काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफले जित निकालेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले प्रदेश १ लाई १ सय ३५ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले आशिफ शेखको आक्रामक अर्धशतकको सहायतामा २४३ रन जोडेको थियो। एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनको लक्ष्य…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरी २० देखि सत्ताबाट बिदा हुँदैछन्। निस्कँदा निस्कँदै चीनविरुद्ध अर्को आक्रमक प्रतिबन्धको निर्णय गरेका छन्। ट्रम्प प्रशासनले चिनियाँ सरकारी कम्पनी चाइना नेशनल अफ्शोर ओयल र मोबाइल फोन उत्पादक शाओमीलाई कालो सूचिमा राखेको हो। यससँगै अमेरिकासँग चीनबाट हुने आयात रोक्ने अधिकार बढेको छ। अमेरिकी वाणिज्य मन्त्रालयलाई देशको सुरक्षामाथि खतरा हुने हरेक देशको आयात रोक्न अधिकार दिइएको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मान्छे हसाउँने जोकर भन्दै नेताहरुले दिएको अभिव्यक्तिमाथि टिप्पणी गरेका छन्। प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्रीले आफूले राम्रो काम गरेर जनतालाई खुशी पार्दा किन जोकर भन्ने? भन्दै प्रश्न गरे। 'केपी ओलीले मान्छे हसाउँछ। हँसाएर हिँड्छ। के म मान्छे मार्दै, विधवा बनाउँदै हिडौं?,' ओलीले प्रश्न गरेका थिए। आफूले देशका बालबालिका किशोर, बाआमाको अनुहारमा मुस्काउन ल्याएको उनको दावी थियो।…
काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिले नेपाली राजनीतिको निर्णायकको जिम्मेवारी काँग्रेसको काँधमा आएको बताएका छन्। काँग्रेस भरतपुर महानगरले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बेलामा सभापति शेरबहादुर देउवा पुन प्रधानमन्त्री हुनसक्ने सम्भावनासमेत बढेको उल्लेख गरे। त्यसैले प्रतिनिधि सभा पुनर्स्थापना भएर केही नबिग्रने पौडेलको भनाई थियो। 'प्रतिनिधि सभा आए पनि केही नोक्सान छैन।…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङले केही समय अघि अर्का नेता झलनाथ खनालले दिएको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन्। आज काठमाडौंमा आयोजित सत्तारुढ नेकपाको कार्यक्रममा बोल्दै नेम्वाङले व्यङ्ग्य गरेका हुन्। केही समय अघि नेता खनालले धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले नभई इन्जिनियरले बनाएको बताएका थिए। त्यही प्रसंग उप्काउँदै नेता नेम्वाङले भने, 'अहिलेको सरकारले कोरोनाको खोप नि:शुल्क वितरण गर्ने घोषणा गरेको छ। पछि…
काठमाडौं : प्रहरीले विभिन्न बाहनमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले झपा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ महानन्द चोक बस्ने २० वर्षीय अनुप ढकाल र सारांश भट्टराईलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका ढकालले पोखरा महानगरपालिका २० मलामका विमल कार्कीलाई विराटनगरमा भब्य फेसन सो भएकाले फोटो खिच्न आवश्यक सामाग्री सहित बोलाएका थिए। उनले पुस २४ गते…
टेकबहादुर गर्बुजा पुन - घुम्ने र एड्भेन्चर सौख। सानै सही, हिमाल चढ्ने हुटहुटी। फेसबुकले जुराइदियो अवसर। गोर्खा रेजिमेन्टबाट सिंगापुरमा १८ वर्ष प्रहरीका रुपमा कार्यरत रहँदा कहिल्यै यस्तो मौका जुरेन। ड्युटीमै बित्यो समय। तर, सोख भने बच्चैदेखि घुम्ने। ४ वर्षअघि जब म सिंगापुर गोर्खा पुलिस अफिसरको जागिरबाट रिटायर्ड भए, अनि सुरु भयो एडभेन्चर लाइफ। म्याग्दीमा लाहुरे परिवेशमा हुर्केर लाहुरे भएको म…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा विभागीय टोली एपीएफले प्रदेश १ लाई २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले आशिफ शेखको आक्रामक अर्धशतकको सहायतामा २४३ रन जोडेको हो। एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनको लक्ष्य प्रस्तुत गर्यो। एपीएफका लागि आशिफ शेखले सर्वाधिक ५९…
काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत आज विभागीय टोली एपीएफ र प्रदेश १ भिड्दैछन्। कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी खेलमा एपीएफ टस हारेर ब्याटिङमा उत्रिएको छ। एपीएफ शरद भेषवाकरको कप्तानीमा उत्रने छ भने प्रदेश १ सिद्धान्त लोहनीको कप्तानीमा उत्रँदै छ। शुक्रबारबाट सुरु भएको खेलमा आज एउटामात्र खेल हुनेछ। उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको थियो। टिम एपीएफ…
खेलाडीले कति उमेरसम्म सक्रिय रुपमा खेल्ला? फुटबल, क्रिकेटलगायतका खेलमा हेर्ने हो भने ३५? ४०? या ४२? यो भन्दा माथि गए अपवादका रुपमा जान सक्ला। अझ ढल्कँदो उमेरमा शीर्षलिगमा कायम रहनु चानचुने कुरा होइन। तर जापानी शीर्ष लिगमा योकोहामा फुटबल क्लबसँग भर्खरै करार गरेका काजुयसी मिओरा ५४ वर्षका भए। जापानमा 'किङ कजु' भनेर चिनिने मिओर यही फेब्रुअरीबाट ५४ वर्ष लाग्दैछन्। अर्थात…
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विवादको विषयमा नेपालले भारतसँग वार्ताको सुरुवात गर्न चाहेको बताएका छन्। इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सीमा विवादका केही विषयहरु थाँती रहेको भन्दै ति विषयमा वार्ता शुरु गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सीमाका विषयमा सहमति जुटाउन सके पूर्ण विवादरहित अन्तर्राष्ट्रिय सीमा कायम हुने मात्रै नभई दुई…
बलिउड अभिनेता वरुण धवनको विवाह हुँदैछ। धवन र उनकी प्रेमिका नताशा दलालले जनवरी २४ मा विवाह गर्न लागेका हुन्। कोरोना भाइरस संक्रमणको जोखिमबीच सीमित पाहुनाको उपस्थितिबिच विवाह समारोह हुँदैछ। तीन दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ। करिव ४० देखि ५० जनामात्र बोलाइने जनाइएको छ। सबैलाई संक्रमणको जोखिमबाट जोगिन सुरक्षा योजना दिइनेछ। बलिउडकर्मीका लागि भोज केही महिनापछि राखिनेछ। बलिउड हंगामाले स्रोतलाई…
सन् २०२० को सेप्टेम्बरमा रिलिज टार्गेट गरिएको थियो बलिउड फिल्म 'गंगूबाई काठियावाडी।' योजना अनुरुप गत वर्षदेखि छायाँकन सुरु भएको थियो फिल्मको। तर, कोरोना भाइरस महामारीका कारण छायाँकन रद्द भयो। लकडाउन लम्बिदै जाँदा फिल्म सिटीमा बनाएको भव्य सेट भत्काउनु पर्यो। पछिल्लो समय फिल्म पुन: छायाँकनका लागि फ्लोरमा निस्कने बारे खबर सार्वजनिक भयो। लगत्तै अभिनेत्री आलिया भट् अभिनय रहने ‘गंगूबाई काठियावाडी’ कानूनी…
काठमाडौं : नेकपाको प्रचण्ड - माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई साधारण सदस्यबाट हटाउने तयारी गरको छ। शुक्रवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी विरोधी गतिविधि गरेकाले प्रस्टिकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए। 'पार्टी विरोधी गतिविधि गरेकाले तपाईँलाई साधारण सदस्यबाट किन नहटाउने? भन्दै प्रष्टिकरण सोध्ने निर्णय भएको छ,' उनले भने। वर…
यूरोपेली देशहरूमा संगीतकारहरूलाई दिने भनिएको 'भिजा शूल्क मुक्त यात्रा अनुमति' प्रस्ताव खारेज भएको छ। यूरोपेली संघ (इयू) ले उक्त योजनामा बेलायतको समर्थन नरहेको दावी गरेको छ। ब्रसेल्सका अधिकारीले बीबीसीसँग भने,'संगीतकर्मीहरूका लागि दिइने भिसामुक्त यात्रा योजना बेलायतले अस्वीकार गरेको हो।' बेलायतका उच्च अधिकारी बस्ने एवं प्रधानमन्त्री कार्यालय समेत भएको डाउनिङ स्ट्रीटले उक्त 'महत्वाकांक्षी' प्रस्तावलाई यूरोपेली संघले खारेज गरेको प्रतिक्रिया जनाएको थियो।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले काठमाडौंमा माघ २३ का लागि निर्धारित बिरोध प्रदर्शनलाई एक साता वार सारिएको छ। अब प्रदर्शन माघ १६ गते हुनेछ। शुक्रवारको स्थायी कमिटी बैठकले आन्दोलनको कार्यक्रमको मिति केही दिन अघि सारेको हो। यस्तै, बैठकमा सांगठन विस्तारका विषयमा पनि छलफल भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटका बारेमा अध्यक्ष प्रचण्ड र माधव…
काठमाडौं: सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश गरेको छ। संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएकाले पूर्ण बृहत इजलास सुनुवाइ गर्न कानुनले नमिल्ने भन्दै संवैधानिक इजलासले उत्प्रेषण परमादेश जारी गरेको हो। इजलासले माघ ४ बाट संसद विघटन मुद्दामा सुनुवाइ गर्नेगरी हेर्दाहेर्दैमा राखेको छ।
काठमाडौं: शुक्रवार थप २ सय ७० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ८४ जनाको नमुना परीक्षणका क्रममा ९० महिला र १ सय ८० पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै संक्रमित संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ। हालसम्म २ लाख ६० हजार ५ सय ६७ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा…
काठमाडौं : औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ। सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ। विभागले दुई दिनअघि आपतकालीन अनुमतिका लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो। कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो।…
काठमाडौं : आजबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि ९८ रनको फराकिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो। आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेल्दै सर्वाधिक १ सय ११ रन बनाए। उनले…