काठमाडौं: प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको छ। बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको हो। पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउनु भएको छ। बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष,…
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले फागुन २१ गते शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन, ल्होत्से हलमा बैठक बोलाएका हुन्। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनापछि देखिएको गतिरोध अन्त्यका लागि कांग्रेसको भूमिकाका विषयमा छलफल हुनेछ।
काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पहिलो चरणको वार्ता सकिएको छ। आज बिहानबाट वार्ता सुरु भएको थियो। प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता भएको हो। सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाएलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको छ। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन्। भट्टराईले पहिलो चरणको वार्ता…
काठमाडौं : सरकारले र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता सुरु भएको छ। आज बिहानबाट वार्ता सुरु भएको हो। प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता सुरु भएको छ। सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाएलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन्। 'वार्ता निरन्तर चलिरहेको…
काठमाडौं: भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आजबाट हुँदैछ। प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भई सकेको आयोजकले जनाएको छ। धेरै लामो समय देखि घरायसी कारणले प्रतियोगितामा सहभागिता जनाउन नपाइरहेको अवस्थामा आफ्नै जिल्लामा प्रतियोगिता हुन लागेकोले निकै उत्साहित भएको खेलाडी विवेक श्रेष्ठले बताए। भोजपुरमा ठुला प्रतियोगिताहरु नभइरहेको अवस्थामा यस ब्याडमिन्टन…
इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले स्पेजियामाथि सहज जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले स्पेजियामाथि ३-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युभेन्टसका लागि अल्भारो मोराटाले खेलको ६२ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै ७१ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दा क्रिस्टियानो रोनाल्डोले ८९ मिनेटमा गोल थपे। र, युभेन्टसले ३-० को सहज…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वुल्भरह्याम्टन वन्डरर्समाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले वुल्भरह्याम्टनमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको १५ औं मिनेटमा वुल्भ्सका लेन्डेर डेनडोन्करको आत्मघाती गोलमा सिटीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको सिटीलाई दोस्रो हाफमा वुल्भ्सका कोनोर कोएडीले गोल फर्काउँदै बराबरीमा ल्याए। उनले खेलको…
काठमाडौं : ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२०’का उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ। मंगलवार नेपाल पर्यटन बोर्डले साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल भएकोमा उनको योगदानप्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गरे। सचिव कोइरालाले नेपाली खानालाई…
काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भारतमा स्वास्थ्य परीक्षणपछि आज स्वदेश फर्किएका छन्। भारतमा दश दिनको स्वास्थ्य परीक्षणपछि भट्टराई आज स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएपछि उनले ट्विट गर्दै आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको बताए। अहिलेको समस्याको जरो ०६५/६६ पछि भत्केको राजनीतिक सहमति भएको भन्दै उनले एक पटक ‘फरगिभ र फरगेट’को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि समिति गठन गर्ने निर्णय सकारात्मक भएको प्रतिक्रिया दिएको छ। सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको समिति गठन गरेको छ भने विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य दिपक सदस्य रहेको समिति बनाएको छ। दुबै पक्षको समिति गठनलाई सकारात्मक…
काठमाडौं: सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ। मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताए। हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड…
काठमाडौं : मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ। नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो (सोमबार) बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए। ‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ। मेसिनले सास फेराउनु…
धनगढी: धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटलफ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन्। आज सम्पन्न पहिलो खेलमा त्रिनगर माविलाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो । धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १…
काठमाडौं : संवैधानिक परिषद सम्बन्धि सरकारले ल्याउन लागेको अध्यादेश अस्वीकृत गर्नका लागि प्रतिनिधिसभामा दर्ता विरोधको सूचना परेको छ। विरोधको सूचना स्वीकृत भएमा अध्यादेशको प्रक्रिया अघि बढ्दैन। स्वतः अस्वीकार भएर निष्क्रिय हुन्छ। विरोधको सूचना अस्वीकृत भएमा मात्र अध्यादेशको बाँकी प्रक्रिया अघि बढ्नेछ। संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशको विषयलाई लिएर सूचना परेको हो। …
काठमाडौं: प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसंग परामर्श गर्ने बताएका छन्। मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठक कक्षको अवलोकन पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले भोलि बुधबारदेखि नै दलका नेताहरुसंग छलफल सुरु गर्ने बताएका हुन्। संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे।…
काठमाडौं: फागुन २२ गतेबाट सुरु हुने काठमाडौं मेयर कपको तालिका नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको छ। तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ भिड्ने छ। प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुनेछन्। २२ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २९ गते सम्पन्न हुनेछ। प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले आफूहरुको पक्षमा ११५ सांसद पुग्ने दाबी गरेका छन्। अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने उनको दाबी छ। मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझाव दिए। बुधवारबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने ठोकुवा गर्दै केही दिनभित्रै यो संख्या…
बुटवल : रुपन्देहीमा सम्पन्न चौँथो खुला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले हात पारेका छन्। मंगलवार भएको रोमाञ्चक फाइनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित गर्दै उनले उपाधि चुमेका हुन्। त्यस्तै, महिला सिंगलको उपाधि प्रेरणा कोइरालाले जितिन्। उनले फाइनलमा अभिलाषा विष्टलाई ६-३, ६-१ को सेटमा पराजित गरेकी हुन्। पाँच दिनसम्म चलेको प्रतियोगिताको ३५ प्लसतर्फ कमल भण्डारीले सञ्जय…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाए सजिलै हट्ने बताएका छन्। झापाको बिर्तामोडमा आयोजित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले हटाउन भने सजिलो नभएको दाबी गरे। अबको चुनावमा आफू दुई तिहाइ बहुमत ल्याएर फेरि पनि सिंहदरवार फर्कन ओलीको दाबी छ। 'अहिले पनि कसैले हटाउन सके हटाओस् तर सजिलो छैन। खुसी साथ हट्छु। तर आउने चुनावमा दुई तिहाइका साथ सिंहदरबारमा फर्कन्छु,'…
विराटनगर : पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले संसारभरिकै प्रचलनविपरीत केपी ओली अनैतिक तवरले प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको आरोप लगाएका छन्। विराटनगरमा स्थानीय संवाददातासित नेता नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेपछि पनि ओलीले राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। नेपालले निर्वाचन आयोगले पार्टीका ४ सय ४१ केन्द्रीय सदस्यलाई मान्यता दिइसकेको उल्लेख गर्दै यसको बहुमतलाई पनि स्वीकार गर्ने…