काठमाडौंः कोभिडले आर्थिक गतिविधिहरु सुस्त हुँदा अर्थतन्त्रमा परेको असरको आँकडा सरकारले लामो समयसम्म लुकाए पनि तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकले यो ऋणात्मक रहेको देखाएको छ। विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ४.६% ले खुम्चिएको छ। साथै, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि अर्थतन्त्रको आकारमा २% ले संकुचन आएको थियो। कोरोना महामारीको तीव्रतासँगै पोहोर चैतपछि करिब ६…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूह आज फेरि निर्वाचन आयोग जाने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एक नेताले जानकारी दिए। आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको लागि प्रचण्ड- नेपाल समूह आयोग जान लागेको हो। प्रचण्ड- माधव सहित…
कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेभियामाथि जित निकालेको छ। सेमिफाइनलको आफ्नो दोस्रो लेग सेभियालाई ३-० ले हराएको बार्सिलोनाले समग्रता ३-२ गोलअन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। बार्सिलोनाको जितमा ओस्माने डेम्बेले, जेरार्ड पिक्वे र मार्टिन ब्रेथवेटले गोल गरे। उता सेभियाका फर्नान्डो र लुक डी जोङले रेड कार्ड ब्यहोर्दा टिम खेलको अन्तिम समयमा ९ खेलाडीमा समेटिएको थियो। खेलको…
जनकपुरधाम : जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलिया (दलाल)लाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीसँग पैसा लिएर काम गराइदिने भन्दै विभिन्न वाधाअवरोध गर्ने गरेको उजुरी परेपछि १५ जना बिचौलियाहरुलाई कार्यालय भित्र तथा वरिपरिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। बुधवार दिउँसो उनीहरुलाई यातायात व्यवस्था कार्यालय जनकपुरबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए। उनीहरूलाई…
काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले प्रचलित कानुन र स्थापित नजीरहरुका आधारमा राजनीतिक दलको विवाद निरुपण विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गरेका छन्। पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विज्ञप्ति जारी गर्दै आयोगसमक्ष यस्तो आग्रह गरेका हुन्। राजनीतिक दलको विवाद निरुपणमा ढिलाई गरेको भनि निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले आफूहरुलाई गम्भीर बनाएको भन्दै उनीहरुले यथाशीघ्र उपयुक्त…
काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको दोस्रो चरणको वार्ता सकिएको छ। सरकार र विप्लवसमूहको वार्ता टोलीबीच दोस्रो चरणको वार्ता बुधवार साँझ सम्पन्न भएको हो। वार्ता विषय केन्द्रित भएको बताइएको छ। दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको पनि बताइएको छ। पहिलो वार्ता बुधवार बिहान भएको थियो। प्रधानमन्त्री निवास…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सभापति देउवाले बुधवार निजामति अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हन्। उनले फेसबुकमा पोस्ट गर्दै सो जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘आज मैले पनि निजामति अस्पताल पुगेर कोभिड-१९ भ्याक्सिन लगाएँ। आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन म तपाईंहरुसँग पनि अनुरोध गर्दछु। महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात…
बुटवल : बालिका बलात्कार गरेको अभियोगमा पश्चिम दाङबाट दुई जना पक्राउ परेका छन्। मंगलवार बेलुका अन्दाजी ७ बजेतिर ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक झलक शर्माले बताएका छन्। बबई गाउँपालिका-५ खैरबोट निवासी १२ र ११ वर्षीय बालकलाई बुधवार बिहान दुई बजेतिर पक्राउ गरी उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा…
बुटवल : पूर्वी नवलपरासीको कावासोतीमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने भएको छ। कावासोती नगरपालिका-२ स्थित कृषि उपज व्यवस्थापन थोक बजारमा ४० लाख रुपैयाँको लगानीमा प्रशोधन केन्द्र स्थापना हुने भएको हो। गण्डकी प्रदेश सरकारको २८ लाख र बजार समितिको १२ लाख रुपैयाँको लगानीमा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि भवन निर्माण गर्न लागिएको कृषि उपज व्यवस्थापन थोक बजार समितिका अध्यक्ष लेखनाथ बस्यालले…
काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अबको राजनीतिक कोर्स कता जाला भन्ने चासो सबैलाई छ। यतिबेला सबैको ध्यान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिने निर्णयमा अडिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध एक ढिक्का भएर सडकमा उत्रिन नसक्दा कांग्रेस पार्टीभित्रैबाट पनि आलोचित बनेको थियो। प्रतिनिधिसभा विघटनका विषयमा दोधारे नीति लिएको कांग्रेसले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएको ८ दिन भइसक्दा पनि ठोस निर्णय गरिसकेको छैन। …
काठमाडौं : ललितपुर र सिन्धुपाल्चोकमा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले २४.६ करोड रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ। ललितपुरस्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पुनर्निर्माणका लागि बुधवार भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।…
काठमाडौंः लामो समयदेखि पदाधिकारीविहीन रहेको राष्ट्रिय महिला आयोगले नयाँ पदाधिकारी नियुक्तीसँगै पीडित पुनर्स्थापना कार्यक्रम अघि सार्ने भएको छ। १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोगका गतिविधिबारे जानकारी दिन आयोजित कार्यक्रममा आयोगकी नवनियुक्त अध्यक्ष कमला पराजुलीले केन्द्रबाट मात्रै हेर्न संभव नहुने भएकाले स्थानीय तहसम्मै आयोगको पहुँच पुर्याउने गरी तयारी गरेको जानकरी दिइन्। महिलाहरुमाथि हुने हिंसाका तह र प्रकार बिबिध भएकाले सबै…
काठमाडौं: नेपाली सेनाले सेना दिवस २०७७ को अवसरमा दैलेखमा खुला हाफ म्याराथन गर्ने भएको छ। दैलेख जिल्लामा रहेको इन्द्रदल गुल्मको आयोजनामा फागुन २५ गते दैलेखको काँडाचौरदेखि ऐतिहासिक कोतगढीसम्म २१ किलोमिटरको खुला दौड गराउन लागेको हो। त्यस्तै जिल्लास्थित सुरक्षा फौज बाहेकका जिल्लाका सरकारी कर्मचारीको ५ किमीको दौडसमेत हुने सेनाले जनाएको छ। हाफ म्याराथनको खुलातर्फ पहिलो पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश…
काठमाडौँ : सुरक्षा निकायहरूले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुनै पनि सुरक्षा थ्रेट नभएको निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री ओलीले सोमवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा आफू माथि सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री ओलीले भनेका थिए,'अत्यन्तै तीव्र रूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो…
काठमाडौं: नेपाल प्रहरीका साढे २२ हजार प्रहरीहरुले कोभिड १९ भाइरस विरुद्धको खोप लगाएका छन्। माघ १४ गतेदेखि हालसम्म देशभरबाट साढे २२ हजार प्रहरीले खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए। 'खोप लगाउने क्रम अहिले पनि जारी नै रहेको छ। हालसम्म साढे २२ हजारले खोप लगाइसकेका छन्,' एसएसपी कुँवरले भने। बुधवार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले गरेको वार्ताको परिणाम सुखद आउने बताएका छन्। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव समूहबिच वार्ता भएको थियो। गृहमन्त्री थापाले वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको भन्दै चाडै परिणाम सुखद आउने दावी गरेका हुन्। सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाए लगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै विभिन्न नेताहरुलाई कारवाही गरेको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले गरेको कारवाहीमा पार्टीका संसदीय दलका उपनेता, मन्त्री, प्रधानमन्त्रीका सल्लाकारलगायत परेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई उपनेताबाट हटाउने निर्णय गरेको हो। त्यस्तै सांसद विशाल भट्टराई, केन्द्रीय सदस्यहरु…
काठमाडौं: ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालिन पुनःस्थापनाको लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने माग सहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ। ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए। ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्नीपीडित राहत तथा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल पक्षले पार्टीको संसदीय दलका उपनेतासहित पाँच जनालाई पार्टीबाट निष्काशन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको छ। त्यस्तै, सांसद विशाल भट्टराई, केन्द्रीय सदस्यहरु महेश बस्नेत, निरु पाल, र संसदीय दलकी सचेतक शान्ता चौधरीलाई केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड- माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा आज पार्टीको संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा छलफल हुने बताइएको छ। पार्टीको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीमा छलफलका लागि संसदीय दलको नेता फेर्ने ऐजेन्डा तय गरेको एक स्थायी कमिटी सदस्यले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन…