काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावबारे नेताहरुलाई ब्रिफिङ गर्न स्थायी कमिटी बैठक बोलाइएको हो। बिहीवार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। कांग्रेससँग भएको…
दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टारहरू थलापति विजय र विजय सेतुपति स्टारर एक्सन थ्रीलर फिल्म 'मास्टर'ले बक्स अफिसमा अनपेक्षित सुरुवात गरेको छ। फिल्मले पहिलो दिनमै ४० करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो वर्ल्डवाइड कमाई हो। यससँगै फिल्म विश्लेषकहरुले कोरोना भाइरस संक्रमण महामारीले झण्डै एक वर्षदेखि बन्द सिनेमा हलमा प्रदर्शन भएको फिल्मले आशाको किरण देखाएको टिप्पणी गरेका छन्।…
काठमाडौं : बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले त्यहाँका राजासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बुधबार बस्रेल्सस्थित राजदरबारमा आयोजित विशेष समारोहमा त्यहाँका राजा फिलिपे लियोपोल्ड लुइस मारिय समक्ष राजदूत राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कार्यक्रममा त्यहाँका राजा फिलिपेले बेल्जियमका लागि राजदूत नियुक्त भएकोमा राजभण्डारीलाई बधाई दिएका थिए। सन् १९९२ मा ब्रसेल्समा नेपालको आवासीय दूतावास स्थापनापछि सातौँ राजदूतको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा घरेलु टोली सिटीले ब्राइटोनमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे। उनले खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गोल गरेका थिए। दोस्रो हाफमा दुबै पक्षबाट गोल नहुँदा खेल सिटीले १-० ले आफ्नो पक्षमा पार्यो। खेलको…
स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको हो। खेलमा बार्सिलोनाले फ्रेन्की डि जोङको गोलमा खेलको ३९ मिनेटमा अग्रता बनाएको थियो। पहिलो हाफमा बार्सिलोना १ गोलले अघि रह्यो। दोस्रो हाफमा सोसिडाडले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई सदुपयोग गर्दै ५१ औं मिनेटमा सोसिडाडका…
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश यात्राका क्रममा कुनै विशेष प्रयोगशालाले गरेको कोभिड परीक्षण रिपोर्टमात्र मान्य हुनेगरि जारी सार्वजनिक सूचना कार्यान्वयन नगर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ। मन्त्रालयको कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी बैठकले विभिन्न कूटनीतिक नियोग, दूतावास तथा हवाइ उडानहरुले जारी गरेको सूचनामा ध्यानाकर्षण भएको भन्दै सो निर्णय गरेको हो। मन्त्रालयले परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्णयबारे…
काठमाडौं : नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न बसेको बढुवा समितिको बैठकको सो निर्णय गरेको हो। प्रहरी नियमावली,२०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४)को प्रावधान अनुसार सो निर्णय भएको बताइएको छ। यस्तो छ बढुवा सूची :
काठमाडौं : अवैध तरिकाले अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्काएको छ। आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सुरक्षाकर्मीसहितको विमानले उनीहरुलाई छाडेर फर्किएको हो। यसरी नेपाल डिपोर्ट गरिएकामा सुरेश केसी, राजेश कार्की, प्रवीण गिरी, पासाङ शेर्पा, दलबहादुर सुनुवार, दिवश बस्नेत, नारायण केसी र दावा लामा रहेका छन्। उनीहरुलाई सामान्य सोधपुछपछि घर पठाइएको छ।
काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक नेता पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोलाई नियन्त्रणमा लिएको हो। सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएपछि विभिन्न अभियोगमा नियन्त्रणमा लिँदै आएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले विषेश सूचनाको आधारमा ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट समूहका केही नेता तथा कार्यकर्ता समातेको हो। अहिले पनि अपरेसन जारी भएकाले…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली एक्लिँदै गएको बताएका छन्। नेकपाको आफू पक्षीय काठमाडौं जिल्ला भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'सबै हिसाबले ओली एक्लिरहेका छन्। हेर्दै जानुहोला केपी ओली निरिह भएको हेर्न पाउनुहुनेछ,' उनले भने, 'ओली गुट गलत बाटोमा छ। सबैतिर ओली गुट निरिह हुँदैछ।' उनले प्रधानमन्त्री ओली…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले सरकारलाई काम गर्न नदिएको भन्ने आरोपमा सत्यता नभएको बताएका छन्। आफू पक्षीय कार्यकर्ताको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले पार्टीले भनेको ओलीले नमान्दा यस्तो भएको बताए। 'अहिले तपाईँ सुन्नुहुन्छ पार्टीले काम गर्न दिएन र प्रतिनिधिसभा विघटन गरिदिएँ भन्दै हिँड्दै छन्,' उनले अगाडि भने, 'म चुनौती दिन चाहन्छु; पार्टीले काम गर्न नदिएको…
काठमाडौं: सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय न्युज च्यानल जी न्युजले माफी माग्नुपर्ने माग राखेको छ। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आज एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री र जी न्युज दुवैले माफी माग्नुपर्ने माग राखेको हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको भोलिपल्ट जी…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इसारामा प्रतिनिधिसभा विघटन गरेको संगीन आरोप लगाएका छन्। उनले आफूलाई राष्ट्रवादी देखाउन खोजे पनि अहिले आएर स्पष्ट भएको टिप्पणी गरे। पार्टीको प्रचण्ड-माधव नेपाल समूहको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए। 'जी न्यूजको इन्टरभ्यू देख्नुभयो नि। नाटक हो त्यो,' उनले भने, 'नाटक हो…
काठमाडौं: सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा ब्वाइजमा ३२ र गर्ल्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। दुवै समूहमा नगद पुरस्कार राखिएको छ। ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार…
काठमाडौं : आउँदो माघ १ गतेबाट नेपालका अधिकांश नाटकघर खुल्ने भएका छन्। नाटकघरहरूको साझा संगठन थिएटर हबले विज्ञप्ती जारी गर्दै खबर पुष्टि गरेको हो। कोभिड-१९ महामारी र संक्रमण नियन्त्रणका लागि भएको लकडाउनको प्रभाव रङ्गमञ्चमा पनि परेको छ। उद्योग, व्यापवार तथा व्यवसायसँगै कला र मनोरञ्जनको माध्यम रङ्गमञ्च शिथिल रह्यो। नाटकघरहरू बन्द भए। नाट्य मञ्चनहरू रोकिए। रङ्गकर्मीहरु आर्थिक र मानसिक रुपमा संकटमा…
काठमाडौं : १० महिनापछि नयाँ फिल्म 'फ्राइडे रिलिज' हुँदैछ। आउँदो माघ १ गतेदेखि फिल्म 'एउटा यस्तो प्रेम कहानी' सार्वजनिक हुन लागेको हो। कोरोना संक्रमणको जोखिम बढे लगत्तै ठप्प थियो फिल्म क्षेत्र। दुई साता अघि हल सञ्चालकहरूले सरकारको अनुमति बिना हल सञ्चालनमा ल्याए। त्यसको ठीक एक साता पछि सीसीएमसीले हल खोल्न सिफारिस गर्यो। पहिले नै रिलिज गरिएका 'आमा' र 'सेन्टिभाइरस'ले दर्शक…
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि बुधवार नयाँ दिल्ली जाँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली माघ १ गते भारत जान लागेका हुन्। परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ। छलफलका क्रममा व्यापार, पारवहान, उर्जा, सीमा, कोभिड-१९ साझेदारी, पूर्वाधार, लगानी, कृषि, पर्यटन, संस्कृति,…
अभिनेत्री रेखा थापाले लिडर हुन निडर हुनुपर्ने बताएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको जी न्यूजसँगको अन्तर्वार्ताको पक्ष विपक्षका मतले सामाजिक सञ्जाल भरिएका बेला थापाले फेसबुकमा लिडर हुन निडर हुनुपर्ने बताएकी हुन्। उनले लेखेकी छन्, ‘कस्लाई राजनीतिज्ञ भनिन्छ- थाहा छैनI तर लिडर हुन निडर हुनु जरुरी छI निडर हुन आफ्नो सानो समूहको घेरा र उपलब्धिको गौरव छोड्न जरुरी छ।’ थापाले आफ्नो…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनमाथि परेको मुद्दाको सुनुवाईबाट न्यायाधीश हरिकृष्ण कार्की अलग भएपछि रिक्त स्थानमा न्यायाधीश सपनाप्रधान मल्ल रहने भएकी छिन्। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा आजबाट मुद्दाको सुनुवाई हुँदैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि उक्त कदम असंवैधानिक भन्दै परेको दर्जन रिटमाथि अदालतमा सुनुवाई हुँदैछ। न्यायाधीश कार्कीमाथि निवेदकहरुले प्रश्न…
काठमाडौं : सरकारले अब सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षाको ढाँचा परिवर्तन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा परीक्षा परिवर्तन गर्ने विषयमा छलफल भएको थियो। उक्त छलफलपछि लाइसेन्स परीक्षाको ढाँचा परिवर्तन गर्ने सहमति भएको हो। यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले ६० प्रतिशत नम्बर ल्याए पास हुने गरी ट्रायल (प्रयोगात्मक) परीक्षाको ढाँचा परिवर्तन गर्न लागिएको बताए। अर्थात्…