काठमाडौं : महाशिवरात्रीको अवसरमा नायिका मनिषा कोइरालाको 'महामृत्युञ्जय मन्त्र' सार्वजनिक भएको छ। पाटन म्युजियममा आयोजित एक कार्यक्रमका बीच 'महामृत्युञ्जय मन्त्र' सार्वजनिक गरिएको हो। मन्त्रमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको पनि स्वर रहेको छ। सुरेन्द्र श्रेष्ठले 'महामृत्युञ्जय मन्त्र'लाई संगीत दिएका छन्। मन्त्र गाउँदाको क्षण निकै यादगर रहेको मनिषाले बताइन्। ३ वर्षअघि नै आफूलाई भजन गाउन मन भएको कुरा सुरेन्द्रलाई…
काठमाडौं : जनता समाजवादी पार्टी (राजपा) का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज छलफलमा जुट्दैछन्। सत्ता साझेदारीको प्रस्ताव आएपछि राजपाले अघि सारेको शर्तहरुमा प्रधानमन्त्रीबाटै प्रष्ट बुझ्नका लागि नेताहरु बालुवाटार जान लागेका हुन्। महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई छलफलमा रहने नेता महतोले जानकारी दिए। छलफलको केन्द्रीय विषयवस्तु सत्ता साझेदारी र मधेशसँग जोडिएका मुद्दा रहेको उनले…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि वमबारी गरेको स्वीकार्दै 'कंकाल निकालेर कलरफुल रिभोलुसन' गर्ने उद्घोष गरेका छन्। शहीद भरत ढुंगाना स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा बोल्दै उनले भर्खरै भूमिगतबाट खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लवलाई पनि संदेश दिए - हामी सहकार्यको बाटोमै छौं। भएको उपलब्धी थोरै भए स्वीकार्नुपर्ने बताउँदै उनले केही होइन…
काठमाडौं : काठमाडौं मेयर्स कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौं मेयर्स ११ माथि विभागीय टोली एपीएफले जित निकालेको छ। ७ विकेटको सानदार जितसँगै एपीएफले फाइनलमा स्थान सुरक्षित समेत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले ४८.५ ओभरमा अलआउट हुँदै १७७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। सुरुवाती ब्याटिङ गरेको…
काठमाडौं : नेपाली कांग्रेसले आफ्ना नेताको ट्रकको ठक्करबाट भएको निधनमा दु:ख व्यक्त गरेको छ। कांग्रेस मुगुस्थित सोरु गाउँपालिका कार्यसमिति सभापति ३७ वर्षीय जयकर्ण मल्लको बुधवार राती ९ बजे बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा ट्रकले ठक्कर दिँदा मृत्यु भएको थियो। मल्लको निधनमा केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर दु:ख व्यक्त गरेका हुन्। ‘स्वर्गीय मल्ले पार्टी संगठन निर्माण…
सैनिक दिवसमा आज नेपाली सेनाले टुँडिखेलमा विभिन्न प्रदर्शनहरु गर्यो। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपस्थित समारोहमा प्याराजम्प, तोप सलामी लगायत सैन्य गतिविधिहरुको प्रदर्शन गरिएको थियो। हेलिकप्टरबाट डोरीमा झुन्डिदै टुँडिखेलमा झर्नेदेखि सांस्कृतिक झाँकीसम्म प्रदर्शन गरेको थियो सेनाले। हेर्नुस् विभिन्न कोणबाट देखिएको सैनिक दिवसको झलक : अग्नि नियन्त्रकको प्रदर्शन यस्तो थियो। हेलिकप्टरबाट उत्रिरहेका सैनिक। बाजागाजा र चल्यो तोप। राष्ट्रपति विद्यादेवी भण्डारी।
टुटफुट र गुटको घम्साघम्सीपछि फेरि राजनीति पुरानै मेलोमा पस्यो। चर्का भाषणको तोप चल्यो। पाएसम्म सक्काउने खेल चल्यो। जित हारमा रुपान्तरित भयो र हार जिततिर। सर्वोच्चले त्यत्तिकैमा अचुक अस्त्र हान्यो - नेकपा ढल्यो, व्युँतियो एमाले र माओवादी। अनि जुटेर घम्साघम्सीमा भिडेकाहरु चिसै पानीमा नुहाउन वाध्य भए। अनि त लोली पनि फेरि बोली पनि फेरियो। कुनै बेला पूर्व प्रम झलनाथ खनाल 'यहाँ…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मन क्लब आरबी लाइपजिलाई हराएसँगै लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। लेगको पहिलो खेलमा २-० गोलअन्तरले जित निकालेको लिभरपुलले गएराति सम्पन्न दोस्रो लेगमा पनि २-० कै जित निकाल्दै समग्रमा ४-० को जित निकालेर क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो। हंगेरीको पुस्कास एरेना स्टेडियममा सम्पन्न गएरातिको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा मोहम्मद सलाहले लिभरपुललाई…
यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट स्पेनिस क्लब बार्सिलोना बाहिरिएको छ। गएराति सम्पन्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको खेलमा १-१ को बराबरी खेलेसँगै बार्सिलोना समग्रमा ५-२ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो। यसअघि पहिलो लेगको खेलमा पीएसजीले बार्सिलोनालाई घरेलुमैदानमै ४-१ गोलअन्तरले हराएको थियो। गएराति सम्पन्न खेलमा किलियन एम्बाप्पेको गोलमा घरेलु टोली पीएसजीले अग्रता बनाएको थियो। खेलको ३० औं मिनेटमा…
जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन्। जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नविन कर्णलाई १ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले जानकारी दिए। ढकाललाई सेवाग्राहीबाट घुस लिई बिचौलिया नविन कर्णलाई राख्न दिएको…
वीरगंज : कोरोना महामारीको समयमा बढेको कुपोषण न्युनिकरण गर्न र पोषण सम्बन्धी ज्ञान अभिवृद्धि गर्न आस्मान नेपालको सहजीकरणमा भएको आपतकालिन पोषण कार्यक्रमबाट पर्सा-बाराका करिब २१ हजार महिला तथा बालबालिका लाभान्वित भएका छन्। संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम अन्तर्गत नेपाल सरकारले आयोजना गरेको कार्यक्रम आस्मान नेपालमा पछिल्लो जनवरी १२ देखि मार्च १२ सम्म तीन महिनाको लागि सञ्चालन गरेको थियो। जस अन्तर्गत…
हेटौँडा : नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयले पनि गर्दोइमा पार्टी कार्यालयमा आफ्नै साइनबोर्ड राखेको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि यसबाट पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र अलग्गिएका हुन्। यसैकारण गर्दोइस्थित कार्यालयमा माओवादी केन्द्रले आफ्नै बोर्ड राखेको हो। एमालेसँग एकीकरण हुनुअघि पनि त्यहाँ माओवादीकै जिल्ला कार्यालय थियो। तर, नेकपा बनेपछि उसका जनवर्गीय संगठनहरूको कार्यालय बनाइएको थियो।…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका छन्। बुधवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष समेत रहेका जबराले संविधानको धारा १३८ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा सेमिफाइनल समिकरण पूरा भएको छ। बुधवार भएको खेलमा होलिल्याण्ड स्कुललाई पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वतीले अन्तिम चारमा स्थान पक्का गरेपछि सेमिफाइनल समिकरण पूरा भएको हो। शारदा सरस्वतीले होलिल्याण्ड स्कुललाई २२ रनले पराजित गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको शारदा सरस्वतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै…
वीरगंज : बारा र पर्सा प्रहरीले गएराति ४८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बारा प्रहरीले बारागढि गाउँपालिका वडा नं ४ बस्ने वर्ष ५० का बाबुलाल चौधरीलाई पक्राउ गरेको हो। उनी चार जना भरियासहित पिठयुमा गाँजा बोकेर गएराति ११ बजे भारततर्फ गइरहेको अवस्थमा प्रहरी वेश क्याम्प लंगडा चोकको टोलीले गस्तीको टोलीले पक्राउ गरेको थियो। प्रहरी टोलीलाई देखेर तीन जना…
वीरगंज : पर्सा प्रहरीले हुन्डीको ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा, कलैया–२३ बस्ने वर्ष ३८ का जयराम राउत कुर्मी रहेका छन्। वीरगंज ६ स्थित अम्बे टेडर्समा अबै वित्तीय कारोबार भइरहेको सूचनामा प्रहरीले छापा हानी टेड्रर्समा काम गर्ने कुर्मीलाई उक्त रकमसहित पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए।…
नेपालसँग जोडिएको भारतको उत्तराखण्ड राज्यको मुख्यमन्त्रीमा भाजपा सांसद तीरथ सिंह रावत चुनिएका छन्। बुधवार अपराह्न राज्यपाल बेबी रानी मौर्यबाट राजभवनमा उनले शपथ लिए। मंगलवार मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले पदबाट राजीनामा दिएपछि बुधवार बसेको भाजपा प्रदेश कार्यालयको विधायक दल बैठकले तीरथलाई चुनेको हो। तीरथ गडवाल मण्डलको पौडी जिल्लाबाट निर्वाचित भाजपा विधानसभा सदस्य हुन्। मुख्यमन्त्रीको सपथ लिएपछि तीरथले आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्री…
काठमाडौं : चीनले सन २०२५ सम्मका दीर्घकालीन योजनाहरुलाई समावेश गरी १४ औं पञ्चवर्षीय योजना (२०२१-२०२५) सार्वजनिक गरेको छ। चीनको १३ औं नेशनल पिपल्स कंग्रेस र चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको वार्षिक सत्रमा प्रस्तुत योजनामा नेपालसँग सीमा जोडिएको चीन स्वाशासित क्षेत्र तिब्बतलाई प्राथमिकतामा राखिएको छ। चीनले तिब्बत र दक्षिण एसियालाई सडकमार्गबाट जोड्ने योजनालाई पञ्चवर्षीय योजनामा समावेश गरेको छ। पञ्चवर्षीय योजनामा चीनले…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावलले कैलाली घटनापछि पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरेर घटनाबारे जानकारी गराएका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रावलले आफूले महासचिवलाई टेलिफोन गरेर जानकारी गराएको बताएका छन्। एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय चटकपुरमा रावलको ‘नेम प्लेट’ हटाएर उद्योगमन्त्री लेखराज भट्टको राखेपछि केपी ओली समूह र माधव नेपाल समूहबीच झडप भएको थियो।…
कैलाली: नेकपा एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा भएको कुटाकुट घटनापछि प्रहरीले एक जना नेतालाई नियन्त्रणमा लिएको छ। प्रहरीले माधव समूहका एक नेतालाई नियन्त्रणका लिएको हो। पार्टी कार्यालयमा अहिले डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसअघि पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको थियो। पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा भट्टको ‘नेम प्लेट’ राखेपछि…