जनकपुरधाम : महोत्तरीमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नम्बर १ का २० वर्षीय दिले बिक र धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ का २७ वर्षीय मनोज मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुवै जनालाई औरही नगरपालिका वडा नम्बर ४ स्थित अस्थाई प्रहरी पोष्ट कठ्ठुधारबाट खटेको प्रहरीको गस्ती टोलीले सिमावर्ती क्षेत्र…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न नसकेपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्न पुगेका छन्। ओली विरुद्ध अविश्वासको प्रस्ताव लैजान सक्ने विषयमा अध्यक्ष प्रचण्ड र देउवाबिच छलफल भएको हो। उनीहरुबिच २० मिनेट कुराकानी भएको थियो। देउवा र प्रचण्डबिच भेट भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले…
काठमाडौं : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच सत्ता सहकार्य र संविधान संशोधनका विषयमा गृहकार्य गर्नका लागि संयुक्त कार्यदल बनेको छ। कार्यदल बनेको जसपाका नेता सुरेन्द्र झाले पुष्टि गरे। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत राजनीतिक बन्दीलाई रिहाइ गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने विषयमा छलफल गर्न, सहमति निर्माण गरेर कार्यान्वयन गर्न समिति बनाइएको जसपाका नेताले बताएका छन्।…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०७८ वैसाख २५ देखि २८ गतेसम्म काठमाडौं गर्ने केन्द्रीय महाधिवेशनका लागि तयारी अगाडि बढाएको छ। अधिवेशनका लागि पार्टीका अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । समितिमा सचिवालयका दुई प्रमुखहरु सदस्य सचिव, दुई कोषाध्यक्ष र कार्य सम्पादन समितिका सबै सदस्य रहने गरि मूल आयोजक समिति…
काठमाडौं : निर्वाचन आयोगले गोपाल किराँती र सन्ध्या तिवारीका नाममा दर्ता भएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दर्ता खारेज गर्ने निर्णय गरेको छ। २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर निर्वाचन आयोगको जेठ २३ गतेको निर्णयबाट दल ने क पा बनेका थिए। एक वर्ष सम्म आयोगले यी दुई दलको नाम रिजर्भ राखेको…
काठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गर्ने निर्णय गरेको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि २०७५ जेठ ३ गते बनेको नेकपालाई आयोगले जेठ २३ गतेको निर्णयबाट ने क पा दर्ता गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतबाट फागुन २३ गते दुबै दलको आयोगको उक्त निर्णयलाई बदर गर्दै पूर्ववत पार्टीको हैसियत दिएपछि आयोगले फैसला कार्यान्वयन…
काठमाडौं: ललितपुर महानगरपालिका र नेपाल क्रिकेट संघ (क्यान) बिच ललितपुर मेयर कप टी २० महिला क्रिकेट प्रतियोगिता आयोजना गर्नेबारे सम्झौता भएको छ। सम्झौता अनुरुप ललितपुर महानगरले आजै क्यानलाई प्रतियोगिताका लागि २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। पुरुषतर्फ अहिले काठमाडौं मेयरकप एकदिवसीय प्रतियोगिता चलिरहेको छ। यस्तोमा ललितपुर महानगरले पनि महिलातर्फको क्रिकेट प्रतियोगिताका लागि प्रायोजन गर्ने भएको हो। काठमाडौं महानगरले टी…
काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब नेपाल पुलिससँग पराजित भएको छ। दुबैतर्फको फितलो ब्याटिङ भएको खेलमा आर्मीले पुलिसमाथि ३ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले ३०.१ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङमा उत्रिएको आर्मीको ब्याटिङ…
काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा वाग्मती प्रदेशले एपीएफलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको वाग्मतीले कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवको अर्धशतकको सहायतामा ६ विकेट गुमाउँदै २३३ रन बनाएको हो। वाग्मतीका सर्वाधिक रन बनाएका यादवले अभिजित ६० रन बनाउँदा र मल्लले ५७ रन बनाए। त्यस्तै आदिल खानले ३४, इशान…
काठमाडौं : दुई पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र एकिकरण भएर २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो। एकिकरणपछि देशभरका पार्टी कार्यालयका नामदेखि पार्टीले गर्ने सम्पूर्ण कागजी प्रकृयाका दस्तावेजहरुमा समेत नाम परिवर्तन भए। तर, सर्वोच्च अदातलले आइतवार गरेको निर्णय अनुसार एकिकरण भएको पार्टीको नामले आधिकारिकता पाएन। त्यसपछि पार्टी तीन वर्षअघिकै अवस्थामा फर्किएको छ - नेकपा एमाले र नेकपा…
काठमाडौं : सैनिक दिवसका लागि गरिएको अभ्यासका क्रममा नेपाली सेनाको प्याराट्रुप सेनाको क्षेत्रभन्दा बाहिर पुगेको छ। प्याराजम्पको अभ्यास गर्दा उनीहरु तोकेको क्षेत्रभन्दा बाहिर पुगेको भए पनि कसैलाई क्षति नपुगेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन्। उनका अनुसार चर्को हावाका कारण प्याराट्रुप तोकिएको स्थानमा नझरी अन्यत्रै पुगेका थिए। १४ जना प्याराट्रुपमध्ये ६ जना हावाका कारण हुत्तिएर सेनाको क्षेत्रभन्दा बाहिर…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता गर्नुपर्ने प्रस्ताव गरेका छन्। नेकपा एमाले एकता अभियान चलाइरहेका गौतमले एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकमा यस्तो प्रस्ताव गरेका हुन्। एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग मिल्नुपर्ने गौतमको प्रस्ताव छ। 'एमालेको सदस्य संख्याको आधारमा सरकार पुननिर्माण…
काठमाडौं : राष्ट्रिय सभा सांसद कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छिन्। सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर मुद्दा दर्ता गरेकी हुन्। उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५,३०६,३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दर्ता गराएकी हुन्। केही साता अघि एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको सरकारको नेतृत्व गरिरहेका छन्। विधिवत रुपमा नेकपा विघटनमा पुगेपछि ओलीको सरकार कति टिक्छ त? यसको उत्तर माओवादीले लिने आगामी कदमले नै निर्धारित गर्ने छ। आज नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक डाकेको छ। त्यसको मुल एजेन्डा सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने हुनेछ। 'आज बैठक डाकिएको छ।…
काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज मुलपानीमा जारी खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई रनको ८८ रनको झिनो लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले ३०.१ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको हो। आर्मीको ब्याटिङलाई तहसनहस बनाउन पुलिसका सागर ढकालले सर्वाधिक ५ विकेट लिँदा पवन सर्राफले ३ र ललित रजबंशीले २ विकेट लिए। सुरुवाती ब्याटीङ गरेको आर्मीको लागि…
काठमाडौं : राष्ट्रिय सभा सांसद कोमल वलीले नेता रघुजी पन्तबिरुद्ध मुद्दा दर्ता गर्ने भएकी छिन्। सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर मुद्दा दर्ता गर्न लागेकी हुन्। केही साता अघि एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका भन्दै आलोचना गरेका थिए। प्रधानमन्त्री…
काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एञ्जिला तोम्बाफोले पाकिस्तानमा कप्तानको भुमिका पाएकी छिन्। पाकिस्तानी फुटबल लिग खेल्न मासा युनाइटेड फुटबल क्लबमा पुगेकी तोम्बाफोले कप्तानको भूमिका पाएसँगै आफू चुनौती उठाउन तयार रहेको प्रतिकृया दिएकी हुन्। तोम्बाफो रहेको टिममा नेपाली टिमका अन्य सदस्यहरु सरु लिम्बु,अनिता केसी र गीता रानासमेत रहेका छन्। चारै जना खेलाडी विभागीय टोली एपीएफबाट खेल्छन्। अघिल्लो महिना एपीएफले…
काठमाडौँः बाराको निजगढमा एक युवक हत्या भएको छ। आज बिहान करिब ५ बजेतिर प्रहरीले निजगढ नगरपालिका ९ स्थित बुद्ध चोकमा १९ वर्षीय रोहित शर्माको शव फेला पारेको हो। आफ्नै घरको कोठा भित्र हत्या गरिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए। 'घाटी रटेर हत्या गरेको देखिएको छ। घटनाको थप अनुसन्धान गरिरहेका छौँ,' डिएसपी मिश्रले भने। रोहित…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले २-० गोल जित निकालेको हो। खेलमा चेल्सीले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। एभर्टनका बेन गडफ्रेले ३१ औं मिनेटमा गोलगर्दा आत्मघाती गोल गर्दा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीका लागि दोस्रो गोल जोर्गिन्होले गरे। उनले खेलको ६५…
काठमाडौं : सोमवार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २२४ जना वृद्धवृद्धाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। जसमध्ये ११७ जना महिला र १०७ जना पुरुष रहेको अस्पतालका चिचित्सक डा अनुप बास्तोलाले जानकारी दिए। डा बास्तोलाका अनुसार खोप लगाएकामध्ये १५६ जनामा दीर्घरोग रहेको र निरन्तर औषधि सेवन गरिरहेको छन्। जसमध्ये उच्च रक्तचाप ११२ जनामा, मधुमेह ५०, थाइरोइडको समस्या १६, मुटु…