काठमाडौं : भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृङ्गलाले गोरखा पुगेर भारतीय सहयोगमा पुनर्निर्माण भएका तीन वटा विद्यालयको उद्घाटन गरेका छन्। भारतीय सहयोगमा निर्माण भएका तारा माध्यामिक विद्यालय, महालक्ष्मी माध्यामिक विद्यालय र रत्नलक्ष्मी माध्यामिक विद्यालयको उद्घाटन गर्न श्रृङ्गला गोरखा पुगेका हुन्। गोरखा पुगेका श्रृङ्गलाले राजा पृथ्वीनारायण शाहलाई सम्झिए। 'यो पृथ्वीनारायण शाहको भूमि हो। नेपालको एकीकरणको ऐतिहासिक भूमि हो। गोरखाका मानिसहरु संसारभर बहादुर रुपमा चिनिन्छन्,' उनले…
काठमाडौं : ‘हेरिटेज अफ फेसन नेपाल’को दोस्रो संस्करण आयोजना हुने भएको छ। सिजन २ आयोजना गर्ने भएको छ। असाप इन्टरटेनमेन्टले आउँदो मार्च १५ मा नेपाल र अस्ट्रेलियामा एकसाथ उक्त फेसन कार्यक्रम गर्न लागेको हो। फेसन शोमा नेपाली तथा विदेशी मोडलहरूको प्रस्तुति रहनेछ। नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको आयोजक रहेका निर्माता आयोजक आमा…
काठमाडौंः प्रहरीले सातवर्ष अघि हत्या गरी फरार रहेका एक युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं माता तीर्थ बस्ने २८ वर्षीय विशाल तामाङलाई नियन्त्रणमा लिएको हो। बिहीबार मकवानपुरको हेटौडा महानगरपालिका वडा नम्बर १८ फुल्केचौरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको परिसर डीएसपी प्रमेश विष्टले जानकारी दिए। २०७० पुस २१ गते माता तीर्थ ६ बस्ने सानोकाजी तामाङ्गलाई उनको श्रीमती पूर्ण लक्ष्मी तामाङ र…
काठमाडौं : न्याय परिषदको सदस्यमा नियुक्तिका लागि सिफारिस गरिएका राम प्रसाद श्रेष्ठले संसदीय सुनुवाई समितिमा आफ्नो कार्योजना पेश गरेका छन्। उनले पेश गरेको संविधानको भाग ११ मा न्यायपालीका अन्त्रगत न्यायाधिशहरुको नियुक्ती, सरुवा, अनुशासन सम्वन्धी कार्यवाही, वर्खास्ती र न्यायपालीका सम्वन्धी अन्य कुराहरुको सिफारिस गर्ने वा परामर्स दिने एउटा छुट्टै स्वतन्त्र निकायको रुपमा न्यायपरिषद रहने व्यवस्था गरेको भए पनि स्थापना कालदेखि नै न्यायपरिषदको…
युरोपा लिग अन्तर्गत गएराति भएको समूह 'जे' को खेलमा टोटेनहम हट्सपरले लुडोगोरेट्समाथि सानदार जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा घरेलु टोलीले ४-० को सानदार जित निकालेको हो। खेलको १६ औं मिनेटमै कार्लोस भिनिसियसले डेले अलीको पासमा गोल गर्दै खेलमा अग्रता बनाए। उनले नै ३४ औं मिनेटमा दोस्रो गोल गर्दा पहिलो हाफमा टोटेनहम २ गोलले अघि रह्यो। टोटेनहमका लागि…
काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। सभापति देउवाको सचिवालयका अनुसार विदेश सचिव श्रृङ्गलाले बुढानीलकण्ठ पुगेर देउवासँग भेट गरेका हुन्। भेटमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्व परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई समेत सहभागी रहेको देउवाको सचिवालयले जनाएको छ।
काठमाडौंः गृह मन्त्रालयले महोत्तरीमा प्रहरीको गोली लागेर एक व्यक्ति मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ। ६ वर्षीय बालिका गुलबसा खातुनको हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा स्थानीय बुद्धिराज (सञ्जय) न्यौपानेको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको उपचारका क्रममा काठमाडौं मृत्यु भएको थियो। घटनापछि प्रदर्शन जारी रहेपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबीच चार बुँदे सहमति भएको थियो।…
काठमाडौंः नेपाल वायुसेवा निगमको जहाजमार्फत हङकङ जाने यात्रुको पीसीआर परिक्षणको जिम्मा केन्द्रीय प्रयोगशालालाई दिइएको छ। बिहीबार स्वास्थ्य मन्त्रालय, नेवानि लगायत निकायका प्रतिनिधिबीचको छलफलपछि यो निर्णय भएको हो। यसअघि निगममार्फत हङङक जाने यात्रुले ह्याम्स, स्टार लगायत निजी अस्पतालको प्रयोशालामा कोभिड-१९को परिक्षण गराउँदै आएका थिए। उडानको नतिजाका आधारमा अर्को उडानदेखि केन्द्रीय प्रयोगशालासँगको समन्वयमा अन्य सरकारी प्रयोगशालालाई पनि यो जिम्मेवारी दिइने विषयमा छलफल…
काठमाडौंः सर्वोच्च अदालतले बैंकिङ कसुरको अभियोग लागेका व्यवसायी सुधीर बस्नेतलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। कर्जा सुरक्षणका लागि राखिएको धितो लिलाम भइ बस्नेतउपर ऋण असुलीको मुद्दा समेत विचाराधीन रहेको अवस्थामा एक कसुरमा फरक फरक मुद्दा चलाइनु सैद्धान्तिक दृष्टिले उपयुक्त नरहेको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बस्नेतलाई तत्काल पक्राउ नगर्न भनेको हो।…
काठमाडौं : पछिल्लो २४ घण्टा नेपालमा थप एक हजार ६१४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा दुई लाख २७ हजार ६४० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ४३७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै हालसम्म दुई लाख ९ हजार ४३५ जना संक्रमण मुक्त भइसकेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा थप…
काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। मन्त्री ज्ञवालीलाई भेट्न श्रृङ्गला सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेका हुन्। भेटमा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच भेट पछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपालालई सहयोग प्रदान गरेको स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन्। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा बिहीवार नै नेपाल…
काठमाडौं : सेयर बजारका लगानीकर्ताहरुले लामो समयदेखि पर्खिएको लयमा बजार फर्किएको छ। तीन दिनदेखि लगातार यसअघिको रेकर्ड नजिक पुग्ने दिशामा देखिएको सेयर बजारले आज यसअघिको उच्च सूचक विन्दु मात्र पार गरेर, त्यससहित तीनवटा नयाँ रेकर्ड बनाएको छ। सेयर कारोबार सूचक नेप्सेले यसअघिको १८८१ अंकको विन्दु पार गरेर १८९३ को नयाँ रेकर्ड कायम गरेको छ। यससँगै नेपाल स्टक एक्सेचञ्जमा अहिलेसम्मै धेरै…
काठमाडौं : एक वर्ष लामो संवादहीनतालाई तोड्दै नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा बिहीवार सम्पन्न भयो। बैठकका लागि भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज बिहीवार नेपाल आइपुगेका हुन्। नेपाल भारतबीचको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी छ। बैठकमा मन्त्रालयका सहसचिव सेवा लम्साल र यज्ञबहादुर हमालसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरु सहभागी थिए। त्यस्तै, भारतका तर्फबाट श्रृङ्गला नेतृत्वमा भारतीय अधिकारीहरु…
काठमाडौं : महोत्तरीको बर्दिबासमा भएको घटनाप्रति संयुक्त राष्ट्रसंघले ध्यानाकर्षण भएको जनाएको छ। काठमाडौंस्थति राष्ट्रसंघको कार्यालयले बर्दिवासमा ६ वर्षीया बालिकामाथि बलात्कार र हत्या भएको घटना सञ्चार माध्यममा आएको भन्दै घटनाको निन्दा गरेको छ। काठमाडौं कार्यालयले वक्तव्य जारी गर्दै घटनाको निष्पक्ष र तत्काल छानविन गरी दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको सो घटनाले महिला तथा…
काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ। कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो। डा शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए। उनी तत्कालीन अर्थमन्त्री डा रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक…
काठमाडौं: कोभिड—१९ का कारण ठप्प रहेको नेपालको क्रिकेटको ९ महिनापछि प्रशिक्षण सुरु भएको छ। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आजबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको हो। प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टीमले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ। सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाइएकोमा नेपाल क्रिकेट संघ (क्यान)ले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको…
अद्भुत, बदनाम, असाधारण, जिनियस र रिसाहा: डिएगो अर्मान्डो म्यारोडोना। फुटबलका एक महानायक गलत बाटो पनि हिँडे। फुटबलमा चम्किएका खेलाडीहरु मध्ये अर्जेन्टिनी खेलाडी म्यारोडोनासँग प्रतिभा, शोख र रफ्तारको यस्तो भण्डार थियो कि उनी दर्शकहरुलाई मन्त्रमुग्ध बनाइदिन सक्थे। र, कतिपय विवादित कदमहरुले समर्थकहरुलाई निराश र आक्रोशित पनि बनाए उनले। म्यारोडोनाले कहिलो विवादास्पद 'हेन्ड अफ गड'ले सबैलाई अचम्मित बनाए भने मैदान बाहिर ड्रग्सको लतमा…
काठमाडौं : आज बसेको संसदीय सुनुवाई समितिले खाली रहेका संवैधानिक निकायमा पदपूर्तिको प्रकृया थालिहाल्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। 'संविधानमा भएका निकाय जबसम्म पूर्ण हुँदैन तबसम्म संविधान कार्यान्वयन हुँदैन,' बैठकका निर्णयबारे सभापति लक्ष्मणलाल कर्णले भने, 'महत्वपूर्ण संवैधानिक निकाय खाली छ। सरकारले सक्रियता देखाएर पदपूर्ति गर्नपर्ने छ।' उनले महिला आयोग, दलित आयोग, जनजाति आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग, अख्तियार…
काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना बुटवलका र अर्का एक जना अर्घाखाँची जिल्लाको पाणिनीका रहेको अस्पतालले जनाएको छ। गत कार्तिक १४ गते कोभिड-१९ को संक्रमण पुष्टि भएका बुटवल-९ का ८५ वर्षकी महिलाको उपचारका क्रममा बिहीवार बिहान २:४३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। संक्रमित महिला होम आइसोलेसनमा बसिरहेकोमा…
काठमाडौं : स्थानीयवासीले आज बिहान मोरङमा हरिण नियन्त्रणमा लिएका छन्। रंगेली नगरपालिका वडा नम्वर ३ दौलतपुरममा शिव कुमार मण्डलको पोखरी छेउमा आएको भाले हरिण नियन्त्रणमा लिएको हो। त्यसपछि हरिण नियन्त्रणमा लिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले उक्त हरिण डिभिजन वन कार्यालय रंगेलीलाई बुझाएको छ।