काठमाडौंः मोटरसाइकलमा आगजनी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका वडा नम्वर १७ बिरौटा बस्ने १९ वर्षीय दिवश रानाभाटलाई नियन्त्रणमा लिएको हो। रानाभाटले असोज २६ गते राती पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा स्थित शिशुनिकेतन मार्गमा रहेको सन्तोष अर्यालको स्टोर अगाडि पार्किङ गरी राखेको मोटरसाइकलमा आगजनी गरेका थिए। ग १२ प ८६९८ नम्बरको बुलेट…
काठमाडौं : खुलामञ्चमा वितरण हुँदै आएको निःशुल्क भोजन कार्याक्रमलाई काठमाडौं महानगरपालिकाले निषेध गरेपछि अहिले थापाथली (परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल) नजिकै वागमती किनारामा सुरु गरिएको छ। काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु बीचको सहमति अनुसार थापाथलीबाट खाना वितरण गर्न लागिएको हो। खुल्लामञ्चमा स्वास्थ्यका दृष्टिकोणले पनि असुरक्षित भएको भन्दै वैकल्पिक व्यवस्था गरिएको उक्त स्थानमा ढल गन्हाउने छ। पानी, शौचालयको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवीलाई भेटेर बालुवाटार फर्किएका छन्। ओली साढे १० बजे शीतल निवास पुगेका थिए। राष्ट्रपतिका र प्रधानमन्त्रीबीच नियमित छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। नेकपा विवादमा राष्ट्रपतिले चासो राख्दै आएकी छिन्। हिजो मात्रै राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेकी थिइन्। प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले मिलेर जान सुझाव…
जनकपुरधामः महोत्तरीको बर्दिबासमा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा सवार अर्का व्यक्ति सामान्य घाइते भएका छन्। ना ७ ख ३५२१ नम्बरको तेल टयाङकर पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ग ९ प ५३२१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुधवार बिहान स्थानीय भावना पेट्रोल पम्पमा तेल हालेर पोखरा तर्फ…
काठमाडौंः प्रहरीले बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो। वृत्तका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले बसुण्डोलस्थित टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना…
काठमाडौंः तिहारको दिन १७ हजार ९२० मेगावाट आवर मात्रै विद्युत ऊर्जा खपत भएको छ। लक्ष्मी पुजाको दिन १९ हजार मेगावाट आवर भन्दाबढी रहेको ऊर्जा खपत भोलिपल्ट १८ हजार ४५५ मेगावाट आवरमा सीमित भएको थियो। नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ७ हजार मेगावाट आवर विद्युत ऊर्जा आपूर्ति हुँदा निजी क्षेत्रका आयोजनाबाट ११ हजार र भारतबाट ४७७ मेगावाट आवर ऊर्जा आयात गरिएको थियो। पिक…
काठमाडौंः मोरङको उर्लाबारीमा आगोलागी हुँदा ट्याक्टर र पराल जलेर नष्ट भएको छ। उर्लाबारी नगरपालिका वडा नम्वर ३ चन्दने चोक बस्ने हरी गडतौलाको ट्रयाक्टरमा थेसर मेशिन लगाई दाउनी गर्ने क्रममा आगोलागी भएको थियो। आगोलागीबाट ट्रयाक्टर र आठ कठ्ठाको धानको पराल नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। आगो अस्थायी प्रहरी चौकी मंगलबारे तथा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली, स्थानियबासी, दमकलको…
फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई हराएको छ। स्टेडियो नासिओनल डी लिमामा भएको खेलमा घरेलु टीमलाई अर्जेन्टिनाले २-० गोल अन्तरले हराएको हो। अर्जेन्टिनाको जितमा निकोलस गोञ्जालेज र लौटरो मार्टिनेजले गोल गरे। खेलको १७ औं मिनेटमा अर्जेन्टिनाले गोञ्जालेजको गोलमा अग्रता बनाएको थियो। त्यस्तै २८ औं मिनेटमा मार्टिनेजले अर्को गोल थप्दा पहिलो हाफमै अर्जेन्टिना २ गोलले…
फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको आज बिहान सम्पन्न खेलमा ब्राजिलले उरुग्वेलाई हराएको छ। सेन्टेनारियो स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई ब्राजिलले २-० ले हराएको हो। ब्राजिलको जितमा आर्थर मेलो र रिचार्लिसनले गोल गरे। खेलको ३४ औं मिनेटमै मेलोको गोलमा ब्राजिलले अग्रता बनाएको थियो। त्यस्तै ४५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दा पहिलो हाफमै ब्राजिल २ गोलले अघि रह्यो। दोस्रो हाफमा उरुग्वेका…
यूईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकालेको छ। स्टेड डी फ्रान्समा भएको समूह सी को खेलमा घरेलु टोलीले स्वीडेनमाथि ४-२ गोलअन्तरको जित निकालेको हो। भिक्टर क्लासेसनको गोलमा स्वीडेनले खेलको चौथो मिनेटमै अग्रता बनाएको थियो। तर १६ औं मिनेटमा फ्रान्सका ओलिभर जिराउडले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ३६ औं मिनेटमा बेन्जामिन पावार्डको गोलमा फ्रान्स अग्रता…
जेनेभा : कोभिड-१९ विरुद्धको भ्याक्सिन सफलताको नजिक पुगिरहेका बेला आपू्र्ति व्यवस्था सहज बनाउन अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)ले नयाँ निर्देशिका सार्वजनिक गरेको छ। कार्गो उडानका लागि विश्व उड्डयन क्षेत्र तयार रहेको जनाउँदै आयटाले उक्त निर्देशिका सार्वजनिक गरेको जनाएको छ। आयटाका अनुसार एयर कार्गोमार्फत भ्याक्सिन वितरण कार्य हालसम्मकै धेरै हुने अनुमान छ। यो निर्देशिका अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ), इन्टरनेशनल फेडेरेसन अफ…
यूईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्पेनसँग लज्जास्पद हार ब्यहोरेको छ। स्टेडियो डे ला कार्टुजामा भएको समूह डीको खेलमा जर्मनी स्पेनसँग ६-० को फराकिलो अन्तरले पराजित भएको हो। स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक पुरा गरे। म्यानचेस्टर सिटीका टोरेसको यो करियरको पहिलो ह्याट्रिक हो। खेलको १७ औं मिनेटमा अल्भेरो मोराटाको गोलमा स्पेनले अग्रता बनाएको थियो। त्यस्तै ३३ औं र…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु बुधवारको सचिवालय बैठकबारे रणनीति तयार गर्न व्यस्त छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन्। ओलीले मंगलवार महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप नेताहरुसँग बालुवाटारमा छलफल गरेका हुन्। स्थायी कमिटी सदस्य सुवास नेम्वाङले दुई अध्यक्षबीच थप परामर्श गरेर मात्रै…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली आज सम्पन्न मुजिब बोर्सो फिफा इन्टरनेसनल सिरिज अन्तर्गतको दोस्रो खेलमा बंगलादेश 'बी'सँग बराबरीमा रोकिएको छ। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपालले ढाकास्थित बंगबन्धु स्टेडियममा भएको खेलमा गोलरहित बराबरीमा रोकिएको छ। प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफमा नेपालले आक्रमक खेल खेलेर पनि गोल गर्न सकेन। खेलको अतिरिक्त समयमा नवयुग श्रेष्ठले प्रहार गरेको बल पोस्टमा ठोक्किएर फर्किएको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। प्रचण्ड केहीबेर अघि शीतलनिवास पुगेका हुन्। केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिबीच छलफल भएको थियो। पछिल्लो सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि नेकपामा एक खालको तरंग पैदा भएको छ। प्रधानमन्त्री ओली बुधवार दिउँसो…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय २८ जना आज डिस्चार्ज भएका छन्। त्यस्तै थप १७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोभिड-१९ संक्रमितको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ भने १ लाख ७९ हजार २४२ जना…
पछिल्लो समय सीमा क्षेत्रमा देखिएको तनाबपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङ आमनेसामने हुँदैछन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अध्यक्षतामा हुन लागेको ब्रिक्स सम्मेलनको क्रममा दुई नेता आमनेसामने हुन लागेका हुन्। ब्रिक्स स्थापनापछि पहिलो पटक भर्चुअल रुपमा मस्कोले ब्रिक्सको १२ औं शिखर सम्मेलनको आयोजना गर्दैछ। सम्मेलनमा सदस्य राष्ट्रहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका राष्ट्र तथा…
पर्यटक हुन्थे भने रसुवाको लाङटाङमा अलग्गै दृष्य देखिन्थ्यो यतिखेर। विदेशी पर्यटकसँगै स्वदेशीहरुको पनि बाक्लै आउजाउ चलिरहेको हुन्थ्यो। होटलहरुबाट धुँवा निस्किरहेका दृष्य सामान्य हुन्थ्यो। कोरोना भाइरसका कारण पर्यटकको आगमन ठप्पजस्तै छ। मानिसहरुको गतिविधि नभएपछि यहाँ रहेका होटलमा ताला लागेका छन्। गोसाइँकुण्ड यतिखेर सुनसान छ। फाट्टफुट्ट मानिसहरु हेलिकप्टरमा यहाँ पुग्ने गरेका छन्, त्यो पनि ज्यादै न्युन। सोमवार गोसाइँकुण्डमा पुग्दा मन्दिर खुला थियो,…
काठमाडौंः जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। मोरङमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले आज बिहान लेटाङ नगरपालिका वडा नम्वर ९ स्थित जाँतेबाट उनीहरुलाई पक्राउ गरेको हो। सोएता मगरको घरमा जुवा खेलीरहेको अबस्थामा ददिराम पौडेल, निर्मल मगर, रन्जित मगर, नरध्वज खड्का, चन्द्रबहादुर गौतम,सिरि कुमार पुलामी मगर र यम कुमार शेर्पालाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले १ लाख…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ। पौडेल मंगलवार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए। प्रचण्ड र पौडेलबीचको भेटमा पार्टीमा उत्पन्न पछिल्लो घटनाक्रमका विषयमा छलफल भएको थियो। तर, भेटबारे ठोस कुरा खुलाइएको छैन। नेकपाले बुधवार सचिवालय बैठक बोलाएको छ। तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डले गएको…