PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन के होला?

    माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन के होला?

    काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको अनौपचारिक बैठक बोलाएको छ। पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलवार बिहान साढे ८ बजेका लागि बैठक डाकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'अनौपचारिक बैठक बोलाइएको हो। सिंहदरबारमा बस्ने भन्ने भएको छ,' उनले भने। श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउनुपर्ने भएकाले समसामयिक राजनीतिबारे छलफल हुने बताए। सर्वोच्च अदालतले फागुन २३ गते माओवादी र…

    विस्तृतमा पढ्नुस्

  • त्रिदेशीय फुटबल : 'वेट एण्ड सी' को रणनीतिमा नेपाल

    त्रिदेशीय फुटबल : 'वेट एण्ड सी' को रणनीतिमा नेपाल

    काठमाडौं : भोलिबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिदेशीय फुटबल सुरु हुँदैछ। प्रतियोगितामा सहभागी हुन बंगलादेश र कीर्गिस्तानको टोली नेपाल आइसकेका छन्। लामो समयपछि नेपाली टोलीले घरेलु मैदानमा फुटबल खेल्दै छ। कीर्गिस्तानको यू २३ टोलीमा युवा खेलाडीको वर्चस्व छ। कीर्गिस्थानका प्रशिक्षक होल्डोसोब नुरबेक आफ्नो खेलाडीहरुको औसत उमेर नै २१/२२ रहेको बताउँछन्। त्यस्तै बंगलादेशका प्रशिक्षकले पनि जेम्स डे ले पनि युवा खेलाडीहरुलाई प्राथमिकता दिने…

    विस्तृतमा पढ्नुस्

  • राज सागरले ल्याए विभेदविरुद्धको गीत ‘ए मान्छे...’

    राज सागरले ल्याए विभेदविरुद्धको गीत ‘ए मान्छे...’

    काठमाडौं : गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेदविरुद्धको गीत ‘ए मान्छे...’ सार्वजनिक गरेका छन्। ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबै खाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन्। चर्चित लेखक आहूतिको शब्द रहेको ‘ए मान्छे...’ २१ औँ शताब्दीमा मान्छेले ब्यहोर्नु परिरहेको विभेदविरुद्धको रचनात्मक आवाज रहेको गायक…

    विस्तृतमा पढ्नुस्

  • बाइक चोरी हुँदाको चक्कर : मोटरसाइकल त भेटियो, चोर चाहिँ खोई?

    बाइक चोरी हुँदाको चक्कर : मोटरसाइकल त भेटियो, चोर चाहिँ खोई?

    काठमाडौं : सेतो रङ्गको हुडी, अनुहारमा मास्क। एक युवक घरको वरपर 'रेकी' गरिरहेका थिए। उनी घरको गेट बाहिर यताउता गरिरहेका थिए। केही बेरमा अर्को युवक घरभित्र छिरे। बाहिर रहेका पहिलेका युवक भने पहिले जसरी यताउता गरिरहेका थिए, त्यही पारामा। रातको ९ बज्यो। पुसको महिना, दिन छोटो। मानिसहरू चाँडै सुतिसक्ने समय। काठमाडौं तारकेश्वरका त्वानाबासुको परिवार पनि सुतिसकेको थियो। घरको छैटौं तल्लामा बस्दै आएका उनीहरू तल्ला तलाहरूमा…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको विज्ञप्तिपछि त्रिदेशीय फुटबल सिरिजमा दर्शक हुने कि नहुने? छलफलमा एन्फा

    स्वास्थ्य मन्त्रालयको विज्ञप्तिपछि त्रिदेशीय फुटबल सिरिजमा दर्शक हुने कि नहुने? छलफलमा एन्फा

    काठमाडौं : कोरोना भाइरसका कारण रोकिएका खेलुकुद प्रतियोगिताहरु धमाधम हुन थालेको केही भयो। क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टनलगायत विभिन्न प्रतियोगिताहरु भइरहेका छन् केही महिना यता। नेपालमा कोराना भाइरसको संक्रमण पनि केही मत्थर भएलगत्तै खेलका गतिविधिहरुले गति लिए। चैत महिना त खेलकुदका हिसाबले व्यस्त छ। धेरैखाले प्रतियोगिता हुँदैछन् यसबिचमा। राष्ट्रियस्तरका फुटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल लगायतका प्रतियोगिता यही महिनामा आयोजना हुँदैछ। भोलिबाटै नेपाल, बंगलादेश र कीर्गिस्तान…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर अनुप बास्तोलाको ट्विट थ्रेडले गरेको संकेत : नेपालमा फेरि आक्रमक बन्दै कोभिड १९

    डाक्टर अनुप बास्तोलाको ट्विट थ्रेडले गरेको संकेत : नेपालमा फेरि आक्रमक बन्दै कोभिड १९

    काठमाडौं : नेपालमा कोभिड १९ संक्रमितको संख्या फेरि तीन अंकमा उक्लन थालिसकेको छ। बिचमा दुई अंकमा झरिसकेको संक्रमितको संख्या तीन अंकमा र केही दिनको अन्तरमा एक/दुई जना मानिसको संक्रमणकै क्रममा मृत्यु हुने गरेको तथ्याङ्कले पनि संकेत गर्छ - कोरोना भाइरस फेरि नेपालमा सल्बलाउन थालेको हो।  झट्ट सुन्दा/हेर्दा धेरैलाई यो फेरि बन्देज किन लगाउनुपर्ने भन्ने लाग्दो हो ! अहिले कोरोना भाइरस…

    विस्तृतमा पढ्नुस्

  • कोही सीडीओ त, कोही सहायक सेनानी : ठगका पेशागत अवतार

    कोही सीडीओ त, कोही सहायक सेनानी : ठगका पेशागत अवतार

    काठमाडौं : पछिल्लो समय ठगी गर्नेले नयाँनयाँ शैली अपनाउन थालेका छन्। केही दिनमा नै मोटोपन घटाउने 'ग्रिन कफी' भन्दै लाखौं रुपैयाँ ठगी गर्ने समूह मात्र होइन, विभिन्न उच्च पदस्थ व्यक्तिको परिचय देखाएर ठगी गर्ने गरेको खुलेको छन्। त्यस्तैखाले एक अर्को घटना फेरि सतहमा आएको छ। महानगरीय अपराध महाशाखाको टोलीले नक्कली सहायक प्रमुख जिल्ला अधिकारी भन्दै ठगी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। जाजरकोट छेडागाउँ नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको एक खाजा घरमा खाना पकाउने ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते

    भक्तपुरको एक खाजा घरमा खाना पकाउने ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते

    काठमाडौँः भक्तपुरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन्। आइतबार साँझ भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सृजनानगरस्थित शिवलाल कस्पालको चार तले पक्की घरमा सिलिन्डर पड्किएपछि आगलागी भएको हो। घरको पहिलो तलामा रहेको भीमेश्वर मम एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी दीपक गिरीले जानकारी दिए। ग्यास पड्केपछि खाजा घरका…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडलाई हराउँदै लेस्टरसिटी सेमिफाइनलमा

    म्यानचेस्टर युनाइटेडलाई हराउँदै लेस्टरसिटी सेमिफाइनलमा

    एफए कप अन्तर्गत गएराति सम्पन्न खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीले युनाइटेडमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलेको २४ औं मिनेटमा केलेछी इहेनाछोको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो। तर म्यासन ग्रिनउडले ३८ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा योउरी…

    विस्तृतमा पढ्नुस्

  • लियोनलाई हराउँदै पीएसजी शीर्ष स्थानमा, एम्बाप्पे बने फ्रेन्च लिगमा सय गोल पुरा गर्ने सबैभन्दा कम उमेरका खेलाडी

    लियोनलाई हराउँदै पीएसजी शीर्ष स्थानमा, एम्बाप्पे बने फ्रेन्च लिगमा सय गोल पुरा गर्ने सबैभन्दा कम उमेरका खेलाडी

    फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ। पार्क ओलम्पिक लियोनाइस स्टेडियममा सम्पन्न खेलमा पीएसजीले घरेलु टोली लियोनमाथि ४-२ गोलअन्तरले पराजित गरेको हो। खेलको १५ औं मिनेटमा किलियन एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३२ औं मिनेटमा ड्यानिलो पेरेराले गोल थप्दा पहिलो हाफमा पीएसजी दुई गोलले अघि रह्यो। दोस्रो हाफमा एन्जेल डी…

    विस्तृतमा पढ्नुस्

  • रियल सोसिडाडको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

    रियल सोसिडाडको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि सानदार जित निकालेको छ। एनोएटा स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सोसिडाडमाथि ६-० गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको ३७ औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो।। त्यस्तै ४३ औं मिनेटमा लियोनल मेस्सीको पासमा सर्जिनो डेस्टले गोल थप्दा पहिलो हाफमा बार्सलोना २ गोलले अघि रह्यो। दोस्रो हाफमा बार्सिलोनाले…

    विस्तृतमा पढ्नुस्

  • नाटक ‘तथागत’, बुद्ध थिएटर फेस्टिभलमा

    नाटक ‘तथागत’, बुद्ध थिएटर फेस्टिभलमा

    उपल्लो जातकाले पूजापाठ गरिरहेका हुन्छन्। त्यही बेला सुमितले पूजा गरिरहेका मानिसलाई छोइदिन्छन्। जो तल्लो जातका बालक हुन्छन्। तल्लो जातले छोएको भनेर सुमितलाई मृत्युदण्ड दिइन्छ। ती बालकलाई सबै बाह्मणहरुले कुट्न थाल्छन्। यसरी नाटक सुरु हुन्छ। दृश्य हो नाटक ‘तथागत’ को। हिन्दी भाषाको नाटकमा बुद्धको सरलता र ज्ञानलाई दर्साइएको छ। बुद्धको जीवनशैली र दर्शनसँग सम्बन्धित नाटक ‘तथागत’ आइतबारदेखि काठमाडौँमा बुद्ध थिएटर फेस्टिभल…

    विस्तृतमा पढ्नुस्

  • धनगढीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनाः एकको मृत्यु, २८ जना घाइते

    धनगढीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनाः एकको मृत्यु, २८ जना घाइते

    कैलालीः कैलालीमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। तीव्र गतिमा रहेको बस अगाडि रहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस दुर्घटनामा परेको हो। मृतकको सनाखत हुन सकेको छैन।   जिल्लाको घोडाघोडी नगरपालिका ५ डोके बजारमा बस दुर्घटना भएको…

    विस्तृतमा पढ्नुस्

  • त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली आइपुग्यो काठमाडौं

    त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली आइपुग्यो काठमाडौं

    काठमाडौं : त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको फुटबल टोली आज काठमाडौं आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंको दशरथ रंगशालामा बंगलादेश, नेपाल र कीर्गिस्तानबीच चैत १० गते देखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ। प्रतियोतिगामा सहभागी हुन बंगलादेशको टोली यसअघि नै काठमाडौं आइसकेको छ। दुवै टिम सोल्टी होटलमा बस्नेछन्। दशरथ रंगशालामा हुने प्रतियोगितामा सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ…

    विस्तृतमा पढ्नुस्

  • ‘हनी ट्र्याप’मा फसाई रकम असुल्ने गिरोह पक्राउ

    ‘हनी ट्र्याप’मा फसाई रकम असुल्ने गिरोह पक्राउ

    काठमाडौं : विभिन्न पुरुषहरुलाई ‘हनी ट्र्याप’मा फसाई रकम असुल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ६ घर भई हाल गोंगबु बस्ने २८ वर्षीया संगिता शाह (रितु), सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ घर भई हाल गोंगबु बस्ने २१ वर्षीया सुस्मिता…

    विस्तृतमा पढ्नुस्

  • ‘हिजो हामी को कता थियौँ छोडिदिनुस्, आज के सही हो त्यो महत्वपूर्ण कुरा हो’ : मन्त्री रायमाझी

    ‘हिजो हामी को कता थियौँ छोडिदिनुस्, आज के सही हो त्यो महत्वपूर्ण कुरा हो’ : मन्त्री रायमाझी

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताएका छन्। आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताएका हुन्। आर्थिक समृद्धिमा टेवा पुर्‍याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • उपमेयरले बलिङ, मेयरले ब्याटिङ गर्दै सुरु भयो मेयर कप सप्तरी प्रिमियर लिग: उद्घाटन खेलमा रुपनी राइडर्स विजयी

    उपमेयरले बलिङ, मेयरले ब्याटिङ गर्दै सुरु भयो मेयर कप सप्तरी प्रिमियर लिग: उद्घाटन खेलमा रुपनी राइडर्स विजयी

    काठमाडौं: तेस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ। लिगअन्तर्गत उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साइन थन्डर्सलाई १३ रनले पराजित गर्‍यो। प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादवले ब्याटिङ  र उपमेयर साधना झाले बलिङबाट भयो। राज रंगशालामा सम्पन्न खेलमा रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइनले पुरै २० ओभर ब्याटिङ गरेता पनि सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको अनुरोध : सभा, जुलुसलगायत भिडभाड हुने कार्यक्रम नगर्नु होला

    स्वास्थ्य मन्त्रालयको अनुरोध : सभा, जुलुसलगायत भिडभाड हुने कार्यक्रम नगर्नु होला

    काठमाडौं : सरकारले छिमेकी राष्ट्रहरूमा कोभिड-१९ सङ्क्रमण बढेकाले देशभर कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको छ।  देशभर सभा, जुलुस,भेला, जमघट,गोष्ठी, सेमिनार लगायतका भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको हो। त्यस्तै अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुनेलगायत कार्यहरू गर्नसमेत सरकारले अनुरोध गरिएको छ। पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतमा कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।

    विस्तृतमा पढ्नुस्

  • सवारी साधनले क्षमताभन्दा बढी भार बोके सामग्री झारेर जरिवाना गर्ने

    सवारी साधनले क्षमताभन्दा बढी भार बोके सामग्री झारेर जरिवाना गर्ने

    काठमाडौं: यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ। मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ। मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम भार ओसारपसार गर्नुपर्ने भए पनि पछिल्लो समय त्यसको विपरीत हुने गरेको विभागमा…

    विस्तृतमा पढ्नुस्

  • ललिपुर मेयर्स कप महिला क्रिकेट चैत २१ गतेबाट, विजेताले तीन लाख पाउने

    ललिपुर मेयर्स कप महिला क्रिकेट चैत २१ गतेबाट, विजेताले तीन लाख पाउने

    काठमाडौं: ललितपुर मेयर्स कप महिला टी २० प्रतियोगितामा चैत २१ गतेबाट सुरु हुने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ। प्रतियोगितामा पाँचवटा टिम सहभागी टिमहरुमा मेयर्स ११ को एउटा टिम हुनेछ भने बाँकी चार टिम प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, प्रदेश १, सुदूरपश्चिम र लुम्बिनी प्रदेश रहनेछन्। प्रतियोगितामा पहिलो हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell