PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • छायाँकन अगावै अस्ट्रेलिया प्रदर्शनका लागि बेचियो ‘डिसेम्बर फल्स’

    छायाँकन अगावै अस्ट्रेलिया प्रदर्शनका लागि बेचियो ‘डिसेम्बर फल्स’

    काठमाडौं : फिल्म 'डिसेम्बर फल्स'को सोमवारदेखि छायाँकन शुरु भयो। छायाँकन अगावै फिल्मको अस्ट्रेलिया प्रदर्शन र युट्युव राइट बिक्री भएको छ। एजुकेसन एण्ड माइग्रेसन कर्नरले फिल्म किनेको हो। फिल्मको टिजर, गीत, प्रोमो तथा फिल्म नेप आर्ट नामक युट्यव च्यानलमा उपलब्ध हुनेछन्। ती सामाग्रीको सर्वाधिकार अब फिल्म निर्माण युनिटको हुने छैन। फिल्मको प्रदर्शन मिति आउँदो साउन १ गते तय गरिएको छ। फिल्म…

    विस्तृतमा पढ्नुस्

  • सुवास र बिसालको कसिलो बलिङमा चलेन प्रदेश १ को ब्याटिङ, गण्डकीलाई १ सय ३ रनको लक्ष्य

    सुवास र बिसालको कसिलो बलिङमा चलेन प्रदेश १ को ब्याटिङ, गण्डकीलाई १ सय ३ रनको लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज जारी समूह ‘ए’ को खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १०३ रनको सामान्य लक्ष्य लक्ष्य प्रस्तु गरेको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ लाई धराशायी बनाउन गण्डकीका सुवास भण्डारी र विशाल पौडेलले समान ४/४ विकेट लिए। पौडेलले २७.२ मा राजन मगर, २७.३ मा मनोज तामाङ र २७.४ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • पीएम कपमा आज दुई खेल: बागमतीलाई सुदूरपश्चिमको चुनौती

    पीएम कपमा आज दुई खेल: बागमतीलाई सुदूरपश्चिमको चुनौती

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने छन् भने मुलपानी क्रिकेट मैदानमा हुने खेलमा गण्डकी प्रदेश र प्रदेश १ भिड्ने छन्। खेल ९ बजे सुरु हुनेछ। आज प्रतिस्पर्धामा उत्रने टिममध्ये बागमती दोस्रो जितको खोजीमा हुनेछ भने आफ्नो पहिलो खेलमा हार ब्यहोरेको गण्डकी र प्रदेश १ पनि…

    विस्तृतमा पढ्नुस्

  • बायर्नले फ्रेइबर्गलाई हरायो, लेवान्डोस्कीको कीर्तिमान

    बायर्नले फ्रेइबर्गलाई हरायो, लेवान्डोस्कीको कीर्तिमान

    जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले फ्रेइबर्गमाथि जित निकालेको छ। एलिनाज एरेनामा भएको खेलमा घरेलु टोली बायर्नले २-१ गो अन्तरले जित निकालेको हो। बार्यनको जितमा रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे। खेलको ७ औं मिनेटमै लेवान्डोस्कीले मुलरको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। उनको गोलमा बायर्न पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा फ्रेइबर्गका निल्स…

    विस्तृतमा पढ्नुस्

  • युभेन्टस इन्टर मिलानसँग पराजित

    युभेन्टस इन्टर मिलानसँग पराजित

    इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस इन्टर मिलानसँग पराजित भएको छ। सन सिरो स्टेडियममा भएको खेलमा युभेन्टस मिलानसँग २-० गोलअन्तरले पराजित भएको हो। मिलानको जितमा आर्टुरो भिडाल र निकोलो बरेलाले गोल गरे। खेलको १२ औं मिनेटमै बरेलाको पासमा गोल गर्दै भिडालले इन्टरलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा मिलान एक गोलले अघि रह्यो। दोस्रो हाफमा बरेलाले गोल थपे। उनले…

    विस्तृतमा पढ्नुस्

  • सानदार जित निकालेको सिटी दोस्रो स्थानमा

    सानदार जित निकालेको सिटी दोस्रो स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा सिटीले क्रिस्टल प्यालेसमाथि ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो। जोन स्टोनेसको गोलमा खेलको २६ औं मिनेटमा सिटीले अग्रता बनाएको थियो। पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो। दोस्रो हाफमा इल्के गुण्डोगनले सिटीका लागि अर्को गोल थपे। उनले खेलकव ५६ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड, टोटेनहमको सानदार जित

    बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड, टोटेनहमको सानदार जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको होडमा रहेका लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोली लिभरपुल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहम हट्सपरले सेफिल्ड युनाइटेडमाथि सानदार जित निकाल्यो। ब्रामल लेनमा भएको खेलमा टोटेनहमले घरेलु टोली सेफिल्डमाथि ३-१ गोल अन्तरले जित निकालेको हो। खेलको पाँचौ मिनेटमै…

    विस्तृतमा पढ्नुस्

  • दुई पटकको अग्रता जोगाउन नसक्दा फाइनलमा हार्‍यो बार्सिलोना, मेस्सीलाई रेड कार्ड

    दुई पटकको अग्रता जोगाउन नसक्दा फाइनलमा हार्‍यो बार्सिलोना, मेस्सीलाई रेड कार्ड

    स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिक बिल्बाओले उपाधि जितेको छ। बलियो बार्सिलोनालाई ३-२ गोलअन्तरले हराउँदै बिल्बाओले उपाधि जितेको हो। बार्सिलोनाले खेलमा दुई पटक अग्रता बनाएर पनि जोगाउन सकेन। खेलको ४० औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले अग्रता बनायो। तर् त्यस्को दुई मिनेटमै बिल्बाओका ओस्कार डी मार्कोसले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा खेल १-१…

    विस्तृतमा पढ्नुस्

  • एकता अभियानमा राख्न श्रीमतीबाट धम्की आएको वामदेवको दावी, लिंगबारे सोध्दा आयो बाडुल्की

    एकता अभियानमा राख्न श्रीमतीबाट धम्की आएको वामदेवको दावी, लिंगबारे सोध्दा आयो बाडुल्की

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक रहेका वामदेव गौतमले आफ्नो अभियानमा राख्न श्रीमतीले दबाब दिएको दावी गरेका छन्। आइतवार साँझ हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रममा राजेन्द्र बानियाँसँग कुराकानी गर्दै गौतमले यस्तो बताएका हुन्। सांसदसमेत रहेको गौतमकी श्रीमती तुलसी थापा प्रधानमन्त्री केपी ओली पक्षकै केन्द्रीय सदस्य भएकोबारेको प्रश्नमा गौतमले यस्तो जवाफ दिएका हुन्। खुसी राजीले आफ्नो अभियानमा थापाको साथ…

    विस्तृतमा पढ्नुस्

  • बर्दिया पुगेर वर्षमान पुनले भने, ‘केपी ओली अवैधानिक प्रधानमन्त्री हो’

    बर्दिया पुगेर वर्षमान पुनले भने, ‘केपी ओली अवैधानिक प्रधानमन्त्री हो’

    बर्दिया : नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्। पुनले आफैँ निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दावी गर्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे। संविधानमै प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने स्पष्ट उल्लेख भएको चर्चा गर्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • प्रिन्स र जेशिकाले जिते पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि

    प्रिन्स र जेशिकाले जिते पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि

    काठमाडौं: योनेक्स सनराइज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग प्रतियोगिताको उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले उचालेका छन्। शीर्ष वरीयताका रत्नजितलाई सेमिफाइनलमा पराजित गरेका प्रिन्सले शीर्ष १६ पुरुष एकलको फाइनलमा एपीएफका दिपेश धामीमाथी २१/१८, २१/१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ इतिहास बनाएका छन्। महिला तर्फ शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • 'बेसार पानी र हाच्छ्युँ गरे कोरोना भाग्छ भन्दा ताली बजाउने संसद्ले ओलीलाई कसरी असहयोग गर्‍यो?'

    'बेसार पानी र हाच्छ्युँ गरे कोरोना भाग्छ भन्दा ताली बजाउने संसद्ले ओलीलाई कसरी असहयोग गर्‍यो?'

    काठमाडौं: नेपाल बार एशोसिएशनका पूर्व महासचिव एवं अधिवक्ता सुनिलकुमार पोखरेलले प्रतिनिधिसभा विघटन बदरभागी भएको बताएका छन्। संवैधानिक इजलासमा बहसका क्रममा पोखरेलले प्रक्रिया नै पूरा नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको भन्दै बदर गर्न माग गरे। उनले विघटनका सम्बन्धमा इजलासले विषयमा ख्याल राख्नुपर्ने बताए। रिट जारी वा अस्वीकार हुँदा पनि चार प्रश्नको जवाफ आवश्यक हुने जिकिर गरे। ‘हाम्रो संसदीय प्रणालीले…

    विस्तृतमा पढ्नुस्

  • थप २६६ जनामा कोभिड-१९ को संक्रमण पाँच जनाको मृत्यु

    थप २६६ जनामा कोभिड-१९ को संक्रमण पाँच जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप दुई सय ६६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६७ हजार तीन सय २२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप पाँच जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय ५९ पुगेको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि प्रधानमन्त्रीले उठाएको प्रश्नमा प्रधानन्यायाधीश राणाले दिए यस्तो जवाफ

    पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि प्रधानमन्त्रीले उठाएको प्रश्नमा प्रधानन्यायाधीश राणाले दिए यस्तो जवाफ

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बाहिर उठेका प्रश्न इजलासको सरोकारको विषय नभएको बताएका छन्। संसद विघटनविरुद्ध निवेदकले संवैधानिक इजलासमा बहस गरिरहेका बेला प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले बाहिरको कुरामा इजलासको सरोकार नहुने जवाफ दिएका हुन्। निवेदकका तर्फबाट अधिवक्ता सुनिल पोखरेलले बहस गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि दबाबपूर्ण अभिव्यक्ति र पूर्व प्रधानन्यायाधीशले नागरिकका हैसियतले बोलेको कुरामा झाको झार्ने काम गरे…

    विस्तृतमा पढ्नुस्

  • निर्मल दाहालको नयाँ गीत 'अचेल मायाको…' सार्वजनिक

    निर्मल दाहालको नयाँ गीत 'अचेल मायाको…' सार्वजनिक

    काठमाडौं : गायक निर्मल दाहालको नयाँ गीत सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतमा रङ्गकर्मी सन्दिप डंगोलको शब्द तथा संगीत रहेको छ। गीतमा गायक नबिन के भट्टराईले संगीत संयोजन गरेका छन्। मन्दिप बखुंचेले निर्देशन गरेको भिडियोमा निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेत फिचर्ड छन्। राजिव थापा र मिलन तामाङले खिचेको उक्त भिडियोलाई रितेशजंग क्षेत्री र विशाल लामाले…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको प्रश्न : सरकारले कर्मचारी सरुवा गर्दा तपाईँहरु किन बोल्नुभएन?

    निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको प्रश्न : सरकारले कर्मचारी सरुवा गर्दा तपाईँहरु किन बोल्नुभएन?

    काठमाडौं : निर्वाचन आयोगले सरकारले तोकेको बैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ। आइतवार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा छलफल गरेको हो। छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र…

    विस्तृतमा पढ्नुस्

  • युगान्‍डा निर्वाचनमा हारेका पप स्टार सेनाको घेराबन्दीमा, चुनावमा धाँधलीको आरोप

    युगान्‍डा निर्वाचनमा हारेका पप स्टार सेनाको घेराबन्दीमा, चुनावमा धाँधलीको आरोप

    युगान्डामा भएको आम निर्वाचनमा राष्ट्रपति योवेरी मुसेवेनी पुन: निर्वाचित भएका छन्। ३५ वर्षयता उनको यो छैटौं कार्यकाल हो। राष्ट्रपति पदका लागि उनीसँगै अन्य १० जनले उम्मेद्वारी दिएका थिए। जसमध्ये एक हुन् पप स्‍टार रोबर्ट क्यगुल्यानी सेसेन्टामु। राजनीतिमा उनी बोबी वाइनका रुपमा परिचित छन्। बोबी वाइनलाई मुसेवेनीको निकटम प्रतिद्वन्द्वी मानिएको थियो। युगान्डाको इलेक्टोरल कमिसनका अनुसार कूल मतको ५९ प्रतिशत मुसेवेनीको पक्षमा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीलाई हराउँदै प्रधानमन्त्री कपमा आर्मीको दोस्रो जित

    कर्णालीलाई हराउँदै प्रधानमन्त्री कपमा आर्मीको दोस्रो जित

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। जसका लागि अनिल मण्डलले सर्वाधिक ८९ रन बनाउँदा कप्तान बिनोद भण्डारीले ४१ रन…

    विस्तृतमा पढ्नुस्

  • अत्यधिक चिसो बढेपछि वीरगंजका सबै विद्यालय तीन दिनका लागि बन्द

    अत्यधिक चिसो बढेपछि वीरगंजका सबै विद्यालय तीन दिनका लागि बन्द

    वीरगंज : आइतवारदेखि वीरगंजका सबै विद्यालय तीन दिनसम्म बन्द भएका छन्। वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले सरकारी र निजी सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ। तराईमा बढेको अत्यधिक चिसोको कारण पठनपाठनमा असर पर्ने भएकोले शिक्षक संगठन तथा निजी विद्यालय संगठनको सहमतिमा विद्यालय बन्द गर्ने निर्णय भएको वीरगंज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए। नेपाल शिक्षक महासंघ…

    विस्तृतमा पढ्नुस्

  • बलिदानी दिवसमा भोलि प्रदेश २ मा सार्वजनिक बिदा

    बलिदानी दिवसमा भोलि प्रदेश २ मा सार्वजनिक बिदा

    वीरगंज : हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतवार एक विज्ञप्ति जारी गर्दै भोलि सोमवार सार्वजनिक बिदा दिइएको जनाएको छ। तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको स्मरणमा विगत तीन वर्षदेखि प्रदेश २ सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell