काठमाडौं : मङ्गलवार दिउँसो करिब ४ बजेतिर हिमेश भाइ उमेश केसी र बुहारी सुदीक्षा गिरीसँग छुट्टिए। एक घण्टा बढी सँगै बसेर गफगाफ गरेपछि फेरि भेट्ने बाचा गर्दै उनीहरु आ आफ्नो बाटो लागेका थिए। छुट्टिएपछि उमेर र उनकी पत्नी सुदीक्षा हिँडे। हिमेश पनि ललितपुरतिर। उमेश हिमेशका कान्छा भाइ। हिमेश चाहिँ परिवारको माइलो। हिमेश ललितपुरमा बस्दै आएका छन्। बुबा आमा भने जेठो दाइसँग बानेश्वरमा…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार सुदूरपश्चिम प्रदेश पुगे। आफ्नो समूहको प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न पुगेका ओलीलाई धनगढी विमानस्थलमा स्वागत गर्न उद्योग मन्त्री लेखराज भट्ट, मन्त्रीहरु, प्रदेश प्रमुख लगायत पुगे। तर मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन्। पूर्वमाओवादी पृष्ठभूमिका मुख्यमन्त्री भट्ट स्वागतमा नगएपछि उनमा 'राजनीति संस्कार नभएको' भन्दै आलोचना भइरहेको छ। आमसभामै नवनियुक्त वनमन्त्री प्रेम आलेले कस्तो संस्कार नभएको मान्छेलाई…
काठमाडौं : काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ। गत मंसिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमती पत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको हो। उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाएको…
काठमाडौं : काठमाडौंको टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। शुक्रवार पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्। उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए। उमेश केही समयअघि मात्र अमेरिकाबाट फर्किएका थिए। श्रीमान् श्रीमती बिच विवाद हुँदा घटना…
एफए कप अन्तर्गत गएराति भएको तेस्रो चरणको खेलमा लिभरपुलले सहज जित निकालेको छ। भिल्ला पार्कमा भएको खेलमा लिभरपुलले कोरोनाका कारण युवा खेलाडीहरु उतारेको घरेलु टोलीमाथि ४-१ गोलअन्तरले जित निकालेको हो। घरेलु टोलीले यू २३ का सात जना र यू १८ का ४ जना खेलाडी उतारेको थियो। खेलमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। उता एस्टोन भिल्लाका १७ वर्षे खेलाडी…
काठमाडौँः चार पूर्व प्रधानन्यायाधीशले वर्तमान संविधानले सरकार गठनको विकल्प नरहेको अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुनसक्ने बताएका छन्। मन्त्रिपरिषद् गठनको सिलसिला वा प्रयोजनबाहेक प्रतिनिधिसभा विघटन हुन नसक्ने उनीहरुको निष्कर्ष छ। पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति जारी गर्दै हाल केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक समेत भनेका छन्। अदालतमा मुद्दा विचाराधीन रहिरहेको अवस्थामा पूर्वप्रधानन्यायाधीशहरुले नै विघटनलाई असंवैधानिक भनेका…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ दुई गतेबाट सुरु हुने भएको छ। आज नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति निकाल्दै माघ दुई गतेबाट काठमाडौंमा प्रतियोगिता सुरु हुने जनाएको हो। प्रतियोगितामा सात वटा प्रदेश र तीनवटा विभागीय टोली गरी दश टोलीले सहभागिता जनाउने छन्। टिमहरुलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूहमा राखिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी…
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई विदा गर्ने बताएका छन्। शुक्रवार भक्तपुरमा आयोजित तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्दै अब केही दिनमा संसद पुनर्स्थापना हुने र त्यहीँ संसदबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई घर पठाउने दावी गरे। उनले ओलीलाई बालकोटमा स्वागत गर्नका लागि बाटो ठिकठाक पार्न भक्तपुरका सांसद महेश बस्नेत र मेयरलाई आग्रह गरे।…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको बताएका छन्। राजधानीमा आयोजित अछाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै रावलले संविधानमा बजारेको अपबित्र बुटले टेकेर ओलीले सुदूरपश्चिमलाई अपवित्र बनाएको टिप्पणी गरे। ‘रअका प्रमुख सामन्तसँग अधेरी रातमा भेट्ने ओली भगौडा नम्बर एक हो। घोषणा पत्र र पार्टीबाट भाग्ने भगौडा कोही हो भने…
कैलाली : कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभाबाट ६ जना युवाहरू पक्राउ परेका छन्। धनगढीको खुला मञ्चमा आयोजना भएको ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएका युवाहरु पक्राउ परेको प्रहरीले जनाएको छ। निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएर बिरोध जनाएका ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो।
२५ वर्षअघि मुम्बईमा आयोजित कार्यक्रम माइकल ज्याक्सनले भारतमा दिएको एक मात्र प्रत्यक्ष प्रस्तुति बन्यो। नोभेम्बर १ मा भएको त्यस कार्यक्रममा झण्डै ३५ सय दर्शक उपस्थित थिए। ज्याक्सनले १७ वटा गीत गाएका थिए। उनले १९९६ को सेप्टेम्बर देखि १९९७ को अक्टोबरसम्म 'वर्ल्ड टूर' गरेका थिए। विभिन्न देशमा गरेको ८३ वटा कार्यक्रम अन्तर्गत थियो मुम्बईको त्यो कन्सर्ट। त्यस समय महाराष्ट्रमा राजनीतिक दल…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमवासीलाई आफ्नो विकास योजना सुनाएका छन्। नेकपाभित्रको आफ्नो समूहले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न सुदूरपश्चिमको प्रदेश राजधानी धनगढी पुगेका प्रधानमन्त्री ओलीले फस्फोरस खानीदेखि चीनसम्मका नाका खोल्ने योजना सुनाए। ओलीले गौरिफन्टा नाका खोल्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतमा भ्रमणमा एजेण्डा बन्ने बताए। सेती लोकमार्ग अघि बढिरहेको र महाकाली करिडोरको काम अघि बढ्दै भने। दार्चुलाको छाङरुसम्मको बाटो…
काठमाडौं : नेपालमा थप ५५४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार २६९ जनाको नमुना परीक्षणका क्रममा १८८ महिला र २६६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यो सँगै नेपालमा कोभिड-१९ को संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६४ हजार १५९ पुगेको छ। त्यस्तै कोभिड-१९ को संक्रमणको कारण नेपालमा थप…
सुर्खेतः टिपरको ठक्करबाट भेरीगंगा नगरपालिका छिन्चु सुर्खेतमा एक युवतीको मृत्यु भएको छ। कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका ११ की २३ वर्षीया तारा कुमारी आलेको मृत्यु भएको हो। दुर्घटनाबाट घाइते आलेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।…
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन्। महिला १८–३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७.५० अंक जोडिन्। सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपर स्टार तेक्वान्दो डोजाङकी माया मल्ल ६.६६ अंकसाथ पहिलो भइन्। सोही स्पर्धाको पुरुषमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलको कडा आलोचना गरेका छन्। संसद विघटनपछि धनगढीमा ओली समूहको प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै ओलीले रावललाई नक्कली राष्ट्रवादीदेखि जंगल सिध्याउने योजनाकारसम्म आरोप लगाए। कार्यक्रममा उनले भीम रावलको नाम भने उच्चारण गरेनन्। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा र संविधान संशोधनपछि केहीलाई छटपटि भयो। अहिले परिस्थिति निर्माण गरियो।…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग सामेल गरेर नक्सा छापिएपछि अहिले देखिएको कोहोलो देखिएको आरोप लगाएका छन्। सदुरपश्चिमको धनगढीमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू निकटका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। 'नेपाली भूमि लिपुलेक, लिम्पियाधुरालाई नक्सामा समेट्दा केहीमा पनि पूर्ण सहमत नहुनेलाई एकमत बनाएर संविधान संशोधन गरेर नक्सा प्रकाशित गर्यौँ,' उनले भने, 'अहिले कोकोहोले चलेको…
काठमाडौं : मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ राष्ट्रिय बाणिज्य बैंकका लागि ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छिन्। नियुक्ती राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर बिच सम्झौता भएको हो। सम्झौतामा कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको प्रवर्द्धनका निम्ति मिस नेपाल वर्ल्डलाई नियुक्ती गरिएको बताए। दी हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो…
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री भइसकेपछि पहिलोपटक सुदूपश्चिम पुगेका ओलीले प्रदेश राजधानीमा धनगढीमा आफ्नो समूहको प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न विहान ११ बजे धनगढी पुगिसकेका छन्। प्रधानमन्त्री भएपछि पहिलोपटक धनगढी आएका ओलीलाई हेर्न र उनको भाषण सुन्न जिल्ला जिल्लाबाट नेता कार्यकर्ता धनगढी आउने क्राम जारी छ । प्रदेश कमिटीले भेलामा ५०…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले संसद विघटनको कदमलाई अनुमोदन गर्न संविधान संशोधनको षडयन्त्र भइरहेको आशंका गरेको छ। समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको कदमलाई न्यायलयबाट सदर गर्नका लागि संविधान संशोधनको षडयन्त्र भइरहेको उल्लेख गरेका छन्। राष्ट्रियसभा बैठकमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री चालेको असंवैधानिक विघटनको कदमलाई सदर गरे सैह्य नहुने चेतावनी दिए। सर्वोच्च अदालतले संविधानअनुसार निर्णय गर्ने भन्दै राष्ट्रिय सभा…