्ठ बैठकको साझा निष्कर्षः सरकारले राज्यका सबै अङ्गहरूलाई सन्त्रास र कब्जामा राख्ने कोसिस गर्‍यो

    अध्यक्ष प्रचण्डले सुनाए बुढानीलकण्ठ बैठकको साझा निष्कर्षः सरकारले राज्यका सबै अङ्गहरूलाई सन्त्रास र कब्जामा राख्ने कोसिस गर्‍यो

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानुनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रवार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरूलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको समेत बताए। शुक्रवार दिउँसो बुढानीलकण्ठस्थित नेपाली…

    विस्तृतमा पढ्नुस्

  • एपीएफलाई सुदूरपश्चिम प्रदेशको १ सय ७ रनको लक्ष्य

    एपीएफलाई सुदूरपश्चिम प्रदेशको १ सय ७ रनको लक्ष्य

    काठमाडौं: ललितपर मेयर वुमन्स च्याम्पियनसिप अन्तर्गत आज जारी फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपीएफलाई १०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको हो। सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक अभिजित ४४ रन बनाउँदा डोली भट्टले १४ र रेवती धामीले १० रन जोडिन्। बलिङतर्फ…

    विस्तृतमा पढ्नुस्

  • ठेक्कापट्टाको व्यवसाय गरेर अरूलाई धर्काउँदै हिँडेको भन्दै एक युवक समातिए

    ठेक्कापट्टाको व्यवसाय गरेर अरूलाई धर्काउँदै हिँडेको भन्दै एक युवक समातिए

    काठमाडौँः विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोट लिखु गाउँपालिका  घर भएका ३७ वर्षीय  सितारामा पुलामी मगरलाई नियन्त्रणमा लिएको हो। उनी टीकाराम पुलामी मगर र राम पुलामी मगरले पनि चिनिएका थिए। उनीहरू विरुद्ध गुन्डागर्दी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। मगरले काठमाडौंको मनमैजुस्थित लोकतान्त्रिक चोकमा…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल: लगातार ९ औं सिजन मुम्बई इण्डियन्स पहिलो खेलमा पराजित, बेङ्ग्लोरको सुखद सुरुवात

    आईपीएल: लगातार ९ औं सिजन मुम्बई इण्डियन्स पहिलो खेलमा पराजित, बेङ्ग्लोरको सुखद सुरुवात

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न उद्घाटन खेलमा साबिक विजेता मुम्बइ इण्डियन्स रोयल च्यालेन्जर्स बेङ्ग्लोरसँग पराजित भएको छ। मुम्बईले पराजयबाट आईपीएल सुरु गरेको यो लगातार नवौं सिजन हो। गएरातिको रोमाञ्चक खेलमा बेङ्ग्लोरले मुम्बइलाई अन्तिम बलमा हराएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले क्रिस लिनले सर्वाधिक ४९ रन बनाउँदा सूर्यकुमार यादवले ३१ र इशान किशनले २८ रन बनाए। उता बेङ्ग्लोरका…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता आयोगले पर्सामा शुरु गर्‍यो पीडित परिवारलाई परिचयपत्र वितरण गर्न

    बेपत्ता आयोगले पर्सामा शुरु गर्‍यो पीडित परिवारलाई परिचयपत्र वितरण गर्न

    वीरगंज : बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले पर्सामा बिहीवारदेखि पीडित परिवारलाई परिचयपत्र बाड्ने काम शुरु गरेको छ। आयोगका सदस्य अधिवक्ता सुनिलरन्जन सिंहको नेतृत्वमा बिहीवारदेखि पर्सा आएको टोलीले पर्साको पर्सागढिमा बिहीवार परिचयपत्र बाडेको थियो भने शुक्रवार जिल्ला समन्वय इकाईको कार्यालयमा पीडित परिवारजनसँग छानबिन गरी परिचयपत्र वितरण गरेको छ। २०५२ फागुन १ देखि २०६३ मंसिर ५ गतेको बीचमा जनयुद्ध कालमा बेपत्ता पारिएकाको…

    विस्तृतमा पढ्नुस्

  • सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध छ : अर्थमन्त्री पौडेल

    सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध छ : अर्थमन्त्री पौडेल

    काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आत्मविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएका छन्। निर्यात व्यवसायी महासंघ नेपालको शुक्रवार आयोजित प्रथम साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताए। उनले उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell