वीरगंज : पर्सा जिल्ला अदालत बार एसोसिएसनको उपाध्यक्षमा अजयकुमार श्रीवास्तव, सचिवमा राकेश कुमार मल्लिक र कोषाध्यक्षमा सुनिल कुमार यादव विजयी भएका छन्। बारको प्रांगणमा आज भएको मतदानमा उपाध्यक्षका प्रत्याशी प्रेमकुमार साहले ल्याएको ४७ मतको विरुद्ध ५१ मत ल्याएर अजयकुमार श्रीवास्तव निर्वाचित भएका थिए भने सचिव पदमा रामबलीप्रसाद चौहानको ४३ मतको विरुद्ध राकेश कुमार मल्लिकले ५६ मत ल्याएर विजय हासिल गरेको…
वीरगंज : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटुवामा आयोजना भएको श्रीचण्डीप्रसाद टी-२० क्रिकेट प्रतियोगिताको उपाधि प्रसौनीले जितेको छ। खुटुवा क्रिकेट क्लबले आयोजना गरेको नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा प्रसौनीले भलुहीलाई ४ विकेटले हराउँदै उपाधि उचालेको हो। टस जितेर ब्याटिङ रोजेको भलुहीले १७ ओभर खेल्दै १० विकेटको क्षतिमा सय रन मात्र बनाउन सकेको थियो। भलुहीका तर्फबाट आरिफ हवारीले सर्वाधिक २५…
अस्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा आज भएको खेलमा मेलबर्न स्टार्सलाई हराउँदै सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्स दोस्रो स्थानमा उक्लिएको छ। बेल्लेरिभ ओभलमा भएको खेलमा हुरिकेन्सले मेलबर्नमाथि २१ रनको रोमाञ्चक जित निकालेको हो। होबर्टसको जितमा सन्दीपले दुई विकेट लिए। लामिछानेले अघिल्लो सिजन खेलेको मेलबर्न स्टार्सका बेन डंक र हिल्टन कार्टराइटको विकेट लिँदै यो सिजनमा सुखद सुरुवात गरेका हुन्। टस…
काठमाडौं : नेपालमा थप ४१९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ६ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा दुई लाख ६१ हजार ४३८ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ८७० जनाको मृत्यु भइसकेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ७५० संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ५३ हजार…
काठमाडौं : नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रज्ञा प्रतिष्ठानमा हाँस्यरस भरिएको सम्बोधन गरे। प्रधानमन्त्रीका हैसियतमा नभइ नेकपाको एउटा गुटको नेताको हैसियतमा उनको अभिव्यक्ति आएको थियो। उनका उखानटुक्काले भरिएका अभिव्यक्तिका बीच केही 'सिरियस' भनाइ नआएका होइनन्। तर, नेकपाको प्रचण्ड-नेपाल गुटविरुद्ध ब्यङ्ग्यात्मक फायर खोलेका ओलीले उपस्थित कार्यकर्ताहरुलाई भने भरमग्दुर मजा दिए। आफूलाई चार्ली च्याप्लिनसँग तुलनासमेत गरेका थिए उनले। ओलीको नेकपाका…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा प्रदेश १ले लुम्बिनी प्रदेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले लुम्बिनीमाथि १० विकेटको सानदार जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले फितलो ब्याटिङ गर्दै १४.१ ओभरमा ५२ रन बनाउँदै अलआउट भएको थियो। लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउँदा अन्य…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा गएर दुई अंको सिट ल्याएर देखाउन चुनौती दिएका छन्। आज ओली समूहको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन्। प्रधानमन्त्रीले भने, 'दुईवटा अंक भएको सिट ल्याएर देखाउनहोस्। तर उहाँहरु त्यस्तो स्थितिमा पुग्नुहुन्न।' त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीमा फर्किए अझै केन्द्रीय कमिटीमा राखिराखेको समेत बताए। 'केन्द्रीय…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले प्रायोजित समाचार प्रकाशित गरिरहेको आरोप लगाएका छन्। आफू निकट नेकपाका कार्यकर्ताहरुको भेलामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। 'तपाईँहरु देख्नुहुन्छ। आफूलाई लोकप्रिय भन्ने पत्रिकाहरुले पहिलो पेजमा जाली समाचार छापेका छन्। जनतालाई दिग्भ्रमित पार्ने गरी,' उनले भने, 'पहिलो पेजमा प्रायोजित समाचार प्रकाशित गरेका छन्। प्रतिनिधिसभा पुन:स्थापना गरेर प्रधानमन्त्री यसलाई बनाउँछु।' प्रतिनिधिसभा पुनस्थापना हुँदैन। छानो…
कोरोना भाइरस फैलदो अवस्थामा फ्रान्समा आयोजित एक गैर-कानूनी डान्स पार्टीमा २५ सयभन्दा बढी मानिसले सहभागिता जनाएका छन्। ब्रिटानीको लिउरोनस्थित एक गोदाममा आयोजित पार्टी विहीवारदेखि अझैसम्म जारी रहेको बीबीसीले जनाएको छ। प्रहरीका अनुसार पार्टीमा सहभागी अधिकांश बेलायत र स्पेनका हुन्। उनीहरूले आगो लगाउनेदेखि कार्यक्रम रोक्न गएका प्रहरीविरुद्ध प्रहार गर्नेसम्मका व्यवहार देखाए। घटनामा परी तीन प्रहरी अधिकारी घाइते भएका छन्। प्रहरीले जारी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देशलाई आर्थिक र अन्य पक्षलाई समेत अन्तर्राष्ट्रिय जगतमा पुर्याएको दाबी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी, काठमाडौंले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुनियाँलाई नै आश्चर्य चकित हुने गरी आर्थिक वृद्धिदर, मानव सूचकाङ्कमा वृद्धि गरेको दाबी गरे। 'पहिलेपहिले नेपालका प्रधानमन्त्रीको बाहिर चर्चा पनि हुँदैन थियो। अहिले भारतका प्रत्येकलाई नेपालको प्रधानमन्त्री सोध्नु भयो भने हरेकलाई कठै छ। अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०२१ मा पार्टी सुदृढिकरण अभियानलाई अगाडि बढाउने बताएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओलीपक्षीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'त्रिशुली नदीमा फोहोर पर्यो भने पानीको छालले किनारमा फाल्छ। अर्को छाल आएर पानीबाट अली परै फाल्छ,' उनले भने, 'यो वर्ष कम्यनिस्ट शुद्धिकरण अभियान चलाइने छ। त्यस्तै गरी पार्टीभित्रका फोहोरहरु…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता ईश्वर पोखरेलले पार्टीमा अहिले देखिएको अवस्था पुप्पकमल दाहाल प्रचण्डको पद लोभका कारण भएको आरोप लगाएका छन्। त्यस्तै, उनले अध्यक्ष दाहाललाई पदका लागि जस्तोसुकै रुप पनि परिवर्तन गर्न सक्ने चरित्र भएको बताएका छन्। नेकपाका ओली पक्षीय कार्यकर्ताहरुलाई काठमाडौंमा सम्बोधन गर्ने क्रममा नेता पोखरेलले भने, 'एउटा कारण अवसरबादको अलिकति पनि लज्जाबोध नहुने प्रचण्डको कारण भएको हो। जता पनि…
काठमाडौं : नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले माघ २३ गतेसम्मका लागि आन्दोलनको अर्को सूची सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएको यो समूहले हरेक तहमा आफ्नो उपस्थिति बलियो बनाउने रणनितिका साथ दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको केन्द्रीय संघर्ष समितिले दोस्रो चरणमा १८ बुँदे कार्यक्रम सार्वजनिक गरेको छ।…
जनकपुरधाम : शहरी विकास मन्त्री प्रभु साह सवार ना १ झ ३८४२ नम्बरको गाडी ठक्करबाट एकजना पैदल यात्रु घाइते भएका छन्। सर्लाही, हरिवनमा भएको दुर्घटनामा परी लालबन्दी नगरपालिका वडा नं. ८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ घाइते भएका हुन्। घाइतेको अवस्था गम्भीर नभएको सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए। 'तामाङको हरिवनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ', राठौरले बताए।…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले कम्युनिस्ट पार्टीभित्र केही व्यक्तिमा सत्ता लोलुप भएका कारण गुट खडा गरेको तर्क गरेका छन्। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले कम्युनिष्ट पार्टी कुनै राजनीतिक संघर्षले नभएर लोभले गुटमा गएको दावी गरेका हुन्। 'राजनीतिक विषयमा संघर्ष छैन। सत्ता अंश भण्डामा झगडा भएको हो। को राष्ट्रपति बन्ने, को प्रधानमन्त्री, को अध्यक्ष र मन्त्री…
भारतले पाकिस्तानमा मन्दिर भत्काएको विषयलाई लिएर दिल्लीस्थित पाकिस्तान हाइ कमिसनको बाहिर चिन्ता व्यक्त गरिएको छ। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा बुधवार एक मन्दिरमा तोडफोड भएको थियो। विहीवार भारतको विदेश मन्त्रालयले पाकिस्तान हाइ कमिसन समक्ष हमलामाथि भएको जाँचको जानकारी भारतलाई पनि दिन आग्रह गरेको थियो। भारतले उक्त हमलामा जिम्मेवार मानिसहरूविरुद्ध आवश्यक कारवाहीको माग गरेको छ। द हिन्दुका अनुसार पाकिस्तानी उच्चायोगसँग…
भारतीय कांग्रेसका वरिष्ठ नेता एवं पूर्व केन्द्रीय मन्त्री बूटा सिंहको निधन भएको छ। उनको शनिवार ८६ वर्षको उमेरमा निधन भएको हो। सिंहले पहिलो पटक अकाली दलमार्फत् चुनाव लडेका थिए। सन् १९६० देखि मात्र कांग्रेसमा सदस्यता लिएका उनले पहिलो पटक १९६२ मा लोकसभा चुनाव जितेका थिए। पछि ८ पटक लोकसभा सांसद भए। राजनीतिक सक्रियताको अन्तिम चरणमा उनी विहारका राज्यपाल बने। प्रधानमन्त्री…
भारतका स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले कोभिड १९ को खोप पहिलो चरणमा सबैभन्दा बढी प्रभावितहरुलाई दिइने जनाएका छन्। एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा कार्यरत व्यक्तिलाई पहिलव चरणमा खोप दिइने उनले जानकारी दिए। साथै देशभर खोप निशुल्क हुनेसमेत जनाएका छन्। जुलाइसम्म भारतमा २७ करोड जनसंख्यामा कोरोनाको खोप उपलब्ध गराइसक्ने तयारी भइसकेको उनले जनाएका छन्। In 1st phase of #COVID19Vaccination…
काठमाडौं : शिक्षा तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रचण्डका दुई नाम भएको भन्दै पुष्पकमल दाहाल हुँदा ठीक प्रचण्ड हुँदा बेठीक भएको बताएका छन्। 'उहाँका दुईवटा नाम छन्। पुष्पकमल दाहाल हुँदा लुम्बिनीमा गएर परेवा उडाउँछ। प्रचण्ड हुँदा यी देख्नुभयो अहिले जस्तो हुन्छ,' शनिवार नेकपाको ओली पक्षीय काठमाडौंका कार्यकर्ता भेलामा बोल्दै उनले भने, 'बेलैमा बुद्धि पुराइनस् पुड्के टाउकोमा हात लगाइ बस्' भन्ने…
नयाँ दिल्ली : नेपालको पछिल्लो राजनीतिक विकासक्रममा भारतको कुनै भूमिका नरहेको दावी गर्दै भारतीय संस्थापन पक्षले प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचनको प्रकृयामा जानुपर्ने जनाएको छ। भारतीय पत्रिका दी टाइम्स अफ इन्डियाका अनुसार भारतीय राजनीतिक तथा सरकारी पक्ष प्रजातान्त्रिक परिपाटीबाट नेपाल अगाडि बढ्नुपर्ने मत राख्छन्। नेपालको राजनीतिमा चिनियाँको चासोप्रति सजग रहँदै आएको भारतीय संस्थापन पक्षले यसपटक चीनको मिसन असफल रहेको बुझेको…