काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले स्थापनाको २५ औं वर्ष मनाउने क्रममा भोलि आयोजना गर्न लागेको १७ औं पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको तयारी पूरा गरेको छ। कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागेको एनएसजेएफले जनाएको छ। अवार्ड कार्यक्रम सेमी भर्चुअल हुनेछ। अवार्डको विभिन्न चार वटा राष्ट्रिय टेलिभिजनहरु एनटीभी प्लस एचडी, जनता टेलिभिजन…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको घोषणा गरेका छन्। वैशाखमा निर्वाचन गराइ छाड्ने दाबीसहित कार्यकर्ता बटुल्न ओली आफै खटिइरहेका छन्। अर्कातिर आफ्ना मन्त्रीहरुलाई पनि गाउँगाउँमा खटाएका छन्। पार्टीमा विभाजन देखिँदै गर्दा केही पूर्व माओवादी समूहका नेताहरुले ओलीलाई साथ दिएका छन्। साथ दिने मध्ये टोपबहादुर रायमाझी पनि एक हुन्। ओलीलाई प्रतिनिधिसभा विघटनमा साथ दिएसँगै मन्त्री पड्काएका रायमाझी आफ्नो…
सोमवार बम्बई उच्च अदालतमा अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोली चंडेलविरुद्ध दर्ता उजुरीमाथि बहस भयो। तर, गाली गलौज र अन्य आरोपसहितको उजुरीमाथि अदालतले ठोस कारवाही गरेन। अब उक्त उजुरीमाथि जनवरी २५ मा सुनुवाइ हुनेछ। अदालतले तोकेको मितिसम्म दुई दिदी बहिनीलाई कारवाही वा कुनै प्रश्न नगर्न प्रहरीलाई निर्देशन दिएको छ। फस्टपोस्टका अनुसार रनौत र उनकी बहिनी जनवरी ८ मा वयान दिनका लागि…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ओली समूहका नेता लेखराज भट्टले प्रचण्ड-नेपाल समूहलाई एक्ल्याउने अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका भट्टले सोमवार कञ्चनपुरमा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘अब माइतीघरमा बस्ने, सडकमा जानेहरुलाई कसरी एक्ल्याउने भन्ने सोच्नुस्। हरेक व्यक्तिलाई तान्नुस्। यो रणनीतिमा जानुपर्छ।’ भट्टले हिजो को कता थियो भन्दा पनि मूल नेतृत्वलाई कसरी…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले निर्वाचन कार्यक्रम रोक्न निर्वाचन आयोगलाई गरेको आग्रह अस्वीकार गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, सांसद रामनारायण बिडारी, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लिलामणी पोखरेल निर्वाचन आयोगमा पुगेर आग्रह गरेका थिए। निर्वाचन आयोगमा उनीहरुले दुईवटा पत्र मार्फत निर्वाचनका कार्यक्रम रोक्न र पार्टीको कागजातको नक्कल माग गरेको निर्वाचन आयोगका सहसचिव लक्ष्मी प्रसाद…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर सरकारले तय गरेको निर्वाचनका कार्यक्रम रोक्न उनीहरुले आग्रह गरेका छन्। बहादुर…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्। २९९ औं पृथ्वी जयन्तीका अवसरमा श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शाहकै अगुवाईमा नेपाल राष्ट्रको एकीकरण भएको उल्लेख गरेका छन्। यद्यपि ओलीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस भनेर उच्चारण भने गरेका छैनन्।
काठमाडौं: पुराना वामपन्थी नेता राधाकृष्ण (आरके) मैनालीले पृथ्वीनारायण शाहको राष्ट्र एकीकरणको महत्व नबुझिएको बताएका छन्। ‘शाह राजकालमा पृथ्वीनारायण शाहको के महत्व थियो? त्यो भन्दा धेरै आज गणतन्त्रकालमा नेताहरुले बुझ्नुपर्थ्यो। संघीयता पृथ्वीनारायण शाहको एकीकरणको विरुद्धमा छ। धर्मनिरपेक्षताको नाममा हिन्दु धर्मको विरोध भइरहेको छ,’ २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मैनालीले भने। पृथ्वीनारायण शाह एक…
बेलायतमा आम जनताका लागि कोभिड-१९ विरुद्धको खोप केन्द्र खुल्ने भएको छ। यसै साता सात वटा खोप केन्द्रहरू खुल्ने त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाले जनाएको छ। केन्द्रहरू खुलेसँगै हजारौं बेलायतीले भाइरसविरुद्ध खोप लगाउनेछन्। बेलायत सरकारले मध्य फेब्रुअरीसम्ममा एक करोड ५० लाख मानिस खोपबाट लाभान्वित हुने अनुमान गरेको छ। पहिलो चरणमा ७० वर्षमाथिका मानिस, स्वास्थ्यकर्मी र अन्य अग्रपन्थीमा रहेर काम गर्नेहरूलाई खोप दिइनेछ।…
पछिल्लो समय वासिङटन डिसीमा जस्ता प्रवृत्तिका घटनाहरू देखिए ती धेरैका लागि अविश्वसनीय छन्। तर, दक्षिणपन्थी समूह र षड्यन्त्रकारीको अनलाइन गतिविधिमाथि निगरानी राख्ने मानिसहरूलाई घटनाको पूर्वानुमान थियो। अमेरिकी राष्ट्रपति पदको लागि जुन दिन मतदान भयो त्यस रात डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको एक मञ्चबाट आफ्नो जीत घोषणा गरेका थिए। त्यसअघि उनले आफ्नो मत अरुले चोर्ने प्रयास गरेको आरोपसहित ट्वीट समेत लेखेका थिए।…
काठमाडौं : पृथ्वी जयन्ती मनाउन निस्किएको समूह र प्रहरीबिच घम्साघम्सी भएको छ। काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा निस्किएको समूह सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेको समूहलाई प्रहरीले अघि बढ्न नदिएपछि घम्साघम्सी भएको हो। राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष पशुपतिशम्मशेर राणाले नेतृत्व गरेको समूहलाई प्रहरीले मुल सडकबाट नभएर फुटपाथबाट जान भनेपछि घम्साघम्सी भएको थियो।
काठमाडौं : पृथ्वी जयन्ती मनाउन आज विभिन्न समूहरु सक्रिय छन्। पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्म दिवशका अवसर पारेर उनीप्रति सम्मान प्रकट गर्नेहरु राजधानी तथा देशका विभिन्न स्थानमा सक्रिय छन्।विभिन्न समूहहरुले आज र्याली सहित पृथ्वी जयन्ती मनाएका छन्। हेर्नुस् दृष्यहरु :
सत्तारुढ वर्कस् पार्टीको महाधिवेशन चल्दै गर्दा उत्तर कोरियाली सेनाले प्योङयाङमा सैन्य परेड प्रदर्शन गरेको छ। दक्षिण कोरियाको सेनाले सोमवार प्योङयाङमा सैन्य परेड भएको जनाएको दक्षिण कोरियाली न्यूज एजेन्सी योन्हापले जनाएको छ। गत मंगलवार देखि उत्तर कोरियाको वर्कर्स पार्टीको ८ औं महाधिवेशन प्योङयाङमा चलिरहेको छ। 'हाम्रो सेनाले प्योङयाङको किम इल सङ स्वायरमा हिजो राती सैन्य परेड प्रदर्शन भएको संकेत फेला परेको…
काठमाडौंः बुढानिलकण्ठमा चक्कु प्रहार गरि एक युवकको हत्या गर्ने एक जना पक्राउ गरेका छन्। महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले मकवानपुर थाहा नगरपालिका वडा नम्वर ६ घर भएका २१ वर्षीय राज सिंह ठकुरीलाई नियन्त्रणमा लिएको हो। आज बिहान चितवनको पिप्ले भन्ने स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए। पुस २३ गते बेलुकाको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर…
काठमाडौं: नेपाली सेनाले आफ्नो मुख्यालय जंगी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरेको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसरमा सोमवार प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका छन्। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनापति थापाले जङ्गी अड्डास्थित पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पणसमेत गरेका छन्।
काठमाडौं : विवेकशील पार्टीले आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको विरुद्ध प्रदर्शन गरेको छ। उनीहरुले प्ले कार्डमा ओलीको कदमको भत्सर्ना गर्दै सिर्जनात्मक प्रदर्शन गरेका हुन्। हेर्नुस् विरोधका दृष्यहरु:
अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले अबको ९ दिनमा सपथ लिँदैछन्। ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पका लागि अब ९ दिनमात्र बाँकी छ। उनका पछिल्ला ९ दिन राजनीतिक रुपमा कष्टकर हुनेछ। गत बिहीवार युएस क्यापिटोल (अमेरिकी संसद भवन) मा ट्रम्प समर्थकहरुले आक्रमण गरेपछि उनीमाथि महाअभियोग लगाएर हटाउनेदेखि २५ औं संशोधन प्रयोग गर्दै उपराष्ट्रपतिले हटाउनेसम्मका कदमबारे चर्चा चलिरहेको छ। अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति डोनाल्ड…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन भएको छ। शाहीको दैलेखको चौतारामा आइतवार राति निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। शाहीले नेपाली नेपाली राष्ट्रिय टोलीबाट सन् १९९७ देखि १९८८ सम्म खेलेका थिए। उनले त्यसपछि नेपाली फुटबलमा ब्यवस्थापक र प्रशासकका रुपमा पनि भूमिका निभाए। उनी एन्फाका पूर्व महासचिवसमेत हुन्।
अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग सहित हटाउनका संसद तयार रहेको बताएकी छिन्। उनले उपरराष्ट्रपछि माइक पेन्सले राष्ट्रपतिलाई नहटाए संसदबाट राष्ट्रपतिलाई हटाउने विषयमा प्रक्रिया सुरु गर्ने बताएको सीएनएनले जनाएको छ। पेलोसीले उपराष्ट्रपति पेन्स र ट्रम्पको क्याविनेटले २५ औं संशोधनको प्रयोग नगरे सोमवार बिहान संसदले यस सम्बन्धि प्रस्ताव सर्वसम्मत पारित गर्ने प्रयास गर्ने बताएकी हुन्। उनले सर्वसम्मत नभए…
काठमाडौंः भक्तपुर सूर्यबिनायक नगरपालिका ६ पाण्डु बजारमा आगलागी भएको छ। भोजबहादुर घिसिङले संचालन गरेको मासु पसलमा अचानक आगोलागी हुँदा नजिकै रहेका अन्य पसलहरुमा समेत सल्किएको हो। महानगरीय प्रहरी वृत्त जगातीबाट गएको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त भक्तपुरका डीएसपी दीपक थापाले जानकारी दिए। प्रहरीको प्रारम्भीक अनुसन्धानमा बिजुलीको तार सर्ट भई आगोलागी हुँदा १२ लाख ६०…