काठमाडौं: प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बुधवार १ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्। राष्ट्रपतिबाट हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान भइ आइतवार अपराह्न बैठक बसेको थियो। बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाइएको थियो भने दिवंगत पूर्व तथा वर्तमान सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो। शोक प्रस्तावपछि सरकारले ल्याएका अध्यादेश प्रस्तुत गर्ने विषय कार्यसूचीमा राखेको भन्दै नेकपाको…
काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौं मेयर ११ ले वाग्मती प्रदेशमाथि सानदार जित निकालेको छ। मुलपानी मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं मेयर ११ ले वाग्मतीमाथि ९४ रनको सानदार जित निकालेको हो। काठमाडौं मेयर ११ को जितमा कप्तान सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वाग्मती प्रदेशले पराजय…
काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत कीर्तिपुरमा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब एपीएफसँग पराजित भएको छ। रोमञ्चक खेलमा एपीएफले १ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५९ रन बनाएको हो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १ बल बाँकी छँदा लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङ गरेको पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ११ चौका…
काठमाडौं : नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले सरकारले वैधता गुमाएको बताएका छन्। संसद बैठकमा बोल्दै रावलले सर्वोच्च अदालतबाट नेकपा दल एकीकरण नभएको फैसलाले वैधता गुमाएको सरकारले ल्याएको अध्यादेश कसरी कार्यसूचीमा गर्यो भनी प्रश्न गरे। ‘अध्यादेश कहाँबाट आयो? जुन कुराको वैधता संवैधानिक कानुनी हिसाबबाट छैन, अभ्यास गरिँदैन। प्रतिनिधिसभाको हत्या गर्ने प्रधानमन्त्रीको अवस्था के हो?,’ उनले प्रश्न गरे। रावलले नेकपा खारेज गर्ने…
काठमाडौं : आज बोलाएको प्रतिनिधिसभा बैठक सुरु नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्। केही समय अगाडि बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका प्रधानमन्त्री ओली पौन पाँच बजेतिर संसद भवनबाट बाहिरिएका हुन्। एक्कासी उनी किन बैठक नै छोडेर निस्किए त? भित्री कारण खुलेको छैन तर सर्वोच्च अदालतबाट आएको पछिल्लो फैसला त्यसको कारण भएको आँकलन गर्न सकिन्छ। बैठकबाट बाहिरिँदै गर्दा प्रधानमन्त्रीले भने - 'सर्वोच्च अदालतको फैसलालाई मान्छौ,…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहालले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ। यसै विषयमा प्रतिक्रिया दिँदै नेता दाहालले भने, 'हामीले अपेक्षा गरेको भन्दा फरक…
१४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक भएको छ। आईपीएल गभर्निङ काउन्सिल आइतवार जारी गरेको तालिका अनुसार पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन मुम्बइ इण्डियन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर भिड्ने छन्। प्रतियोगिताका खेलहरु अहमदाबाद, बेङ्ग्लोर, चेन्नइ, दिल्ली, मुम्बइ र कोलकतामा हुनेछन्। पहिलो खेलमा अहमदाबादस्थित विश्वकै ठूलो स्टेडियम-नरेन्द्र मोदी स्टेडियम- मा ९ अप्रिल २०२१ मा मुम्बइ र बेङ्ग्लोर भिड्ने भएका…
काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु हुन डेढ घन्टा बाँकी रहँदा परामर्शका लागि भन्दै संसद सचिवालयका महासचिव भरतराज गौतम आफ्नो कार्यकक्षबाट बाहिरिएका छन्। गौतम आफ्ना कानुनी सल्लाहकारसँगै बाहिरिएका हुन्। आज ४ बजेका लागि संसद बैठक डाकिएको छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा सर्वोच्च अदालतले त्यसलाई उल्ट्याएपछि पहिलो पटक बैठक बस्ने तयारी हुँदैछ। संसदीय दलको नेता परिवर्तनको…
काठमाडौं : संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले आलटाल गरेपछि पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ संसदका महासचिवको कार्यकक्षमा छन्। संसदका महासचिव भरतराज गौतमले परामर्श गरेर मात्र अगाडि बढ्ने तथा कानुन बुझेरमात्र काम गर्ने भन्दै सूचना दर्तामा आलटाल गर्न थालेपछि सांसदहरु आक्रमण रुपमा प्रस्तुत भएका छन्। उनीहरुले महसचिव…
काठमाडौं : संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले आलटाल गरेपछि पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहका सांसदहरु आफैँ उपस्थित भएर हस्ताक्षर प्रमाणिकरण गर्न थालेका छन्। आज बसेको आन्दोलनरत नेकपाको संसदीय दलको बैठकले संसद सचिवालयल र सभामुखलाई संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएको औपचारिक जानकारी गराउने निर्णय गरेको थियो। संसद सचिवालयका महासचिव भरतराज गौतमले 'परामर्श गरेर अगाडि…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूहले संसदीय दलको नेतामा प्रचण्ड चयन भएको जानकारी संसद सचिवालयलाई गराएको छ। आज पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसको पूर्वसन्ध्यामा संसदीय दलको नेता प्रचण्ड चयन भएको औपचारिक जानकारी संसदलाई दिएको हो। यसैगरी सभामुखलाई पनि यसबारे जानकारी दिने तयारी छ। संसदका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेर दाहाल नेपाल समूहले संसदीय…
काठमाडौं : थप तीन लाख ४८ हजार डोज कोभिड-१९ विरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गत आइतवार बिहान कोभिड-१९ विरुद्धको भ्याक्सिन नेपाल आइपुगेको हो। गाभी ग्लोवल भ्याक्सिन अन्तर्गतको कोभिड-१९ भ्याक्सिन (कोभ्याक्स) अन्तर्गत गरिब देशहरुलाई अनुदानमा दिइने भ्याक्सिन नेपाल आइपुगेको हो। अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटमा उत्पादित भ्याक्सिन नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त…
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गरेका नेपाल कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह यतिखेर आज बस्ने बैठकको रणनीति निर्माणमा जुटेको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनालाई गैर संवैधानिक भएको ठहर गरेपछि आज पहिलो पटक बैठक बस्दैछ। सर्वोच्च अदालतको फैसला अनुसारको 'डेडलाइन' भित्र हुने गरी डाकिएको बैठकमा के हुन्छ अन्यौलपूर्ण अवस्था कायमै छ। प्रतिनिधिसभा विघटनलाई सर्वोच्च…
काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रन बनाएको हो। पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ११ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक १४० रन बनाए। जारी प्रतियोगितामा यो पहिलो शतक हो। राष्ट्रिय स्तरको प्रतियोगितामा ऐरीको यो पहिलो शतक…
काठमाडौं: काठमाडौं मेयरकप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा जारी खेलमा काठमाडौं मेयर ११ ले वाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं मेयर ११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४४ रन बनायो। जसमा कप्तान सन्दीप लामिछानेले विस्फोटक ब्याटिङ गरे। उनले २० बलमा ६ छक्काको सहयोगमा ४२ रन जोडे। त्यस्तै सिद्धान्त लोहनीले…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सभामुख अग्नि सापकोटालाई भेटेका छन्। आज बिहान अध्यक्ष दाहाल र नेपालले संसद् सचिवालय पुगेर सभामुखलाई भेटका हुन्। आज दिउँसो प्रतिनिधिसभा विघटनपछि सर्वोच्चले दिएको आदेश अनुसार पहिलो बैठक बस्दैछ। बैठक अघि दुई नेताले सभामुख भेट्नुलाई महत्वको साथ हेरिएको छ। उनीहरुको सभामुखसँग आज बस्ने बैठकका बारेमा छलफल भएको थियो। प्रतिनिधिसभा…
काठमाडौः गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएका छन्। आज बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले भ्याक्सिन लगाएका हुन्। त्यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोभिड बिरुद्धको भ्याक्सिन लगाउँदै छन्। प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँग आज संसदको बैठक बस्दैछ। त्यसैले पनि केही दिनबाट संसाद, मन्त्री लगायतले कोभिड बिरुद्धको भ्याक्सिन लगाइरहेका छन्। सरकारले माघ १४ गतेबाट देशभर भारतले…
काठमाडौं: काठमाडौं मेयर कपमा आज दुई खेल हुँदैछन्। मुलपानी क्रिकेट मैदानमा हुने खेलमा वाग्मती प्रदेश र काठमाडौं मेयर ११ भिड्ने छन्। त्यस्तै कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र एपीएफ भिड्नेछन्। वाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा उत्रने छ भने काठमाडौं मेयर ११ सन्दीप लामिछानेको कप्तानीमा उत्रने छ। वाग्मतीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजय ब्यहोरेको थियो। काठमाडौं…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनामाथि जित निकालेको छ। एल सदर स्टेडियमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २-० गोलअन्तरले जित निकालेको हो। खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा जोर्डी अल्बाले गोल गर्दा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा इलाइक्स मोरिबाले गोल थपे। उनले खेलको ८३ औं…
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमण्डमाथि उत्कृष्ट पुनरागमन जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली बायर्नले डर्टमण्डमाथि ४-२ गोलअन्तरले जित निकालेको हो। खेलको सुरुवाती दश मिनेट भित्रै डर्टमण्डले दुई गोल गरिसकेको थियो। खेलको दोस्रो र नवौं मिनेटमा अर्लिङ हल्याण्डले डर्टमण्डका लागि गोल गरेका थिए। तर घरेलु टोली पहिलो हाफमै पुनरागमन गर्न भने सफल रह्यो।…