कोरोना भाइरसको संक्रमण बढे सँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइने भएको छ। दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो। प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ। भारतमा केही सातायता दैनिक हजारौं मानिसमा कोरोना संक्रमण देखिँदै आएको छ। दिल्लीमा पछिल्लो २४ घण्टा…
काठमाडौं : थ्री नेसन्स कप फुटबल आजबाट शुरु भएको छ। आज सम्पन्न उद्घाटन खेलमा बंगलादेशले कीर्गिस्तानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले कीर्गिस्तानको यू-२३ टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। जितपछि उत्साहीत बंगलादेशी कप्तान सोहेल रानाले आजको खेल राम्रो भएको भन्दै अर्को खेलमा अझै राम्रो खेल प्रस्तुत गर्ने बताए। त्यस्तै, आज तीन जना खेलाडीलाई…
काठमाडौं : कोभिड-१९ संक्रमणको जोखिम पुनः बढेको भन्दै कञ्चनपुरमा स्थानीय प्रशासनले कडाई गरेको छ। भारतका विभिन्न प्रान्तहरुमा कोभिड-१९ को संक्रमण बढिरहेको र नेपालमा पनि सोको जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर प्रशासनले विभिन्न आदेश जारी गरेको छ। गृह मन्त्रालयको निर्देशन एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयबाट जारी भएको निर्देशन र जिल्ला…
काठमाडौं : आजबाट शुरु भएको थ्री नेसन्स कपको पहिलो खेलमा बंगलादेशले जित निकालेको छ। दशरथ रंगशालामा भएको कीर्गिस्तानविरुद्धको खेलमा बंगलादेशले १-० गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो। खेलको पहिलो हाफमा कीर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेपछि बंगलादेशले अग्रता बनाएको थियो। खेलको २९ औँ मिनेटमा कुमारबाज उलु बाइएमानले आत्मघाती गोल गर्दा कीर्गिस्तान पछि परेको थियो। साद उड्डेनको क्रसलाई क्लियर गर्न खोज्दा उनले…
काठमाडौं: सरकारले संसदको प्रभावकारिता नचाहेको सांसदहरुले बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सांसदहरुले सरकारले सदनलाई बिजनेस नदिएर संसदको प्रभावकारिता नचाहेको बताएका हुन्। जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सदन चलाउने र फलदायी होस् भन्ने नचाहेको बताए। उनले भने, ‘सरकारले संसदलाई बिजनेस दिने र बिजनेस दिँदा अपर हाउस पनि चाहिन्छ, राष्ट्रिय सभा। त्यसको पनि अधिवेशन बोलाउनु पर्यो।…
काठमाडौं : पाकिस्तानमा जारी नेशनल वुमेन्स फुटबल च्याम्पियनसिपमा मासा युनाइटेड ३५-० गोल अन्तरले विजयी भएको छ। आज भएको कराची डब्लुएफसीसँगको खेलमा मासा भारी गोल अन्तरले विजयी भएको हो। नेपाली खेलाडी रहेको मासा युनाइटेडले सो खेलमा अप्रत्यासित जित निकालेको हो। खेलमा नेपाली खेलाडीहरु अनिता केसीले १५ गोल, सरु लिम्बुको १० र गीता रानाले दुई गोल गरे। त्यस्तै गोलकिपर एन्जिला सुब्बाले समेत…
काठमाडौंःः मानव बेचबिखन अभियोगमा २८ वर्षदेखि प्रहरीले खोजी रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार भक्तपुरमा ६८ वर्षीय रामशरण पण्डित(क्षेत्री)लाई पक्राउ गरेको हो। उनी विरुद्ध २०४९ भदौमा पीडित परिवारले पण्डित विरुद्ध प्रहरीमा उजुरी परेको थियो।'पुरानो मुद्दा खोजेर अभियुक्त खोजिरहेका थियौँ। त्यही क्रममा हामीले हिजो नियन्त्रणमा लिएका हौँ,' ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले भनिन्।…
काठमाडौं: जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै बरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका हुन्। पहिले मुद्दा मामिलाको काम अगाडि बढेमा सत्ता समीकरण लगायतको विषयमा कुरा गर्ने उनले…
कैलालीः कैलालीको लम्कीमा प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर गरेपछि घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। लम्कीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भए पछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याससँगै हवाई फायर पनि गरेको थियो । प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए। ३० वर्षीय कृष्ण प्याकुरेल र…
जर्मनीमा कोरोना भाइरस संक्रमण दर बढेपछि लकडाउन अवधि लम्ब्याइएको छ। संक्रमणको तेस्रो वेभ सुरु भएपछि त्यहाँ तीन साताका लागि लकडाउन थपिएको हो। अप्रिल ४ अर्थात् एस्टरमा हुने भिडभाड नियन्त्रणका लागि कडाइ गरिएको बीबीसीमा उल्लेख छ। क्षेत्रीय नेताहरूसँगको सल्लाहमा चान्सलर एन्जेला मर्केलले जारी निर्देशन अप्रिल १८ सम्म लागु हुने बताइन्। विशेषगरी अप्रिल १ देखि ५ सम्म पसलहरू ठप्प रहनेछन् र मानिसको…
कैलाली : कैलालीको लम्कीमा बसले पैदल यात्रुलाई ठक्कर दिएर मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फाएर गरेको छ। प्रहरीले फायर गरेको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते उनीहरूलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ। प्रदर्शनका क्रममा सशस्त्रका डीएसपीसहित ५ जना प्रहरी पनि घाइते भएका छन्। प्रहरीमाथि हातपात गरिएपछि भिडलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी…
काठमाडौं : नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुलामा नेपाली भूमिमा भारतले बनाइरहेको तटबन्ध निर्माण कार्यमा रोक लगाउन सरकारसँग माग गरेका छन्। प्रमुख जिल्ला अधिकारीले सरकारको आदेश कुरिरहेको, आफ्नै लेभलमा कुरा गर्न भारतीय अधिकारीले सुनुवाइ नगरेको भन्दै तत्काल गृह मन्त्रालयले निर्देशन दिनुपर्ने माग गरे। कांग्रेसको छायाँ सरकारका गृहमन्त्री समेत रहेका बडूले तटबन्ध निर्माणमा सरकारकै मौन स्वीकृत रहेको आरोप लगाए। ‘दार्चुलामा महाकाली…
अमेरिका, कोलोराडोस्थित किराना बजारमा एक बन्दुकधारीले १० जनाको हत्या गरेका छन्। मृत्यु हुनेमा एक जना प्रहरीसमेत रहेका छन्। प्रहरीले किङ सुपर्स मार्केटका एक घाइते र अर्धनग्न अभियुक्तलाई पक्राउ गरेपछि आक्रमण रोकिएको थियो। उक्त घटनालाई प्रत्यक्षदर्शीहरूले लाइभ प्रदर्शन गरेका थिए। सोमवार दिउँसो अभियुक्त सुपरमार्केटमा पसे। स्थानीय समय अनुसार दिउँसो करिब साढे २ बजे उनले बन्दुक चलाउन सुरु गरेका थिए। त्यसको करिब २०…
कैलाली : कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै इलाका प्रहरी कार्यालय घेराउ गर्दा लम्की क्षेत्र तनावग्रस्त बनेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँका कमला देवकोटाको मृत्यु भएको थियो। मृतकका आफन्तले शव इलाका प्रहरी कार्यालय लम्किको गेटमा राखेर प्रदर्शन…
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबिच छलफल भएको छ। प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा नेताहरु बिहान सरकारी निवास बालुवाटार पुगेका हुन्। मधेसका माग सम्बोधनका लागि एमाले र जसपाको कार्यदलले गरेका काम कारबाही र प्रगतिबारे समीक्षा गर्न नेताहरु बालुवाटार गएको एक नेताले बताए। ‘कार्यदल लेभलमा कुराकानी भयो। अब माथिल्लो लेभलमा शेयरिङका लागि…
काठमाडौं: बंगलादेश, कीर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कप फुटबल आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज उद्घाटन खेलमा कीर्गिस्तान र बंगलादेश भिड्ने छन्। प्रतियोगिताको उद्घाटन साँझ साढे ५ बजे युवा तथा खेलकुद मन्त्री दावा लामाले गर्नेछन्। अखिल नेपाल फुटबल संघ एन्फाले रंगशालामा उपस्थिति भएर खेल हेर्ने दर्शकहरुका लागि स्वास्थ्य सतर्कता बढाउन भनेको छ। एन्फाले एक विज्ञप्ति निकाल्दै तापक्रम परीक्षण, सेनिटाइजर,…
काठमाडौं: नेकपा माओवादी केन्द्रले फागुन २३ को सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि कानुन व्यवसायीसँग छलफल गरेको छ। आज विहान केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा वकिलहरुसँग छलफल भएको हो। छलफलमा कानुन व्यवसायीहरुले पुनरावलोकनमा जान सकिनेबारे सुझाव दिएका थिए। माओवादी निकट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले सर्वोच्चले मागदाबी भन्दा बढी राजनीतिक कोणबाट फैसला गरेकाले यथाशक्य पुनरावलोकनमा जानुपर्ने सुझाव…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र वर्षनी १३ सय भन्दा बढी मोटरसाइकल हराउने गरेका छन्। विभिन्न स्थानमा पार्किङ गरेको अवस्थामा, घरबाटै समेत मोटरसाइकल हराउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको फागुन महिनासम्म १ हजार १५ वटा मोटरसाइकल हराएको उजुरी महाशाखामा परेको छ। हराएकामध्ये ३ सय ३१ वटा मोटरसाइकल फेला पारेको छ। जसमध्ये चोरी भएका २ सय ८६ वटा मोटरसाइकल…
काठमाडौं : सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि फागुन २३ गते बसेको संसदको पहिलो बैठकमा प्रधानमन्त्री उपस्थित भएनन्। सभामुख अग्निप्रसाद सापकोटाले ढिलाइ गरेकाले बैठक अगावै प्रधानमन्त्री केपी शर्मा ओली फर्किएको बताइयो। पहिलो बैठक नै सौहार्दपूर्ण भएन। न नेताहरुले दलीय आधारमा सम्बोधन भयो। न त सरकारले ल्याएका ७ वटा अध्यादेश प्रस्तुत हुन पाए। माओवादी, कांग्रेस र जसपाले अवरोध तथा बैठक बहिष्कार नै गरे।…
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेटघाट गरेका छन्। नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले सोमवार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे। नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै…