काठमाडौँः प्रहरीले काठमाडौंको कुलेश्वरबाट जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले सोमबार राति काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित शिव श्रेष्ठको घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा घरधनी ४४ वर्षीय शिव श्रेष्ठ, यादव चौलागाई, राजु पौडेल, राजीव श्रेष्ठ, केशव प्रसाद मुडवरी, श्याम तामाङ र प्रेम बडुवाल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २ लाख…
बलिउड कलाकार सुशान्त सिंह राजपुत कृतिले दीवालीमा आफ्नो दाइका लागि कामना गर्ने शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गरेकी छिन्। उनले एक भिडियो सार्वजनिक गरेकी छिन् जसमा सुशान्तप्रति व्यक्त गरिएका श्रद्धाञ्जली सन्देशहरू छन्। भिडियोमा सुशान्तको शान्तिको कामना गर्दै बनाइएका रंगोली छन्। एक रंगोलीमा सुशान्तसँगै उनकी पूर्व म्यानेजर दिशा सालैन पनि छिन् जसले सुशान्तभन्दा एक साता अघि आत्महत्या गरेकी थिइन्। ‘ए दिवाली सुशान्त वाली……
दुई वर्षपछि शाहरुख खानको कमब्याक रहने फिल्म ‘पठान’मा सलमान खानले विशेष भूमिका निर्वाह गर्ने खबर सार्वजनिक भएको थियो। शाहरुख पनि सलमानको फिल्म ‘टाइगर’को तेस्रो संस्करणमा देखिने बलिउड हंगामाले जनाएको छ। शाहरुखले पठानकै पात्र बनेर टाइगर ३ मा विशेष प्रस्तुति दिनेछन्। सलमान पनि पठानमा टाइगर नै बनेर उपस्थित हुन लागेका हुन्। दुई सुपर स्टारसहितको यस्तो क्रसओभरलाई बलिउडमा पहिले नभएको समेत जनाइएको…
मध्य प्रदेशको ग्वालियरस्थित स्वर्ग सदन आश्रम। आजकल त्यहाँ प्रहरी अधिकारीहरूको चहलपहल देखिन्छ, मनीष मिश्रालाई भेट्नका लागि। मनीष मिश्रा वर्षौंदेखि सडकमा बस्दै आएका थिए। उनी आश्रममा पुगेको केही मात्र भयो। उनलाई भेट्न आउने प्रहरी ती हुन् जो पहिले उनको ब्याचमेट थिए। स्वर्ग सदन आश्रमका सञ्चालक पवन सूर्यवंशीले भने,’हाल निकै आरामले बसेका छन्। उनलाई आवश्यक रेखदेख गरिएको छ। उनका ब्याचमेटहरू भेट्न…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज मुजिब बोर्सो फिफा इन्टरनेसनल सिरिज अन्तर्गतको नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशको सामना गर्दैछ। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपालले ढाकास्थित बंगबन्धु स्टेडियममा पौने पाँच बजे खेल्नेछ। यसअघि नेपाल पहिलो खेलमा घरेलु टोलीसँग २-० ले पराजित भएको थियो। नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदान उत्रने छ…
कोभिड-१९ विरुद्धको नयाँ खोप झण्डै ९५ प्रतिशत प्रभावकारी रहेको पाइएको छ। अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार सो खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको हो। यसअघि फिजर कम्पनीले सार्वजनिक गरेको तथ्यांकले पनि सोही किसिमको नतिजा देखाएको थियो। यसबीच मोडर्नाको यो नतिजाले खोपको विकासपछि पान्डेमिकको अन्त्य हुने विश्वासमा अझ बल पुगेको छ। दुवै कम्पनीले खोपको विकासका लागि उच्चस्तरको…
युईएफए नेशन्स कप अन्तर्गत गएराति भएको खेलमा इटलीले पोल्याण्डमाथि जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा इटलीले पोल्याण्डमाथि २-० को जित निकाल्दै समूह ए को शीर्षस्थानमा उक्लिएको हो। इटलीलाई खेलको २७ औं मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले अग्रता दिलाएका थिए। पहिलो हाफमा इटली एक गोलले अघि रह्यो। दोस्रो हाफमा गोरलस्की रातोकार्ड खाँदै बाहिरिँदा पोल्याण्ड १० खेलाडीमा सीमित भएको थियो। उनी ७७ औं…
युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह बी को खेलमा बेल्जियमले इङ्ग्ल्याण्डमाथि सहज जित निकालेको छ। किंग पावर स्टेडिओनमा भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डमाथि २-० को जित निकालेको हो। खेलको १० औं मिनेटमा रोमेलु लुकाकुको पासा युरी टाइल्समेनको गोलमा बेल्जियमले अग्रता बनाएको थियो। त्यस्तै २३ औं मिनेटममा ड्राइज मेट्रिन्सले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए। पहिलो हाफमै २-० ले बेल्जियम…
कर्णालीः प्रहरीले जुवा खेलिरहेको अवस्थामा आइतबार एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले तीन लाख रुपैयाँभन्दा बढी नगदसमेत बरामद गरेको छ। जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष…
डोल्पाः उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी करार कर्मचारीको भरमा चलेको छ। स्वास्थ्य चौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो। अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हितकुमारी रोकायले स्वाथ्यचौकी धानेका छन्। शे–फोक्सुण्डो गाँउपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी…
धनुषाः जनकपुरधाममा एसिड बिक्री वितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो। शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ। शनिबार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम वडा नं. २० देवपुरा घर भएका…
वीरगंजः मुलुकको प्रमुख मध्येको एक आर्थिक नगरी वीरगंजको यस वर्षको दीपावली फिक्का रहयो। परम्पराको निरन्तरता र हर्षोल्लासको संगमको रुपमा मनाइँदै आइएको दीपावलीको रौनक गत वर्ष जस्तो महसुस नगरिएको वीरगंजवासीले बताएका छन्। लामो समयदेखि देशले झेलिरहेको कोरोना महमारीका कारण हरेक क्षेत्रमा चौतर्फी असर पारेको अवस्थामा यस वर्षको चार्डपर्व पनि विगतको जस्तो नभएको हो। लक्ष्मी पूजाको दिन वीरगंजको आदर्शनगर, माइस्थान, लिंकरोड, विर्ता,…
वीरगंज : पर्सामा दीपावलीको दिन बालिएको दियोबाट बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा आगालागी भएको छ। रामनगरीका मनबोध साहको घरमा आगलागी हुदाँ उनकी १५ वर्षीया छोरी मनाकुमारी साहको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। शनिवार राति १० बजेको समयमा दीपावलीको लागि बालिएको दियोबाट आगो सल्केर फुसको घरमा आगलागी भएको बताइएको छ। उक्त घरमा मनबोधकी एक्ली छोरी सुतिरहेको अवस्थामा आगलागी भएकोले…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिने बताएका छन्। आइतवार सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरिने बताएका हुन्। मन्त्री भट्टराईले सो कार्यको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लागत तयार गर्न निर्देशन…
काठमाडौं : राजधानीको कागेश्वरी मनहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हाँस्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको शालिक राखिएको छ। तीन साहित्यिक हस्तीको पूर्णकदको शालिक शनिवार अनावरण भयो। १ सय ११ औं लक्ष्मीजयन्तीका अवसरमा साहित्यकार एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले स्रष्टाहरुको शालिकमा माल्यार्पण गरे। कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कृष्ण…
काठमाडौं : नयाँ डान्सिङ रियालिटी सो बन्ने घोषणा भएको छ। कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले बालबालिकाहरूको लागि 'डान्स मास्टर लिटल च्याम्प्स' बनाउने बताएका हुन्। कार्यक्रम सहनिर्माणका लागि लक्ष्मी पूजाको दिन थ्री प्रोडक्सन र नेपा प्रोडक्सनले सम्झौता गरे। तीनजना जज र एकजना सुपर जज रहने छन्। सोमा बलिउडमा कार्यरत् नेपाली मुलका डान्सर निर्णायक रहनेछन्। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यस सोका विजेताले…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिएका छन्। आइवार बिहान बालुवाटारमा भएको भेटमा ओलीले गौतमलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ताको पहल गर्न आग्रह गरेका थिए। तर, गौतमले बैठकबाट समाधान खोज्न सुझाएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए। 'यसरी छलफल गरेर…
नेहा ग्राफिक डिजाइनर बन्न चाहन्छिन्। त्यस सम्बन्धित कोर्स पढ्नकै लागि उनी अस्ट्रेलिया जाने तयारीमा हुन्छिन्। तर, परिवारप्रतिको जिम्मेवारीले उनलाई बाँध्छ। ह्विलचेयरको सहायतामा यता उता गर्ने भाइ राजुका लागि नेहा वैसाखी सरह हुन्। दाजु रमेशलाई लाग्छ बहिनी विदेश जानुको अर्थ – परिवारबाट टाढा हुनु र बिर्सनु। अन्जानमै दुई दाजुभाइ नेहामा निर्भर भएका हुन्छन्। जसका कारण उनी विदेश जाने योजना स्वीकार्य हुँदैन।…
काठमाडौंः कलाकार मनोज गजुरेल कोभिड १९ संक्रमण मुक्त भएका छन्। कोभिड १९ पोजेटीभ आएपछि होम आइसोलेसनमा बसेका गजुरेल स्वाप्रश्वासमाम समस्या भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका थिए। ११ दिनसम्म अस्पताल बसेर कोभिड परीक्षण गराउँदा नगेटीभ आएपछि घर फर्किएको उनले जानकारी दिएका छन्। कलाकार गजुरेलले फेसबुका स्टास राख्दै भनेका छन,'११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु ।…
परासीः नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले विसं २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई…