PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • प्रचण्ड दोस्रोपटक दाहाल-नेपाल समूहको संसदीय दलको नेता चयन

    प्रचण्ड दोस्रोपटक दाहाल-नेपाल समूहको संसदीय दलको नेता चयन

    काठमाडौं: नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रोपटक संसदीय दलको नेता चयन गरेको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ८ गते दाहाल-नेपाल समूहले ओलीलाई हटाउँदै प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो। संसद पुनर्स्थापना गरेको सर्वोच्च अदालतले पुस ५ पछिका विघटन सम्बन्धी सबै निर्णय खारेज गरेपछि पुस ८ को निर्णय पनि अवैध…

    विस्तृतमा पढ्नुस्

  • ओलीको आक्रोश : ‘यति सारो नग्नता हद भयो, आफ्नो दुई तिहाइ छिन्नभिन्न पार्ने, प्रधानमन्त्री हटाउन खोज्‍ने, अन्त प्रम लिइदिनुस् भनेर हिँड्ने’

    ओलीको आक्रोश : ‘यति सारो नग्नता हद भयो, आफ्नो दुई तिहाइ छिन्नभिन्न पार्ने, प्रधानमन्त्री हटाउन खोज्‍ने, अन्त प्रम लिइदिनुस् भनेर हिँड्ने’

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेले देश बर्बाद पार्न खोजेको आरोप लगाएका छन्। राष्ट्रियसभा गृहमा आयोजित सरकार र विप्लव समूहको सहमतिमा हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, ‘केही मान्छेहरु बर्बादै पार्न खोज्छन् देशलाई। यो तिनीहरुको कुरा हो। संसदीको दलको बैठक बस्या भन्छन्। दलको नेता म यहाँ छु। कसरी बस्यो? उहाँहरु लाग्नुभएको छ मरिमेटेर। उहाँहरु…

    विस्तृतमा पढ्नुस्

  • सहमतिप्रति प्रतिबद्ध छौं, सहिदका सपनालाई मर्न दिनेछैनौं : महासचिव विप्लव

    सहमतिप्रति प्रतिबद्ध छौं, सहिदका सपनालाई मर्न दिनेछैनौं : महासचिव विप्लव

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ३ बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। ‘तीन बुँदेमा दृढ छौं। आशंका र उत्तेजनात्मक र कुतर्क गर्न जरुरी छैन। हामी पालना गर्छौं,’ विप्लवले भने। राष्ट्रियसभा गृहमा आयोजित सहमतिपत्रमा हस्ताक्षर समारोहमा बोल्दै महासचिव विप्लवले आजको दिनलाई नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन भने। यसलाई सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्न…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा सरकार र विप्लव समूह बिचको सहमतिमा हस्ताक्षर समारोह

    तस्विरमा सरकार र विप्लव समूह बिचको सहमतिमा हस्ताक्षर समारोह

    काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरे। हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लव सँगै आएका थिए।

    विस्तृतमा पढ्नुस्

  • सरकार र विप्लवबीच सहमति हुन कति समय लाग्यो?

    सरकार र विप्लवबीच सहमति हुन कति समय लाग्यो?

    काठमाडौं: प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेत्रविक्रम चन्द विप्‍लव समूहलाई वार्तामा ल्याउन ११ महिना लागेको बताएका छन्। सरकारी वार्ता टोलीका सदस्य भट्टराईले सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रममा बोल्दै विगत ११ महिना अगाडिदेखि विभिन्न तह र माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष छलफल र सम्वाद अघि बढेको बताए। ‘सिंगो जनता र राजनीतिक शक्तिलाई एकताबद्ध बनाउने प्रयासअन्तर्गत प्रधानमन्त्री स्वयम् र महासचिव…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार, स्थिति तनावग्रस्त, स्थानीय र प्रहरी घाइते

    रुपन्देहीमा अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार, स्थिति तनावग्रस्त, स्थानीय र प्रहरी घाइते

    रुपन्देही : अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ। रुपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यासमा पुगेका पौडेललाई लक्षित गरी ढुंगा प्रहार भएको हो। ढुंगा प्रहार भएपछि उक्त क्षेत्र तनावग्रस्त भएको छ। सो क्षेत्रमा सुरक्षाकर्मी बढाइएको छ। स्थानीय र प्रहरी दुवै घाइते भएका छन्। मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए। उनीहरुले हिजो नै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र प्रचण्ड-माधव समूहको संसदीय दलको छुट्टाछट्टै बैठक जारी, ओली समूहमा खुलेका सांसद पनि उपस्थित

    कांग्रेस र प्रचण्ड-माधव समूहको संसदीय दलको छुट्टाछट्टै बैठक जारी, ओली समूहमा खुलेका सांसद पनि उपस्थित

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको छुट्टाछुट्टै बैठक बसिरहेको छ। संसद पुनर्स्थापना भइसकेपछि आइतवार बस्ने संसद बैठकका लागि एजेण्डा तथा आगामी रणनीति बनाउन दुबै दलको बैठक बसेको हो। कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बसिरहेको छ भने नेकपा दाहाल-नेपालको सिंहदरबारमा चलिरहेको छ। दाहाल-नेपाल समूहको बैठकमा केपी ओली समूहमा खुलेकी सांसद माया ज्ञवाली सहभागी भएकी छन्। ज्ञवालीले…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलमाथि चेल्सीको संघर्षपूर्ण जित

    लिभरपुलमाथि चेल्सीको संघर्षपूर्ण जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले लिभरपुलमाथि संघर्षपूर्ण जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले १-० को पराजय ब्यहोरेको हो। चेल्सीको जितमा म्यासन माउन्टले निर्णायक गोल गरे। उनले खेलको ४२ औं मिनेटमा गरेको गोल बाहेक दुबैतर्फबाट गोल नहुँदा चेल्सीले १-० ले खेल आफ्नो पक्षमा पार्‍यो। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपरले फुलहमलाई १-० गोलअन्तरले…

    विस्तृतमा पढ्नुस्

  • तानातानमा ने क पा'का सांसद, दुबै पक्षले बोलाए संसदीय दलको बैठक

    तानातानमा ने क पा'का सांसद, दुबै पक्षले बोलाए संसदीय दलको बैठक

    काठमाडौँः आन्तरिक विवाद चुलिँदै गएको बेला नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का दुबै पक्षले संसदीय दलको बैठक बोलाएका छन्। बहुमतमार्फत दलको नेता परिवर्तन गर्ने र टिकाउने खेलमा रहेका दुबै समूहले सबै सांसदहरुलाई बैठकमा उपस्थितिका लागि म्यासेजबाट सूचित गरेका छन्। प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओली पक्षले शनिबार ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाएको छ। प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जना पक्राउ

    अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जना पक्राउ

    काठमाडौं : अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नगद २२ लाख ९६ हजार ९ सय ८० रुपैयाँ समेत बरामद गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको क्यासिनो सीएमजी क्लबमा अवैध रुपमा क्यासिनो खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी परिचालन गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • सबैको ध्यान संसदमा, बल निर्वाचन आयोगको कोर्टमाः यी हुन अबका तीन सम्भावना

    सबैको ध्यान संसदमा, बल निर्वाचन आयोगको कोर्टमाः यी हुन अबका तीन सम्भावना

    काठमाडौं: सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापनासँगै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ अर्थात् आइतबारका लागि हिउँदे अधिवेशनको बैठक आह्वान गरेकी छन्। बैठकका लागि संसद् सचिवालयले सबै तयारी गरिसकेको छ। सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप पनि लगाइसकेका छन्। पुनर्स्थापनापछि पेचिलो बनेको राजनीतिले अब बस्ने संसद्बाट निकास पाउने धेरैलाई लागेको छ। त्यसैले सबैको ध्यान संसद्तिर छ। संसदमा प्रतिनिधित्व गर्ने मुख्य तीन दल नेकपा,…

    विस्तृतमा पढ्नुस्

  • स्थानीयले भत्काईदिए अर्थमन्त्री सहभागी हुने कार्यक्रमको मञ्च

    स्थानीयले भत्काईदिए अर्थमन्त्री सहभागी हुने कार्यक्रमको मञ्च

    बुटवल : अर्थमन्त्री विष्णु पौडेल गृहजिल्ला आएसँगै शिलान्यास र उद्घाटनमा व्यस्त हुन्छन्। बिहीवार तिलोत्तमा नगरपालिकाको भवन उद्घाटन गरेका अर्थमन्त्रीको शुक्रवारको लागि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रमको लागि निर्माण भइरहेको मञ्च स्थानीयले फालेका हुन्। मोतिपुर औद्योगिक क्षेत्रको निर्माणको क्रममा आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट मोतिपुरका स्थानीयले मञ्च भत्काइदिएका हुन्। करिब १ हजार बिगाह…

    विस्तृतमा पढ्नुस्

  • आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल अर्को महिना

    आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल अर्को महिना

    काठमाडौं: नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि सुरु हुने भएको छ। आज पत्रकार सम्मेलनमा आयोजक भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने बताए। पुरुष/महिला दुवैमा पहिले सिंगल राउन्ड रोविन लिगका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पदाधिकारी बैठकमा बनेन साझा धारणा, 'गोलपोस्टभित्रै गोल गर्नेगरि ठिक ढंगले राख्छौँ'

    कांग्रेस पदाधिकारी बैठकमा बनेन साझा धारणा, 'गोलपोस्टभित्रै गोल गर्नेगरि ठिक ढंगले राख्छौँ'

    काठमाडौँः नेपाली कांग्रेसले वर्तमान राजनीतिक विषयमा साझा धारणा तय गर्न बिहीबार पदाधिकारीको बैठक डाकेको थियो। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरे पनि साझा धारणा भने बनाउन सकेन। कांग्रेसभित्र पुनर्स्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक मत छ। सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस पक्ष…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछि हट्यो विप्लवको पार्टीमाथिको प्रतिबन्ध, सहमति अनुमोदन

    दुई वर्षपछि हट्यो विप्लवको पार्टीमाथिको प्रतिबन्ध, सहमति अनुमोदन

    काठमाडौँः शान्तिपूर्ण राजनीतिमा आउने सहमतिसँगै सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाबारे निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। स्थायी समिति सदस्य सुवास नेम्वाङ प्रतिबन्ध हटाउने निर्णय भएको जानकारी दिए। यस्तै, बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको सहमतिलाई अनुमोदन समेत गरेको छ। उक्त सहमति शुक्रबार सार्वजनिक गरिँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा ४ करोड सहयोग

    बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा ४ करोड सहयोग

    काठमाडौं : रुपन्देहीको बुटवल-११ नहरपुरस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप-महानगरपालिकाबीच आज एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरुप ‘नेपाल-भारत मैत्री विकास साझेदारी’ अन्तर्गत ४.४१७ करोडको लागतमा उक्त नयाँ भवनको निर्माण हुने दूतावासले…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको एक वर्षपछि ‘यो जिन्दगानी’मार्फत आयो नेपथ्य

    कोरोनाको एक वर्षपछि ‘यो जिन्दगानी’मार्फत आयो नेपथ्य

    काठमाडौं : कोभिड १९ महामारीको एक वर्षपछि नेपथ्यले आफ्ना दर्शकहरुसँग साक्षात्कार गरेको छ। भूकम्पको कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफूलाई प्रस्तुत गरेको थियो। भृकुटी मण्डपमा आयोजित त्यो कन्सर्ट नै कोरोना महामारी अगाडि ब्याण्डको अन्तिम प्रस्तुति बन्न पुग्यो। यो एक वर्ष श्रृष्टीले भाइरस र मानवजाती बीच कठोर लडाइको कथा रच्यो। हामी…

    विस्तृतमा पढ्नुस्

  • झम्सिखेलमाथि श्री भगवतीको संघर्षपूर्ण जित

    झम्सिखेलमाथि श्री भगवतीको संघर्षपूर्ण जित

    काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेल युवा क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्री भगवतीले ३-२ गोलअन्तरको जित निकालेको हो। झम्सिखेलका डिफेण्डर सुनिल शाहीले आत्मघाती गोल गरेपछि अग्रता बनाएको श्री भगवतीसँग ३२ औं मिनेटमा झम्सिखेलका मदन स्याङतानले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा रोकिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड- माधव समूहको निर्वाचन आयोग जाने कार्यक्रम स्थगित

    प्रचण्ड- माधव समूहको निर्वाचन आयोग जाने कार्यक्रम स्थगित

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहको आज निर्वाचन आयोग जाने कायक्रम स्थगित गरिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एकाएक कार्यक्रम स्थगित गरिएको एक नेताले जानकारी दिए। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको लागि प्रचण्ड- नेपाल समूह आयोग जान लागेको थियो। प्रचण्ड- माधव सहित समूहमा भएका संसद तथा केन्द्रीय सदस्यहरु आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • 'नेकपा' कसको ? : सर्वोच्चमा लम्बियो फैसला, संसद बैठक सुरु भएपछि निर्णय हुनसक्ने

    'नेकपा' कसको ? : सर्वोच्चमा लम्बियो फैसला, संसद बैठक सुरु भएपछि निर्णय हुनसक्ने

    काठमाडौं : सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवाद मुद्दाको फैसला लम्बिएको छ। मुद्दामा सुनुवाइ सकिएर बिहीवार (आज)लाई निसु (निर्णय सुनाउने दिन) तोकिएकोमा सरेको हो। पूर्वप्रधानन्यायाधीश सुरेन्द्र प्रसाद सिंहको निधनमा बिहीवार सर्वोच्चसहित सबै अदालतमा शोक विदा भएकाले निसु सरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। उनका अनुसार भोलि शुक्रवार वा जुनसुकै दिन अर्को निसु तोकिन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell