काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल सहितका नेताहरुलाई 'म यहाँ छु' भन्ने अवस्था आउने चेतावनी दिएका छन्। नेकपाको भातृ संगठन अनेरास्वियुको ओली पक्षीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। साथै, उनले फर्किएर फेरी यहीँ छौँ भन्न आग्रह समेत गरेका छन्। ओलीले प्रचण्ड-नेपाल समूहको संघर्षलाई ब्यङ्ग्य गर्दै अगाडि भने, 'हाम्रो केन्द्रीय कमिटीको बैठकमा नआएर केही साथीहरु…
काठमाडौं: नेपाल ट्राईयाथलन संघको आयोजनमा २५ गते शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ। नेपाल ट्राईयाथलन संघले कोभिडबाट अक्रान्त रहेको अवस्थामा स्थानीय ब्यक्तिहरुलाई क्रियासिल गर्दै खेल मार्फत खेलाडीहरुको रोगसँग लड्न सक्ने क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले च्यालेन्ज आयोजना गर्न लागिएको जनाएको छ। अहिले ट्राईयाथलनसँग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्राथमिकतामा राखेर च्यालेन्ज आयोजना गर्न लागेको हो। यो च्यालेन्ज काठमाण्डौको टोखा,…
सत्यजित रेको फिल्म 'अपुर संसार' प्रदर्शनसँगै २६ औं कोलकाता फिल्म फेस्टिभल (किफ) सुरु हुने भएको छ। निर्देशक रे र फिल्मकी अभिनेत्री सौमित्रा चट्टर्जीप्रति श्रद्धाञ्जली दिँदै यस वर्षको फेस्टिभल उद्घाटन गरिने पश्चिम बेंगालका मन्त्री अरुप विश्वासले बताए। नोभेम्बरमा हुने भनिएको फेस्टिभल कोभिड-१९ महामारीका कारण पछि सारिएको थियो। जनवरी ८ देखि सुरु हुने किफ ७ दिन लामो चल्नेछ। फेस्टिभलमा फिचर, सर्ट र…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखदेखि पुससम्म पार्टी फुटाउनका लागि ३ सय १५ वटा बैठकहरु भएको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुको ओली पक्षीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले गएका तीन वर्षमा आन्दोलनको मैदानमा जन्मिएको, आन्दोलनको मैदानमा हुर्किएको संगठन छ कि छैन जस्तो भएको बताए। 'बितेका तीन वर्षमा तपाईँहरु यसरी भेला हुन…
काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध रणनीति बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड- माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ। बैठकले संघर्षका कार्यक्रम तय गर्नुका साथै आगामी रणनीति बनाउने बताइएको छ। आन्दोलन सशक्त बनाउन र संगठनबारे निर्णय गर्न बैठक बसेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पुस ९ गतेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीलाई संघर्षका कार्यक्रम तय गर्ने…
काठमाडौं: परराष्ट्र मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका ४ नेताले सरकारलाई काम गर्न नदिएको आरोप लगाएका छन्। अनेरास्ववियुले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रतिपक्षीले बरु सरकारलाई सहयोग गरेको, प्रधानमन्त्रीको पक्षमा उभिएको तर पार्टीका नेताहरुले नेतृत्वको अपमान र बद्नाम गर्ने काम गरेको आरोप लगाए। ‘राष्ट्रियताको सवालमा मीनेन्द्र रिजालले नै प्रधानमन्त्रीको समर्थन गर्छु…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटको आज सम्पन्न फाइनल खेलमा एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि जितेको छ। दाङको देउखुरी मैदानमा सम्पन्न खेलमा एपीएफलाई ६ रनले हराउँदै प्रदेश १ ले पहिलो पटक उपाधि हात पारेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरी बेगमले सर्वाधिक ३४ रन…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित नारा लगाउनेविरुद्ध कारवाहीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह निकट अखिल नेपाल महिला संघ(अनेमसंघ) ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री ओली पक्षको अनेमसंघले आइतबार गृह मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालिगलौच गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो। लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले…
भारतका दुई कम्पनीको कोभिड-१९ विरुद्धको खोप स्वीकृत भएको छ। इन्डिया ड्रग्स रेग्युलेटरले सीरम इन्टिच्यटको कोभिशील्डपछि अक्सफोर्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाका अनुसार कोभिशील्ड भ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी भएको बताएको छ। त्यस्तै कोभ्याक्सिन भारतको भ्याक्सिन हो जसलाई भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर बनाएको हो। डीसीजीआईका निर्देशक डाक्टर वीजी सोमानीका…
काठमाडौंः सशस्त्र प्रहरी बलले लिएको परीक्षामा नक्कली विद्यार्थी भेटिएका छन्। सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा १० जना नक्कली विद्यार्थी फेला परेको प्रहरीले जानकारी दिएको छ। शनिवार देशका विभिन्न स्थानमा खुल्ला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षा भएको थियो। परीक्षा हलमा प्रयोग भएको ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरि नक्कली विद्यार्थी पहिचान भएको…
काठमाडौंः सडकमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चरित्र हत्या गर्ने प्रकृतिका नारा लगाएको भन्दै महिलाहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। आइतवार अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै कारवाही गर्न माग गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सडकमा राष्ट्रपति र प्रधानमन्त्रीको विरोध भइरहेको छ। त्यसो त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता…
कोभिड-१९ को नयाँ भेरियन्ट पूरानो स्वरुपको भाइरसभन्दा बढी संक्रामक भएको पाइएको छ। एक अध्ययनका अनुसार नयाँ स्वरुपको भाइरसमा 'आर नम्बर' अर्थात् प्रजनन संख्या ०.४ देखि ०.७ सम्म बढी हुन्छ। त्यस्तै बेलायतमा देखिएको भाइरसको आर नम्बर १.१ देखि १.३ सम्म भएको अनुमान छ। संक्रमितको संख्या घटाउनका लागि उक्त संख्या १.० भन्दा कम हुन आवश्यक छ। के हो आर नम्बर? भाइरसको संक्रमण…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटको आज जारी फाइनल खेलमा प्रदेश एकले एपीएफलाई १०६ रनको लक्ष्य दिएको छ। दाङको देउखुरी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाउँदा काजल श्रेष्ठले २९ रन बनाइन्। त्यस्तै कप्तान रुबिना क्षेत्रीले १८ रन…
काठमाडौंः नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ र्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पाँच जना कमेडियनलाई गिरफ्तार गरेको छ। द इन्डियन एक्सप्रेसका अनुसार हिन्दुवादी नेता एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो। कमेडियन मुनव्वर फारूकीसहित एडविन एन्थनी, प्रखर व्यास, प्रियम व्यास र नलिन यादवलाज्ञ शनिवार अदालतमा पुर्याइयो। त्यहाँ उनीहरूमाथि कुटपिटसमेत भयो। यस घटना मन्दसौर, उज्जैन र इन्दौरमा साम्प्रदायिक हिंसा भएको चार दिनपछि भएको हो। प्रहरीका…
काठमाडौं : संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारले आवश्यक कागजपत्र आज पेश गर्दैछ। संवैधानिक इजलासमा मुद्दाको सुनवाइका क्रममा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले एमिकस क्युरी गठन गर्ने प्रस्तावदेखि विपक्षीसँग लिखित जवाफ माग्ने, सरकारको निर्णय र राष्ट्रपतिको आदेशको सक्कल माग्ने, संसदबाट प्रतिनिधिसभाको सिटको संख्या माग्ने प्रस्ताव गरेका थिए। अदालतले म्याद थप गर्न नमिल्ने गरी आजसम्म आवश्यक लिखित जवाफ सहित कागजपत्र…
काठमाडौंः प्रहरीले आज बिहानै कोटेश्वर चोकमा पेस्तोल फेला पारेको छ। काटेश्वरबाट जडीबुटी जाने बाटोमा एयरपोर्टको साइटतर्फ पेस्तोल फेला परेको हो। अहिलेसम्म पेस्तोल कसको हो? कसरी आयो? खुल्न सकेको छैन। 'सडकबाट पेस्तोल फेला परेको हो। कसको हो भन्ने खुलेको छैन। अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले भने। सडक छेउमा पेस्तोल देखेपछि बस काउन्टरका मानिसले प्रहरीलाई खबर गरेका थिए।…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज फाइनल खेल हुँदैछ। दाङको देउखुरी क्रिकेट मैदानमा आज उपाधिका लागि प्रदेश १ र शसस्त्र प्रहरीको एपीएफ भिड्ने छन्। प्रतियोगिताको साविक विजेतासमेत रहेको एपीएफ समूह ‘ए’ को विजेता हो भने प्रदेश १ समूह ‘बी’ को। दुबै टोलीले प्रतियोगितामा अपराजित रहँदै फाइनलको यात्रा तय गरेका हुन्। शनिवार भएको सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपीएफले समूह ‘बी’…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वेस्ट ब्रुममाथि सहज जित निकालेको छ। द हावथ्रोन्स स्टेडियममा भएको खेलमा घरेलु टोली वेस्टब्रुमलाई ४-० ले हराउँदै आर्सनलले सहज जित निकालेको हो। आर्सनलको जितमा अलेक्जान्ड्रे लकाजेटले दोहोरो गोल गर्दा किइरन टिअर्ने र बुकायो साकाले एक गोल गरे। खेलको २३ औं मिनेटमा टिअर्ने र २८ औं मिनेटमा साकाले गोल गर्दा पहिलो हाफमा आर्सनल…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई हराएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले भिगोमाथि २-० गोलअन्तरले जित निकालेको हो। खेलको छैठौं मिनेटमा मड्रिडले अग्रता बनाएको थियो। मार्को एसासिनोको पासमा लुकास भाजक्वेजले गोल गर्दै खेलमा अग्रता दिलाए। पहिलो हाफमा मड्रिड एक गोलले अघि रह्यो। दोस्रो हाफमा एसासिनोले मड्रिडका लागि गोल थपे। उनले…