एफए कप अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्स्परले मारिनमाथि फराकिलो जित निकालेको छ। रोसेट पार्कमा भएको खेलमा टोटेनहमले घरेलु टोली मारिनमाथि ५-० को फराकिलो जित निकालेको हो। टोटेनहमको जितमा कार्लोस भिनिसियसले ह्याट्रिक गरे। उनले खेलको २४, ३० र ३७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै लुकास मौराले ३२ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा टोटेनहम चार गोलले अघि रहेको थियो।…
इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले ससुओलोमाथि जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले ३-१ गोल अन्तरले जित निकालेको हो। पहिलो हाफको अतिरिक्त समयमा ससुओलोका पेड्रो ओबिएङले युभेन्टसका फेडेरिको किएजालाई पहिलो हाफको अतिरिक्त समयमा खराब ट्याकल गरेपछि रेड कार्ड खाँदै बाहिरिएका थिए। पहिलो हाफमा घरेलु टोली १० खेलाडीमा सीमित ससुओलोसँग गोल गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो…
एफए कप अन्तर्गत गएराति भएको खेलमा चेल्सीले मोरेकाम्बेलाई हराउँदै चौथो चरणमा प्रवेश गरेको छ। स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले ४-० को सानदार जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्ट, टिमो वेर्नर, कलुम हुडसन ओडोइ र काइ हाभेर्ट्जले गोल गरे। खेलको १८ औं मिनेटमा माउन्टले खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ४४ औं वेर्नरले गोल गर्दा पहिलो हामा चेल्सी दुई गोलले अघि…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले निर्वाचनको सुरक्षामा लाग्न प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न उनले दिएका हुन्। गृहमन्त्री थापाले भने, ‘तपाईँहरूको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलन नियन्त्रण गर्ने दायित्व आइलागेको छ। लोकतन्त्रमा विरोध, प्रदर्शन गर्न पाइन्छ…
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गांठो बलियो पार्न आह्वान गरेका छन्। २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय एकतालाई बलियो बनाउन पृथ्वी जयन्तीको सार्थकता रहेको उल्लेख गरेका छन्। नेपाल राष्ट्र निर्माणमा आफ्नो जीवन समर्पण गरेका पृथ्वीनारायण शाहलाई सम्झिदा सबै नेपाली गौरवान्वित हुने गरेको बताउँदै शाहले अहिले देश जटिल…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज सरकारविरुद्ध बयलगाढा प्रदर्शन गरेको छ। अखिलले बिहान पाटन र दिउँसो माइतीघरमा बयलगाढा प्रदर्शन गरेको हो। त्यस्तै, साँझ भक्तपुरमा बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासहितको बयलगाडाको प्रतीक बनाएर करिब ४ बजे तिर थापाथली क्याम्पसदेखि माइतीघरसम्म ल्याइएको…
काठमाडौं : राष्ट्रियसभा सदस्यहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न सुझाव दिएका छन्। राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै प्रश्न उठाउँदै राष्ट्रियसभा सदस्यहरुले यस्तो सुझाव दिएका हुन्। 'मृत्यु पर्यन्त आँखा दान गरेको यो त मर्ने चिज रहेछ भनेर त्यसलाई मारेरै आँखा निकालियो। संसद विघटन पनि त्यस्तै हो,' सदस्य प्रकाश पन्तले भने। संविधान मिचेर चुनाव…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार धनगढी पुगे। प्रतिनिधिसभा विघटन गरेर पार्टीभित्र आफ्नो समूहलाई बलियो बनाउने अभियानमा रहेका ओली प्रधानमन्त्री भएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेशको राजधानी ओर्लिएका थिए। त्यहाँ उनले बृहत आमसभालाई सम्बोधन गरे। सुदूरपश्चिमको विकासका स-साना कुरादेखि लिएर राजनीतिक घोचपेच समेत गर्न भ्याए। तर बलात्कारपछि हत्या भएको कञ्चनपुरकी १३ वषीय बालिका निर्मला पन्तको बारेमा एक शब्द उच्चारण गरेनन्। सुदूरपश्चिम विकास र समस्याबारे…
काठमाडौं : नेपालमा थप २५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६४ हजार ७८९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ९१७ पुगेको छ। हालसम्म नेपालमा दुई लाख ५८ हजार ४४१ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप…
काठमाडौंः प्रहरीले एक किशोरलाई साइबर क्राइम गरेको अभियोगमा नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले रुपन्देही तिलोत्तमा नगरपालिका १ बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो। ती किशोरले फेसबुक तथा ट्वीटरमा 'नरपिचास' नामक एकाउन्ट खोलेर भाय नेट कम्युनिकेसन प्रालिको ग्राहकको तथ्याङ्कमा अनाधिकृत रुपमा प्रयोग गरेर गलत सूचना दिएको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको थियो। विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन अन्तर्गत…
कोरोना भाइरस महामारीका कारण अभावको चपेटामा परेकाहरूलाई सहयोग पुर्याए अभिनेता सोनू सूदले। उनले लकडाउन प्रभावितहरूलाई खाना खुवाउनेदेखि गाडी तथा प्लेनमार्फत् घर पठाउने, राहत र सुरक्षा उपकरण उपलब्ध गराउने काम गरे। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा 'सुपर हिरो'को रुपमा व्याख्या गरियो सूदलाई। यस पटक भने उनीविरुद्ध उजुरी दर्ता भएपछि सोनूको नाम समाचारको शीर्षक बनेको छ। बृहनमुम्बई महानगर (बीएमसी)ले उनीविरुद्ध निवेदन दिएको हो। उनले…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाको (प्रचण्ड-नेपाल) समूहका सदस्यहरुले आइतवारको राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन्। प्रधानमन्त्री बैठकमा सहभागी हुने भएपछि प्रचण्ड-नेपाल समूहका सदस्यले बैठक बहिष्कार गरेका हुन्। पार्टीमा सल्लाह गरेरै बैठक बहिस्कार गरेको राष्ट्रिय सभाका सदस्य वेदुराम भुषालले जानकारी दिए। 'म मात्रै होइन दलका अरु सदस्यले पनि भाग लिनु भएन। हामी सल्लाहमै बैठकमा नगएका हौं,' उनले भने। प्रधानमन्त्री केपी ओलीले संसद विघटन…
भारतमा जनवरी १६ देखि कोभिड-१९ विरुद्ध खोप अभियान शुरु हुने भएको छ। अभियानको पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई एवं अन्य फ्रन्टलाइनर्सलाई प्राथमिकता दिइने बीबीसी हिन्दीमा जनाइएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० वर्ष माथिकाहरूलाई स्वेच्छिक र ५० वर्षभन्दा मुनिका अन्य दीर्घरोगीलाई खोप दिइने जनाइएको छ। दोस्रो चरणमा करिव २७ करोड मानिस लाभान्वित हुने छन्। खोप कार्यक्रमका लागि राज्य…
काठमाडौं : संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने गरी पत्र पठाएकी थिइन्। पत्रलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पढेर सुनाएसँगै बैठक अन्त्य भएको घोषणा गरी बाहिरिए। आजै आइतवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाइ अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए। सोही अनुरुप आजै राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। राष्ट्रपतिले अधिवेशन…
भक्तपुर : ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुन: प्रहरी कर्मचारीहरुलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको…
जकार्ता विमानस्थलबाट उडेको केही बेरमै बेपत्ता भएको विमानको अंश समुद्रमा भेटिएको आशंका गरिएको छ। इन्डोनेशियाका अधिकारीहरूले उक्त बीबीसीलाई दिएको जानकारी अनुसार अनुसन्धानका क्रममा भेटिएको वस्तुको विश्लेषण भइरहेको छ। भेटिएको वस्तुहरूमध्य एक पाङ्ग्रा पनि छ जुन सोही विमानको हुनसक्छ। श्रीविजय एयरको बोइङ ७३७ विमान ६२ जना यात्रु बोकी पोन्टियनाकतर्फ उडेको थियो। उडेको चार मिनेटपछि सम्पर्कविहीन भएको हो। उक्त विमान खोजीका लागि…
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली यसैसाता भारतको भ्रमणमा जाने भएका छन्। दुई देशका परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकमा सहभागि हुनका लागि मन्त्री ज्ञवाली भारत जान लागेका हुन्। मन्त्री ज्ञवाली जनवरी १४ (पुस ३० गते) बिहीवार भारत जाने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै ओलीले छिमेकी देशसँगको सम्बन्ध सुधार भएको भन्दै उनले मन्त्री ज्ञवाली भारत…
काठमाडौं: खेललाई मूल मन्त्र मान्दै जीवन व्यतित गरेका खेलाडीले सरकारले दायरा बनाउँदै वितरण गरेको सेवा सुविधा चालु आर्थिक वर्ष सुरु भएदेखि नै पाएका छैनन्। सोही कारण पदक दिलाएका खेलाडी निराश छन भने नयाँ पिढीका खेलाडीलाई हौसला पाउनुको सट्टा निराशापन छाएको छ। कीर्तिमानी धावन बैकुण्ठ मानन्धरको भनाई सुन्दा लाग्छ नेपाली खेलकुद अझै बामे सर्दैछ। खेलकुदमा जीवन बिताएका मानन्धर पुरानो शैलीमा अब खेलकुद…
काठमाडौं : मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयले प्रतिनिधिसभा विघटनको सिफारिस भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। 'केही साथीहरुले यस्तो गर्न हुन्छ र भनेर सोध्नुभएको थियो। मैले कन्भिन्स गरेपछि मान्नु भयो। निर्णय भएर सिफारिस भएपछि केही साथीलाई कसैले ताने होलान्,' उनले भने, 'सर्वसम्मत निर्णय भएर सिफारिस गरेको हो।' मन्त्रिपरिषद्को प्रतिनिधिसभाको विघटनको निर्णय गरेसँगै…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले आइतवार सचिवालयको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बोलाएको एक नेताले जानकारी दिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्केलगत्तै बैठक बोलाइएको हो। प्रचण्ड-नेपाल समूहको नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा छ। किन बस्दैछ बैठक? सरकारविरुद्ध थालिएका आन्दोलन के कसरी अगाडि बढिरहेका छन् भन्नेबारेमा सचिवालय बैठकमा छलफल…