फूलमान तामाङ - बाह्रबिसे : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस युनियन सिन्धुपाल्चोकले आयोजना गरेको प्रेस मिटमा बोल्न अस्वीकार गरेका छन्। नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा आयोजना गरेको कार्यक्रममा पुगेका देउवाले कार्यक्रममा उपस्थित नै हुन नमानेका हुन्। काँग्रेस केन्द्रीय सदस्य एवं खेलकुद विभागका संयोजक मोहन बस्नेतले पलाती स्थित आफ्नो भवनमा देउवाले बोल्ने…
काठमाडौं : रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको मानवशास्त्रका उपप्राध्यापक विष्णुप्रसाद आचार्य फेरि पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आचार्यलाई त्यही अध्ययनरत एक छात्राको उजुरीका आधारमा पक्राउ गरेको हो। तीन वर्ष अघि २०७४ साउन १८ गते क्याम्पसमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका थिए। यसपटक पनि उनी उस्तैखाले केसमा समातिएका हुन्। फेसबुक म्यासेन्जरबाट छात्रालाई अश्लिल सन्देश पठाएको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेका छन्। निर्वाचन हुने नहुने टुङ्गो भने छैन। संसद् विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका मुद्दा विचाराधीन छ। तर, सरकारका विभिन्न निकायहरु निर्वाचन तयारीमा जुटिसकेको छ। सोमवार गृहमन्त्री रामबहादुर थापाले तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर निर्वाचनमा जुट्न निर्देशन दिएका छन्। त्यस्तै बैठकमा गृह मन्त्रालय तथा नेपाल…
बिहीवार युगान्डामा आम चुनाव हुँदैछ। दर्जनौंको हत्यापछि हुन लागेको चुनावमा राष्ट्रपति योवेरी मुसेवेनी पुन: प्रतिस्पर्धा गर्दैछन्। ३५ वर्षयता राष्ट्रपति पदका लागि यो उनको छैटौं उम्मेद्वारी हुनेछ। उनीसँगै पद दावी गर्ने अन्य १० जना छन्। जसमध्ये एक हुन् पप स्टारबाट नेता बनेका रोबर्ट क्यगुल्यानी सेसेन्टामु उर्फ बोबी वाइन। सन् २००० मै पूर्वी अफ्रिकन सुपरस्टार बनेका बोबीले पहिलो पटक सन २०१७ मा संसदको…
काठमाडौं : पुस सकिन एक दिन बाँकी हुँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीहरुले पाउने भनिएको प्रोत्साहन भत्ता पुस मसान्तभित्र पाउने बताएका छन्। नवनियुक्त खेलकुद मन्त्री दावा तामाङलाई स्वागत गर्न परिषदले आज आयोजना गरेको कार्यक्रममा सदस्य सिलवालले प्रोत्साहन भत्ताको विषय उठाएका हुन्। गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण पदक जिते पनि खेलाडीहरुले…
अमेरिकी गुप्तचर संस्था एफबीआईले सबै ५० राज्यका संसद भवनसहित वासिङटनमा रहेको अमेरिकी संसदमा हिंसात्मक आक्रमण हुने सूचना पाएको छ। राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सपथ लिनु पूर्वसन्ध्यामा यस्ता झडप हुन सक्ने एफबीआईले सूचना पाएको सीएनएनले जनाएको छ। जनवरी १६ देखि २० सम्म सबै ५० राज्यका संसद भवनमा हतियारसहितको प्रदर्शनको तयारी भइरहेको र वासिङटनको अमेरिकी संसद भवनमा १७ जनवरी देखि २० जनवरीसम्म…
काठमाडौंः विन्ध्यवासिनी म्युजिक कम्पनीका कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परेकी छिन्। गीतको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको उजुरी परेपछि शर्मालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए। 'गायकको गीतको विषयमा प्रतिलिपि उल्लङ्घन गरेको उजुरी आएको थियो। त्यसैको अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिएका हौं,' डीएसपी विष्टले भने। गायक प्रमोद खरेलले आफ्नो गीतको प्रतिलिपी अधिकारको दुरुपयोग भएको भन्दै परिसरमा उजुरी दिएका…
खिला कार्की - प्रतिनिधिसभा विघटन गरेर वैशाखमा ताजा जनादेशका लागि जाने प्रधानमन्त्रीको असंवैधानिक घोषणाले देशलाई अनिश्चिततातर्फ लागेको छ। मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको प्यासले कम्युनिष्टलाई दुईतिहाइ जनमत दिएका नागरिकको आशाको नजर अब नेपाली कांग्रेसतिर सोझिएको छ। पछिल्लो राजनीति कदमबाट उत्पन्न बहुआयामिक संकटको दलदलबाट मुलुकलाई जोगाउन कांग्रेसले पहलकदमी लेओस् भन्ने नागरिकको चाहना छ। कांग्रेसको पहलकदमीबाट यो अन्योल र अनिश्चितताको अवस्थामा…
काठमाडौं : सप्तरीमा छोडेको साढेले हानेर एक महिलाको मृत्यु भएको छ। सप्तरी छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ की ८० वर्षीय दुर्गी देवी साहको मृत्यु भएको हो। घर अगाडि हिँडिरहेको अबस्थामा साढे गोरुले पछाडिबाट हान्दा घाइते भएकी साहको उपचारको लागि ल्यौजादै गर्दा बाटोमा नै मृत्यु भएको हो। गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
कतार एयरवेजले सन् २०१७ पछि सोमवार साउदी अरबको रियादका लागि पहिलो उडान गरेको छ। कतारको ध्वजाबाहक विमान क्युआर ११६४ ले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट किङ खालिद इन्टरनेसनलमा उडान गरेको हो। कतार एयरवेजको एयरवस ए ३५० ले उडान गरेको हो। कतार एयरवेजले मंगलवार जे्दाहमा उडान गर्ने छ भने शनिवार दमाममा उडान गर्ने छ। साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी यसै साताबाट खुला भएको…
अमेरिकी सुरक्षा एजेन्सी एफबीआइले जोय बाइडेनको सपथ अगाडि नै देशव्यापी रुपमा हिंसात्मक आन्दोलन हुनसक्ने चेतावनी दिएको छ। २० जनवरीमा बाइडेनले अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण हुँदैछ। त्यसअघि नै हतियारधारीहरु भेला हुने तयारी भएको खुलासा भएको हो। बाइडेनको सपथ ग्रहण कार्यक्रमको सुरक्षा चुनौतीको विषय बनेको छ। सोमवारमात्रै बाइडेनले युएस क्यापिटोलको अगाडि सपथ ग्रहण गर्न आफू नडराको बताएका छन्। संसद भवनमा भएको आक्रमण…
नयाँ दिल्ली : भारत र चीनले पूर्वी लदाकको सीमामा रहेका सैनिकलाई विवादित क्षेत्रबाट केही पछि सारेका छन्। विवादित क्षेत्रको समस्या समाधान भएर होइन कि चर्को हिउँ र चिसो बढेका कारण दुवै मुलुकले आफ्ना सैनिकहरुलाई केही पछाडि सारेका हुन्। सीमा क्षेत्रमा भारत र चीन दुवैले एकअर्काप्रति कडा नजर राखेर बसेका छन्। भारतको रक्षा मन्त्रालय स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार…
सोसल मिडिया ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको पक्ष लिँदै तोडफोडमा उत्रिएको क्युएनन समूहका ७० हजार भन्दा धेरै ट्विटर अकाउन्ट सस्पेन्ड गरिएको छ। ट्विटरले ट्रम्पका पक्षमा षड्यन्त्र गर्ने समूहको ट्विट अकाउन्टमाथि नियन्त्रण गरेको एएफपीले जनाएको छ। #BREAKING Twitter suspends 70,000 accounts linked to pro-Trump QAnon conspiracy pic.twitter.com/ycPkp1KsrU — AFP News Agency (@AFP) January 12, 2021 के हो क्युएनन? क्युएननका एउटा कन्स्पिरेसीमा आधारित…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्दै आएको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड आज आयोजना हुँदैछ। कोभिड १९ का कारण यसपटक निर्धारित समयभन्दा केही पछाडि यो कार्यक्रम आयोजना गरिन लागेको हो। अवार्डको यो १७ औं संस्करणमा विगत वर्षहरुमा भन्दा फरक हुनेछ। २०५२ साल भदौ २५ गते स्थापित मञ्चले धेरै आरोह र अवरोध पार गर्दै आएको छ। सुरुवातका केही…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भुगोल र जनसंख्यामा नेपाल भारतभन्दा सानो भए पनि सार्वभौमिकतामा सधैँ समान भएको बताएका छन्। भारतीय टेलिभिजन जी न्यूजमा सम्पादक सुधिर चौधरीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले देश सानो ठूलो आकारमा भएपनि देशको रुपमा सानो ठूलो हुन नसक्ने बताए। उनले यो पुरानो ‘कोलोनियन’ युग नभएको भन्दै अहिले पारस्परिक सम्मानको युग भएको बताए। सीमाको विषयमा नेपाल-भारतबीच वहस भइरहेको…
काठमाडौं : १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवारका दिन हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चले सोमवार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने भएको जनाएको हो। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा विश्वमा परिचय गराउन पोखरा…
वीरगंज : नेपाल बार एसोसिएसन पर्सा एकाइको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण सकिएको छ। पर्सा जिल्ला अदालत परिसरभित्र रहेको बारको सभाहलमा प्रमुख निर्वाचन अधिकृत जितेन्द्रप्रसाद कुर्मीले नवनिर्वाचित पदाधिकारीलाई शपथग्रहण गराएका हुन्। बारको अध्यक्षमा अधिवक्ता ओमप्रकाश गुप्ता निर्विरोध चयन भएका थिए भने उपाध्यक्षमा अजयकुमार श्रीवास्तव, सचिवमा राकेशकुमार मल्लिक, कोषाध्यक्षमा सुनीलकुमार यादव चुनावबाट निर्वाचित भएका थिए। त्यस्तै, सहसचिवमा प्रतिमाकुमारी चौरसिया र १३ जना…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले मुलुक प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित भइसकेकोले निर्वाचन सुरक्षाको लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज बसेको बैठकमा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन्। बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिँदै निर्वाचन केन्द्रित वजेट प्रस्ताव गरी गृह मन्त्रालय मार्फत पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिए।…
वीरगंज : पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती वीरगंजमा मनाइएको छ। राजभक्त, देशभक्त समूह पर्साको आयोजनामा महावीर मन्दिरमा भएको कार्यक्रममा राजावादीहरू पशुपति विक्रम शाह, उषा शाह, राजकिशोर चौबे, शम्भु चौरसिया, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियालगायतले मन्तव्य व्यक्त गरे। कार्यक्रम समूहका अध्यक्ष दीपेन्द्र रौनियारको अध्यक्षतामा भएको थियो। यसैगरी, राष्ट्रिय सरोकार मञ्चले घण्टाघरमा शाहको जन्मजयन्ती मनाएको थियो। संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको…
काठमाडौं: कोभिड-१९ संक्रमणका कारण सोमवार १० जनाको मृत्यु भएको छ। हालसम्म १ हजार ९ सय २७ जनाको संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमवार ४ सय ८८ जनामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म संक्रमित संख्या २ लाख ६५ हजार २ सय ६८ जनामा संक्रमण देखिएको छ। हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ५८ हजार ९…