काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ। मंगलवार बुटवल पुगेका अर्थमन्त्री पौडेल बुधवार सैनामैनामा आयोजित कार्यक्रममा जाने क्रममा बुटबल स्थित नेपालगञ्ज रोडमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन्। अहिले सैनामैना नगरपालिका सैनामैना मावि र पर्रोहा माविको नव निर्मित भवनको उदघाटन गर्ने कार्यक्रम छ। लुम्बीनि प्रदेशको राजधानी 'दाङ'सँग अर्थमन्त्री साटेको आरोप…
काठमाडौंः महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि आज पनि प्रर्दशन हुनसक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो। 'अहिलेको अवस्था सामान्य नै छ। तर बर्दिया बजारको अवस्था फेरी बिग्रन सक्छ कि भनेर आज निषेधाज्ञा जारी गरिएको छ,' जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले भने। जिल्ला प्रशासन…
काठमाडौंः मंगलवार प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका वडा नम्बर १ का ४१ वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो। न्यौपानेको प्रहरीले चलाएको गोली तिघ्रामा लागेको थियो। मंगलबार नै उपचारको लागि काठमाडौं ल्याएका उनको आज बिहान २ बजे ग्रान्डी अस्पतालमा मृत्यु भएको हो,' प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल भने। प्रहरीको गोली…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले (पीएसजी) जर्मन क्लब आरबी लाइपजिगमाथि संघर्षपूर्ण जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले लाइपजिगमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो। पीएसजीको जितमा नेइमारले निर्णायक गोल गरे। पीएसजीका एन्जेल डी मारियालाई लाइपजिगका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै नेइमारले गोल गरेका थिए। उनले खेलको ११…
विराटनगरः प्रदेश १ मा मंगलबार ३६२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये झापामा १२५, सुनसरीमा ११४, मोरङमा ८५, इलाममा ११, संखुवासभामा ३, पाँचथर, तेह्रथुम र उदयपुरमा २र२, धनकुटा, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झापाको गौरादह, विर्तामोड र दमकमा २६/२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा…
काठमाडौंः राष्ट्रिय गौरवको काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को काम तोकिएको समयमा पूरा गर्ने लक्ष्यसाथ अघि बढाइएको नेपाली सेनाले जनाएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले प्रगति विवरण सार्वजनिक गर्दै कोभिड–१९ समस्याका बाबजुद कामलाई तदरुकताका साथ अघि बढाइएको जनाएको छ। निर्देशनालयका अनुसार हालसम्म आयोजनाको १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजनाको काम छैटौँ चरणमा चलिरहेको पनि जनाइएको छ। हालसम्म समष्टिगत प्रगति…
काठमाडौँः देशभरका अदालतहरुका रजिस्ट्रार तथा स्रेस्तेदारहरुले न्यायपालिकामा सेवारत कर्मचारीबाट सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने व्यवस्था कार्यान्वयनको माग गरेका छन्। पहिलो राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी गर्दै उनीहरुले संविधानको व्यवस्था कार्यान्वयन नहुँदा सर्वोच्च अदालतको न्यायाधीश तथा नेतृत्वमा समेत सेवारत कर्मचारी पुग्नबाट बञ्चित भइरहेको भन्दै ध्यानाकर्षण गराएका हुन्। सम्मेलनको ध्यानाकर्षणमा भनिएको छ, ‘अदालतहरुमा कार्यरत कर्मचारीहरु न्याय सम्पादन प्रक्रियाका महत्वपूर्ण सारथी हुन् भन्ने कुरामा विमति…
काठमाडौँः कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण जोखिमको अवस्था मूल्याङ्कन गरेर सबै देशहरुमा हवाइ उडानको अनुमति दिने निर्णय गरेको छ। मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो। जोखिम मुल्याङ्कन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ७९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण हुनेको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप २४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई हजार ७९१ जना संक्रमित संक्रमण मुक्त भएको…
काठमाडौं : नाटक ‘बोक्सीको घर’माथि फिल्म बन्ने भएको छ। नाटककार सुलक्षण भारतीको लेखन तथा निर्देशन रहनेगरी फिल्म बन्ने भएको हो। फिल्ममा सुव्रतराज आचार्यको संयुक्त निर्देशन रहनेछ। २०७३ मा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ समीक्षात्मक हिसाबमा सफल ठहरिएको थियो। नाटकमा रङ्गकर्मी सरीता गिरीको एकल अभिनय रहेको थियो। केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको पनि…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यदा र गरिमामाथि प्रश्न नउठाएको स्पष्ट पारेका छन। उनले प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र न्यायाधिशसँग त्यसको सम्बन्ध नरहेको बताएका छन्। 'यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि…
काठमाडौंः मोरङ प्रहरीले हतियार सहित एक जनालई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी मानबहादुर राईको कमाण्डमा खटिएको टोलीले मिक्लाजुङ गाउँपालिका वडा नम्वर १ बाट ५८ वर्षीय अमृत बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। घरमा राखेको टोटा बन्दुक (१२ बोर) एक थान र खाली केही खोका र बारुद समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले…
काठमाडौं : हिमालयन एकेडेमीको ‘अनलाइन ट्यालेन्ट शो’ सम्पन्न भएको छ। सिर्जनात्मक प्रतियोगिताको उपाधि अनुभव थपलियाले चुमेका छन्। प्रतियोगिता फस्ट रनर्सअप नित्या शर्मा भइन् भने सेकेण्ड रनर्सअपको उपाधि खावात सुब्बाले जिते। खगेन्द्र अधिकारी र बिन्दिया खड्का तेस्रो र चौथो रनर्सअप बने। कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले कलाकारिता क्षेत्रको महत्वबारे बोले। भने,’कला क्षेत्रको उत्थानका लागि सरकारले जहिले पनि…
काठमाडौं: बालिका हत्याको विषयलाई लिएर महोत्तरीको बर्दिवास नगरपालिका तनावग्रस्त बनेको छ। स्थानिय तथा आफन्तले हत्याको विरोध गर्दै आगजनी तथा सडक अबरुद्ध गरेका छन्। बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो। घर आँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ हराएकी थिइन्। बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा…
काठमाडौंः चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ। आज बिहान उपचारको क्रममा भरतपुर अस्पतालमा रत्ननगरपालिका १० बस्ने ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी मंसीर ४ गते ज्वोरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको आइतवार कोभिड १९ पोजेटीभ पुष्टी भएको थियो। कोभिड आइसियु वार्डमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान ७ बजे मृत्यु भएको…
काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ अनुसार काठमाडौं उपत्यकाभित्र हुने सडक दुर्घटनामा कमी आएको देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको सङख्यामा ३७ दशमलव ७९ प्रतिशतले कमी आएको प्रहरीले जानकारी दिएको छ। महाशाखाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा परि २५४ जनाको मृत्यु भएको थियो। तर आर्थिक वर्ष २०७६/७७ मा यो सङख्या घटेर १ सय…
चितवनः भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट चितवनमा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार दुई जनाको ठक्करपछि उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार करिब साढे ६ बजे राप्ती नगरपालिका ७ को हार्द्धिक चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बुलेटले सोही दिशाबाट आइरहेको प्रदेश नं. ३-००२ प ११८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट…
काठमाडौँः ललिता निवास प्रकरणमा मुद्दा चलाइएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधरण तारेखमा रिहा भएका छन्। सोमबार अदालतमा उपस्थित भएका उनलाई साधरण तारेखमा रिहाको आदेश भएको हो। यसअघि पनि उपस्थित भएका अधिकांश आरोपितहरु धरौटीमा रिहा भएका थिए। अदालतले जोशीलाई भने साधरण तारेखमा नै रिहा गरेको हो। न्यायाधीशहरु प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले जोशीलाई साधरण तारेखमा रिहा गरेको हो। अख्तियारले जोशीसँग सात करोड…
काठमाडौं : भारतका विदेश सचिव हर्ष हर्षवर्द्धन श्रींगला नोभेम्बर २६ (मंसिर ११ गते) मा नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयले श्रींगलाको नेपाल भ्रमणको औपचारिक मिति घोषणा गरेको हो। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै भ्रमण दुई मित्रराष्ट्रबीच उच्चस्तरी भ्रमणको निरन्तरताको रुपमा व्याख्या गरेको छ। भ्रमणको पहिलो दिन ११…
काठमाडौं : मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने ‘नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सवको आठौं संस्करण भर्चुअल्ली हुने भएको छ। महोत्सव १० देखि १५ सम्म अनलाइन महोत्सव हुनेछ। कोभिड–१९ का कारण पूर्व निर्धारित मितिमा महोत्सव नहुने भएको हो। महोत्सवमा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका लगायत देखाइने छ। महोत्सवमा चलचित्रहरु चलचित्र टिभी एपमार्फत् प्रसारण हुनेछ।…