PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • २ हजार डोज कोभिड भ्याक्सिन उपहार बोकेर बहराइनका राजकुमार खलिफा सगरमाथा चढ्न नेपालमा

    २ हजार डोज कोभिड भ्याक्सिन उपहार बोकेर बहराइनका राजकुमार खलिफा सगरमाथा चढ्न नेपालमा

    काठमाडौं : सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइनका राजकुमार शेख मोहामेद हमद मोहामेद अल खलिफा नेपाल आइपुगेका छन्। राजकुमार अल खलिफासहित १६ जनाको टोली शैन्य विशेष विमानबाट आज नेपाल आइपुगेको हो। सो टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका बासिन्दाको लागि कोरोना भाइरस विरुद्धको २ हजार डोज अस्ट्रा जेनिका खोपसमेत उपहारको रुपमा ल्याएको छ। सो टोलीले २०२० को अक्टोबरमा लोबुचे…

    विस्तृतमा पढ्नुस्

  • कार्यव्‍यवस्था समितिको चार घण्टा लामो बैठकमा जुटेन सहमति, भोलिको संसद बैठकमा पनि अध्यादेश पेस नहुने

    कार्यव्‍यवस्था समितिको चार घण्टा लामो बैठकमा जुटेन सहमति, भोलिको संसद बैठकमा पनि अध्यादेश पेस नहुने

    काठमाडौं: प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक विना निष्कर्ष टुंगिएको छ। दिउँसो २ बजे सुरु भएर चार घण्टा चलेको बैठकमा मुख्य एजेण्डा रहेको अध्यादेशहरुका सम्बन्धमा सहमति जुट्न सकेन। पहिलो बैठकमा सरकारले संवैधानिक परिषद् सम्बन्धी सहित ७ वटा विधेयक संसदमा प्रस्तुत गर्न खोज्दा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाले अवरोध गरेका थिए। सहमति नजुट्दा दोस्रो बैठकमा पनि अध्यादेश कार्यसूचीमा राखिएको थिएन।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

    राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

    काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेटघाट गरेका छन्। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि हालै नियुक्त इजरायली राजदूत गोडेरले तिमिल्सिनासँग सोमवार भेट गरेका हुन्। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए। उनले दुई देशले संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल : धनगढीको मार्की खेलाडी विशाल राई, भन्छन्: प्रतियोगिता जित्ने लक्ष्य छ

    एनएसएल : धनगढीको मार्की खेलाडी विशाल राई, भन्छन्: प्रतियोगिता जित्ने लक्ष्य छ

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी टोली धनगढी एफसीले मार्की खेलाडी घोषणा गरेको छ। आज कार्यक्रम गर्दै मार्की खेलाडीका रुपमा विशाल राईलाई छनोट गरेको हो। धनगढी फुटबलका अध्यक्ष सुवासबहादुर शाहीले आफूहरुको लक्ष्य प्रतियोगिता जित्ने भएकाले त्यही अनुरुपको तयारी गरिरहेको बताए। त्यस्तै विदेशी खेलाडी भित्र्याउन दक्षिण एसिया र त्यो भन्दा बाहिर पनि तयारी चलिरहेको बताए। त्यस्तै विशाल राईले टिम राम्रो…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले समात्न खोज्दा मर्ने धम्की दिँदै रुख चढेर भिर देखाएपछि…

    प्रहरीले समात्न खोज्दा मर्ने धम्की दिँदै रुख चढेर भिर देखाएपछि…

    काठमाडौं : आइतवार एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गर्न खोज्दा निकै सास्ती खेप्नु परेको छ। जब प्रहरीले खोजी गरि अभियुक्तलाई देख्यो उनी प्रहरीबाट फुत्केर एउटा खोचमा पुगे। जब प्रहरीले पक्राउ गर्न नजिकै जान खोज्थ्यो उनले हामफालेर मर्ने धम्की दिन थाल्थे। केही समय अभियुक्त उनको प्रहरीसँग जुहारी नै चल्यो। सन्दर्भ हो, ३६ वर्षीय खन्ती भनिने सुकलाल वाइवा पक्राउको प्रकरण। वाइवालाई प्रहरीले गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखान बस्ने राजकुमार पण्डित…

    विस्तृतमा पढ्नुस्

  • धुम्वाराहीको वार्तामा ओली र नेपाल भएनन् टसकोमस, समानान्तर भेला र बैठक नरोकिने

    धुम्वाराहीको वार्तामा ओली र नेपाल भएनन् टसकोमस, समानान्तर भेला र बैठक नरोकिने

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिचको वार्ता तिक्ततापूर्ण रुपमा नै सकिएको छ। झण्डै साढे दुई घण्टासम्म पार्टी कार्यालय धुम्बाराहीमा चलेको बैठक सुरुवातामा हार्दिकतापूर्ण भए पनि अन्त्यमा भने नेताहरुबिच तिक्ततापूर्ण संवाद भएको वार्तामा सहभागी नेताहरुले बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालले सुरुवात हार्दिकतापूर्ण भए पनि अन्त्यमा भने तिक्तता पूर्ण संवाद भएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारको सैनिक शासन विरुद्ध दूतावास अगाडि प्रदर्शन

    म्यानमारको सैनिक शासन विरुद्ध दूतावास अगाडि प्रदर्शन

    काठमाडौं : म्यानमारमा भएको सैनिक 'कु'को विरोधमा प्रदर्शन भएको छ। नेपालस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको हो। मानव अधिकार तथा शान्ति समाजले त्यहाँ भइरहेको आन्दोलनमाथि दमन र हत्या विरुद्ध प्रदर्शन गरेको हो।  सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, राजनीतिक बन्दी रिहा गर, लोकतन्त्र स्थापना गर लगायतका नारा लेखिएका प्ले कार्ड सहित दूतावास अगाडि धर्ना दिइएको थियो। निर्वाचित सरकार बन्नु अघि…

    विस्तृतमा पढ्नुस्

  • ओली नेपालको वार्तामा जुटेन सहमति, २८ गतेको निर्णय प्रभाव शून्य शर्तमा ओलीले जनाएनन् प्रतिवद्धता

    ओली नेपालको वार्तामा जुटेन सहमति, २८ गतेको निर्णय प्रभाव शून्य शर्तमा ओलीले जनाएनन् प्रतिवद्धता

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिचको वार्ता सकिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा साढे २ घण्टा भन्दा बढी छलफल भए पनि सहमति भने नभए नेता भीम रावलले जानकारी दिए। 'आजको छलफलमा प्रमबाट र हामीले धारणा राखौं। उहाँले पनि एकता बनाउने धारणा राख्नुभयो। हाम्रा सम्पूर्ण काम ३ वर्ष अघिबाटै अगाडि बढनुपर्छ भन्दै आएका थियौं।…

    विस्तृतमा पढ्नुस्

  • मंगलवार बस्ने संसद बैठकको कार्यसूची बनाउन कार्यव्यवस्था समितिको बैठक बस्दै

    मंगलवार बस्ने संसद बैठकको कार्यसूची बनाउन कार्यव्यवस्था समितिको बैठक बस्दै

    काठमाडौं : प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दै छ। संघीय संसदको सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सोमवार २ बजेका लागि बैठक बोलाएका हुन्। प्रतिनिधिसभाको मंगलवार बस्ने बैठकको कार्यसूची तय गर्न बैठक बस्न लागेको हो। सर्वोच्च अदालतको नेपाल कम्युनिस्ट पार्टी नेकपाको अस्तित्व नभएको भन्ने आदेशपछि एमाले र माओवादी अलग अलग भएर नयाँ सरकार बनाउनका लागि गठबन्धनको प्रयास भइरहेको छ। गठबन्धन बनिनसकेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा : नयाँ सरकार गठनबारे छलफल हुँदै

    माओवादी केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा : नयाँ सरकार गठनबारे छलफल हुँदै

    काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। आजको बैठकमा नेताहरुले आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। नयाँ सरकार गठनबारे पनि बैठकमा छलफल भइरहेको बैठकमा सहभागी नेताहरुले बताएका छन्। आइतवार सुरु भएको बैठकमा पार्टीको सांगठनिक अबस्थाका बारेमा नेताहरुले ब्रिफिङ गरेका थिए। यस्तै, माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फर्कन बैठकले निर्देशन दिएको थियो। पार्टीमा…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोले ३२ मिनेटमै ह्याट्रिक पुरा गर्दा युभेन्टसको जित, कीर्तिमान तोडिएपछि पेलेले दिए बधाइ

    रोनाल्डोले ३२ मिनेटमै ह्याट्रिक पुरा गर्दा युभेन्टसको जित, कीर्तिमान तोडिएपछि पेलेले दिए बधाइ

    इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले काग्लिअरी माथि सहज जित निकालेको छ। सरडेग्ना एरेनामा सम्पन्न खेलमा युभेन्टसले घरेलु टोलीमाथि ३-१ गोलअन्तरको सहज जित निकालेको हो। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले ३२ मिनेटभित्रै ह्याट्रिक पुरा गरे। खेलको १० औं मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका रोनाल्डोले २५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यस्तै तेस्रो गोल खेलको ३२…

    विस्तृतमा पढ्नुस्

  • ओलीमाथि ११ शीर्ष नेताको हमलाः ‘कम्युनिस्टमा हुनुपर्ने सामान्य राजनीतिक चरित्र रहेन, अहंकार र आत्मप्रशंसाको प्रवृत्ति’

    ओलीमाथि ११ शीर्ष नेताको हमलाः ‘कम्युनिस्टमा हुनुपर्ने सामान्य राजनीतिक चरित्र रहेन, अहंकार र आत्मप्रशंसाको प्रवृत्ति’

    काठमाडौँः नेकपा (एमाले) का वरिष्ठसहित ११ शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीमा सामान्य राजनीतिक चरित्र समेत नरहेको आरोप लगाएका छन्। उनीहरुले ओलीमा अहंकार र आत्मप्रशंसाको प्रवृत्ति रहेको पनि आरोप लगाएका छन्। संयुक्त वक्तव्य जारी गर्दै हालै पार्टीको एक पक्षीय बैठकबाट नेताहरुको जिम्मेवारी खोस्ने तथा कारबाही गर्नेगरि भएको निर्णय मान्य नभएको पनि बताएका छन्। नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • ‘सुध्रिएर आए प्रचण्डसँग सहकार्य हुन्छ, माधव नेपाललाई भित्तामा पुर्‍याएको हैन आफैँ उभिन जानुभो’

    ‘सुध्रिएर आए प्रचण्डसँग सहकार्य हुन्छ, माधव नेपाललाई भित्तामा पुर्‍याएको हैन आफैँ उभिन जानुभो’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा मुद्दा हारेकै कारण राजीनामाको नैतिक दायित्व आफूसँग नभएको बताएका छन्। प्रधानमन्त्रीलाई विपक्षी बनाएर गलत मनासायबाट मुद्दा दायर समेत हुने गरेको भन्दै कतिपय मुद्दा हारेबापत नैतिक दायित्व लिनुपर्ने अवस्था नरहेको ओलीले बताए। प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै ओलीले सुधार भएर आए प्रचण्डसँग सहकार्यको सम्भावना पुनः रहेको बताए।  ‘म संविधान मान्छु। अदालतको फैसला मान्छु। तर अन्यत्र कोही…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा सहभागी टिम सार्वजनिक

    फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा सहभागी टिम सार्वजनिक

    काठमाडौं : विभिन्न सात शहरको प्रतिनिधित्व हुने गरी आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा सहभागी फ्रेन्चाइज टिम सार्वजनिक गरिएको छ। नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आइतवार कार्यक्रमको आयोजना गरी फ्रेन्चाइज टिम र टिम मालिक सार्वजनिक गरेको हो। ७ फ्रेन्चाइज टिमको सहभागिता रहने लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स,…

    विस्तृतमा पढ्नुस्

  • यस वर्षको क्यान इन्फोटेक वैशाख २८ गतेदेखि, प्रवेश टिकटलाई पेपरलेस गरिने

    यस वर्षको क्यान इन्फोटेक वैशाख २८ गतेदेखि, प्रवेश टिकटलाई पेपरलेस गरिने

    काठमाडौं : यस वर्षको क्यान इन्फोटेक २०७८ वैशाख २८ गतेदेखि हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आइतवार पत्रकार सम्मेलन गरी मेला बारे जानकारी गराएको हो। मेला जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। कोभिड महामारीका कारण गतवर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरी यस वर्षको मेला आयोजना हुन लागेको हो। कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • मंगलवार बिहान बालुवाटारमा ओलीको चियापान कार्यक्रम, नेपाल र खनाललाई पनि निमन्त्रणा

    मंगलवार बिहान बालुवाटारमा ओलीको चियापान कार्यक्रम, नेपाल र खनाललाई पनि निमन्त्रणा

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार चियापान कार्यक्रमको आयोजना गरेका छन्। मंगलवार बिहान ११ वजे बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए। चियापानमा पार्टीका केन्द्रीय कमिटी सदस्य सबै जनालाई बोलाइएको छ जसमा माधव नेपाल र झलनाथ खनाललाई पनि बोलाइएको नेम्वाङले बताए। चैत ૪ र ५ गते नेपाल-खनाल समूहको कार्यकर्ता भेला छ। त्यसको अघिल्लो…

    विस्तृतमा पढ्नुस्

  • एमालेको नेपाल-खनाल समूहको निर्वाचन आयोगमा निवेदन : ओलीका निर्णय मान्यता नदिनु

    एमालेको नेपाल-खनाल समूहको निर्वाचन आयोगमा निवेदन : ओलीका निर्णय मान्यता नदिनु

    काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार गरेका निर्णयलाई मान्यता नदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा पत्र आएको जानकारी दिए। ओलीले पार्टी विधान विपरीत केन्द्रीय कमिटीको बैठक बोलाएर निर्णय गरेको भन्दै नेपाल-खनाल समूहले निवेदन दिएको हो। नेपाल-खनाल समूहका नेता राजेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै, के विषयमा हुँदै छलफल?

    बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै, के विषयमा हुँदै छलफल?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठक बस्दैछ। मन्त्रिपरिषदको नियमित बैठक सोमवार र मंगलवार बस्ने तय भएको भए पनि आज आइतवार नै बस्न लागेको हो।   अहिले केही बेरमा बैठक सुरु हुने उर्जा, जलश्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए। उनले मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको दाबी गरे। 'मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो। नियमित एजेण्डामाथि छलफल…

    विस्तृतमा पढ्नुस्

  • युरोपेली देशले किन लगाउँदै छन् अक्सफोर्ड-अस्ट्राजेनेका भ्याक्सिनमा प्रतिबन्ध? भारतले खोप लगाएपछि मृत्यु भएका ४६ जनाको अध्ययन गर्दै

    युरोपेली देशले किन लगाउँदै छन् अक्सफोर्ड-अस्ट्राजेनेका भ्याक्सिनमा प्रतिबन्ध? भारतले खोप लगाएपछि मृत्यु भएका ४६ जनाको अध्ययन गर्दै

    अक्सफोर्ड-अस्ट्राजेनेका कोभिड-१९ भ्याक्सिन लगाएका केही ब्यक्तिमा 'ब्लड क्लट'को समस्या देखिएको भन्दै विभिन्न देशहरुले भ्याक्सिनको प्रयोगमा अस्थायी रुपले रोक लगाएका छन्। अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाले विकास गरेको कोभिड-१९ भ्याक्सिनको प्रयोग ब्लड क्लटको सँग जोडिएको छ या छैन भन्ने बारेमा युरोपियन युनियनको औषधी नियामक निकायले अनुसन्धान थालेको छ। उता, युरोपका डेनमार्क, आइसल्याण्ड र नर्वेले अस्थायी रुपमा भ्याक्सिनलाई प्रतिबन्ध लगाएको छ। भ्याक्सिन लगाएका…

    विस्तृतमा पढ्नुस्

  • लहानको बम विस्फोटको जिम्मा लियो गोइत समूहले, घाइते युवकलाई हेलिकप्टरबाट लगियो काठमाडौं

    लहानको बम विस्फोटको जिम्मा लियो गोइत समूहले, घाइते युवकलाई हेलिकप्टरबाट लगियो काठमाडौं

    जनकपुरधाम : सिराहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ। घटना भएको करिब ४ घण्टापछि  गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो। जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जय कृष्ण गोइतले  बम विस्फोट गरेको जिम्मा लिँदै मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell