स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड अलाभेससँग पराजित भएको छ। स्टेडियो अल्फेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिड २-१ गोल अन्तरले पराजित भएको हो। खेलको पाँचौं मिनेटमै अलाभेसले खेलमा अग्रता बनाएको थियो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लुकास पेरेजले अलाभेसलाई अग्रता दिलाए। उता मड्रिडका इडेन हजार्ड खेलको २८ औं मिनेटमा खुट्टामा चोट लागेपछि बाहिरिएका थिए। पहिलो…
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ बिजयी भएका छन्। श्रेष्ठले ५८ मत पाए। उनी किशोरकुमार प्रधान समूहबाट चुनाब लडेका थिए। उनका प्रतिस्पर्धी गुणनिधि तिवारी थिए। तिवारीले ४७ मत पाए। तिवारी चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका थिए। श्रेष्ठ महासंघमा वस्तुगतबाट उपाध्यक्ष भइसकेका व्यक्ति हुन्।
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन्। उनी किशोरकुमार प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा चुनाब लडेका थिए। उनले ६२ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ थिए। उनले ३७ मत पाएका छन्। उमेश चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका थिए। अञ्जन करिब डेढ दशकदेखि महासंघमा सक्रिय छन्। उनले १६ वर्ष महासंघको कार्यसमितिदेखि विभिन्न समितिमा रहेर काम…
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्य समितिका लागि शनिबार भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मत गणना सकिएको छ। खसेको कुल १०५ मतमध्ये २ मत बदर भएको थियो भने सदर १०३ मतका आधारमा चन्द्र ढकाल प्यानलका वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधान समूहबाट सात जना सदस्यमा विजयी भएका छन्। यस्तै, किशोर प्रधान प्यानलका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट पनि सातै जना सदस्यमा आएका हुन्।…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर लिभरपुल ब्राइटोनसँग बराबरीमा रोकिएको छ। फाल्मर स्टेडियममा भएको खेलमा लिभरपुल घरेलु टोली ब्राइटोनसँग १-१ को बराबरीमा रोकिएको हो। ब्राइटोनले खेलको २० औं मिनेटमै पाएको पेनाल्टीको अवसरमा चुकेको थियो। ब्राइटोनका निल मौपेले पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो। दोस्रो हाफमा लिभरपुलले अग्रता बनायो। खेलको ६० औं मिनेटमा मोहम्मद…
काठमाडौं: प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जवाफ सचिवालय बैठकमा प्रस्तुत गरेका छन्। १० दिनको ‘ब्रेक’पछि शनिबार बसेको बैठकमा ओलीले प्रस्तुत गरेको प्रस्ताव अर्का अध्यक्ष प्रचण्डलाई जवाफ फर्काउनमा बढी केन्द्रित छ। प्रस्तावमार्फत् ओलीले प्रचण्डलाई सिलसिलेबार प्रश्न, आरोप, गाली र चेतावनी दिएका छन्। कृत्रिम आरोपको संगालो कमरेड ‘प्रचण्ड‘, तपाईंको ‘प्रस्ताव’ पार्टी विधानको व्यवस्थाका विपरीत…
मुम्बईको उच्च अदालतले अभिनेत्री कंगना रनौतको पक्षमा निर्णय गरेको छ। अदालतले रनौतको बंगलाको भाग भत्काउने मुम्बई महानगरपालिकाको आदेश रद्द गरिदिएको हो। बीबीसी हिन्दीका अनुसार उक्त आदेश दुर्भावनाबाट प्रेरित भएको र अभिनेत्रीलाई नोक्सान पुर्याउने उद्देश्य रहेको बताइएको छ। बीएमसीले घरको केही भाग गैरकानूनी हिसाबले बनाइएको आरोप लगाएपछि भत्काउने आदेश दिएको थियो। कंगनाले उक्त आदेशलाई चुनौती दिँदै अदालतमा याचना पत्र बुझाएकी थिइन्। महानगरपालिकाले गत…
काठमाडौं : वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण हुने बताएका छन्। शनिवार अभिनव साहित्य समाजद्वारा आयोजित पुरस्कार वितरण समारोहमा मन्त्री फुयाँलले साहित्यको विकासका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताए। साहित्यसँगसँगै कला र संस्कृतिको विकास विना समृद्ध समाजको परिकल्पना गर्नु निरर्थक भएको उनको भनाइ रह्यो। भने,’साहित्यलाई उत्पादनमुखी बनाउनुपर्ने छ।‘ कार्यक्रममा मन्त्री फुयाँलले…
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ। शनिवार विहान ८ बजेबाट सुरु भएको मतदान चार बजे सकिएको थियो। मतदान सकिएपछि निर्वाचन अधिकृत र उम्मेदवारको रोहवरमा मतपेटिका सिलबन्दी गरेर नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएको छ। प्रज्ञा प्रतिष्ठानमै मतगणना हुनेछ। निर्वाचन अधिकृतका अनुसार शतप्रतिशत मत खसेको छ। कोभिड संक्रमणका कारण तीन स्थानमा मतदानका लागि छुट्याइएको…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोधेका छन् - नीतिगत बहस हो कि वारपारको लडाईँ? नेकपामा जारी पत्रयुद्ध अन्तर्गत आज बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्डमाथि प्रश्नहरु बर्षाएका छन्। ओलीले ५३ बुँदाबाट प्रचण्डको पत्रमाथि काउन्टर अट्याएक गरेका छन्। 'प्रचण्डले वितरण गर्नुभएको 'प्रस्ताव'को प्रस्तुती, तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गम्भी संकट निम्त्याएको'…
काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि काउन्टर अट्याक गर्दै चर्को आलोचना गरेका छन्। ओलीले पार्टी एकता विघटनाका लागि त दाहालले आरोप लगाएको होइन् भन्ने आशंका व्यक्त गरेका छन्। पढ्नुस् प्रचण्डमाथि ओलीको प्रहार :
काठमाडौं: राजतन्त्रको पक्षमा राजधानी काठमाडौंमा नाराबाजी र र्याली निकालिएको छ। शाही युवा शक्तिको आयोजनामा र्यालीमा सहभागीहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्र मुर्दावाद’ जस्ता नारा लगाएका थिए। र्यालीमा प्रदीप राणा, पशुपति खड्कालगायत राजावादी नेता सहभागी थिए। युवाहरु नेपालको झण्डा लिएर मोटर साइकल तथा गाडीमा आएर राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए। र्यालीका लागि सुरक्षा व्यवस्था…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। शनिवार १ बजे सुरू भएको बैठक सकिएको हो। बालुवाटारमा बसेको बैठकले फेरि १६ गते १ बजे बैठक बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफ्नो प्रस्ताव प्रस्तुत गरेका थिए। 'दुईवटा प्रस्तावमाथि छलफल गरेर फेरि १६ गते १ बजे बस्ने निर्णय भएको छ,'…
काठमाडौं : नालापानी युद्ध विशेष फिल्म निर्माण घोषणा भएको झण्डै ४ वर्ष बित्न लाग्यो। तर, फिल्म सार्वजनिक भएन। सार्वजनिक नभएको फिल्मलाई विशेष फिल्म घोषणा गर्न र आर्थिक सहयोग गर्न फिल्म सम्बन्धी संघ संस्थाले सरकारसँग सिफारिस गरेका छन्। चलचित्र विकास बोर्डले एक पत्रमार्फत् फिल्मले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार…
काठमाडौं: नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ। लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टी भएको जनाएका छन्। Hi Everyone, Greetings to all. I have been undergoing regular COVID-19 testing and learned today that I have tested... Posted by Sandeep Lamichhane on Friday, November 27, 2020 ‘कोरोना परीक्षणका क्रममा आज मेरो पोजेटिभ नतिजा देखिएको छ। बुधवारयता मलाई…
काठमाडौंः प्रदेश सभाका सभामुख र उपसभामुखहरुले संघीयता कार्यान्वयनमा चुनौती देखिएको बताएका छन्। संघीय संसद सचिवालयले आयोजना गरेको ‘संघीय संसद् र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया’ कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखले संघ, प्रदेश र स्थानीय तहसँग जोडिएका महत्वपूर्ण कानुन नबन्दा संघीयता कार्यान्वयनमै चुनौती देखिएका बताएका हुन्। प्रदेशका सभामुख र उपसभामुखहरुले संविधान निर्माण भएको ५ वर्ष र प्रदेश सभा गठनको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तक सार्वजनिक भएको छ। प्रज्ञा स्मृति प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै पुस्तकबारे जानकारी दिएको हो। विसं २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तक सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख छ। पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने…
काठमाडौं : बिहीवार काठमाडौंमा अवतरण गर्दै गर्दा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले भनेका थिए- 'म धेरै पटक काठमाडौं आएको छु। यसपटक पनि अगाडि नै आउन चाहन्थे कोभिड-१९ ले दिएन।' उनले गोरखामा पुगेर पनि नेपालमा पहिले पनि आउने गरेको सम्झना गरे। काठमाडौंमा रहँदा हरेक मञ्चमा एउटै कुरा दोहर्याइरहे- काठमाडौं पहिले पनि आएको थिएँ। कसैले उनलाई सोध्यो- अहिले आउँदा के फरक महसुस…
काठमाडौंः पोखरामा कोभिड १९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका ७ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो। उनको आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। उनको मंसिर ८ गते कोभिड १९ संक्रमण पोजेटीभ पुष्टी भएको छ। अहिलेसम्म गण्डकी प्रदेशमा कोभिड १९ संक्रमण…
काठमाडौं : न्याय परिषदको सदस्यमा नियुक्तिका लागि सिफारिस गरिएका वरिष्ठ अधिवक्ता राम प्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको छ। शुक्रवार भएको सुनुवाईमा श्रेष्ठले कार्ययोजनासमेत पेश गरेका थिए। न्याय परिषद्को सदस्यका लागि सिफारिस नाम अनुमोदन भएका अधिवक्त श्रेष्ठले न्याय परिषदमा कार्यकारीको प्रतिनिधित्व हटाइनुपर्ने प्रतिक्रिया दिएका छन्। परिषदमा कार्यकारीको उपस्थिति धेरै हुँदा निष्पक्ष सिफारिस हुन नसकेको उनले बताएका हुन्। नेपाल बार एसोशिएसनले…