काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग भेटवार्ता गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रचण्ड र नेता श्रेष्ठले छलफल गरेका हुन्। प्रचण्ड निकट स्रोतले चार जनाबिच ४५ मिनेट कुराकानी भएको जानकारी दियो। सवा घण्टा कुराकानी भए पनि वार्ता भने सकारात्मक भइनसकेको…
काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं मेयर ११ लाई हराउँदै नेपाल पुलिस फाइनल प्रवेश गरेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले काठमाडौं मेयर ११ लाई १०३ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७.४ ओभरमा अलआउट हुँदै १९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं मेयर्स ३१.२ ओभरमा…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन्। राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे। कानून उलंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रविादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका केन्द्रीय सदस्यलाई छलफलकका लागि बोलाएका छन्। बानेश्वरको एक होटलमा अपरान्ह ४ बजे आफ्ना समूहका सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको नेपाल निकट एक नेताले बताए। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अस्तित्वमा नरहने फैसला गरेपछि नेता नेपालले एमालेमै फर्किने निर्णय गरेका थिए। पार्टीभित्र ओली समूहसँग अब कसरी प्रस्तुत हुने भन्नेबारेमा…
काठमाडौं : भोलिको महाशिवरात्रीको अवसरलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले सवारी रूट फेरबदल गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले यस पटक चावहिल, गौशाला, तिलगंगा क्षेत्रमा नियमित जस्तै निर्बाध रूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको जानकारी दिएको छ। त्यस्तै, चक्रपथमा चल्ने सवारी साधनलाई दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा निषेध गरी वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन गरिने महाशाखाका एसएसपी…
काठमाडौं : प्रतिनिधिसभाको बैठक चैत ३ गते १ बजेसम्मका लागि स्थगित भएको छ। कार्यसूचीबाट अध्यादेश हटाइएको बैठकले १४ जनाको शोक प्रस्ताव पारित गरेको छ। १२ मिनेट चलेको बैठकले प्रतिनिधिसभा सदस्यद्वय सानु शिवा, सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, राममान श्रेष्ठ, संविधानसभा सदस्य राममान श्रेष्ठ, मानपुर चौधरी, पूर्वसदस्य वीरबहादुर लामा, ओमप्रसाद गौचनको निधनमा शोक प्रस्ताव पारित गरेको हो। त्यसैगरी पूर्वसदस्य इन्द्रहाङ लिम्बु,…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संसद भवन पुगेर फर्किएका छन्। नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले व्यस्तताका कारण प्रधानमन्त्री फर्किएको बताए। उपनेता नेम्वाङलाई संसदमा एमालेको प्रतिनिधित्वको जिम्मेवारी दिँदै ओली फर्किएका हुन्। ‘आउनुभएको थियो। बोल्ने कार्यक्रम पनि थिएन। अस्तीकै अड्किएको विषय छ। त्यसलाई अगाडि बढाउने भन्ने कुरा भयो। त्यस्तो ठूलो छलफल केही भएन। उहाँ व्यस्तताले जानुभयो,’ नेम्वाङले भने।
काठमाडौं : नेकपा माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटी बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयमा अनिर्णित भएको छ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय नभएको जानकारी दिए। 'नैतिक रुपले राजीनामा दिनु जरुरी थियो। त्यस्तो नभएकाले अरु पार्टीसँग छलफल गरेर हामी निर्णय गर्छौ,' उनले भने। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो…
सन फ्रान्सिस्कोमा नेपाली मूलका उबर चालकमाथि दुर्व्यवहार भएको छ। प्यासेन्जरलाई मास्क लगाउन अनुरोध गर्दा ट्याक्सी चालक शोभाकर खड्कामाथि एक महिलाले दुर्व्यवहार गरेकी हुन्। सोसल मिडियामा खड्कामाथि गरिएको दुर्व्यवहार अहिले भाइरल भइरहेको छ। UBER RIDERS COUGH ON, ASSAULT, PEPPER SPRAY DRIVER Driver Subhakar Khadka, who is South Asian, says he believes he was targeted because of his race. He picked up…
काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज जारी खेलमा काठमाडौं मेयर ११ लाई नेपाल पुलिसले १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७.४ ओभरमा अलआउट हुँदै १९७ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाउँदा कुशल भुर्तेलले ३४ रन बनाए। त्यस्तै पवन सर्राफले २८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले…
काठमाडौं : मङ्गलवार एक पुरुषले प्रहरी प्रभाव कलङ्कीमा आफ्नो रकम चोरी भएको निवेदन लिएर पुगे। कलङ्की क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा यात्रा गर्दा गोजीको पैसा चोरी भएको जानकारी दिए। प्रहरीमा चोरी भएका घटना दैनिक आइरहने भएकाले यो कुनै नौलो घटना भने थिएन। पछिल्लो समय कलङ्की, बल्खु, लाम्पाटी क्षेत्रमा पकेटमारबाट धेरै पीडित भएका उजुरी प्रहरीमा परेका थिए। तर, यस पटक भने पीडित पुरुषले पकेटमारको हुलिया…
काठमाडौंः नक्कली नोट बनाउने सामाग्री सहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका-९ पिपरीया बस्ने २५ वर्षीय सञ्जय रानालाई पक्राउ गरेको हो। रानाको साथबाट प्रहरीले १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान समेत बरामद गरेको…
काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि नेकपा माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ। सरकारलाई दिएको समर्थन फिर्ता र अब बन्नसक्ने सत्ता समीकरणकै बारेमा छलफल भइरहेको स्थायी कमिटी सदस्य गशेण साहले जानकारी दिए। मंगलवार बसेको स्थायी कमिटी बैठकले सत्ता समीकरणबारे नेपाली कांग्रेस र जनता समाजवादी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो। बैठक सकिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड…
काठमाडौं : प्रहरीले मानव बेचविखन गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ र महानगरपालिका वडा नम्बर १६ बस्ने प्रेम बहादुर मगरलाई नियन्त्रणमा लिएको हो। उनीहरूले होटेलमा काम लगाइदिने भन्दै सिन्धुपाल्चोकबाट दुई महिलालाई विराटनगरमा बोलाएर भारत बेच्न लैजाँदै गर्दा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका…
काठमाडौं : निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको औपचारिक जानकारी संसद सचिवालयलाई गराएको छ। आयोगबाट आएको जानकारी पत्र बुधवार संसद सचिवालयमा दर्ता भएको छ। पत्र आएसँगै सचिवालयले आज बस्ने संसद बैठकमा एमाले र माओवादी केन्द्रको दलगत रो बनाएको छ। यद्यपि माओवादीले सरकारबाट समर्थन फिर्ता नलिएकाले सत्ता पक्षकै लहरमा दुबै दलका सांसद रहनेछन्। यसअघि पहिलो बैठकमा नेकपाकै रो मा…
काठमाडौं : गायक तथा संगीतकार भीम बिसीको ‘ऐना हेरी हेरी’ गीतको भिडियो छायाँकन सकिएको छ। गीतका शब्द लेखक तथा पत्रकार शिवराज योगीका हुन्। भीम बिसीकै संगीत रहेको गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र भीम बीसीले दिएका छन्। प्रविन भट्टले निर्देशन गरेको भिडियो निर्माणको अन्तिम चरणमा रहेको गायक तथा संगीतकार बिसीले बताए। गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन…
बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। दशरथ चन्द नगरपालिका बैतडी द्वारा आयोजित वडास्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको समापन समारोहमा बोल्दै नेता लेखकले भने, ‘बैतडी जिल्लाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ किर्तिमानी कायम गर्न सफल भएर जिल्लाको गौरव बढाउने काम गरेको छ।’ नेता लेखकले खेलाडीहरुले खेल खेल्दा अनुशासनमा बस्ने भएकाले खेलाडीहरुबाट…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इटालियन क्लब युभेन्टसलाई हराउँदै पोर्चुगिच क्लब पोर्टो अन्तिम ८ मा प्रवेश गरेको छ। गएराति सम्पन्न दोस्रो लेगको खेलमा युभेन्टसले ३-२ गोल अन्तरले जित निकाले पनि अवे गोलको आधारमा पोर्टोले जित निकालेको हो। यसअघि पहिलो लेगको खेलमा पोर्टोले २-१ गोल अन्तरले जित निकालेको थियो। समग्रमा ४-४ को बराबरी हुँदा अवे गोलका आधारमा पोर्टोले…
काठमाडौँः नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुबै जनाको नियुक्ति पुष्टि गरेका छन्। गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा मन्त्रीपरिषद्ले मंगलबार उनीहरुलाई डेपुटी गभर्नर नियुक्त गरेको हो। अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो। ढुङ्गाना अहिले…
काठमाडौं : निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेटवाललाई पक्राउ गरेको हो। उनीविरुद्ध विशेष अदालतमा मुद्दा समेत दायर गरिएको छ। भेटवाललाई दुई वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एपेक्स बैंक घोटला प्रकरणमा समेत पक्राउ गरेको थियो। त्यसपछि पनि उनलाई बैंकिङ कसुर अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो। भेटवालले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा…