PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • पूर्व डीआइजी खरेलको आक्रोश : विदेशी ब्वाँसा होइन, देशभित्रकै ब्वाँसाले सिध्याए

    पूर्व डीआइजी खरेलको आक्रोश : विदेशी ब्वाँसा होइन, देशभित्रकै ब्वाँसाले सिध्याए

    काठमाडौं : पूर्व डीआइजी तथा 'हाम्रो नेपाल सुशासन अभियान'का संयोजक रमेश खरेलले देशभित्र रहेका ब्वाँसाहरुले देश सिध्याएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व डीआइजी खरेलले देश बाहिरका भन्दा भित्रका ब्वाँसाबाट मुलुकलाई खतरा रहेको बताएका हुन्। खरेलले पृथ्वीनारायण शाहले देशमा विदेशी ब्वाँसा नछिराउनु तिनीहरुले देश सिध्याउँछ भनेको कुरा स्मरण गर्दै भने, 'अब त विदेशी व्वाँसाहरुले होइन, दाजुभाइ देशभित्रकै व्वाँसाहरुले…

    विस्तृतमा पढ्नुस्

  • चुनाव घोषणा हुँदा काँग्रेसमा तरङ्ग आउनु स्वभाविक : रामचन्द्र पौडेल

    चुनाव घोषणा हुँदा काँग्रेसमा तरङ्ग आउनु स्वभाविक : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत चुनावमा हार खाएको काँग्रेसका लागि नयाँ चुनाव तोकिँदा तरङ्ग आउनु नौलो नभएको बताएका छन्। राष्ट्रिय जनता समाजवादी पार्टीले राजधानीमा आयोजित 'सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तर्क्रिया कार्यक्रम' लाई सम्बोधन गर्दै पौडेलले उक्त भनाई राखेका हुन्। सरकारले भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • हलिउडकी 'हरर स्टार' बारबरा सेलीको मृत्यु, कोभिडलाई थिइन् जितेको

    हलिउडकी 'हरर स्टार' बारबरा सेलीको मृत्यु, कोभिडलाई थिइन् जितेको

    हलिउड अभिनेतृ बारबरा सेलीको मृत्यु भएको छ। हरर जेनरामा 'आइकन' नै मानिने उनको ८८ वर्षको उमेरमा निधन भएको हो।  गएको डिसेम्बरमा उनमा कोभिड १९ देखिएको थियो। जसलाई उनले सहजै पार पनि लगाएकी थिइन्। उनका एजेन्ट थोमस बोइङटनले उनको मृत्युको पुष्टि गर्दै भने, 'उहाँको मृत्यु कोरोना भाइरसका कारण भएको होइन।' सन् १९५० को दशकमा उनी 'टेक्निकलर क्विन अफ ह्यामर'का रुपमा परिचित…

    विस्तृतमा पढ्नुस्

  • २७ वर्षीया महिलाको हत्या, समातिए श्रीमान्

    २७ वर्षीया महिलाको हत्या, समातिए श्रीमान्

    इलाम : देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ। आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • हुन्डी अपराध : १ लाख रुपैयाँमा २ हजारसम्म कमिसन!

    हुन्डी अपराध : १ लाख रुपैयाँमा २ हजारसम्म कमिसन!

    काठमाडौं : सोमवार प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट भारतीय नागरिकसहित एक नेपालीलाई समात्यो। भारतको गोरखपुर घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलबस्तु बाँडगँगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु समातिए। कपिलवस्तुबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको कारमा लुकाइ राखेको १ करोड ४७ लाख रुपैयाँ प्रहरीले बरामद…

    विस्तृतमा पढ्नुस्

  • कतारमाथिको नाकाबन्दी साढे ३ वर्षपछि खुल्दै, फर्किएला नेपालीले गुमाएको श्रम बजार?

    कतारमाथिको नाकाबन्दी साढे ३ वर्षपछि खुल्दै, फर्किएला नेपालीले गुमाएको श्रम बजार?

    कुवेत : साउदी अरेबियाले तीन वर्षदेखि कतारमाथि लगाउँदै आएको नाकाबन्दी खुला गर्ने भएको छ। कुवेतका विदेश मन्त्रीले यसको घोषणा गरेका हुन्। खाडीका ६ मुलुक सम्मिलित गल्फ कोअपरेसन काउन्सिलको वार्षिक सम्मेलनको पूर्वसन्ध्यामा कतारसँगको सीमा र हवाइ सेवा खुला गरेको हो। सम्मेलन साउदीको अल उला शहरमा हुँदैछ जहाँ कतारमाथिको प्रतिबन्धको विषयले उच्च प्राथमिकता पाएको छ। 'कुवेतका शेख नवावको प्रस्तव अनुसार साउदी अरब…

    विस्तृतमा पढ्नुस्

  • दमकको भुटानी शरणार्थी क्याम्पमा आगलागी, एक जनाको मृत्यु

    दमकको भुटानी शरणार्थी क्याम्पमा आगलागी, एक जनाको मृत्यु

    काठमाडौं : झापाको दमकमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्वर ३ स्थित भुटानी शरणार्थी सिविरको सेक्टर नम्वर डि ४ नम्वर ३२५ मा आगलागी भएको हो। प्यारालाइसिसका बिरामी घरभित्र सुतिरहेका ६० वर्षीय देशमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए। सोमवार राति भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाबाट गएको…

    विस्तृतमा पढ्नुस्

  • शीर्षस्थानको लिभरपुल साउथह्याम्टनसँग पराजित

    शीर्षस्थानको लिभरपुल साउथह्याम्टनसँग पराजित

    इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्टनसँग पराजित भएको छ। सेन्ट म्यारी स्टेडियममा भएको खेलमा घरेलु टोली साउथह्याम्टनले लिभरपुललाई १-० गोलअन्तरले हराएको हो। साउथह्याम्टनको जितमा ड्यानी इङ्ग्सले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमै जेम्स बार्ड प्राउजको पासमा गोल गरेका थिए। यो सँगै लिभरपुलले सिजनको दोस्रो हार ब्यहोरेको छ। हारका बावजुत लिभरपुल तालिकाको शीर्षस्थानमा छ। लिभरपुलले…

    विस्तृतमा पढ्नुस्

  • नेपालीमाथि गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न भट्टको माग, लाग्यो ‘भारतीय विस्तारवाद मुर्दावाद’को नारा

    नेपालीमाथि गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न भट्टको माग, लाग्यो ‘भारतीय विस्तारवाद मुर्दावाद’को नारा

    काठमाडौंः कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टले नेपाली नागरिकमाथि गोली हान्ने भारतीय सुरक्षा फौजलाई कारबाही गर्न माग गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नपास्थित बैलबन्धको नेपाल-भारत सीमामा भारतीय सुरक्षा फौजले सोमबार साँझ १६ वर्षीय नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको थियो। घाइते लुहारको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ। आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनालाई निन्दनीय भन्दै नेकपा (दाहाल-नेपाल समूह)…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरको दोधारा चाँदनीमा 'भारतीय सुरक्षाकर्मीद्वारा' नेपालीमाथि गोली प्रहार

    कञ्चनपुरको दोधारा चाँदनीमा 'भारतीय सुरक्षाकर्मीद्वारा' नेपालीमाथि गोली प्रहार

    काठमाडौंः कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा एक नेपाली नागरिकमाथि गोली प्रहार भएको छ। भारतीय पक्षले चलाएको गोली लागेर दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का १६ वर्षीय नरेश सुनार घाइते भएका हुन्। उनीमाथि गडिगोठ जंगलमा गोली प्रहार भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी अमरसिंह थापाले जानकारी दिए।  घाइतेलाई उपचारका लागि सदरमुकाम महेन्द्रनगर ल्याउँदै गरिएको उनले बताए। 'उनको अवस्था खतरामुक्त छ। उनको घुँडामुनि गोली…

    विस्तृतमा पढ्नुस्

  • संसद विघटनको सम्बन्धमा अदालतले कुनै नेता र आन्दोलनकारीको मुख हेरी फैसला गर्दैन : रघुजी पन्त

    संसद विघटनको सम्बन्धमा अदालतले कुनै नेता र आन्दोलनकारीको मुख हेरी फैसला गर्दैन : रघुजी पन्त

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन्। सोमबार प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडि बढाउने बताएका हुन्। पन्तले संसद विघटनको सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालको विकास देखेर होइन प्रधानमन्त्रीको बहुलठ्ठी कुराबाट संसार चकित भएको छ: कृष्ण पहाडी

    नेपालको विकास देखेर होइन प्रधानमन्त्रीको बहुलठ्ठी कुराबाट संसार चकित भएको छ: कृष्ण पहाडी

    काठमाडौं : मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन्। ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा उठाउन थालेको उनको टिप्पणी छ। ‘केपी ओली दोस्रो जङ्गबहादुर बन्न खोज्दैछन्,’ पहाडीले रिपोर्टर्स क्लबमा भने, ‘संसद बिघटन गराउने उनको कदमले भारत र चीनले हस्तक्षेप गरेका छन्। विप्लव र राजावादीले समेत यसको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई झाँक्रीको चेतावनी : कान खोलेर सुन्नुस् राजालाई त नारायणहिटीबाट लखेट्यौं भने तपाईको पनि हिसाब किताब हुन्छ

    राष्ट्रपतिलाई झाँक्रीको चेतावनी : कान खोलेर सुन्नुस् राजालाई त नारायणहिटीबाट लखेट्यौं भने तपाईको पनि हिसाब किताब हुन्छ

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले असंवैधानिक कदम चाल्ने राष्ट्रपति विद्यादेवी भण्डारीको हिसाब किताब हुने चेतावनी दिएकी छन्। सोमवार चितवन जिल्ला पार्टी कार्यालयमा आयोजित दाहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाँक्रीले बहुमतको प्रधामन्त्रीलाई संसद विघटनको अधिकार संविधानमा कहि नभएको बताइन्। ‘यस्तो असंवैधानिक कदम चाल्ने शीतल निवासलाई पनि म कान खोलेर सुन्न भन्न चाहन्छु कि राजालाई त हामीले नारायणहिटीबाट…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा, सरकारसँग लिखित जवाफ माग

    मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा, सरकारसँग लिखित जवाफ माग

    काठमाडौं : सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलको लागि बोलाएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले दुवै पक्षलाई २८ गते छलफलको लागि बोलाएको हो। साथै, सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको सम्बन्धमा सरकारसँग लिखित जवाफ समेत माग गरेको छ। मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्न माग गर्दै अधिवक्ताहरु लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत पुस १३ रिट दायर…

    विस्तृतमा पढ्नुस्

  • चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

    चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

    काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजुस्थित सडक खण्डबाट रोशन लामिछानेलाई आइतवार पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। नयाँबजार सडक खण्डबाट धादिङ त्रिपुरासून्दरी गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने वर्ष २२…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल समूहले पोखरेल र गुरुङलाई प्रदेश इञ्चार्जबाट हटायो, देबेन्द्र पौडेल र युवराज ज्ञवालीलाई जिम्मेवारी

    प्रचण्ड-नेपाल समूहले पोखरेल र गुरुङलाई प्रदेश इञ्चार्जबाट हटायो, देबेन्द्र पौडेल र युवराज ज्ञवालीलाई जिम्मेवारी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका इञ्चार्ज शंकर पोखरेललाई पदबाट हटाएको छ। सोमवारको स्थायी कमिटी बैठकले गुरुङ र पोखरेललाई पदबाट हटाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। उनका अनुसार गण्डकीमा इञ्चार्जको जिम्मेवारी देबेन्द्र पौडेल र लुम्बिनीको इञ्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ। सोमवारको…

    विस्तृतमा पढ्नुस्

  • थप ४०३ जनामा कोभिड-१९ को संक्रमण ७ जनाको मृत्यु

    थप ४०३ जनामा कोभिड-१९ को संक्रमण ७ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाबाट भएको चार हजार ४०१ जनाको नमुना परीक्षण गर्दा ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६२ हजार २६२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोभिड-१९ को संक्रमणबाट…

    विस्तृतमा पढ्नुस्

  • झाँक्रीको प्रश्न : प्रधानमन्त्रीको बकबकले के शिक्षा दिन्छ? देश कमेडीले बन्ने होइन

    झाँक्रीको प्रश्न : प्रधानमन्त्रीको बकबकले के शिक्षा दिन्छ? देश कमेडीले बन्ने होइन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले कमेडीले देश नबन्ने बताएकी छन्। सोमवार चितवन जिल्ला पार्टी कार्यालयमा आयोजित दाहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाँक्रीले रस नभएको कमेडी 'बोरिङ' भएको बताइन्। ‘प्रधानमन्त्रीको भाषण सुन्नुभयो भने के शिक्षा लिनुहुन्छ? हाम्रा छोराछोरीले के शिक्षा लिन्‍छन्? टेलिभिजनमा साढे २ घण्टा बकबक गरिरहेको हेर्दा के सिकिरहेका छन् मान्छेहरु?’ झाँक्रीले प्रश्न गरिन्, ‘लाग्दो…

    विस्तृतमा पढ्नुस्

  • ‘बी’ डिभिजन लिग : पाँच खेलाडी सब्स्टिट्युट हुन पाउने

    ‘बी’ डिभिजन लिग : पाँच खेलाडी सब्स्टिट्युट हुन पाउने

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगका लागि क्लबहरुसँग छलफल गरेको छ। फेब्रुअरी २३ (फागुन ११)बाट तय गरिएको प्रतियोगितालाई पुन: सञ्चालनमा ल्याउनेबारे छलफल भएको एन्फाले जनाएको छ। छलफलमा एन्फाका कार्यकारी समितिका रमेश रायमाझी तथा प्रतियोगिताका निर्देशक सञ्जीब मिश्रले नियमहरुबारे चर्चा गरेका थिए। छलफलबाट थप पाँच खेलाडी दर्ता गर्ने सहमति भएको छ। त्यस्तै, क्लबले दुई…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल समूहको कार्यक्रममा जब झ्याप्प निभ्यो बत्ती...

    प्रचण्ड-नेपाल समूहको कार्यक्रममा जब झ्याप्प निभ्यो बत्ती...

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको सोमवार चितवन जिल्ला पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेला थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा भएको कार्यक्रममा समूहको संयुक्त संघर्ष समितिका सचिव योगेश भट्टराई प्रमुख वक्ता थिए। नेता नारायण परियार अर्का वक्ता। भरतपुर महानगरपालिका पार्टी कमिटीको आयोजनामा सञ्चालन भइरहेको कार्यक्रममा नेतृ रामकुमारी झाँक्री बोल्दै थिइन्। उनी बोल्न लागेको लगभग ५ मिनेटमा झ्याप्प बत्ती गयो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell