फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। स्टेड लुइस टू मा भएको खेलमा घरेलु टोली मोनकोले पीएसजीमाथि ३-२ को उत्कृष्ट पुनरागमन जित निकालेको हो। खेलमा किलियन एम्बाप्पेले खेलको २५ औं मिनेटमा एन्जेल डी मारियाको पासमा पीएसजीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३७ औं मिनेटमा उनले नै पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा पीएसजी २-० ले अघि…
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरका ६५ जिल्लामा कोभिड-१९ का नयाँ संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १० हजार ३४० जनाको नमुना परीक्षण गर्दा एक हजार ९४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि हुनेमध्ये ७४० महिला र एक हजार २०५ जना पुरुष छन्। पछिल्लो २४ घण्टामा ५.३ जनाको नमुना परीक्षण गर्दा १…
काठमाडौं : सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिएका छन्। शुक्रवार कोरिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन्। बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उनले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिए। पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने र फुटपातको…
फिल्म 'स्त्री' सन् २०१८ को अगस्टमा सार्वजनिक भएको थियो। राजकुमार राव र श्रद्धा कपुर अभिनित फिल्म प्रदर्शनपछि विवादमा तानियो। कारण – निर्माताहरू बीच आर्थिक लेनदेन। स्त्रीलाई म्याड्डक फिल्म्सका दिनेश विजान र डीटूआर फिल्म्सका राज निदीमोरु र कृष्ण डीकेले सहनिर्माण गरेका थिए। फिल्म प्रदर्शनपछि संकलित फाइदा रकमलाई लिएर दुई पक्षबीच विवाद भयो। विहीवार म्याड्डक फिल्म्सले विज्ञप्ती जारी गर्दै विवाद सुल्झिएको जानकारी…
ब्राजिलियन मोडलको फोटोमा पोप फ्रान्सिसको इन्स्टाग्रामबाट लाइक भएपछि हँगामा भएको छ। भ्याटिकनले धर्मगुरुको आधिकारिक इन्स्टाग्रामबाट लाइक भएको विषयमाथि अनुसन्धान सुरु गरिएको जनाएको छ। ब्राजिलियन मोडल नातलिया गारिबोटोको स्कुल युनिफर्मवाला अर्धनग्न फोटोमा पोपको अकाउन्टबाट लाइक भएको हो। कुन समयमा लाइक भएको हो खोजीको विषय बनेको छ। पोपले अर्धनग्न फोटोमा लाइक गरेको खबर आएपछि भने तस्बिरमा अनलाइक गरिएको थियो। होली सीका अधिकारीहरु…
काठमाडौं : होटल संघ नेपाल हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कोरोना संक्रमणसँगै निमोनिया भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ७२ वर्षीय शाक्य अमर होटलका संचालक हुन्। उनका दुई छोरा छन्। जेठो छोरा चिकित्सक छन् भने कान्छाले होटल हेर्दै आएका छन्। ‘उहाँ सेल्फमेड म्यान हुनुहुन्थ्यो। होटल उद्योगमा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्। शुक्रवार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच कुराकानी भएको छ। अध्यक्षसँग केहीबेर छलफल गरेर महासचिव पौडेल धुम्बाराहीबाट बाहिरिएका छन्। उनीहरुबीच पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल भएको बताइएको छ। महासचिवपछि अहिले प्रचण्ड संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग कुराकानीमा…
काठमाडौं : काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुखसहित ३३ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा भएको छ। गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आइतवार (मंसीर ७) गतेबाट लागू हुनेगरी एसएसपी सरुवा गरिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंहलाई सरुवा गरिएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखामा कार्यरत थिए। काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवालीलाई भने अशोक सिंहको…
काठमाडौं : काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंहलाई सरुवा गरिएको छ। यसअघि काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवाली थिए। त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राईको ठाउँमा एसएसपी किरण बज्राचार्यलाई लगिएको छ। त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपी सरुवा गरिएको छ। गृह मन्त्रालयले ३३ जना एसएसपीको सरुवा गरेको हो।
बलिउड स्टार अक्षय कुमारले एक युट्यूबरविरुद्ध मानहानीको मुद्दा हालेका छन्। उनले सुशान्त सिंह राजपुतमो मृत्यु प्रकरणमा आफ्नो नाम जोडेर सामाग्री प्रसारण गर्ने राशिद सिद्दिकीलाई ५ सय करोड क्षतिपूर्तीसहित कारवाहीको माग गरेका हुन्। राशिदले एक भिडियो अक्षयले सुशान्त सिंह राजपुतकी प्रेमिका रीया चक्रवर्तीलाई भागेर क्यानडा जान सहयोग पुर्याएको दावी गरेका थिए। उनले अक्षयले उद्धव र आदित्य थाकरेसँग सुशान्तबारे गोप्य छलफल गरेको…
काठमाडौं : ह्युमनद राइट वाच र एडभोकेसी फोरमले द्वन्द्वकालका घटनामा भएका मानवअधिकार उल्लंघनमा प्रहरी तथा अभियोजनकर्ताहरुलाई सरकारले अनुसन्धान प्रक्रिया अघि बढाउन अवरोध गर्दै विधिको शासन र सुरक्षा क्षेत्रको सुधार कार्यको अवमूल्यन गरेको ठहर गरेका छन्। 'पिडीतहरुका लागि न कानुन, न न्याय न राज्य : द्वन्द्वोत्तर राज्यमा दण्डहीनता संस्कृति' नामक प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकारसँग सम्बन्धित दुई संस्थाले जारी गरेको प्रतिवेदनमा सरकारले विधिको शासनको…
एक प्रतिष्ठित जापानी गायकलाई उनी संलग्न संस्थाले निलम्बन गरेको छ। मासाहिको कोन्डोलाई जोनी एण्ड एसोसियटले विवाहइतर सम्बन्धका कारण काम गर्न रोक लगाएको हो। संस्थाले जारी गरेको विज्ञप्तीमा लेखिएको छ : अव्यवहारिक कृयाकलापका कारण मासाहिकोको कडाभन्दा कडा सजायको हकदार छन्। उनले चेतना गुमाएको छन्। गैर जिम्मेवार रुपमा प्रस्तुत भएका छन्। ५६ वर्षीय गायकलाई सम्पूर्ण गायन, कामहरूबाट रोक लगाइएको छ। गत साता…
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना महिलाको मृत्यु भएको छ। सप्तरी जिल्लाको बोडे बर्साइन ३ की कोभिड-१९ संक्रमित ७१ वर्षकी महिलाको उपचारका क्रममा बिहीवार राती मृत्यु भएको अस्पतालले जनाएको छ। बिहीवार नै कोभिड-१९ को संक्रमण पुष्टि भएकी ती महिलामा निमोनियासमेत थियो। बिहीवार नै अस्पतालमा भर्ना भएकी उनको राती ८:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
काठमाडौं : रेलमार्ग सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक बिहीवार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देल र भारतका तर्फबाट सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा मनोज सिंह नेतृत्वमा भएको बैठकमा नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धकलगायत नेपाल सरकार गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरुको…
उत्तर प्रदेशको प्रतापगढ जिल्लास्थित प्रयागराज-लखनऊ राजमार्गमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मर्नेमध्य ६ जना बालबालिका रहेका छन्। मानिस सवार जिप राजमार्गमा रोकेर राखेको ट्रकसँग ठोक्किएको थियो। प्रहरी अधिकारी अनुराग आर्यका अनुसार ट्रकको टायर पङ्चर भएपछि सडक किनारमा रोकिएको थियो। गाडीमा सवार सबै जन्ती गएर फर्कदै थिए। दुर्घटना मध्यरातमा भएको हो। प्रतापगढ़: मानिकपुर पुलिस थाने के अंतर्गत प्रयागराज-लखनऊ…
डोनाल्ड ट्रम्पले चुनावी पराजय अस्वीकार गरेको विषयलाईलिएर प्रेसिडेन्ट इलेक्ट जोय बाइडेनले भत्सर्ना गरेका छन्। साथै ट्रम्पको अभिव्यक्तिले गैरजिम्मेवार सन्देश दिएको बताए। ट्रम्पलाई आफू चुनावमा हार्छु भन्ने जानकारी भएकाले यस्तो व्यवहार प्रस्तुत गरिरहेको आक्षेप लगाए। ट्रम्पले चुनावमा धाँधली भएको भन्दै कानुनी उपचार खोजिरहेका छन्। उनले विभिन्न राज्यका विधायकहरुलाई ह्वाइटहाउसमा बोलाएर आगामी रणनीतिमाथि छलफल गरेका छन्। हालैको निर्वाचनमा भएको प्रक्षेपणअनुसार ट्रम्पको २२३…
काठमाडौं : सरकारले नै स्वीकृति दिएका प्रयोगशालाहरुबाट जारी पीसीआर रिपोर्ट बोकेर विदेश उडेका यात्रुको गन्तव्य मुलुकमा पुनः कोभिड-१९ परीक्षण गर्दा पोजेटिभ देखिएपछि यसले नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानहरुमा अस्थायी रोक लागेको छ। सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालाको नेगेटिभ पीसीआर रिपोर्टधारी यात्रुको पुनः परीक्षणमा पोजेटिभ देखिँदा उडान अनुमति स्थागित भएपछि यसले राष्ट्रिय ध्वजावाहकको बदनामी भएको ठहर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वदेशी प्रयोगशालाबाट गरिएको कोभिड-१९…
काठमाडौंः अर्थ मन्त्रालयले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ। ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोल्ने तयारी सरकारले गरेको हो। यसको कार्यान्वयन भने राष्ट्र बैंकमार्फत हुनेछ। कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका रकम उपलब्ध गराइने छ। अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित…
काठमाडौं : भारतीय पौराणिक कथामाथि आधारित फिल्म 'आदिपुरुष' सन् २०२२ को अगस्ट ११ मा सार्वजनिक हुने भएको छ। फिल्म निर्देशक ओम राउतले ट्वीटरमार्फत् रिलिज मिति घोषणा गरेका हुन्। आदिपुरुषमा बलिउड स्टार प्रभाष र सेफ अलि खानको मुख्य अभिनय रहनेछ। फिल्मलाई टी-सीरिजका भुषणकुमारले सह-निर्माण गर्दैछन्। फिल्म हिन्दी र तेलुगु भाषामा बन्नेछ। त्यस्तै मलायलम, कन्नाडा लगायत भाषामा पनि डब हुने बलिउड हंगामा…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार १०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै नेपालमा दुई लाख १५ हजार २० जनामा संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घण्टामा भएको ९ हजार ८०५ नमुना परीक्षणमध्ये २१.४४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको…