PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • पार्टीको रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

    पार्टीको रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बुधवारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। सर्वोच्च अदालतको फैसलापछि देखिएको राजनीतिक संकट समाधानका लागि भन्दै रणनीति बनाउन प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो। स्थायी कमिटीको बैठक पनि बोलाइएको भए पनि मिति तय नभएको नेताहरुले बताएका छन्। पेरिसडाँडामा १९ गते केन्द्रीय कमिटी बैठक बोलाइएको केन्द्रीय कमिटी सदस्य…

    विस्तृतमा पढ्नुस्

  • प्रविन बास्तोला रहस्यमय मृत्यु : जुन घरमा मृत भेटिए, त्यहाँका घरधनी समातिए

    प्रविन बास्तोला रहस्यमय मृत्यु : जुन घरमा मृत भेटिए, त्यहाँका घरधनी समातिए

    काठमाडौँ : उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बास्तोलाको हत्या संलग्न भएको आरोपमा प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। उर्लवारीका रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो। गिरी प्रविन मृत्यु भएको समयमा उनकै घरमा साथीहरूसँग सुतेका थिए। जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा गिरीलाई फरार अभियुक्त बनाइएको थियो। यो घटनामा अन्य संलग्न भनिएका अन्य तीन जना अझै फरार रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • म्यान्मारमा कम्तिमा १८ जनाको प्रहरीको गोलीले मृत्यु, हिंसात्मक मोडमा पुग्यो आन्दोलन

    म्यान्मारमा कम्तिमा १८ जनाको प्रहरीको गोलीले मृत्यु, हिंसात्मक मोडमा पुग्यो आन्दोलन

    आन्दोलनकारीमाथि गोली चलाउँदा म्यान्मारमा कम्तिमा १८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले जनाएको छ। सैनिक 'कु' विरुद्ध उत्रिएको र्‍यालीमा प्रहरीले गोली प्रहार गरेको हो।  प्रहरीको गोलीबाट यंगुन, दावेइ र मण्डालेमा आन्दोलनकारीहरुको मृत्यु भएको हो। प्रहरीले गोली र अश्रु ग्यास प्रहार गरेको थियो। फेब्रुअरी १ मा भएको सैनिक कुविरुद्ध शनिवार व्यापक प्रदर्शन भएको थियो। शान्तपूर्ण रुपमा संचालित हुँदै आएको…

    विस्तृतमा पढ्नुस्

  • गणेशमान सिंह बक्सिङ प्रतियोगिता आजदेखि सुरु

    गणेशमान सिंह बक्सिङ प्रतियोगिता आजदेखि सुरु

    काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आजदेखि सुरु हुने भएको छ। यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए। बुढाथोकीका अनुसार खेलहरु सोमबारदेखि सुरु…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिए, लिभरपुलको जित

    म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिए, लिभरपुलको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। ब्रमल लेनमा सम्पन्न खेलमा अंकतालिकाको पुछारमा रहेको घरेलु टोली सेफिल्डमाथि लिभरपुलले २-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • पर्साको पोखरिया अस्पतालमा ६ जना डाक्टर तर दैनिक एक जनामात्र हाजिर

    पर्साको पोखरिया अस्पतालमा ६ जना डाक्टर तर दैनिक एक जनामात्र हाजिर

    वीरगंज : पर्साको केन्द्रबिन्दुमा रहेको पोखरिया नगरपालिकाको पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा स्थानीय सेवाग्राहीले प्रभावकारी सेवा नपाएको गुनासो गरेका छन्। अस्पताल विकास समितिले अस्पताल व्यवस्थापनमा चासो नदिएको र मेडिकल सुपरिडेन्टेन्ट डा अनिल यादवको कमजोरीको कारण अस्पताल सामान्य स्वास्थ्य चौकी झैं बनेको स्थानीय बताउँछन्। पर्याप्त मात्रामा दक्ष जनशक्ति हुँदा पनि बिरामीहरुले अस्पतालबाट गुणस्तरीय र प्रभावकारी सेवा नपाएको गुनासो गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • मध्य तराईमा गर्मी बढेसँगै बालबालिकामा रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढ्यो

    मध्य तराईमा गर्मी बढेसँगै बालबालिकामा रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढ्यो

    वीरगंज : गर्मी बढेसँगै बालबालिकाहरुमा भाइरल फिभर तथा रुघाखोकीको प्रकोप बढेको छ। मध्य तराईको जिल्ला पर्सा, बारा रौतहटमै प्रकोप बढेको यस भेगका चिकित्सकहरुले बताएका छन्। फागुनको आधा महिना बितिसकेपछि बिहान ९ बजेपछि नै मौसम गरम हुने गरेको छ। साँझ पनि चिसो कम भएको छ। चिसो मौसमबाट गर्मी मौसममा परिवर्तन हुने क्रममा पनि कतिपय बालबालिका र वृद्धवृद्धाहरुलाई यस्तो नियमित फ्लुहरु लागिरहेको…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमको सहज जितमा बेलको दोहोरो गोल

    टोटेनहमको सहज जितमा बेलको दोहोरो गोल

    इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपरले बर्नलीमाथि सहज जित निकालेको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा बर्नलीमाथि घरेलु टोलीले ४-० को सानदार जित निकालेको हो। टोटेनहमको जितमा ग्यारिथ बेलले दोहोरो गोल गर्दा लुकास मौरा र ह्यारी केनले एक/एक गोल गरे। खेलको दोस्रो मिनेटमै सन ह्युङ मिनको पासमा गोल गर्दै बेलले अग्रता दिलाएका थिए। त्यस्तै १५ औं मिनेटमा बेलको पासमा…

    विस्तृतमा पढ्नुस्

  • एभरेस्ट प्रिमियर लिग सेप्टेम्बरबाट सुरु हुने, ७ महिना पछाडि किन?

    एभरेस्ट प्रिमियर लिग सेप्टेम्बरबाट सुरु हुने, ७ महिना पछाडि किन?

    काठमाडौं : नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) सन् २०२१ को सेप्टेम्बर महिनामा हुने भएको छ। एकवर्ष अघि मार्चमहिनामा प्रतियोगिता आयोजनाको पूर्वसन्ध्यामा कोरोना महामारी फैलिएपछि प्रतियोगिता स्थगित गर्न आयोजक बाध्य भएको थियो। प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म गर्नका लागि आयोजकले नेपाल क्रिकेट संघ (क्यान) बाट अनुमती पनि लिइसकेको छ। क्यानले कोभिडका लागि आईसीसी र नेपाल सरकारको…

    विस्तृतमा पढ्नुस्

  • लेस्टरमाथि आर्सनलको पुनरागमन जित

    लेस्टरमाथि आर्सनलको पुनरागमन जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीमाथि सानदार जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टरमाथि आर्सनलले ३-१ गोलअन्तरको जित निकालेको हो। खेलको छैठौं मिनेटमै घरेलु टोलीले यौरी टिअलमेन्सको गोलमा लेस्टरले अग्रता बनाएको थियो। तर ३९ औं मिनेटमा विलियनको पासमा गोल गर्दै डेभिड लुइजले खेल बराबरीमा ल्याए। त्यस्तै अलेक्जेन्ड्रे लकाजेटले पहिलो हाफको अतिरिक्त समयमा…

    विस्तृतमा पढ्नुस्

  • कुलेश्वर फलफूल बजारबाट १८ लाख ७८ हजार रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ

    कुलेश्वर फलफूल बजारबाट १८ लाख ७८ हजार रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ

    काठमाडौं : हुण्डीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले तीन जना हुण्डी कारोबारीलाई कुलेश्वर फलफुल बजारबाट १८ लाख ७८ हजार रुपैयाँ सहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल कुलेश्वर स्थित कान्तिपुर कोलोनीमा बस्ने कुलेश्वर फलफुल बजारका फलफुल पसल संचालक वर्ष ३७ का नवराज कार्की,…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशकी श्रीमतीको स्कुटरमा ब्राउन सुगर, आफ्नो नभएको भन्दै प्रहरी प्रति आक्रोश

    न्यायाधीशकी श्रीमतीको स्कुटरमा ब्राउन सुगर, आफ्नो नभएको भन्दै प्रहरी प्रति आक्रोश

    काठमाडौंः प्रहरीले लागु औषधीसहित एक महिलालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ की ४२ वर्षीया तुलसा पोखरेललाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकी तुलसा न्यायाधीशकी श्रीमती भएको खुलेको छ। उनी उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती हुन्। तुलसाको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कीबाट २ दशमलव २२…

    विस्तृतमा पढ्नुस्

  • धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गयो : दीपक बोहरा

    धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गयो : दीपक बोहरा

    बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले मुलुकमा धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गएको बताएका छन्। उनले पैसाको लालचमा धर्म परिवर्तन भइरहेको बताए। राप्रपा रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई कोटहीमाई गाउँपालिका-७ परसहवामा सम्बोधन गर्दै बोहराले अहिलेको कानुनमा धर्म परिवर्तन गराउनु बर्जित र दण्डनीय भए पनि त्यस्तो कार्यमा लाग्नेलाई कारबाही नभएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • ‘कम्फर्टेबल’ सरकार बनाउने प्रचण्डको अभिव्यक्तिको भीम रावलले गरे बचाउ, रघुजी पन्तको ‘पिँडुला काण्ड’बारे दिएनन् जवाफ

    ‘कम्फर्टेबल’ सरकार बनाउने प्रचण्डको अभिव्यक्तिको भीम रावलले गरे बचाउ, रघुजी पन्तको ‘पिँडुला काण्ड’बारे दिएनन् जवाफ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य डा भीम रावलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको बचाउ गरेका छन्। आइतवार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रावलले प्रचण्डको अभिव्यक्तिको बचाउ गरेका हुन्। अध्यक्ष प्रचण्डले प्राइम टेलिभिजनमा आफूहरुको समूह, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसको सहकार्यमा सरकार बनेपछि भारतको लागि पनि कम्फर्टेबल हुने बताएका थिए। प्रचण्डले भनेका थिए, ‘हामी,…

    विस्तृतमा पढ्नुस्

  • ह्वीपको धम्की नदिन भीम रावलको चेतावनी, एमसीसी पारित गर्ने भनेर हल्ला गरिएको गुनासो

    ह्वीपको धम्की नदिन भीम रावलको चेतावनी, एमसीसी पारित गर्ने भनेर हल्ला गरिएको गुनासो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य डा. भीम रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ। आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रावलले ओलीजस्तो असंवैधानिक र…

    विस्तृतमा पढ्नुस्

  • मिलन लिम्बूको ह्याट्रिकमा नयाँबस्तीमाथि ब्वाइज युनियनको जित

    मिलन लिम्बूको ह्याट्रिकमा नयाँबस्तीमाथि ब्वाइज युनियनको जित

    काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ब्वाइज युनियन क्लबले नयाँबस्ती युवा क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा ब्वाइज युनियनले ३-० गोलअन्तरले जित निकालेको हो। ब्वाइज युनियनको जितमा मिलन लिम्बूले ह्याट्रिक पुरा गरे। खेलको २१ औं मिनेटमा टिमलाई अग्रता दिलाएका लिम्बूले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दा पहिलो हाफमा ब्वाइज युनियन दुई गोलले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड - नेपाल समूहलाई सहयोग गरेको भन्दै गृहमन्त्री थापाले हटाए स्वकीय सचिव तामाङ

    प्रचण्ड - नेपाल समूहलाई सहयोग गरेको भन्दै गृहमन्त्री थापाले हटाए स्वकीय सचिव तामाङ

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ' बादल'ले स्वकीय सचिव हटाएका छन्। थापाले स्वकीय सचिव बिरु तामाङलाई सचिवालयबाट हटाएका हुन्। तामाङले आफ्नो सचिवालयमा बसेर प्रचण्ड-माधव नेपाल समूहलाई सहयोग तथा सूचना दिएको आरोप लगाउँदै हटाइएको हो। उनी थापाले गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि स्वकीय सचिव थिए। 'गृहमन्त्रीको सचिवालयमा बस्ने तर प्रचण्ड- नेपाल समुहमा सुचना दिने र पदको बार्गेनिङ गर्ने गरेको थाहा पाएपछि हटाइएको हो,' गृह मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • 'नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख'

    'नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख'

    काठमाडौं : नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ।  शुक्रवार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। शनिवारको तुलनामा उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डाक्टर राजीव झाले जानकारी दिए।  झाका अनुसार शनिवारभन्दा आइतवार नेता जोशीले दाहिने हात र खुट्टा बढी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको लोगो प्रयोग गरी फेसबुक आइडी खोलेर आपराधिक गतिविधि गरेको आरोपमा एक किशोर समातिए

    प्रहरीको लोगो प्रयोग गरी फेसबुक आइडी खोलेर आपराधिक गतिविधि गरेको आरोपमा एक किशोर समातिए

    काठमाडौंः प्रहरीको लोगो दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय साइवर ब्युरोको टोलीले कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर २ घर भएका  १८ वर्षीय प्रज्वल पोखरेललाई नियन्त्रणमा लिएको हो। उनले प्रहरी प्रधान कार्यालय साइवर ब्युरोको आधिकारिक लोगो दुरुपयोग गरेर फेसबुक आइडी खोली आर्थिक लाभ लिने खालेको आपराधिक गतिविधि गरेकाले नियन्त्रणमा लिएको प्रहरीले जानकरी दिएको छ। विद्युतीय कारोबार ऐन अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • मानिस अपहरण गरेर फिरौती मागेको अभियोगमा तीन जना समातिए

    मानिस अपहरण गरेर फिरौती मागेको अभियोगमा तीन जना समातिए

    काठमाडौंः जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले अपहरण गरी फिरौती मागेको अभियोगमा तीन जनालाई समातेको छ। शनिवार मोरङ जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका वडा नम्बर ६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मालाई नियन्त्रणमा लिएको हो। उनीहरूले विराटनगर महानगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell