काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेप्रति भएको अभद्र व्यवहारप्रति खेद प्रकट गरेको छ। चितवन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य समेत रहेका पाण्डे नेकपा राप्ती नगर कमिटीको तेस्रो बैठकमा बोल्दै गर्दा शनिवार उनीविरुदध पार्टीका नेता-कार्यकर्ताले नाराबाजी गरेका थिए। नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार 'इन्द्रजीत' र सचिव कृष्णभक्त पोखरेलले आइतवार विज्ञप्ति जारी…
काठमाडौं : आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्रका सडकमा ट्राफिक प्रहरीको उपस्थित बाक्लो देखिएको छ। तर, आज सडकमा देखिने ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेर उभिएका देखिन्छन्। यी प्लेकार्डमा सडक नियम पालना गर्नुपर्ने सचेतनामूलक जानकारी दिइएको छ। महानगरीय ट्राफिक प्रहरीले आज विशेष अभियान चलाएको महाशाखाका प्रमुख एसएसपी ढकालले जानकारी दिए। उनी यो अभियानलाई विशेष र 'सरप्राइज' अभियान समेत भन्छन्। आज दिनभर काठमाडौं उपत्यकाभित्र ट्राफिक प्रहरीले…
काठमाडौं : सोलुखुम्बुको फाग्दिङमा रहेको यति माउन्टेन होममा आगलागी भएको छ। आज बिहान ८ बजेतिर आगोलागी भएको हो। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द लिम्बुले जानकारी दिए। 'आगलागीका कारण होटेलको किचेन र डाइनिङ हलमा क्षति पुगेको छ,' डीएसपी लिम्बुले भने। प्रहरीको प्रारम्भीक अनुसन्धानमा विद्युत सर्ट भएर आगो लागेको देखिएको छ। यो चर्चित पर्यटन व्यवसायिक…
काठमाडौं : उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। आज बिहान १ बजेतिर कार्यालयको हेल्प डेक्स रहेको स्थानमा विस्फोट भएको हो। विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको छ। 'उपाध्यक्षज्यू बस्ने र अर्को कोठामा क्षति पुगेको छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ,' गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले भने। त्यस्तै, कार्यालयको गेटमा समेत शंकास्पद वस्तु फेला परेको छ। सो वस्तु विस्फोटक…
काठमाडौंः महानगरी ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी भीमप्रसाद ढकालको सरुवा भइसकेको छ। भोलि (सोमबार) बाट उनी महाशाखाबाट बिदा हुँदै छन्। महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दा ट्राफिक प्रहरीमा सुधारका विभिन्न अभियान चलाएर चर्चामा रहेका छन्। त्यस्तै एसएसपी ढकालले आज काठमाडौं उपत्यकाभित्र विशेष अभियान चलाएका छन्। उनी यो अभियानलाई विशेष र 'सप्राइज' अभियान समेत भन्छन्। आज दिनभर काठमाडौं उपत्यकाभित्र ट्राफिक प्रहरीले सडकमा…
मिसिगन राज्यका रिपब्लिकन पार्टीका अधिकारीहरुले त्यहाँको डलेक्ट्रोअल बोर्डलाई पत्राचार गरेर दुई साता सबै प्रकृया स्थगित गर्न भनेका छन्। उनीहरुले डेट्रोइट काउन्टीको मत गणना पुनर्मूल्याङ्कन गर्नुपर्ने भएको बताउँदै पत्राचार गरेका हुन्। यो काउन्टी अमेरिकाको धेरै जनसंख्या भएको काउन्टीमध्येको एक हो। रिपब्लिनबाट आएको यस्तो प्रस्तावको मिसिगनको डिपार्टमेन्ट अफ स्टेटले भने प्रतिकार गरेको छ। उसले भनेको छ - ढिलो र पुनर्मूल्यांकनका लागि कानुनले…
इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले काग्लिअरीमाथि सानदार जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले २-० को जित निकालेको हो। युभेन्टसको जितमा दुबै गोल क्रिस्टियानो रोनाल्डोले गरे। युभेन्टसले खेलको ३८ औं मिनेटमा रोनाल्डोको गोलमा अग्रता बनाएको थियो। अल्भेरो मोराटाको पासमा पहिलो गोल गरेका रोनाल्डोले दोस्रो गोल ४२ औं मिनेटमा मेरी डिमिरलको पासमा गरे। पहिलो हाफमै युभेन्टस…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम हट्स्पर शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले सिटीलाई २-० ले हराएको हो। खेलमा टोटेनहमले अग्रता बनाएको थियो। खेलको पाँचौं मिनेटमै सन ह्युङ् मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनको गोलमा टोटेनहम पहिलो हाफमा १ गोलले अघि रह्यो। दोस्रो हाफमा जिओभानी लो चेल्सोले…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई हराएको छ। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीले बार्सिलोनामाथि १-० गोलअन्तरको जित निकालेको हो। एट्लेटिकोको जितमा निर्णयाक गोल याननिक कारास्कोले गरे। उनले पहिलो हाफको अतिरिक्त समय गरेको गोलनै एटलेटिकोलाई शीर्ष स्थानमा रहेको रियल सोसिसाड सँग अंक बराबरी गर्न पर्याप्त बन्यो। सोसिडाड ९ खेलबाट २० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने…
काठमाडौँः नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अर्थ विभागका अध्यक्ष प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभागकै सदस्य सञ्जीव नेपाली ‘सूवर्ण’ पक्राउ परेका छन्। विभागको कामका सिलसिलामा व्यवसायीहरुसँग बैठक बसिरहेका बेला दर्नाल र नेपाली पक्राउ परेको पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नक्खु क्षेत्रबाट शुक्रबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पार्टीले पक्राउको विरोध गरेको छ। दर्नाल र नेपालीलाई तत्काल…
काठमाडौं : नेपाली फिल्म ‘डिसेम्बर फल्स’ निर्माण घोषणा भएको छ। सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार कार्यक्रम आयोजना गरी जानकारी दिइएको हो। फिल्मलाई भारतीय फिल्मकर्मी प्रवीण झाले निर्देशन गर्नेछन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन्। फिल्मका लागि अभिनेत्री भने चयन भएकी छैनन्। ‘डिसेम्बर फल्स’लाई भारतीय फिल्म उद्योगमा सक्रिय…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन्। दुबै नेताले विज्ञप्ति जारी गर्दै पाण्डेमाथि अभद्र व्यवहार गर्नेहरूमाथि कारबाही गर्न माग गरेका हुन्। चितवनमा आयोजित एक कार्यक्रममा नेता पाण्डेविरुद्ध नेकपाकै केही नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै अभद्र व्यवहार गरेका थिए। ‘राप्ती नगर पार्टीको बैठकमा सहभागी भई…
काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ६ सय ७४ नयाँ कोभिड १९ संक्रमित पहिचान भएका छन्। यससहित नेपालमा संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा नेपालमा ७ जना संक्रमितको मृत्यु भएको छ। यही अवधिमा नै २ हजार ३ सय २३ जना…
नयाँ दिल्ली : कोभिड १९ का संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेपछि हरियाणा र राजस्थानमा पुन: लकडाउन र निषेधाज्ञा जारी गरिएको छ। हरियाणामा एकै दिन ३ हजारभन्दा धेरै संक्रमित थपिएपछि नोभेम्बर ३० सम्मका लागि विद्यालयहरु पुन: बन्द गरिएको छ। मध्यप्रदेशले पाँच जिल्लामा रात्रीकालनी कर्फ्यु लगाएको छ भने गुजरातले अहेमदावाददेखि सुरत, बडोदरादेखि राजकोटसम्म रात्रीकालिन कर्फ्यु लम्ब्याएको छ। राजस्थानमा एकै दिन २७ सय…
मिसिगन राज्यका सांसदहरुले जोय वाइडेनको जितको प्रक्षेपणलाई 'अनडू' गर्न नचाहेसँगै डोनाल्ड ट्रम्पको चुनाव जित्ने आशा थप साँघुरिएको छ। मिसिगनका सांसदहरुले मतपरिणाममाथि असन्तुष्टि नजनाएसँगै उनको चुनाव जितेरै छाड्ने रणनीतिमा धक्का लागेको छ। दुई रिपब्लिकन सांसदहरुले ह्वाइट हाउसमा भएको छलफलपछि चुनावी नतिजालाई समान्य रुपमा ग्रहण गर्ने अभिव्यक्ति दिएका छन्। यसअघि जर्जियाको पुन: मतगणनाको परिणामले ट्रम्पको दावीलाई असत्य सावित गरिदिएको थियो। बाइडेनले झिनो…
काठमाडौंः प्रहरीले जुवा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रवार राति रतुवामाई नगरपालिका वडा नम्वर ८ स्थित सागर बर्तौलाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जुवा खालबाट १ लाख उनान्सत्तरी हजार रुपैयाँ समेत बरामद गरेको जानकारी दिएको छ। त्यस्तै उनीहरु सवार रहेको १९ वटा मोटरसाइकल र २ वटा कार समेत बरामद गरेको…
काठमाडौंः ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले शनिबार सूचना जारी गर्दै जनाएको हो। कालोसूचीमा पर्नेमा थाइल्याण्डको वोरा इन्टरट्रेड कम्पनी, काठमाडौंको बीएस ट्रेड इन्टरनेशनल, बझाङको बजरंगबली निर्माण सेवा, डडेलधुराको बी एण्ड एम निर्माण सेवा, रोल्पाको दे विशेष तारा निर्माण सेवा…
बलिउड स्टार शाहरुख खान दुई वर्षपछि कमब्याक गर्दैछन्। फिल्म ‘पठान’मार्फत् उनी पुन: अभिनयमा फर्कन लागेका छन्। उक्त फिल्ममा उनी कलाकार मात्र रहने छैनन्। बलिउड हंगामाका अनुसार यशराज फिल्म्सले फिल्मको ४५ प्रतिशत नाफा रकम शाहरुखलाई दिँदैछ। फिल्मकी अभिनेत्री दीपिका पाडुकोणले १५ करोड पारिश्रमिक पाउने खबर सार्वजनिक भएको थियो। त्यस्तै अर्का अभिनेता जोन अब्राहमले २० करोड पाउँदैछन्। जोन खलनायकका रुपमा प्रस्तुत हुँदैछन्।…
फाइजर र बायोनटेकले संयुक्त रुपमा उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप शनिवार आपत्कालिन रुपमा दर्ता हुँदैछ। युनाइटेड स्टेट्स फुड एण्ड ड्रग एड्मिनिसट्रेसन (एफडिए)ले उक्त खोप लगाउनका लागि सुरक्षित भए नभएको निर्णय गर्नेछ। एफडिएले डेटा अध्ययनका लागि कति समय लगाउँछ भन्ने निश्चित छैन। बीबीसीका अनुसार अमेरिकी सरकारले डिसेम्बरको दोस्रो सातासम्ममा उक्त खोपले अनुमति पाउने अनुमान गरेको छ। यसअघि भएका अध्ययनहरूले फाइजरको खोप ६५…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। बीबीसीका अनुसार ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर गत सातादेखि नै क्वारेन्टिनमा रहेको उनका प्रवक्ताले पुष्टि गरेका हुन्। ‘उनलाई कुनै पनि लक्षण देखिएन। तर पनि उनले संक्रमणविरुद्ध सम्पूर्ण सावधानी अपनाएका छन्’, जारी विज्ञप्तीमा लेखिएको छ। डन जुनियर ट्रम्पका जेठा सन्तान हुन्। यसअघि उनका १४ वर्षीय छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरसको…