जनकपुरधाम : सिरहास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ। सेवाग्राहीको चाप रहेको समयमा मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राहीसमेत गरी सात जना घाइते भएका छन्। आइतवार दिउँसो करिब १२ बजेर ४० मिनेटमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। सेवाग्राहीको अवस्था गम्भीर रहेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख…
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा लागेका नेतामाथि कारवाहीको प्रकृया अगाडि बढाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले कारवाहीको तयारी सुरु गरेको स्थायी कमिटी सदस्य गणेश साहाले जानकरी दिए। स्थायी कमिटीको शनिवारको बैठकले एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा…
बैतडी : चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन्। कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए। ‘रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन,’ उनले भने, ‘नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप…
काठमाडौंः काठमाडौं उपत्यकाभित्र गएको तीन महिनामा सवारी दुर्घटनामा ४५ जनाले ज्यान गुमाएका छन्। पुस महिनादेखि फागुन २८ गतेसम्म ४५ जनाले दुर्घटनामा ज्यान गुमाएको महानगरीय प्रहरी कार्यालय,रानीपोखरीको तथ्याङ्कले देखाएको छ। यसरी मृत्यु हुनेहरूमा सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनाबाट भएको देखिएको छ। तीन महिनामा काठमाडौं उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरमा ३ हजार २ सय २२ वटा दुर्घटना भएका छन्। जसमा ४७…
काठमाडौं : पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक घटनाक्रम यसरी ह्वात्तै बढ्यो कि सुरक्षा निकायलाई भ्याइ नभ्याइ हुन थाल्यो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट एक समूह विघटनको विरुद्ध सडकमा नै उत्रियो। त्यसपछि काठमाडौं उपत्यकाभित्र दैनिकजसो विभिन्न राजनीतिक दलहरुका कार्यक्रम र सभा भइ नै रहे। दुई गुटका कार्यक्रर्ता बिचको टकराव पनि उतिकै रह्यो। आरोप प्रत्यारोप पनि उत्तिकै।…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि सानदार जित निकालेको छ। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलहममाथि ३-० को सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएकव खेलममा सिटीले खेलको ४७ औं मिनेटमा जोन स्टोन्सको गोलमा अग्रता बनाएको थियो। त्यस्तै त्यस्तै गाब्रियल जिससले ५६ औं मिनेट र सर्जियो अग्युरोले ६० औं मिनेटमा गोल…
स्पेनिस ला लिगा अन्तर्गत आज राति सम्पन्न खेलमा रियल मड्रिडले एल्चेमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा रियल मड्रिडले २-१ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। रियलको जितमा करिम बेञ्जेमाले दोहोरो गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एल्चेका डानी काल्भोले गोल गर्दै अग्रता दिलाएका थिए। उनले खेलको ६१ औं मिनेटमा टोलीलाई अग्रता दिलाए पनि ७३…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी र लिड्स युनाइटेड बराबरीमा रोकिएका छन्। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली लिड्सँग गोल रहित बराबरीमा रोकिएको हो। बराबरीसँगै चेल्सी अंकतालिकाको चौथो स्थानमा कायम छ। २९ खेल खेलेको चेल्सीले ५१ अंक जोडेको छ भने ३६ अंक जोडेको लिड्स तालिकाको १२ औं स्थानमा छ। त्यस्तै आजै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले…
जर्मन बुण्डेसलिगा अन्तर्गत आज सम्पन्न खेलमा वेर्डर ब्रेमनलाई हराउँदै बायर्न म्युनिख शीर्ष स्थानमा अंकदुरी बढाएको छ। वेसेरस्टेडियनमा सम्पन्न खेलमा बायर्नले ब्रेमेनलाई ३-० ले हराउँदै शीर्षस्थानमा अंकदुरी बढाएको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, लिओन गोरेट्जका र सर्ज गनब्रीले गोल गरे। खेलको २२ औं मिनेटमा थोमस मुलरको पासमा गोल गर्दै गोरेट्जकाले बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै ३५ औं मिनेटमा गनब्रीले मुलरकै पासमा गोल थप्दा…
वीरगंज : सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक जना भारतीयलाई वीरगंजबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार पूर्बी चम्पारण जिल्ला रक्सौल नगरपालिका वडा नम्बर २१ बस्ने वर्ष ३६ का राजेशकुमार साह रहेका छन्। उनलाई वीरगंज भन्सार परिसरमै रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजको टोलीले शनिवार बिहान ९ बजे चेकजाँचको क्रममा पक्राउ गरेको हो।…
हेटौंडा : ‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साललाई सम्मान गरिएको छ। २०५९ देखि महालक्ष्मी विकास बैंक र साहित्य समाजले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार-२०७७ बाट पत्रकार समेत रहेका महाकाव्यकार लम्साललाई प्रदान गरिएको हो। पाटन उच्च अदालत हेटौँडा इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले ५१ हजार रुपैयाँ राशीको पुरस्कार लम्साललाई प्रदान गरेका हुन्। धादिङमा जन्मिएका लम्साल लामो…
व्यवसायी जीवा लामिछानेको पुस्तकमाथि संवाद गर्न नेता गगन थापा। उद्योगी विनोद चौधरीलाई प्रश्न सोध्न सम्पादक उमेश चौहान। राजीव उपाध्यायसँग प्रकाश रिमाल। सबै चिनिएका अनुहारहरू। ती सेलिब्रेटी लेखकहरूको पुस्तक अनि पुस्तकमाथि अन्तर्क्रिया। त्यो भिडमा एउटा यस्तो नाम – सुरेश बडाल। उनलाई चिन्नेे भने सीमित मात्रै। त्यसैले आफूलाई अपरिचित लेखकको संज्ञा दिन्छन् उनी। यी नचिनिएका लेखकको ‘रहर’लाई चिन्नेहरू भने बढ्दो छन्, नेपाली साहित्यिक…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको एमालेका स्थायी कमिटी सदस्य भीम रावलले जनकारी दिए। भेलामा पार्टीका सबै संगठन अन्तर्गतका नेता कार्यकर्तालाई सहभागितका लागि…
काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुट इतरका एमाले नेतालाई चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन सार्वजनिक आह्वान गरेका छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ)को भृकुटीमण्डपमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूह नआए कारवाही गर्ने चेतावनी दिए। 'चैत ७ गते…
नवलपुर : अभिनेत्री मनीषा कोइरालाले मानिसमा बाँच्ने अभिलाषा बढाउनका लागि क्यान्सर अनुभूतिलाई पुस्तकको रुप दिएको बताएकी छिन्। किमो थेरापीपछिको अवस्थामा आफूले सकारात्मक उर्जाका लागि थुप्रै पुस्तक खोजे पनि कमैमात्र पाएकाले अनुभूति लेख्ने जमर्को गरेको बताइन्। दुई वर्षअघि उनले संस्करणात्मक कृति ‘हिल्ड’ सार्वजनिक गरेकी थिइन्। यो वर्ष सोही पुस्तकको नेपाली संस्करण ‘जिजीविषा’ प्रकाशित भएको छ। पुस्तकका अनुवादक पत्रकार स्वरुपराज आचार्य र कोइरालाले…
नवलपुर : शिक्षाविद् एवं लेखक निरञ्जन कुँवरले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई मुलधारको विचारसँग संघर्ष गर्न गाह्रो हुने बताएका छन्। फाइनप्रिन्ट फिभर अन्तर्गत ‘इन्द्रेणी’ नाम दिइएको सत्रमा उनले वैचारिक संघर्षका कारण आफ्नो मानसिक स्वास्थ्य र सामाजिक जीवनमा असर पुगेको अनुभव सुनाए। ‘विदेशी पुस्तक र लेखहरूबारे पढ्ने बानीका कारण मैले आफ्नो लैङ्गिकताबारे चाँडै बुझें। मेरो फरक भावना पनि प्राकृतिक हो भन्ने थाहा पाएँ। आफैलाई स्वीकारें।…
नवलपुर : व्यवसायी जीवा लामिछानेले आर्थिक परिवर्तन बिना राजनीतिक परिवर्तन दिगो नहुने तर्क राखेका छन्। घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ अन्तर्गत नेता गगन थापासँगको संवादमा उनले आफ्नो यात्रा अनुभवसँग देश विकासका पाटोहरू जोडेर चर्चा गरेका हुन्। ’देश विकासका लागि आर्थिक क्रान्तिको पाटोमा पनि ध्यान दिनुपर्छ। विश्वभर नेपालका बारे चर्चा गर्न थुप्रै सबल पक्ष छन् तिनको प्रवर्द्धन र उत्थानमा जोड दिन…
काठमाडौं: काठमाडौं मेयर्स कप फाइनलमा आज शसस्त्र प्रहरीको एपीएफले टस जितेर ब्याटिङ रोजेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेपाल पुलिसविरुद्धको खेलमा टस जितेर एपीएफले ब्याटिङ रोजेको हो। पाँच टोली सहभागी भएको खेलमा दुबै टोलीले ४/४ खेल खेलेर समान ३/३ वटामा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए। प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, त्रिभुवन आर्मी…
हेटौंडा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। शनिवार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा बसका चालक सहित…
२०७३ सालमा फिल्म ‘लम्फू’ छायाँकन भइरहेको थियो, साहित्यकार एलबी क्षेत्रीको कविडाँडास्थित घरमा। छायाँकनकै क्रममा फिल्ममा अनुबन्धित भइन् कुसुम श्रेष्ठ उर्फ् तरकारीवाली। त्यस समय कुसुमको तरकारीको भारीसहितको फोटो चर्चामा थियो। सामाजिक सञ्जालमा उनको रुप र मिहेनतको तारिफ गरेर फोटो सेयर गर्नेहरू उत्तिकै। कुसुम चर्चामा आएसँगै फिल्म लम्फू युनिटले उनलाई मास्टर्ससम्मको पढाईका लागि छात्रवृत्ति समेत घोषणा गर्यो। ‘तरकारीवालीलाई अनुबन्धित गरेर फिल्मको प्रचार…