काठमाडौँः न्याय सेवा आयोगले दुई सहसचिवलाई सचिव वा सो सरहको पदमा बढुवाका लागि सिफारिस गरेको छ। बिहीबारको बैठकले न्याय, कानुन समूहका सहसचिव तोयानाथ अधिकारीलाई सचिव बढुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ। अधिकारलाई बढुवासँगै सत्य निरुपण तथा मेलमिलाप आयोगमा सचिवमा पदस्थापनको पनि सिफारिस गरेको हो। यस्तै, सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई नायब महान्यायाधिवक्तामा सिफारिस गरेको छ। नायब महान्यायाधिवक्ता राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव सरह)…
काठमाडौं : आगामी महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)को लागि विराटनगर सिटी एफसीले मार्की खेलाडी सार्वजनिक गरेको छ। विराटनगर सिटीले राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मिडफिल्डर रञ्जीत धिमाललाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो। एक कार्यक्रम गरी विराटनगरले धिमाललाई सार्वजनिक गर्दा प्रशिक्षक चाहि विदेशबाट ल्याउन पहल भइरहेको जानकारी दियो। यससँगै प्रतिस्पर्धा गर्ने ७ टोलीमध्ये पाँच टोलीले मार्की खेलाडी…
बुटवल : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कम्युनिस्टहरुले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताएकी छिन्। कांग्रेसका पूर्व सभापती तथा पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा जीपी कोइराला फाउण्डेसन रुपन्देहीको आयोजनामा भएको विचार गोष्ठिमा उनले मुलुकले भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली कांग्रेसले नै खोज्नु पर्ने बताएकी हुन्। कांग्रेस कमजोर हुँदा देश कमजोर भएको…
काठमाडौं : सञ्चारकर्मी तथा कलाकार रीमा विश्वकर्माले मनिषा कोइरालाको बायोपिक फिल्ममा काम गर्न मन भएको बताएकी छिन्। कमेडी च्याम्पियनको प्रिमियरको बेला पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। ‘मिल्यो भने आफ्नै बायोपिकमा अभिनय गर्न चाहन्छु। तर, म बाहेक अरु कसैको गर्नुपयो भने मनिषा कोइरालाको बायोपिकमा फिल्म गर्न मन छ,’ उनले भनिन्। मिडिया पर्सनालिटी भए पनि रीमाको अभिनयसँगको लगाब बेग्लै छ। कलाकारितासँगको…
काठमाडौं: नेकपा एमालेको माधव नेपाल समूहले देशभर भेला र प्रशिक्षण गर्ने निर्णय गरेको छ। बिहीवार राजधानीमा सम्पन्न समूहको दुई दिने भेलाले ३ महिनासम्म व्यापक रुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको सो समूहमा रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। ‘भेलाबाट नवौं महाधिवेशनको कार्यदिशाको औचित्य पुष्टि भएको छ। फागुन २३ बाट नेकपा एमाले पुरानो अबस्थामा फर्किएको छ। २०७५ जेठ २…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शैलीमा संसदीय दलको बोर्ड गठन गरेको आरोप लगाएका छन्। नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन्। नवौं महाधिवेशनको कार्यदिशाको औचित्य पुष्टि भएको भन्दै भट्टराईले फागुन २३ बाट नेकपा (एमाले) पुरानो अवस्थामा फर्किएको बताए। उनले २०७५ जेठ २ गते कायम…
संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ। लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन्। गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ। गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन प्रविन भट्टले गरेका हुन्। गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने अजय रेग्मीले छायाङ्कन गरेको भिडियोमा गायिका एलिना…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहले १७ बुँदे प्रस्ताव पारित गर्दै राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको छ। भेलाले फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटका सीमिति व्यक्ति बोलाएर सरकारी निवासमा गरेको निर्णयको विरोध गरेको छ। पदाधिकारीको जिम्मेवारी हेरफेर र नेकपा एमालेको सदस्यता समेत नलिएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाएको भन्दै कडा आलोचना गरेको छ। 'पार्टी…
काठमाडौं: संघीय संसद सचिवालयले शुक्रवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। कार्यसूचीमा सरकारले ल्याउन पेश गर्न खोजेका ७ वटा अध्यादेशहरु भने राखिएको छैन। कार्यसूचीअनुसार भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुइटा वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन्। लोक सेवा आयोगको ६१औ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन…
काठमाडौ : 'हनी ट्र्याप' मार्फत् रकम असुली गरेको अभियोगमा प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका घर भएकी ३७ वर्षीय लासरी शाही र ३७ वर्षीय कल्पना हमाललाई नियन्त्रणमा लिएको हो। उनीहरुले एक पुरुषलाई सुन्धाराको गेष्ट हाउसमा भेट्न बोलाएका थिए। कोठामा सँगै बसेर आपत्तिजनक भिडियो खिचेर ब्ल्याकमेलिङ गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले पीडित…
काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेश, नेपाल र कीर्गिस्तान सम्मेलित त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी लगभग पूरा भएको जनाएको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा पत्रकार सम्मेलन गरी एन्फाले प्रतियोगिताको तयारी ९५ प्रतिशत सकिएको जनाएको हो। एन्फा प्रवक्त किरण राईले प्रतियोगितामा सहभागी हुन आउने बंगलादेशी ४० जनाको टोली आज आइपुग्ने र कीर्गिस्थान यू २३ टोली चैत ८ गते आइपुग्ने जानकारी…
काठमाडौं : प्रहरीले कीर्ते गरेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले ललितपुर महानगरपालिका घर भएका ४१ वर्षीय रविन्द्र महर्जनलाई नियन्त्रणमा लिएको हो। महर्जनले भ्याली कन्स्ट्रक्सन प्रालिले ललितपुर, पुल्चोक, श्रीमहलस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याड कीर्ते गरी गरेको प्रहरीले जानकारी दिएको छ। लेटर…
काठमाडौं : नेकपा एमालेले संसदीय दलको बोर्ड गठन गरेको छ। अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको हो। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरीक्षवेण गर्न र सांसदलाई क्रियाशील बनाउन बोर्डको गठन गरिएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। रोचक त के छ भने बैठकमा सहभागी नभएका वरिष्ठ नेताद्वय…
काठमाडौं : नेपाली सेनाको मुख्यालय रहेको परिसर भित्रको एउटा भवनमा आगो लागेको छ। आगलागी भएलगत्तै तीनवटा दमकलले निभाउने प्रयास जारी राखेको त्यहाँबाट पहिलोपोस्टका संवाददाता प्रवीन रानाभाटले जानकारी दिएका छन्। संचारकर्मीलाई भित्र प्रवेश गर्न दिइएको छैन भने घटनामा के कति क्षति भएको जानकारी प्राप्त भइसकेको छैन।
काठमाडौं : बैठकमा नआउनेलाई कारवाही गर्ने भन्दै चेतावनीका बाबजुद माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाकेको संसदीय दलको बैठक बहिस्कार गरेका छन्। बिहान ११ बजेका लागि डाकिएको बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। दुई घन्टा ढिलोगरी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। समानान्तर भेला गरिरहेका माधवकुमार नेपाल पक्षधर…
काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मात्र तीन महिनाको अवधिमा भन्सार छली गरेर ल्याएको ८९ लाख ३२ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ। पुस महिनादेखि चैत १ गतेसम्म विभिन्न कम्पनीका मोबाइल, कपडा, सुन इत्यादि गरेर ८९ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए। सबैभन्दा धेरै कुर्था सुरुवाल र लेहगां बरामद गरेको प्रहरीले जानकारी दिएको छ।…
काठमाडौं : काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाले पाँच वटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेकसमेत हस्तान्तरण गरेको छ। बुधवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडमाथि जित निकाल्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु चेल्सीले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो। यसअघि पहिलो लेगमा १-० को जित निकालेको चेल्सीले समग्रमा ३-० को सहज जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। चेल्सी सन् २०१३/१४ को सिजनयता ७ वर्षपछि पहिलो पटक…
काठमाडौं : चैत २० र २१ गते पोखरामा रेस्लिङ प्रतियोगिता हुने भएको छ। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुने भएको हो। नेपालका उत्कृष्ट रेस्लरले सहभागिता जनाउने प्रतियोगितामा देशका विभिन्न ठाउँका चर्चित रेस्लर नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल,…
हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुकमा विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको बताएका छन्। राप्रपा हेटौँडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधिनता कमजोर हुने विचार व्यक्त गरे। ‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीले बोकाई दिएको भारी हो, विदेशीको स्वार्थ पूर्ति गर्न राजनीतिक दल…