काठमाडौं: नेपाल वायुसेवा निगम तराई कर्मचारी समाजले होली मिलन कार्यक्रम आयोजना गरेको छ। आजदेखि विधिवत् रुपमा सुरु भएको फागु (होली) पर्वको शुभकामना आदान प्रदानका लागि समाजले राजधानीमा होली मिलन कार्यक्रमको आयोजना गरेको हो। निगमका कर्मचारी, व्यवस्थापक र सञ्चालकबिच भाइचारा कायम गर्ने उद्देश्यले शुभकामना आदानप्रदान गरिएको समाजले जनाएको छ। कार्यक्रममा निर्देशकहरु टंक निधि दाहाल, अशोक सिग्देल, डोलेश्वर कोइराला, जीवन भट्टराई, दिपु…
काठमाडौं: नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाइसीएल) नेपालले १६१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि पेरिसडाँडामा दुई दिनसम्म बसेको वाइसीएलको केन्द्रीय समितिको चौथौं पूर्ण बैठकले समितिको सदस्य संख्या १६१ तय गरेको हो। बैठकले संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरणसमेत गरेको अध्यक्ष रामप्रसाद सापकोटा…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै ठूलो षड्यन्त्र भइरहेको बताएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तर्क्रियामा प्रचण्डले आफू प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको षड्यन्त्र बिरुद्धको लडाइमा रहेको बताए। पार्टीलाई रुपान्तरण गरेर अभियान चलाउन ओलीसँग एकता गरेको भए पनि उनले जालझेल गरेपछि उनीबिरुद्ध आफूले सबैभन्दा पहिले बिद्रोह गरेको बताए। 'पहिलो…
काठमाडौं : नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ उनको परिवारले अस्वीकार गरेको छ। ब्रेन ह्यामरेज भएपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि मन्त्रिपरिषदले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। उप प्रधानमन्त्री इश्वर पोखरेल जोशीको अवस्था बुझ्न अस्पताल पुगेका थिए। त्यहीँ उनले उपचारका लागि सघाउने बताएका थिए। तर, जोशीको परिवारले…
काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले पार्टी नेतृत्वको कारवाहीले कम्युनिस्ट आन्दोलन नरोकिने प्रतिक्रिया दिएका छन्। माधव समूहमा रहेका सांसद राईले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीका लागि चुनौती दिँदै त्यसले कम्युनिस्ट आन्दोलन भने नरोकिने जिकिर गरे। राईले कारवाहीबाट जनप्रतिनिधि पद गएमा र आउँदो चुनाव नजितिए पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्यसँग कुनै सम्झौता नहुने उल्लेख गरेका…
बुटवल : बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। निकुञ्जको खैरीपोष्टमा कार्यरत गेम स्काउट रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। बमले चलाएको भे १० प ९५४९ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत् शम्शेरगंज र मुगुवा खोलाको बीचमा रोकिराखेको विग्रेको ट्रकमा ठोक्किएको थियो। गस्ती गर्न गएका बेला दुर्घटना…
काठमाडौं : हत्या आरोपमा भारतको कोलकाताको कारागारमा ४० वर्षदेखि रहेका दुर्गाप्रसाद तिम्सिना आज स्वदेश फर्किएका छन्। झापाको काकारभिट्टा नाका हुँदै उनी नेपाल प्रवेश गरेका हुन्। नेपाल छिरे लगत्तै उनले काकालाई भेटेका छन्। शारीरिक तथा मानसिक रुपमा अस्वस्थ्य रहेका दुर्गाले काका तुलसी तिमिल्सिनालाई चिनेको संकेत गर्दै टाउको हल्लाएका थिए। 'काकाले केही कुरा गर्नु भयो। दाइले टाउको हल्लाउनु भएको थियो। उहाँ बोल्नुहुन्न टाउको…
काठमाडौँः कलङ्की क्षेत्रमा एक पुरुषको हत्या भएको छ। आज बिहान अन्दाजी ५५ वर्षीय चौधरी थरका पुरुषको हत्या भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले हत्याको अभियोगमा सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई नियन्त्रणमा लिएको छ। उनले चौधरीलाई ढुङ्गाले हानेर हत्या गरेका स्वकार गरेको प्रहरीले दावी गरेको छ। सडकमा सुतिरहेका चौधरीलाई ढुङ्गा लागेर घाइते भएपछि सहिद अस्पताल भर्ना गरिएको थियो।…
काठमाडौँः हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। आज बिहान हात्तीले आक्रमण गर्दा चितवन भरतपुर महानगरपालिका १३ बस्ने ५० वर्षीय तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। उनी भाइको घरमा पाहुना गएकी थिइन्। त्यस्तै हात्तीले भरतपुर महानगरपालिका १३ गंगानगर स्थित जङ्गलको छेउको बस्तीमा ३ वटा कच्ची घर समेत भत्काएको प्रहरीले जानकारी दिएको छ।
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि जित निकालेको छ। बलाइडोस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोली सेल्टा भिगोमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। मड्रिडको जितमा करिम बेन्जेमाले दोहोरो गोल गर्दा मार्को एसेन्सियोले अर्को गोल थपे। उता घरेलु टोलीका लागि सन्टी मिन लोरेन्जोले सान्त्वना गोल फर्काए। खेलको २० औं मिनेटमा टोनी क्रुसको पासमा मड्रिड अग्रता दिलाएका…
काठमाडौं : गायक विजय लामाको ‘तोङ्बाको तातो पानी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा स्वयं विजय लामाले नै स्वर भरेका छन् भने गीतको शब्द प्रेम लामाले लेखेका हुन्। यो गीत ‘नखानु पानी तोङ्बाको’ बोलको गीतको सेक्वेल रहेको बताइएको छ। गीतको भिडियोमा सुमि मोक्तान, अभि लामा, अस्मिता योन्जा, समि श्रेष्ठ, नमिश योन्जन र टेकमान लामाको अभिनय रहेको छ। अनिल मान्धरको छायांकन…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन्। शनिवार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि ओलीको विकल्पमा जानुपर्ने बताएका हुन्। राजनीतिक अन्यौलता भएको भन्दै उनले…
काठमाडौं : एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन-के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन्। शनिवार बिहान भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन्। गोपी र सन्तोषीले लगातार दोस्रो पटक उपाधि जितेका हुन्। दुवै खेलाडीले पहिलो संस्करणको उपाधि पनि जितेका थिए। १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता गोपीले…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकले 'संसदीय दलको विधान-२०७२' लाई संशोधन गरेको छ। बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले विधानलाई अनुमोदन गरेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। केन्द्रीय कमिटीले अनुमोदन गरेसँगै आजैबाट संशोधित विधान लागू भएको छ। 'संसदीय दलको विधान -२०७२ लाई महत्त्वपूर्ण सुझावसहित पारित गरेको छ। विधान आजैबाट लागू हुनेछ,' भट्टराईले भने। विधानमा एमाले…
काठमाडौं : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ५ नेतालाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कारबाहीमा पर्नेमा नेपालसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्री रहेका छन्। यी…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक बालुबाटारमा सुरु भएको छ। एमालेको संसदीय दलको बालुवाटारमा शनिवार बिहान बसेको बैठकले संसदीय दलको विधानलाई संशोधन गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त संशोधित विधानको अनुमोदनका लागि बैठक बालुवाटारमा सुरु भएको हो। बैठकमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। बैठकमा ओलीले सम्बोधन गरिरहेको ओली समूहका…
काठमाडौं : हत्या आरोपमा भारतको कोलकाताको कारागारमा ४० वर्षदेखि रहेका नेपालका दुर्गाप्रसाद तिम्सिना रिहा भएका छन्। अदालतले गत बुधवार नै दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएपनि अदालती प्रक्रिया पूरा हुन ढिलो भएपछि कलकताको दमदम कारागारबाट आजमात्रै उनको रिहाइ भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। इलामबाट ४ दशक अघि दार्जिलिङ पुगेका उनी हत्या आरोपमा पक्राउ परेका थिए। भारतीय सेनामा जागिर दिलाउने भन्दै…
काठमाडौं : सरकारको नेतृत्व गर्नका लागि अहिलेसम्म कुनै पनि दलले कांग्रेसलाई औपचारिक प्रस्ताब नगरेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन्। माओवादी र जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्न भन्दा पनि कांग्रेस अग्रसर नभएको भनी नेतृत्वको आलोचना भइरहेका बेला उपसभापति निधिले त्यस्तो कुनै प्रस्ताव नआएको बताएका हुन्। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा गत साता भएको छलफलमा सहभागी उपसभापति निधिले जसपाका…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही चुनौती भए पनि त्यसले बिस्तारै लय समात्ने बताएका छन्। शनिवार जी.पी.कोइराला मेमोरियल कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा समस्या भएकाले सञ्चालनका लागि मेहनत आवश्यक भएको बताए। चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपाय खोजिरहेको उनको भनाई थियो। 'अलिकति समस्याहरु छन्। त्यसलाई लयमा फर्काउनका लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले ओलीले बोलाएका बैठक बहिस्कार गरिरहेको छ। फागुन २८ गते केन्द्रीय कमिटीको बैठक बोलाएर एकलौटी निर्णय गरेको भन्दै ओलीबिरुद्धको संघर्ष चर्काएका नेपाल-खनालले संसदीय दलको बैठकमा समेत आफ्ना समूहका सांसदलाई सहभागी हुन दिएनन्। शुक्रवार साँझै स्थायी कमिटी बैठक बोलाएर ओलीले डाकेको शनिवारको…