काठमाडौं : शरीरमा लगाएको गहना लुट्नका लागि एक बुद्धाको हत्या गरेको खुलेको छ। कञ्चनपुर पुर्नवास नगरपालिका वडा नम्बर १ ढक्का बस्ने ७१ वर्षीय खण्टी भुलको हत्या भएको हो। प्रहरीले हत्या गरेको अभियोगमा कैलाली मोहन्याल गाउँपालिका वडा नम्बर ५ घर भएका ४९ वर्षीय दलबहादुर बिकलाई नियन्त्रणमा लिएको छ। पुस ११ गते राति ११ बजे घरमा एक्लै बसेको मौका छोपी धारिलो हतियारले मुख, टाउको र…
काठमाडौं : प्रहरीले मोरङमा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। शुक्रवार प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर ९ जुट विकास बस्ने २५ वर्षीय लुकास राजवंशीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले राजवंशीको साथबाट ५ सय दरको ४० वटा नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए। विराटनगर महानगरपालिका वडा नम्बर १६ दक्षिण गेट स्थित इलाका प्रहरी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा कालो रंगको मास्क, टोपी, पञ्जा लगायतका सामाग्री निषेध गरिएको छ। आज दिउँसो १ बजेदेखि प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीको भेलामा कालो रंग भएको कपडाहरु निषेध गरिएको हो। हलभित्र हुने कार्यक्रममा प्रवेश गर्ने सबै कार्यकर्ता, नेताहरुले कालो मास्क, पञ्जा, गलबन्दी लगायतको कालो रंगको कपडा लगाएर गएमा खोलेर मात्र…
काठमाडौं : शान्ति सदाको नयाँ गीत सार्वजनिक भएको छ। छोरीलाई पढाउन प्रेरित गर्ने ‘हमरो पढादिअ स्कूल’ बोलको मैथली गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतमा गुरुशरण सदाको शब्द र दिपेन्द्र कुमार रामकको संगीत छ। गीतको भिडियोलाई आदित्य ठकुरीले निर्देशन गरेका हुन्। भिडियोमा सगुन सदा, शिवशरण सदा र शर्मिला सदाको अभिनय रहेको छ। छोरा र छोरी बीचको असमान व्यवहार वा विभेदले…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो। मौसमका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनायो। सुदूरपश्चिमका लागि कविता…
व्हामको ‘लास्ट क्रिस्टमस’ बेलायतमा सर्वाधिक सुनिएको गीत बनेको छ। उक्त ‘फेस्टिभ क्लासिक’ सार्वजनिक भएको ३६ वर्षपघि चार्टको सबैभन्दा अगाडि आयो। बीबीसीका अनुसार गीतलाई एकसातामै नब्बे लाखभन्दा बढी पटक सुनिएको हो। सन् १९८४ मा व्हामको ‘द फाइनल’ एल्बममा समावेश गीत हो ‘लास्ट क्रिष्टमस।’ हरेक वर्ष क्रिष्टमस आएसँगै गीतको चर्चा हुने गर्छ। तर, हरेक वर्ष ब्यान्ड एडको ‘डु दे नो इट्स क्रिष्टमस?’…
बेलायतमा नयाँ शैक्षिक सत्र सुरु हुनासाथ पुन: माध्यमिक तहका विद्यालयहरू बन्द राख्ने निर्देशन दिइएको छ। कोरोना भाइरस संक्रमणको संख्या ह्वात्तै बढेपछि सरकारले उक्त निर्णय गरेको हो। डिसेम्बरको मध्यतिर त्यहाँका शिक्षा मन्त्री ग्याभिन विलियमसनले भनेका थिए – अवस्था सामान्य भएसँगै जनवरीदेखि विद्यालय खुल्नेछन्। हाल बेलातयतमा नयाँ स्वरुपको भाइरस देखिएको छ। संक्रमित र संक्रमणकै कारण मर्नेहरूका रण अस्पतालमा बिरामीको चाप बढ्यो। असर…
काठमाडौं : पछिल्लो केही दिनयता विद्युत आपूर्ति अनियमित भएपछि नेपाल विद्युत प्राधिकरण नेतृत्वको ब्यापक आलोचना भइरहेको छ। चार वर्ष प्राधिकरण हाँकेका कुलमान घिसिङले एउटा बलियो टिम बनाएका थिए। उक्त टिमले लोडसेडिङ हटाउनेदेखि गुणस्तरीय विद्युत आपूर्ति गर्ने सम्ममा मिलेर काम गरेको थियो। जसले सबैले देख्ने गरि नतिजा दिएको थियो। तर घिसिङ बाहिरिएसँगै उनको टिमलाई पनि प्राधिकरणबाट तितर-बितर गरिएको छ। प्राधिकरणले लोडसेडिङ नहुने भन्दै…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज सेमिफाइनलका दुई खेल हुँदै छन्। आज हुने पहिलो खेलमा समूह ‘ए’ को विजेता विभागीय टोली एपीएफले समूह ‘बी’ उपविजेता सुदूरपश्चिमको सामना गर्नेछ। त्यस्तै दोस्रो खेलमा समूह ‘बी’ को विजेता प्रदेश १ ले समूह ‘ए’ को उपविजेता लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने छ। दाङको लमही क्रिकेट मैदानमा पहिलो खेल ९ बजे र दोस्रो खेल १ बजे सुरु…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लामाथि जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा युनाइटेडले एस्टोन भिल्लामाथि २-१ गोलअन्तरको जित निकालेको हो। रोमाञ्चक खेलको ४० औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दा पहिलो हाफमा युनाइटेड एक गोलले अघि रह्यो। दोस्रो हाफमा भिल्लाले खेल बराबरीमा ल्यायो। खेलको ५८ औं मिनेटमा बेरट्रान्ड ट्राओरले गोल गर्दै एस्टोन भिल्लालाई बराबरीमा…
काठमाडौं : सभामुखको सचिवालयले अविश्वासको प्रस्तावका विषयमा सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको स्पष्ट पारेको छ। शुक्रवार सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिएको बताएका छन्। न्यौपानेले प्रशासनिक प्रक्रियालाई समेत जोड्दै सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको समेत उल्लेख गरेका छन्। प्रेस नोटमा भनिएको छ,…
काठमाडौंः सर्वोच्चको संवैधानिक इजलासको आदेशानुसार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतको सहयोगीका रुपमा पाँच वरिष्ठ कानुन व्यवसायीको नाम सिफारिस गरेका छन्। नेपाल बारले बिहीबार तीन जनाको नाम सिफारिस गरेको थियो। सर्वोच्च बारले शुक्रबार दुई जनाको नाम सिफारिस गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासले नेपाल बारसँग तीन र सर्वोच्च बारसँग दुई कानुन व्यवसायीलाई…
काठमाडौँ : झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। मुद्दामा कूल एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो दाबी गरिएको छ। विभागले सर्लाहीका रामकिशोर प्रसाद समेत २८ जनाविरुद्ध मुद्दा दायर गरेको हो।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दीननाथ शर्माले सिद्धान्तका कारण नभई राजनीतिक कारणले मात्रै पार्टी विभाजित भएको बताएका छन्। शुक्रवार सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा बोल्दै शर्माले सिद्धान्तका आधारमा पार्टी विभाजित नभएको तर्क गरे। 'राष्ट्रको एउटा विशिष्ट राजनीतिक अवस्थामा अधिवेशन सञ्चालन हुन गइरहेको छ। यद्पि, औपचारिक रुपमा विभाजनको घोषणा नभए पनि पार्टी विभाजनको संघारमा छ। पार्टी विभाजन…
बेलायतका लागि नयाँ वर्षसँगै नयाँ सुरुवात भएको छ। किनकि बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा अलग्गिएको छ। त्यहाँ रातको ठीक ११ बजेदेखि युनियनको नियम मान्न बन्द गरिएको हो। त्यस्तै यात्रा, व्यापार, प्रवासी र सुरक्षा सम्बन्धी नयाँ नियम लागू गरिएको बीबीसीमा जनाइएको छ। प्रधानमन्त्री बोरिस जोनसनले 'ब्रे ग्जिट'को प्रक्रिया सकिएको बताएका हुन्। अब बेलायत स्वतन्त्र भएको र अब अझै राम्रो गर्ने क्षमता…
बलिउड अभिनेत्री रिया चक्रवर्ती पुन: फिल्म क्षेत्रमा फर्कने भएकी छिन्। सुशान्तसिंह राजपुतको मृत्यु पछाडि विवाद र कानूनी अफ्ठ्यारा व्यहोरेकी उनले सन् २०२१ मा सार्वजनिक हुने फिल्ममा काम गर्न लागेकी हुन्। लेखक तथा निर्देशक रुमी जाफेरीले उनलाई आफ्नो फिल्ममार्फत् फेरि पर्दामा देखाउन लागेका हुन्। रुमी सुशान्तका निकट साथी हुन्। उनले बलिउड हंगामासँग भनेका छन्,'सन् २०२० उनका लागि तनावग्रस्त रह्यो। सबैका लागि…
हिप-हप स्टार एमएफ डुमको निधन भएको छ। ४९ वर्षीय उनको मृत्युको खबर परिवारले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन्। डानियल डुमायल यथार्थ नाम रहेको उनी गीत र प्रस्तुतिसँगै सधैं लगाउने मास्कका कारण चर्चित छन्। नयाँ वर्षको पूर्व सन्ध्यामा उनको मृत्यु भएको बारे श्रीमती ज्यास्मिनले बताएकी हुन्। लेखेकी छिन्,'मैले पाएको एक महान पति, पिता, शिक्षक, विद्यार्थी, सह व्यवसायी, प्रेमी र साथी थिए उनी।'…
काठमाडौंः २०२० को अन्तिम दिन अर्थात न्यु इयर इभको अवसरमा होहल्ला गर्ने ७१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरीले काठमाडौंका विभिन्नस्थान ठमेल, दरबामार्ग, न्यूरोड लगायतका विभिन्नस्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए। ' इभलाई ध्यान दिएर सुरक्षा प्रवन्ध गरिएको थियो। हिजो होहल्ला गर्ने शान्ति भंग गर्ने अभियोगमा काठमाडौंका विभिन्न क्षेत्रबाट मानिस नियन्त्रणमा लिएका छौं,'…
काठमाडौंः ९ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झापा घर भई ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई नियन्त्रणमा लिएको हो। ९ वर्षीय बालिकालाई ललाई फकाइ गरेर करणी गरेको जानकारी पाएपछि नियन्त्रणमा लिएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए। अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…
मोडल एन्जिला ढकाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका इन्दिरा जोशी र अमरको स्वर रहेको गीत ‘आगो हो’मा एन्जिलाको अभिनय छ। सुमिट ढुंगेलको कथा र निर्देशन रहेको भिडियोमा ढकालसहित सन्देश शाक्य, शशी क्षेत्री र स्वस्तिकालगायत कलाकारको अभिनय रहेको छ। आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ रहेका छन्। डिनसन शाहले सम्पादन गरेको उक्त भिडियो सुपर…