इएफएल कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीले जित निकालेको छ। गएरातिको सेमिफाइनल खेलमा युनाइटेडलाई २-० गोलअन्तरले हराउँदै सिटी फाइनल प्रवेश गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले खेलको ५० औं मिनेटमा अग्रता बनाएको थियो। सिटीलाई अग्रता जोन स्टोनेसले दिलाएका थिए भने फेरनान्डिन्होले ८३ औं मिनेटमा सिटीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। जितसँगै…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओमाथि जित निकालेको छ। सान ममेस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-२ गोल अन्तरले जित निकालेको हो। रोमाञ्चक खेलको तेस्रो मिनेटमै इनकी विलियम्सको गोलमा बिल्बाओले अग्रता बनाएको थियो। तर १४ औं मिनेटमा बार्सिलोनाका लागि पेड्रो गोञ्जालेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ३८ औं मिनेटमा गोञ्जालेजकै पासमा लियोनल मेस्सीले गोल…
काठमाडौं: दार्चुलाका शिक्षक कैलाशबहादुर चन्दको मंगलबार साँझ ५ बजे निधन भयो। हिमालय मावि हुतीका स्थायी शिक्षक रहेर रिटायर्ड भई कान्छी श्रीमतीसँग दार्चुलामा बस्दै आएका थिए चन्द। जेठी श्रीमती पारि भारतको पिथौरागढमा बस्छिन्। श्रीमानको निधनको खबर पाएसँगै जेठीले आफ्ना छोरालाई दाहसंस्कारमा सहभागी हुन दार्चुला पठाइन्। जेठी श्रीमतीका छोरा (नाम खुलेको छैन) बुवाको दाहसंस्कार तथा काजकिरियाका लागि खबर पाउनेवित्तिकै हिँडे। छोरा आउने भनेर दाहसंस्कारको…
काठमाडौंः बारा र बाजुरामा जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन गरिएका छन्। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट कार्यालयको उद्घाटन गरेका हुन्। बुधबार दुबै भवनको उद्घाटन गरिएको हो। भवनमा अभिलेख कक्ष, मिटिङ हल, थुनुवा कक्ष र पाले पहरा कक्ष समेत छन्। यस्तै दुबै भवनमा हेल्प डेस्क‚ बयान कक्ष, मुद्दा फाँट तथा साक्षी भेटघाट कक्षसमेतको व्यवस्थापन गरिएको छ। कार्यालय प्रमुखको आवास पनि भवनमै…
काठमाडौं : हुम्लाको चंखेली-दार्मास्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र चंखेली-दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच आज एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल–भारतमैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको परियोजनामार्फत भवन निर्माण गर्न लागिएको हो। सो परियोजनाका लागि भारत सरकारले ४.४१३ करोड रुपैयाँ…
इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पक्राउ परेका पाँच जना कमेडियनलाई जमानत दिन अदालतले अस्वीकार गरेको छ। उनीहरू एक साता अघि पक्राउ परेका थिए। उनीहरूविरुद्ध हिन्दुवादी नेता भारतीय जनता पार्टीका सांसद एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ परेका हुन्। दुवै पक्षको वहस पछि मध्य प्रदेश, इन्दौर जिल्ला अदालतका न्यायाधिश यतिन्द्रकुमार गुरुले जमानत याचिका अस्वीकार गरेका हुन्। गत जनवरी २…
उत्तर प्रदेशको उघैतीमा ५० वर्षीय महिलाको सामूहिक बलात्कार पछि हत्या भएको छ। गत आइतवार साँझ मन्दिर गएकी ती महिलाविरुद्ध मन्दिरका पूजारी र उनका साथीहरूले यौन दुर्व्यवहार गरेको आरोप छ। बीबीसीका अनुसार प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ। मुख्य अभियुक्त पूजारी सत्यनारायण भने फरार छन्। महिलाका पतिका अनुसार उनलाई आइतवार राती ११ बजे मन्दिरका पूजारीले गम्भीर अवस्थामा घर लिएर आएका थिए।…
बलिउड स्टार सलमान खानले आफ्नो फिल्म 'राधे' जी स्टुडियोजलाई बेचेका छन्। आउँदो एक्सन थ्रिलर २ सय ३० करोडमा बेचेका हुन्। अब फिल्म प्रदर्शनदेखि स्याटलाइट र गीत/संगीतको सर्वाधिकार जी स्टुडियोजको हुनेछ। यसअघि फिल्मको प्रदर्शन अधिकार यशराज फिल्म्स, डिजिटल अधिकार एमाजन प्राइम र टी-सिरिजलाई गीत/संगीतको अधिकार दिइने खबर सार्वजनिक थियो। किन बेचे त सलमानले जी स्टुडियोजलाई राधे? यशराज फिल्म्सले फिल्मको अन्तर्राष्ट्रिय वितरण…
काठमाडौं : नेपाल स्थित भारतीय दूतवासले भूकम्पले क्षतिग्रस्त विद्यालय निर्माणका लागि ३० करोड रुपैयाँ उपलब्ध गराएको छ। पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई भारतीय दूतावासका डेपुटी चिफले चेक हस्तान्तरण गरेकी हुन्। भारतले २०७२ सालको भूकम्पमा परी भत्किएका विद्यालय पुनर्निर्माणका लागि ५० मिलियन डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो। आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि उक्त रहक भारतले उपलब्ध गराउने प्रतिवद्धता…
काठमाडौं: नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्री दावा लामासँग ६ बुँदामा ध्यानकर्षण गराएको छ। मन्त्रालयमा आज संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतको उपस्थितिमा मन्त्री लामाको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन्। 'चार वर्षदेखि सरकारले आफू मातहतको राष्ट्रिय खेलकुद परिषद मार्फत ओलम्पियन, एसियन खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता खेलाडीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नियम कानुन नमान्ने शासक धेरै दिन नटिक्ने बताएका छन्। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बानेश्वरमा नेकपा दाहाल-नेपाल समूहले आयोजना गरेको छलफलमा नेता रिजालले अमेरिकामा डोनाल्ड ट्रम्प त नटिकेको भन्दै ओली टिक्ने कुनै संकेत नै नभएको टिप्पणी गरे। ‘हामी संविधान बनाउनेले नै संविधानको पांग्रा फुस्काउने गर्यौ भने संविधान रहन्न। ओलीले…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई एक साताका लागि सरेको छ। सुनुवाई संवैधानिक इजलाशमा नै २९ गतेबाट फेरि जारी रहने छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा सहितको संवैधानिक इजलाशले मुद्दाको सुनुवाई २९ गतेका लागि तोकेको हो। साथै राणासहितको बेन्चमा रहेका न्यायाधीश हरिकृष्ण कार्की माथि निवेदकहरुले प्रश्न गरेपछि अर्को इजलाशबाट उनले मुद्दा नहेर्ने भएका छन्। पुस…
काठमाडौं: जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद बोलाएर सभामुखले प्रधानमन्त्रीको निर्णय उल्ट्याउनुपर्ने बताएका छन्। बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले बाह्य शक्तिको मतियार बनेर प्रधानमन्त्री ओलीले विघटन गरेकाले सभामुखले संसद बैठक बोलाएर निर्णय उल्ट्याउँदा हुने धारणा राखे। ओली संविधान विरोधी मान्छे भएको उनको टिप्पणी छ। ‘अहिले सामान्य अबस्था होइन। कुनै ब्यक्तिको लहडमा हामीले…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले संवैधानिक कू गरेर प्रधानमन्त्रीले स्वेच्छाचारी शैली देखाएको बताएका छन्। समूहले बानेश्वरमा आयोजना गरेको छलफलमा बोल्दै नेता नेपालले पार्टीको अनुशासन बध गरेका ओलीले संविधानको मर्ममाथि पनि प्रहार गरेको आरोप लगाए। क्षत विक्षत पारेको उनको आरोप छ। संसद विघटनको कदम एक दिन अचानक घटेको घटना नभई ओलीको कर्यशैलीको उत्कर्ष भएको नेपालले बताए। ‘ओलीजी…
काठमाडौं : सोमवार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा गोली बरामद भएको घटनामा पक्राउ परेका अभियुक्तका बाबुलाई समेत प्रहरीले झिकाएको छ। सोमवार विमानस्थलको चेकिङमा झापा मेची नगर नगरपालिका २ का २० वर्षीय बद्रीहाङ राई २० राउण्ड गोली सहित पक्राउ परेका थिए। साढे १२ बजेको श्री एयरलाइन्सको फ्लाइटबाट उनी झापाको भद्रपुर जाँदै गर्दा उनले बोकेको झोलाभित्र लुगामा राखिएको नाइन एमएमको ५० राउण्ड गोली बरामद भएको…
काठमाडौं : आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले हत्याको अभियोगमा भारत मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँलाई पक्राउ गरेको हो। मियाँले मंगलवार राति काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपासमा २५ वर्षीय सुवोध शर्माको हत्या गरेका थिए। 'सुवोधले कुरा गर्न भन्दै कलामलाई आफ्नो पसलमा बोलाएका थिए। त्यही क्रममा सुवोधलाई पछाडिबाट कैंचीले…
काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामा पेश भएका लिखित जवाफ प्रधान न्यायाधीशसहितको संवैधानिक इजलाशमा आज जानकारी गराइएको छ। साथै निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ता एवम् पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठले यो विषयलाई बृहत इजलाशमा लैजानका लागि निवेदन पेश गरेका छन्। उनको निवेदनप्रति प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले 'सल्लाह गरेर निर्णय गरौला' भन्दै पन्छाएका छन्। जारी सुनुवाईको अहिले टी ब्रेक भएको छ। …
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विभाजन आएसँगै पार्टीको विद्यार्थी संगठनको विवाद पनि चरम सीमामा पुगेको छ। एकतर्फ प्रचण्ड/माधव समूह सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्री केपी शर्माओलीको कदमको विरोधमा सडकमा छन् भने ओली पक्षीय ऐन महर समूह सरकारको कदमलाई 'बाध्यात्मक' भन्दै रक्षात्मक आन्दोलनमा। दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। दुवै पक्षले आफूसँग मुख्य संगठन भएको र अर्को…
भारतमा कोरोना भाइरस संक्रमण तनावबिच बर्ड फ्लू देखिएको छ। त्यहाँको विभिन्न राज्यमा बर्ड फ्लू देखिएको खबर बीबीसीमा उल्लेख छ। मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखन्डमा चराहरूको अचानक मृत्यु भएपछि बर्ड फ्लूको आशंका गरिएको थियो। केरल, हिमाचल प्रदेश, राजस्थान र मध्य प्रदेशमा पन्छीको मृत्युको कारण बर्ड फ्लू नै पुष्टि भइसकेको छ। एच फाइभ एन एट बर्ड फ्लूको देखिएको…
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौंलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताएका छन्। काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन्। समझदारी–पत्रमा मेयर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले हस्ताक्षर गरे। ‘काठमाडौंबासी लामो समयदेखि मेलम्चीको पानी आउने आशामा…