PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • ट्रकका ट्रक तरुल : माघे संक्रान्तिमा बजारमा देखियो यस्तो रौनक

    ट्रकका ट्रक तरुल : माघे संक्रान्तिमा बजारमा देखियो यस्तो रौनक

    काठमाडौं : भोलि माघे संक्रान्ति। सबै जातजातिका आ आफ्नै पर्वको दिन। घ्यू चाकु र तरुल माघे संक्रान्तिसँगै जोडिएर आउने गर्छ। त्यसैले बजारमा तरुलको माग पनि उत्तिकै धेरै छ अहिले। त्यही मागले बजारमा भिड पनि बढाएको छ। चाकु र तरुल किन्नेहरुको भिड सबैतिर देखिन्छ। तिलको  लड्डु पनि उत्तिकै बिक्छ यतिखेर। कालीमाटी तरकारी बजारमा पनि तरुल लिन आउनेहरुको भिड छ अहिले। 

    विस्तृतमा पढ्नुस्

  • एट्लेटिको मड्रिडले सेभियालाई हरायो, शीर्ष स्थानमा ४ अंकको अग्रता

    एट्लेटिको मड्रिडले सेभियालाई हरायो, शीर्ष स्थानमा ४ अंकको अग्रता

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले सेभियालाई पराजित गरेको छ। स्टेडियो वान्ड मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली मड्रिडले सेभियालाई २-० ले हराएको हो। खेलमा एट्लेटिकोलाई एञ्जेल कोरेआले अग्रता दिलाएका थिए। उनले खेलको १७ औं मिनेटमै किइरन ट्रिपरको पासमा गोल गरेका थिए। पहिलो हाफमा घरेलु टोली एक गोलले अगाडि रह्यो। दोस्रो हाफमा एट्लेटिकोका सउल निगुएजले गोल थपे। उनले…

    विस्तृतमा पढ्नुस्

  • बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा

    बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई पराजित गरेको छ। टर्फ मोरमा भएको खेलमा युनाइटेडले घरेलु टोली बर्नलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पाउल पोग्बाले युनाइटेडको जितका लागि निर्णायक गोल गरे। उनले खेलको ७१ औं मिनेमा मार्कस रासफोर्डको पासमा गोल गरेका हुन्। त्यस्तै गएराति नै भएको अर्को खेलमा…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको बेसक्याम्पमा पुगेर सुधीर चौधरीले भने : माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ

    सगरमाथाको बेसक्याम्पमा पुगेर सुधीर चौधरीले भने : माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ

    काठमाडौं : भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथा (माउन्ट एभरेस्ट)मा भारतको पनि दावी हुनुपर्ने बताएका छन्। भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रममा काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरी प्रसारण गर्दै चौधरीले यस्तो दावी गरेका हुन्। सगरमाथाको बेसक्याम्पसम्म पुगेका चौधरीले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने समेत बताएका छन्। उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको…

    विस्तृतमा पढ्नुस्

  • नागरिक आन्दोलनमा पुस्तान्तरण : 'जनआन्दोलन -२ को सम्पत्ति नयाँ पुस्तामा हस्तान्तरण'

    नागरिक आन्दोलनमा पुस्तान्तरण : 'जनआन्दोलन -२ को सम्पत्ति नयाँ पुस्तामा हस्तान्तरण'

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक अस्थिरता बढ्दै गएको छ। विघटनविरुद्ध प्रमुख राजनीतिक शक्ति आन्दोलनमा होमिँदा नागरिक समाजको एउटा हिस्सा पनि संघर्षमा छ।  हरेक राजनीतिक परिवर्तनमा योगदान पुर्‍याउँदै आएको नागरिक समाजले आन्दोलनलाई अगाडि बढाउँदै पुस्ता हस्तान्तरणको बहस समेत सुरु भएको छ। २०६२/०६३ सालको जनआन्दोलन त्यसभन्दा अगाडि र पछाडिका राजनीतिक परिवर्तनका आन्दोलनमा देखिने नागरिक समाजका अनुहारहरु एउटै छन्। …

    विस्तृतमा पढ्नुस्

  • एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : मन्डेकाजी, गौरिका र सुवासलाई ‘प्लेयर अफ द इयर’ अवार्ड, उत्कृष्ट टिम महिला भलिबल

    एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : मन्डेकाजी, गौरिका र सुवासलाई ‘प्लेयर अफ द इयर’ अवार्ड, उत्कृष्ट टिम महिला भलिबल

    काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यसवर्षको ‘प्लेयर अफ द इयर’ (पुरुषतर्फ)को अवार्ड करातेका मन्डेकाजी श्रेष्ठले हात पारेका छन्। वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेकोमा वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका थिए। त्यस्तै, यसवर्षको ‘प्लेयर अफ द इयर’ (महिलातर्फ)को अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : ‘पिपुल्स च्वाइस अवार्ड’ अरूणा शाहीलाई

    एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : ‘पिपुल्स च्वाइस अवार्ड’ अरूणा शाहीलाई

    काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’को उपाधि भलिबल टिमकी कप्तान अरूणा शाहीले जितेकी छन्। आज सेमीभर्चुअल माध्यमबाट सम्पन्न अवार्ड कार्यक्रममार्फत उनले अवार्ड जितेको घोषणा गरिएको हो। पिपुल्स च्वाइस अवार्डमा यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदीना श्रेष्ठ र करातेका मण्डेकाजी श्रेष्ठ रहेका थिए। मनोनयनमा परेका खेलाडीमा ई-सेवामार्फत…

    विस्तृतमा पढ्नुस्

  • औचित्यहीन बन्यो राष्ट्रियसभाको सातौँ अधिवेशन: खर्चमात्रै बढायो, के भन्छन् सांसद?

    औचित्यहीन बन्यो राष्ट्रियसभाको सातौँ अधिवेशन: खर्चमात्रै बढायो, के भन्छन् सांसद?

    काठमाडौँ: राष्ट्रियसभाको साताौँ अधिवेशन उपलब्धिमूलक हुन सकेन। पुस १७ गते सुरु भएर २६ गते अन्त्य भएको राष्ट्रियसभाको सातौँ अधिवेशनमा जम्मा ४ वटा बैठक बसे। यो अधिवेशनले बैठक सञ्चालन खर्च मात्रै बढायो। एउटा बैठक सञ्चालनका लागि राष्ट्रियसभा सदस्यको बैठक भत्ता, मर्यादापालकहरुको व्यवस्थापन, सुरक्षा व्यवस्था, स्वास्थ्य सर्तकतालगायत विभिन्न शीर्षकमा गरी झण्डै ८ लाख रुपैयाँ खर्च हुने संघीय संसद् सचिवालयले जनाएको छ। ४…

    विस्तृतमा पढ्नुस्

  • बारामा सेनाको नि:शुल्क स्वास्थ्य शिविर, औषधि पनि वितरण

    बारामा सेनाको नि:शुल्क स्वास्थ्य शिविर, औषधि पनि वितरण

    काठमाडौं: नेपाली सेनाले बारामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। श्री नम्बर २८ बाहिनी अड्डा र फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधि उत्पादक संघ, प्रदेश २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखराको सहयोग र चन्दननाथ गणको संयोजकत्वमा सोमवार करैयामाई गाउपालिका ७ स्थित जनता माविको प्राङ्गणमा एकदिने स्वास्थ्य शिविरको आयोजना गरिएको हो। नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले नि:शुल्क जनरल ओपिडी…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री गुरुङको प्रश्न: ‘सरकारका कामको प्रतिपक्षी दलले पनि प्रशंसा गरेको छ, संचार जगत किन पूर्वाग्रही?’

    मन्त्री गुरुङको प्रश्न: ‘सरकारका कामको प्रतिपक्षी दलले पनि प्रशंसा गरेको छ, संचार जगत किन पूर्वाग्रही?’

    काठमाडौं: संचार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन्। मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्री गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गरे। मन्त्री गुरुङले समाचारको माध्यमबाट माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि…

    विस्तृतमा पढ्नुस्

  • बाह्रबिसेको खेल मैदानमा देउवाले दोहोर्‍याए : संसद पुनर्स्थापना या चुनाव दुवै स्वीकार्छौं

    बाह्रबिसेको खेल मैदानमा देउवाले दोहोर्‍याए : संसद पुनर्स्थापना या चुनाव दुवै स्वीकार्छौं

    सिन्धुपाल्चोक : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमबारे पुरानै भनाई दोहोर्‍याएका छन्। नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा आयोजना गरेको फाइनल खेललाई सम्बोधन गर्दै देउवाले भने,  'प्रम ओलीले संसद भंग गरी चुनावी मिति तोक्या छन्। यो असंवैधानिक कदम हो भनेर केन्द्रीय समितिले निर्णय गरिसक्यो। तर, अदालतमा विचाराधीन…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटर कुन्दन सिंहको निधनमा होबर्ट हुरिकेन्सको समवेदना, स्कोर्चर्ससँग ९ विकेटले पराजित

    नेपाली क्रिकेटर कुन्दन सिंहको निधनमा होबर्ट हुरिकेन्सको समवेदना, स्कोर्चर्ससँग ९ विकेटले पराजित

    काठमाडौं : अस्ट्रेलियामा जारी बिग ब्यास लिगको टिम होबर्ट हुरिकेन्सले नेपाली क्रिकेटर कुन्दन सिंहको निधनमा समवेदना प्रकट गरेको छ। आज पर्थ स्कोर्चर्ससँगको खेल अगाडि मौनधारण गर्दै हुरिकेन्सले सिंहको निधनमा समवेदना प्रकट गरेको हो। हुरिकेन्सले ट्विटरमा लेखेको छ, ‘हाम्रा विचारहरू यस समय कुन्दनको परिवार र प्रियजनहरूसँग छन्।’   A moment of reflection pre-match, mourning the loss of Nepalese national cricketer, Kundan Singh,…

    विस्तृतमा पढ्नुस्

  • थप ४३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    थप ४३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप ४ सय ३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा दुई लाख ६५ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ३ सय जनाको नमुना परीक्षणका क्रममा एक १ सय ७७ महिला र २ सय ५३ जना पुरुष गरी ४ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

    विस्तृतमा पढ्नुस्

  • भीम रावलको गृह जिल्लामा ओली समूहका नेताको गाडी तोडफोड, दुई पक्षबीच झडप

    भीम रावलको गृह जिल्लामा ओली समूहका नेताको गाडी तोडफोड, दुई पक्षबीच झडप

    काठमाडौं: अछाममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ। थापा सुदूरपश्चिम इन्चार्ज भीम रावलको गृहजिल्ला अछाममा आमसभालाई सम्बोधन गर्न पुगेका थिए। प्रधानमन्त्रीको संसद विघटन कदमपछि दुई समूहमा विभाजित नेकपामा थापा ओली समूहमा छन् भने रावल दाहाल-नेपाल समूहमा छन्। समूहमा विभाजनपछि ओली समूह रावलमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला थापा मंगलवार अछाम पुगेका हुन्। थापा अछाम प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड- माधव नेपाल पनि चुनावको तयारीमा रहेको मन्त्री साहको दाबी, आन्दोलन 'हात्तीको देखाउने दाँत' भएको आरोप

     प्रचण्ड- माधव नेपाल पनि चुनावको तयारीमा रहेको मन्त्री साहको दाबी, आन्दोलन 'हात्तीको देखाउने दाँत' भएको आरोप

    काठमाडौं : शहरी विकास मन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा लागेका बताएका छन्। नेकपा सर्लाही जिल्ला कमिटीद्वारा सदरमुकाम मलङ्वामा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले नेपाली कांग्रेस र जसपासंगै माधव-प्रचण्ड समूह पनि आन्तरिक चुनावी तयारी गरिरहेको दाबी गरे। संसद पुनर्स्थापनाको माग राखेर गरिरहेको आन्दोलन…

    विस्तृतमा पढ्नुस्

  • सबैसँग सहकार्य गर्दै चुनौती पन्छाउँछु : खेलकुद मन्त्री तामाङ

    सबैसँग सहकार्य गर्दै चुनौती पन्छाउँछु : खेलकुद मन्त्री तामाङ

    काठमाडौं : नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावाङ तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छाउने बताएका छन्। आफ्नो स्वागतमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तामाङले भने, ‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालासँग सहकार्य गर्दै पन्छाउने छु। समस्याका बारेमा चाँडै नै छलफल गर्छु।’ राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलकुद र खेलाडीको हकहितका लागि अझ धेरै…

    विस्तृतमा पढ्नुस्

  • ‘जासुस अभिषको भाइरससँगको जित’ सार्वजनिक

    ‘जासुस अभिषको भाइरससँगको जित’ सार्वजनिक

    काठमाडौं : बालबालिकालाई भाइरस चिनाउने पुस्तक ‘जासुस अभिषको भाइरससँगको जित’ सार्वजनिक भएको छ। कथालयले प्रकाशन गरेको पुस्तक छल्मन बाइराले लेखेका हुन्। र, बालर्थतोया मुखजार्गलको चित्राङ्कन रहेको छ। कथाको मुख्य पात्र अभिष हो। अभिष खेलमा व्यस्त रहेको बेला उनको बुवालाई साइरन भएको गाडीमा लगिन्छ। त्यसपछि अचानक बाटोहरु सुनसान हुन्छन्, विद्यालय बन्द हुन्छन्, खेल्न र कसैलाई भेट्नसमेत रोक लगाइन्छ। अभिषले पहिला कहिल्यै…

    विस्तृतमा पढ्नुस्

  • ‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण हुँदै

    ‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण हुँदै

    काठमाडौं : सौदर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण हुने भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा हुने प्रतियोगिताको लागि मंगलवारदेखि आवेदन खुल्ला गरिएको छ।  प्रतियोगितामा १६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने छन्। उचाईको हकमा पुरुष सहभागी ५ फिट ६ इन्च तथा महिला कम्तीमा ५ फिट २ इन्च हुनुपर्ने प्रावधान रहेको छ। पहिलो चरणको अडिसन अगामी माघ…

    विस्तृतमा पढ्नुस्

  • ओलीसँग लागेका पूर्वमाओवादी नेतालाई प्रचण्डको प्रश्न: के माओवादी जनयुद्ध कुहिएको फर्सी हो?

    ओलीसँग लागेका पूर्वमाओवादी नेतालाई प्रचण्डको प्रश्न: के माओवादी जनयुद्ध कुहिएको फर्सी हो?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले देखिएको पार्टी विभाजनको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीचको लडाइँ भएको बताएका छन्। पोखरामा कास्की जिल्लास्तरीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेकपाको अर्को पक्ष (ओली समूह)ले लगाएको आरोपलाई खारेज गर्दै भने, 'यो लडाइँ जनताको पक्षमा जाने कि नजाने भन्ने लडाइँ हो, यो लडाइँ भनेको क्रान्ति र प्रतिक्रान्तिको बीचको लडाइँ हो। अहिले हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • 'ब्लडी सन्डे' बारे लेखिएको ट्‍वीटका लागि नेट्फ्लिक्सले माग्यो माफी

    'ब्लडी सन्डे' बारे लेखिएको ट्‍वीटका लागि नेट्फ्लिक्सले माग्यो माफी

    नेटफ्लिक्सले एक प्रचारात्मक ट्वीटका लागि माफी मागेको छ। 'चिलिङ एड्भेन्चर अफ सब्रिना'को प्रचारका लागि लेखेको पोस्ट हटाइएको हो। उक्त ट्वीटमा प्रयोग गरिएको 'ब्लडी सन्डे'माथि आपत्ती जनाइएको थियो। ट्वीटमा स्टार कायरनान सिप्कासहित उक्त हरर फिक्सन ड्रामाका कलाकारहरूमाथि नक्कली रगत लत्पतिएको तस्विर थियो। ट्वीटर प्रयोगकर्ताले त्यस पोस्टलाई आपत्तिजनक भएको बताए। पोस्टले सन्‍ १९७२ जनवरी ३०, आइतवार उत्तरी आयरल्यान्डमा भएको हत्याकाण्ड जनाएको भन्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell