काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता लेखकले अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेकपा नै रहेको टिप्पणी गरे। अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस…
काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि अस्तव्यस्त बनेको राजनीतिलाई निकास दिन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाव आएको छ। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र महन्थ ठाकुर हुने उल्लेख गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने र सरकारको…
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली पक्षले कर्णाली प्रदेश सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ। सो कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै निर्णय पेश भएको जानकारी दिएको हो। एमालेको कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी बुधवार प्रदेश प्रमुखको कार्यालयलाई पत्रमार्फत दिएका…
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा शर्माले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे। उनले भने, ‘समस्याको समाधान हामीले समर्थन फिर्ता लिएर मात्रै हुँदैन। प्रधानमन्त्री हुन को…
काठमाडौं: नेकपा (एमाले) का नेता तथा सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजानेगरी अघि बढेको दावी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा अधिकारीले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल गरेको पनि बताए। उनले सरकार बचाउनको लागि आफूहरुले केही पनि नगरेको स्पष्ट पारे। उनले भने, ‘हामीले केही पनि गरेको छैन। होटेलमा लगेर सांसद लगेर थुनेको…
काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले भोलिको संसदीय दलको बैठकमा सहभागी नहुने स्पष्ट पारेको छ। आफूहरुको भेला चलिरहेको जानकारी हुँदाहुँदै बैठक राख्नु उपयुक्त नभएको समूहको भनाइ छ। माधव समूहमा रहेका एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘संसदीय दलका नेताले बैठकका लागि बोलाउनुभएको सूचना मोबाइलमा एसएमएस आएको छ। उहाँलाई र संसदीय दलको कार्यालयलाई राम्रोसँग जानकारी छ कि…
काठमाडौः बैकिङ कसुर मुद्दामा अदालतले कैद फैसला सुनाएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइवी) को टोलीले झापा गौरादह नगरपालिका वडा नम्बर १ घर भएका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गानालाई पक्राउ गरेको हो। बैकिङ् कसुर मुद्दामा उच्च अदालत पाटनले गत माघ ५ गते एक महिना कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना ठहर गरेको…
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले काठमाडौंमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ। ललितपुरको एक होटलमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो। मंगलबार सुरु भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने…
काठमाडौँ : तीन दिनको अन्तरमा काठमाडौंमा भएका दुई हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। बुधवार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार सम्मेलन गर्दै हत्याका अभियुक्तलाई सार्वजनिक गरेको हो। चैत २ गते काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा महिलाको हत्या भएको थियो। त्यसै गरी फागुन २९ गते टोखामा २२ वर्षीय युवकको हत्या भएको थियो। दुवै अपराधमा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो। चैत २…
काठमाडौं : जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन्। सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दाहरुलाई संबैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताए। राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक…
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन नेतृत्वलाई ६ वटा प्रस्ताव गरेको बताएका छन्। आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ६ बुँदे म्यासेज पठाए पनि त्यसलाई अध्यक्ष केपी शर्मा ओली पक्षले वेवास्ता गरेको आरोप लगाएका हुन्। सर्वोच्चको फैसलापछि एमाले कमिटीको बैठक बस्ला भनेर आशा गरेको र सचिवालय बैठक बोलाएको भए पनि अल्पमतमा पर्ने डरले…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटको सुरुवात गरेको बताएका छन्। सानेपामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मदन भण्डारी फाउण्डेसनबाट ओलीले गुटलाई बढावा दिइरहेको आरोप लगाए। ओलीबाट नेकपा एमालेमा धेरैजना पीडित बनेको भन्दै उनले आज सबैजना पीडित एकैस्थानमा भेला भएको समेत बताए। ' ओलीले नेताहरुलाई एकअर्काबीच भिडाउने काम गरे। विधिप्रक्रिया…
काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले आयोजा गरेको राष्ट्रिय एकता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीलाई च्याङ काइ सेकको सन्दर्भ सुनाएका छन्। 'माओले च्याङ काइ सेकलाई वार्ताका लागि मिलौं, मिलेर मात्र देश अगाडि बढ्छ। हाम्रा साझा दायित्व छन् देश निर्माणका लागि भनेर वार्ताको प्रस्ताव गरे,' सन्दर्भ उल्लेख गर्दै पाण्डेले भने, 'च्याङ काइ सेकले एउटा आकाशमा दुइटा सूर्य हुन्न। एउटा मात्रै सूर्य…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेता कार्यकर्तालाई नडराउन आग्रह गरेकी छिन्। माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले कारवाहीको धम्कीबाट नडराउन आह्वान गरिन्। हिजो प्रधानमन्त्री ओलीले भेला आयोजना नगर्न निर्देशन दिएका थिए। साथै भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका थिए। सहभागी भएमा कारवाही गर्ने चेतावनी पनि दिएका थिए। ‘बालुवाटारलाई पीडा भएछ। केपी ओलीलाई पीडा…
काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई दिनमै देशको सम्पूर्ण स्थल मार्गकोको सीमा खोलिने बताएका छन्। उच्च स्तरीय कोभिड–१९ संकट व्यवस्थपन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउन वीरगंजबाट आएको डेलिगेसनसहितको टोलीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। ‘हामी पनि भारत र चीनसँगको जोडिएका सम्पूर्ण नाका खोल्ने सोचिरहेका थियौं,तपाँईहरु आउनु भएको छ,भोली अपरान्ह ४ बजेको सीसीएमसीको बैठक राखेको छु।…
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका दुई जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिको आज बसेको बैठकले उजुरी आह्वान गरेको हो। न्याय परिषद्ले गत शुक्रबार सर्वोच्च अदालतका लागि दुई र उच्च अदालतमा १६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो। उच्चको हकमा सुनुवाइ हुँदैन। सर्वोच्चमा सिफारिस भएका नहकुल सुवेदी र कुमार चुडालविरुद्ध सुनुवाइका लागि समितिले…
काठमाडौं : काठमाडौं महानगरपालिकामा दोस्रो चरण अन्तर्गत पहिलो प्राथमिकतामा परेका ६५ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिलाई लगाउँदै आएको कोभिडविरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ। दोस्रो प्राथमिकतामा परेकाहरुको लागि स्वास्थ्य मन्त्रालयबाट अर्को सूचना प्राप्त भए पश्चात पुनः खोप लगाउने कार्य शुरु गरिने शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले बताए। उनले यो चरणमा महानगरपालिकाका ३२ वटै वडाका…
काठमाडौः काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। फरार रहेका सन्तोष सापकोटालाई महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले मङ्गलवार पक्राउ गरिएको हो। सोमबार साँझ प्रहरीले सुकुम्वासी बस्तीस्थित घर नम्बर ३ बाट ३२ वर्षीय सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला पारेको थियो। सोमबार नारायण सापकोटाको घर पछाडि रहेको कोठामा बोरामा प्याक गरेको अवस्थामा प्रहरीले शव फेला…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्बल मुन्छेनग्लाडबाखमाथि जित निकालेको छ। हंगेरीस्थित पुस्कास एरेनामा सम्पन्न दोस्रो लेगको खेलमा सिटीले ग्लाडबाखमाथि २-० ले जित निकालेको हो। पहिलो लेगमा पनि २-० कै जित निकालेको सिटीले समग्रमा ४-० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। गएरातिको खेलमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगन र केभिन डी ब्रुइनले गोल…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एटलान्टामाथि जित निकालेको छ। अन्तिम १६ को दोस्रो लेगको खेलमा एटलान्टालाई गएरातिको खेलमा ३-१ ले हराएको रियलले समग्रमा ४-१ ले जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको हो। स्टेडियो अल्फ्रेडो डिस्टेफानोमा सम्पन्न गएरातिको खेलमा घरेलु टोलीका लागि लुका मोड्रिचको पासमा गोल गर्दै करिम बेञ्जेमाले ३४ औं मिनेटमा…