काठमाडौं : नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सोमवार दिउँसो संघीय संसद सचिवालय सिंहदरवारमा पाण्डेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। समानुपातिक तर्फका सांसद सूर्यबहादुर केसीको कात्तिक १७ गते राति निधन भएको थियो। स्थापित व्यवसायीसमेत रहेका उनी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत थिए। कांग्रेसले रिक्त स्थानमा स्याङ्जाका पाण्डेलाई मनोनयन…
काठमाडौं: प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेबारी सम्हालेका छन्। सिंहले आज बिहानबाट काठमाडौं प्रहरी प्रमुखको जिम्मेबारी सम्हालेका हुन्। गृहमन्त्रालयले मंसीर ५ गते काठमाडौं लगायतस्थानका ३३ जना एसएसपीको सरुवा गरेको थियो। त्यस्तै यसअघि काठमाडौं परिसरका प्रमुख रहेका एसएसपी श्याम ज्ञवालीको विदाई समेत गरिएको छ। त्यसै गरि महानगरीय प्रहरी परिसर ललितपुरमा पनि एसएसपी किरण बज्रचार्याले जिम्मेबारी सम्हालेकी…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा चिनियाँ सक्रियता बढेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल र चिनिया राजदुत होउ यान्छीबीच सोमवार बिहान भेट भएको छ। राजदूत होउ ९: १५ मा प्रचण्ड निवास खुमलटार पुगेकी थिइन्। उनीहरुबीच शीष्टाचार भेटघाट भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले जानकारी दिए। उनका अनुसार प्रचण्ड र होउबीच दुई देश, चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्धको…
जम्मूको सांबा सेक्टरमा अन्तर्राष्ट्रिय सीमाको ठीक मुनि आइतवार भारतीय सुरक्षा बलले एक सुरुङ भेटेको छ। द हिन्दुसँग जम्मू प्रहरीका डिजिपीले भनेका छन्,’उक्त सुरुङ भारतमा चरमपन्थी समूहकाहरूलाई पठाउनका लागि बनाइएको थियो जो विहीवार नागरोटामा मारिएका थिए।‘ त्यस अपरेशनमा बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) पनि प्रहरीको साथ थियो। बीएसएफका अनुसार उक्त सुरुङ एक सय पचास मिटर लामो र ३ फिट चौडाइ रहेको बताइएको छ। जम्मूका प्रहरी…
काठमाडौं : मंसिरलाई विवाहको मौसम पनि भनिन्छ। नेपालका हिन्दु परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु हुन्छ। त्यसैले यस महिनामा विवाह सम्बन्धी गीतहरू सार्वजनिक हुन्छन्। यस वर्ष वैवाहिक समारोह केन्द्रित पाँच फरक गीत एकसाथ सार्वजनिक भएका छन्। विविध परम्परा झल्काउने फरक भिडियो बनाइएको हो। गीतकार विनिता खनालको गीति एल्बम ‘लगनगाँठो’मा उक्त गीतहरू समावेश छन्। एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी…
काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ। आइतबार झापाको दमक नगरपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय चूडामणि भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। आइतबार साँझ भण्डारीले ३९ वर्षीया श्रीमती टिकादेवी पौडेललाई धान खेतमा काम गरिरहेको अवस्थामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै उनीसँग…
काठमाडौंः व्यक्तिगत रूपमा देशलाई सबैभन्दा बढी कर तिर्नेमा विजयकुमार शाह सम्मानित हुने भएका छन्। गत आर्थिक वर्ष उनले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेका थिए। आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूचीमा शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा छन्। नेपालको लिकर किङको रूपमा चिनिएका शाहका जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मुकेश चौरसिया मृत्यु प्रकरणका मुख्य प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि फरार रहेका पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसियालाई प्रहरीले आइतवार पक्राउ गरेको हो। लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले खोज तलास गर्दै जाने क्रममा उनलाई आइतवार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २५ स्थित अलौ…
काठमाडौं : लोकसेवा लगायतका विभिन्न प्रतिस्पर्धात्मक परीक्षा तयारी गराउने प्रशिक्षकको काम गर्दै आएका निजामती कर्मचारीलाई सरकारले हालको व्यवस्थामा लगाम लगाएको छ। यसअघिका सबै परिपत्र खारेज गर्दै अनुमतिबिना कुनै पनि तयारी कक्षामा सहभागिता नजनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। आइतवार भएको मन्त्रीस्तरीय निर्णयले यसअघि कुनै मन्त्रालय वा निकायले स्वीकृति दिएको भए आजैबाट खारेज हुने पनि जनाइएको छ।…
काठमाडौं : काठमाडौं उपत्यकाभित्रका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा भएका छन्। त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका हुन्। काठमाडौंका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डे सरुवा भएका हुन्। काठमाडौंमा गृह मन्त्रालयले काली पराजुलीलाई पठाएको छ भने भक्तपुरमा प्रेम भट्टराई आएका हुन्। प्रेम भट्टराई यसअघि भने धनुषाका प्रमुख जिल्ला अधिकारी थिए। पराजुली भने अख्तियार दुरुपयोग अनुसन्धान…
काठमाडौं : विभिन्न प्रलोभनमा पारेर सामाजिक सञ्जाल फेसबुक मार्फत् ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसन्धानको आधारमा बाँके प्रहरीले बाजुरा हिमाली गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय रुपेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएको हो। पाण्डेले एक महिलालाई आफू ब्राजिलमा भएको र समस्या परेको भन्दै पटकपटक गरेर १० लाख २८ रुपैयाँ ठगी गरेको देखिएको छ। 'उनीहरु फेसबुक मार्फत्…
काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी पाँच वर्ष सरकारमा सहभागी नहुने दाबी गरेका छन्। सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका लागि सभापति देउवालाई प्रस्ताव गरेको समाचार बाहिरिए पछि शर्माले पनि सरकारमा सहभागी हुने योजना नभएको प्रष्ट पारेका हुन्। उनले आइतवार ट्विट गर्दै पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश भएकाले कुनै पनि भड्कावबाट…
काठमाडौं : कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आइ विदेश गएका नेपालीमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा प्रयोगशालालाई स्पष्टीकरण सोधेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) बैठकले स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल धुम्बाराही, सेन्ट्रल डाइग्नोस्टिक ल्याब कमलपोखरी र सुरिया हेल्थ केयरलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यी ल्याबबाट कोभिड-१९ परीक्षण गराई नेपाल वायु…
लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा रहने भएका छन्। उनीहरू ड्रग्स प्रयोगका कारण गिरफ्तार भएका हुन्। बलिउडमा ‘ड्रग कनेक्सन’ बारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले भारतीलाई शनिवार र हर्षलाई आइतवार पक्राउ गरेको हो। उनीहरूको घरबाट गाँजा बरामद भएको बताइएको छ। दुवैले गाँजा सेवन गर्ने स्वीकारेका छन्। उनीहरूविरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक…
चीनको रियालिटी सो 'डाइमेनसन नोभा' यस वर्ष फरक देखिएको छ। प्रतिस्पर्धामा सम्पूर्ण प्रतिस्पर्धी भर्चुअल छन्। चिनियाँ स्ट्रिमिङ प्ल्याटफर्ममार्फत् प्रसारण हुने कार्यक्रममा ३ चर्चित निर्णायकले नयाँ स्टार चयन गर्नेछन्। १ सय ५० भन्दा बढीबाट छानिएका ३१ जना प्रतिस्पर्धीहरू मञ्चमा देखिनेछन्। निर्णायकहरूका अगाडि सबैले प्रत्यक्ष प्रस्तुति दिनेछन्। तर, ती प्रतियोगी टूडी वा थ्रीडी एनिमेटेड कार्टुन हुन्। उनीहरू व्यक्तित्व, स्टाइल वा पृष्ठभूमिको कथा र प्रस्तुतिका…
काठमाडौं : तनहुँकी एक कोभिड-१९ संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ। तनहुँको व्यास वडा नं. ०८ की ५४ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतवार बिहान ११:१६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। कात्तिक २९ गते श्वास प्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएकी उनमा सोही दिन कोभिड-१९ को संक्रमणको पुष्टि भएको थियो। उनको…
काठमाडौं : बलात्कारका घटनामा मिलापत्र गराउने प्रचलनलाई निस्तेज पार्नेगरी अपराध संहित २०७४ को कार्यविधिमा संशोधन गरिएको छ। मन्त्रिपरिषदबाट केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत् ल्याउँदै सरकारले बलात्कारका घटनामा मिलापत्र गराएमा दण्डको व्यवस्था गरेको हो। यो अध्यादेश जारी भएसँगै मिलापत्र गराएको पाइएमा मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ। मिलापत्र गराउने व्यक्ति जनप्रतिनिधि अथवा सार्वजनिक…
काठमाडौंः प्रहरीले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सक्सन कमाण्डर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिवार दिउँसो ताप्लेजुङको फाक्ताङलुङ गाँउपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीया पेम्बा साङ्गे शेर्पांलाई नियन्त्रणमा लिएको हो। प्रहरीले मोरङ उलाबारी नगरपालिका वडा नम्बर ६ रमाइलो टोल स्थित एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरमा छापा मार्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।…
काठमाडौं : नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः राम कुमार पाँडे र राजाराम पौडेललाई दिइएको छ। शनिवार पुरस्कार गुठीले भैरव स्मृति भवनमा कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिएको हो। गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले पाँडे र पौडेललाई पुरस्कार वितरण गरे। दुवै पुरस्कारको राशी क्रमश: एक लाख…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राप्ति नगर कमिटीले पार्टीका नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा होहल्ला गर्नेलाई कारवाही गर्न पार्टी जिल्ला कमिटीलाई सिफारिस गरेको छ। केन्द्रमा विवाद चर्किँदै जाँदा तल्ला तहमा पनि विवाद बढ्दै गएको छ। शनिवार मात्र नेकपा चितवन अन्तर्गत क्षेत्र नं. १ को राप्ती नगरपालिकामा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य पाण्डे माथि…